Gênesis 46
The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010) vs VC
1 यसर्थ इस्राएलले मिश्र देशको यात्रा शुरू गरे। पहिला तिनी बर्शेबा गए। त्यहाँ तिनले आफ्नो बुबा इसहाकका परमेश्वरलाई बलि चढाए। उनले परमेश्वरको आराधना गरे।
1 Israel partiu com tudo o que lhe pertencia. Chegou a Bersabéia, onde ofereceu sacrifícios ao Deus de seu pai Isaac.
2 त्यस रात परमेश्वर इस्राएलसित सपनामा बोल्नु भयो। परमेश्वरले भन्नुभयो, “याकूब, याकूब।”
2 Em uma visão noturna Deus disse-lhe: "Jacó! Jacó!" "Eis-me aqui", respondeu ele.
3 तब परमेश्वरले भन्नुभयो, “म परमेश्वर हुँ, तिम्रा बाबुको परमेश्वर। मिश्रमा जान नडराऊ मिश्रमा म तिमीलाई ठूलो जातिहरू बनाउनेछु।
3 E Deus disse: "Eu sou Deus, o Deus de teu pai. Não temas descer ao Egito, porque ali farei de ti uma grande nação.
4 म तिमीसँगै मिश्र जानेछु, तर म आफैंले निश्चय नै मिश्रबाट तिमीलाई फर्काएर ल्याउनेछु। जब तिमी मर्छौ तिम्रो आँखा आफ्नो हातले बंद गरिदिने यूसुफ हुनेछ।”
4 Descerei contigo ao Egito, e eu mesmo te farei de novo subir de lá. José fechar-te-á os olhos."
5 त्यसपछि याकूबले बेर्शेबा छोडे र मिश्रको यात्रा गरे। उसका छोराहरू, पत्नीहरू र तिनीहरूका सबै नानीहरू मिश्रमा ल्याए। फिरऊनले पठाएको गाडीहरूमा तिनीहरूले यात्रा गरे।
5 E Jacó deixou Bersabéia. Os filhos de Israel levaram seu pai, assim como seus filhos e suas mulheres, nos carros que o faraó tinha enviado para os transportar.
6 तिनीहरूसित गाई-वस्तुहरू र मिश्रमा तिनीहरूसित भएका सबै चीजबीजहरू थिए। यसर्थ आफ्नो सबै नानीहरू र परिवारसित मिश्र गए।
6 Tomaram também seus rebanhos e os bens que tinham adquirido na terra de Canaã,
7 तिनीसित तिनका छोरा-छोरीहरू र नाती-नातिनीहरू थिए। तिनका सबै परिवार तिनीसित मिश्रमा गए।
7 e Jacó com toda a sua família partiu para o Egito. Levou consigo os seus filhos e seus netos, suas filhas e suas netas, enfim, toda a sua família.
8 तिनीसित मिश्र जाने छोरा-छोरी तथा परिवार यिनै हुनः
8 Eis os nomes dos filhos de Israel que foram para o Egito: Jacó e seus filhos.
9 रूबेनका छोराहरूः हनोक, पल्लु, हेस्रोन अनि कर्मी थिए।
9 O primogênito de Jacó: Rubem. Os filhos de Rubem: Henoc, Falu, Esron e Carmi.
10 शिमोनका छोराहरूः यमूएल, यामीन, ओहद, याकीन अनि सोहर र कनानी पनि थिए। (शाओल कनानी पत्नीबाट जन्मेका शिमोनका थिए।)
10 Os filhos de Simeão: Jamuel, Jamin, Aod, Jaquim, Soar, e Saul, filho da Cananéia.
11 लेवीका छोराहरूः गेर्शोन, कहात र मरारी थिए।
11 Os filhos de Levi: Gerson, Gaat e Merari.
12 यहूदाका छोराहरूः एर, ओनान, शेला, पेरेस अनि जेरह थिए। (एर र ओनान कनानमा हुँदै मरे।) पेरेसका छोराहरूः हेस्रोन, अनि हामूल थिए।
12 Os filhos de Judá: Her, Onã, Sela, Farés e Zara. Her e Onã, porém, morreram em Canaã. Os filhos de Farés: Hesron e Hamul.
13 इस्साकारका छोराहरूः तोला, पुवा, योब र शिम्रोन थिए।
13 Os filhos de Issacar: Tola, Fua, Jó e Semron.
14 जबूलूनका छोराहरूः सेरेद, एलोन अनि यहलेल थिए।
14 Os filhos de Zabulon: Sared, Elon e Jaelel.
15 रूबेन, शिमोन, लेवी, यहूदा, इस्साकार अनि जबूलून याकूबकी पत्नी लेआबाट जन्मेका छोराहरू थिए। लेआले यी छोराहरू पद्यानआराममा जन्माएकी थिइन्। तिनकी एउटी दीना नाउँ भएकी छोरी पनि थिइन्। यस परिवारमा तेत्तीस जना मानिसहरू थिए।
15 São estes os filhos que Lia deu a Jacó em Padã-Arã, assim como sua filha Dina. Total de seus filhos e filhas: trinta e três pessoas.
16 गादका छोराहरूः यिम्ना, यिश्वा, यिश्वी, र बरीआ थिए। तिनीहरूकी बहिनी सेरह, तिनीहरूसित बरीआका हेबेर र मलकियल नाउँ भएका छोराहरू पनि थिए।
16 Os filhos de Gad: Sefion, Hagi, Suni, Esebon, Heri, Arodi e Areli.
17 अशेरका छोराहरूः यिम्ना, यिश्वा, यिश्वी र बरीआ थिए। तिनीहरूकी बहिनी सेरह, तिनीहरूसित बरिआका हेवेर र मलकियल नाउँ भएका छोराहरू पनि थिए।
17 Os filhos de Aser: Jamné, Jesua, Jessui e Beria, assim como sua irmã Sara. Os filhos de Beria: Heber e Melquiel.
18 यी सब याकूबकी पत्नी लेआकी कमारी जिल्पाबाट जन्मिएका थिए। (जिल्पा लाबानले आफ्नी छोरी लेआलाई दिएको कमारी हो।) त्यस परिवारमा सोह्र जना मानिसहरू थिए।
18 São estes os filhos que Zelfa, dada por Labão à sua filha Lia, deu à luz a Jacó: dezesseis pessoas.
19 याकूबसित उसकी पत्नी राहेलबाट जन्मेको छोरो बिन्यामीन थियो। (यूसुफ पनि राहेलबाट नै जन्मेको हो तर ऊ अघिदेखि नै मिश्र देशमा थियो।)
19 Filhos de Raquel, mulher de Jacó: José e Benjamim.
20 मिश्रमाहुँदा यूसुफको दुइवटा छोराहरू जन्मिएः मनश्शे अनि एप्रैम थिए। ओन शहरका एक जना पूजाहारी पोतीफेराकी छोरी आसनतले यूसुफका लागि यी छोराहरू जन्माइन्।
20 No Egito José tivera de Asenet, filha de Putifar, sacerdote de On, Manassés e Efraim.
21 बिन्यामीनका छोराहरूः बेला, बेकेर, अश्बेल, गेरा, नामान, एही शेश, मुप्पीम, हुप्पीम अनि आर्द थिए।
21 Os filhos de Benjamim: Bela, Bocor, Asbel, Gera, Naamã, Equi, Ros, Mofim, Ofim e Ared.
22 यिनीहरू याकूबकी पत्नी राहेलबाट जन्मेका छोराहरू थिए। यस परिवारमा चौध जना मानिसहरू थिए।
22 São estes os filhos que Raquel deu a Jacó. Total: quatorze pessoas.
23 हुशीम दानका छोरो थियो।
23 Filho de Dan: Husim.
24 नप्तालीका छोराहरूः यहसेल, गुनी, येसेर अनि शिल्लेम थिए।
24 Filhos de Neftali: Jasier, Guni, Jeser e Salém.
25 याकूब र बिल्हाबाट जन्मेका छोराहरू तिनीहरू नै थिए। (बिल्हा लाबानले आफ्नी छोरी राहेललाई पठाएको कमारी थिइ।) यस परिवारमा सात जना मानिसहरू थिए।
25 São estes os filhos que Bala, dada por Labão à sua filha Raquel, deu à luz a Jacó. Total: sete pessoas.
26 याकूबका सन्तानहरू जम्मा छयसठ्ठी जना थिए जो तिनीसित मिश्र देश गएका थिए। (यस संख्यामा याकूबका छोरा बुहारीहरू परेका छैनन्।)
26 O total das pessoas saídas de Jacó, que vieram com ele para o Egito, sem contar as mulheres de seus filhos, era de setenta ao todo.
27 त्यसमा यूसुफका दुइजना छोराहरू पनि थिए जो मिश्र देशमा जन्मेका थिए। यसर्थ मिश्र देशमा याकूब परिवारका मानिसहरू जम्मा सत्तरी जना थिए।
27 José teve dois filhos nascidos no Egito. O total das pessoas da família de Jacó que foram para o Egito era de setenta.
28 याकूबले यूसुफसित कुराकानी गर्न यहूदालाई पहिले पठाए। गोशेन भूमिमा यहूदा यूसुफसित कुरा गर्न गयो। त्यसपछि याकूब र उनका अन्य मानिसहरू त्यस भूमिमा गए।
28 Jacó tinha enviado Judá adiante dele para informar a José de sua chegada a Gessém. Quando chegaram a Gessém,
29 यूसुफले थाहा पाए तिनका बाबु आउँदै हुनु हुन्छ। यसर्थ यूसुफले इस्राएल तथा तिनका बाबुलाई गोशेनमा भेट्न जान रथ तयार पारे। जब यूसुफले आफ्नो बाबुलाई भेटे र धेरै बेरसम्म आलिंगन गरे र धेरै बेरसम्म रोए।
29 José mandou preparar o seu carro e montou para ir ao encontro de seu pai em Gessém. E, logo que o viu, jogou-se ao seu pescoço e chorou longo tempo em seus braços.
30 तब इस्राएलले यूसुफलाई भने, “अब म शान्तिसित प्राण त्याग्न सक्छु। मैले तेरो मुख देखें अनि बुझें तँ जिउँदै छस्।”
30 "Agora posso morrer, disse-lhe Israel, porque vi o teu rosto, e vives ainda!"
31 यूसुफले आफ्नो दाज्यू-भाइ तथा बाबुका अरू परिवारलाई भने, “म जान्छु र फिरऊनलाई तिमीहरू यहाँ आएको कुरा गर्छु। म फिरऊनलाई भन्छु ‘मेरा दाज्यू-भाइ र मेरो बाबुका अरू सन्तानहरूले कनान देश छोडेर यहाँ मकहाँ आएका छन्।
31 José disse aos seus irmãos: "Vou avisar o faraó, dizendo: Meus irmãos e a família de meu pai que estavam em Canaã, vieram para junto de mim;
32 यी परिवारहरू गोठालाहरू थिए। तिनीहरूले संधै भेडा र गाई-गोरूहरू पाल्थे। तिनीहरूसित भएका गाई-वास्तुहरू सबै लिएर आएका छन्।’
32 os homens são pastores, criadores de animais, e trouxeram suas ovelhas e seus bois com tudo o que lhes pertence.
33 जब फिरऊनले बोलने छन् र तिमीहरूलाई तिनले सोध्ने छन्, ‘तिमीहरूले के काम गर्छौ?’
33 Quando o faraó mandar chamar-vos e vos perguntar qual é vossa profissão,
34 तिमीहरूले उनलाई भन्नु, ‘हामी भेडा गोठालाहरू हौं। जीवनभरि हामी भेडा गोठाला थियौं। अनि हामी भन्दाअघि हाम्रा पुर्खाहरू पनि भेडागोठाला नै थिए।’ तब फिरऊनले तिमीहरूलाई गोशेन भूमिमा बस्ने अनुमति दिनेछन्। मिश्र देशीहरूले गोठालाहरू मन पराउँदैनन्, यसर्थ तिमीहरू गोशोनमा बस्दा राम्रो हुन्छ।”
34 responder-lhe-eis: Teus servos foram sempre criadores de animais, desde sua juventude até o presente, e nossos pais também. Desse modo podereis ficar na terra de Gessém, porque os egípcios têm aversão aos pastores."
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Gênesis 46, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.