Ezequiel 34

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010) vs NAA

Sair da comparação
NAA Nova Almeida Atualizada 2017
1 परमप्रभुको वचन मकहाँ आयो। उहाँले भन्नुभयो,
1 A palavra do Senhor veio a mim, dizendo:
2 “हे मानिसको छोरो! मेरा निम्ति इस्राएलको गोठालाहरूको विरूद्ध केही कुरा भन। तिनीहरूसित मेरो निम्ति बात गर। तिनीहरूलाई भन कि परमप्रभु अनि मालिक यसो भन्नुहुन्छ, ‘इस्राएलको गोठालाहरू, तिमीहरूले तिमीहरूका मात्र पेट भरिरहेकोछौ। यो तिमीहरूका निम्ति एकदमै नराम्रो हुनेछ। तिमी गोठालाहरूको पेट किन भरिदिँदैनौ?
2 — Filho do homem, profetize contra os pastores de Israel; profetize e diga-lhes: Assim diz o Senhor Deus: “Ai dos pastores de Israel que apascentam a si mesmos! Será que os pastores não deveriam apascentar as ovelhas?
3 तिमी बोसो खान्छौ अनि आफ्नो लुगा बनाउँनको निम्ति त्यसको ऊन उपयोग गर्छौ। तिमीले मोटो भेडा मार्छौ, तर तिमीले दुब्लो भेडालाई खान दिँदैनौ।
3 Vocês comem a gordura, vestem-se da lã e matam as melhores ovelhas para comer, mas não apascentam o rebanho.
4 तिमीहरूले कमजोरी र दुब्लो भेडाहरूलाई बलियो बनाएनौ। तिमीले चोट लागेको भेडालाई पट्टी बाँधिदिएनौ। कति भेडाहरू भड्केर टाढो गए तर तिमीले त्यसको खोजी गरेनौ अनि फर्काएर ल्याएनौ। तिमी त्यो हराएको भेडाको खोजीमा गएनौ। अहँ, तिमी निष्ठुर अनि कठोर भयौ।
4 Vocês não fortaleceram as fracas, não curaram as doentes, não enfaixaram as quebradas, não trouxeram de volta as desgarradas e não buscaram as perdidas, mas dominam sobre elas com força e tirania.
5 “‘अनि अब भेडाहरू तितर-बितर भएका छन्, किनकि त्यहाँ कुनै गोठाला थिएनन्। त्यो प्रत्येक जङ्गली पशुको निम्ति भोजन बनियो। यसकारण भेडाहरू तितर-बितर भए।
5 Assim, elas se espalharam, por não haver pastor, e se tornaram pasto para todos os animais selvagens.
6 मेरा सबै भेडाहरू बाटो बिराएर पर्वतहरू अनि हरेक अल्गो पहाडहरूमाथि गए। मेरा भेडाहरू पृथ्वी भरी बाटो बिराएर छरिए। कोही पनि त्यसको खोजी गर्ने थिएनन्।’”
6 As minhas ovelhas andam desgarradas por todos os montes e por todas as colinas. As minhas ovelhas andam espalhadas por toda a terra, sem haver quem as procure ou quem as busque.”
7 यसकारण तिमी गोठालाहरू हो, परमप्रभुको वचन सुन। परमप्रभु मेरा मालिक भन्नुहुन्छ।
7 — Por isso, pastores, ouçam a palavra do Senhor :
8 “म आफ्नो जीवनको शपथ खाएर तिमीलाई प्रतिज्ञा दिलाउँछु। जङ्गली पशुहरूले मेरा भेडाहरूलाई समाते। हो, मेरो भेडाहरू सबै जङ्गली पशुहरूको निम्ति भोजन बनिए। किन? किनभने तिनीहरूको साँचो गोठाला थिएनन्। मेरो गोठालाले मेरो बगालको खोजी गरेनन्। ती गोठालाले भेडाहरूलाई मार्यो अनि आफै खायो। त्यसले मेरो भेडाहरूको पेट भरिदिएन।”
8 Tão certo como eu vivo, diz o Senhor Deus, visto que as minhas ovelhas foram entregues à rapina e se tornaram pasto para todos os animais selvagens, por não haver pastor, e que os meus pastores não procuram as minhas ovelhas, pois apascentam a si mesmos e não apascentam as minhas ovelhas,
9 यसकारण हे गोठालाहरू हो, परमप्रभुको वचन सुन!
9 por isso, pastores, ouçam a palavra do Senhor :
10 परमप्रभु भन्नुहुन्छ, “म ती गोठालाहरूको विरूद्धमा छु। मेरो भेडाहरूको लागि तिनीहरूलाई उत्तरदायी ठहर्याउँछु। अब उसो म उनीहरूलाई गोठाला हुन दिँदिन। त्यसपछि गोठालाहरूले आफ्नो पेट भर्नु पनि पाउँदैनन्। म तिनीहरूको मुखबाट आफ्नो भेडाहरू बचाउनेछु। तब मेरा भेडाहरू उनीहरूको भोजन बन्नेछैनन्।”
10 Assim diz o Senhor Deus: Eis que estou contra os pastores e lhes pedirei contas das minhas ovelhas. Farei com que deixem de apascentar ovelhas, e não apascentarão mais a si mesmos. Livrarei as minhas ovelhas da sua boca, para que já não lhes sirvam de comida.
11 परमप्रभु मेरो मालिक भन्नुहुन्छ, “म आफै उनीहरूको गोठाला बन्नेछु। म आफ्नो भेडाहरूको खोजी गर्नेछु। म तिनीहरूलाई खोज्नेछु।
11 — Porque assim diz o Senhor Deus: Eis que eu mesmo procurarei as minhas ovelhas e as buscarei.
12 यदि कुनै गोठाला आफ्नो भेडासँग त्यस समयमा छ, जब उसको भेडा टाढा जान थाल्यो भने उसलाई खोज्न म जान्छु। यस्तै प्रकारले म आफ्नो भेडाहरूको खोजी गर्नेछु। म आफ्नो भेडालाई बचाउँनेछु म उनीहरूलाई त्यो ठाँउबाट फर्काएर ल्याउँछु जहाँबाट अँध्यारो अनि धुम्मिएको दिनमा तितर-बितर भएका थिए।
12 Como o pastor busca o seu rebanho, no dia em que encontra ovelhas dispersas, assim buscarei as minhas ovelhas. Eu as livrarei de todos os lugares por onde foram espalhadas no dia de nuvens e densas trevas.
13 म तिनीहरूलाई ती राष्ट्रहरूबाट फर्काएर ल्याउँछु। म तिनीहरूलाई देशहरूबाट जम्मा गर्छु। म तिनीहरूलाई तिनीहरूको आफ्नो देशमा ल्याउँछु। इस्राएलको पर्वतहरूमा खोलाहरूको किनारमा, सबै ठाउँहरूमा जहाँ मानिसहरू बस्छन, म तिनीहरूलाई खुवाउँछु।
13 Vou tirá-las do meio dos povos, e as congregarei dos diversos países, e as trarei de volta à sua terra. Vou apascentá-las nos montes de Israel, junto às correntes de água e em todos os lugares habitados da terra.
14 म तिनीहरूलाई घाँस भएको चउरमा लिएर जान्छु। तिनीहरू इस्राएलको पर्वतको अग्लो स्थानमा जानेछन्। तिनीहरू घाँसमा चर्नेछन् र सुत्नेछन्। तिनीहरू इस्राएलको पर्वतमाथि भरपुर घाँस भएको चउरमा चर्नेछन्।
14 Deixarei que pastem em bons pastos, e nos altos montes de Israel será a sua pastagem. Ali elas se deitarão em boa pastagem e terão pastos bons nos montes de Israel.
15 हो, म आफ्नो भेडालाई खुवाउँछु अनि तिनीहरूलाई विश्रामको ठाँउमा लिएर जान्छु।” परमप्रभु मेरा मालिकले यो सबै कुराहरू भन्नु भएको थियो।
15 Eu mesmo apascentarei as minhas ovelhas e as farei repousar, diz o Senhor Deus.
16 “म हराएको भेडाको खोजी गर्नेछु। म ती भेडाहरूलाई फर्काएर ल्याउँछु जुन तितर-बितर भएका छन्। म ती भेडाहरू जसलाई चोट लागेकोछ मलम पट्टी लगाई दिन्छु। म कमजोर भेडालाई बलियो बनाउँछु। तर म ती मोटा अनि शक्तिशाली गोठालाहरूलाई नष्ट पारिदिन्छु। म तिनीहरूलाई दण्ड दिन्छु जसको तिनीहरू भागिदारछन्।”
16 Buscarei as perdidas, trarei de volta as desgarradas, enfaixarei as quebradas e curarei as doentes; mas destruirei as gordas e fortes. Eu as apascentarei com justiça.
17 परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ, “अनि तिमी मेरो भेडा, म प्रत्येक भेडालाई न्याय गर्छु। म भेडा अनि बाख्राको बीचमा न्याय गर्नेछु।
17 — Quanto a vocês, minhas ovelhas, assim diz o Senhor Deus: “Eis que julgarei entre ovelhas e ovelhas, entre carneiros e bodes.
18 तिमीहरूले राम्रो जमीनमा उम्रेको घाँसमा चर्न सक्छौ। यसकारण तिमीहरू त्यो घाँसलाई किन कुल्चिन्छौ जुन अर्को भेडाले खाने इच्छा गरेको हुन्छ। तिमीले पर्याप्त स्वच्छ पानी पिउन सक्छौ। यसकारण तिमीले रहेको पानी आफ्नो खुट्टाले किन मैला पार्छौ?
18 Será que não lhes basta a boa pastagem? Ainda precisam pisar aos pés o resto do seu pasto? E não lhes basta o fato de terem bebido a água limpa? Ainda precisam turvar o resto com os pés?
19 मेरो भेडाले त्यो घाँस अवश्यै खान्छ जुन तिम्रो खुट्टाहरूले कुल्चियौ अनि त्यो पानी पिउँछ जुन तिमीले खुट्टाहरूले फोहर पार्यौं?”
19 As minhas ovelhas têm de comer o que vocês pisaram com os pés e beber o que vocês turvaram com os pés.”
20 यसकारण परमप्रभु मेरो मालिकले ऊसँग भन्नुहुन्छ “म मोटा अनि दुब्ला भेडाहरूको बीचमा न्याय गर्नेछु!
20 — Por isso, assim lhes diz o Senhor Deus: “Eis que eu mesmo julgarei entre ovelhas gordas e ovelhas magras.
21 तिमी आफ्नो बगालबाट अनि आफ्नो काँधले धक्का दिएर अनि आफ्नो सींङले सबै कमजोर भेडाहरूलाई त्यस बेला सम्म घचेटिरह्यौ जब सम्म तिमीले तिनीहरूलाई टाढा जानका निम्ति बाध्य पारेनौ।
21 Visto que, com o lado e com o ombro, vocês dão empurrões e, com os chifres, rechaçam todas as ovelhas fracas até que as tenham espalhado por toda parte,
22 यसकारण म आफ्नो भेडाहरूलाई बचाउँनेछु। तिनीहरू भविष्यमा जङ्गली पशुहरूद्वारा समातिने छैनन्। म एउटा भेडा अनि अर्को बीचमा न्याय गर्नेछु।
22 eu livrarei as minhas ovelhas, para que não mais sirvam de rapina, e julgarei entre ovelhas e ovelhas.
23 त्यसपछि म तिनीहरूमाथि एकजना गोठाला आफ्नो दास दाऊदलाई राख्नेछु। त्यसले तिनीहरूलाई आफै खुवाउँछ अनि तिनीहरूको गोठाला हुन्छ।
23 Porei sobre elas um só pastor, e ele as apascentará: o meu servo Davi. Ele as apascentará e será o seu pastor.
24 त्यसपछि म परमप्रभु अनि मालिक तिनीहरूको परमेश्वर भन्छु मेरो दास दाऊद तिनीहरू बीचमा शासक हुन्छ। म, परमप्रभुले यो कुरा भनें।
24 Eu, o Senhor , serei o seu Deus, e o meu servo Davi será príncipe no meio delas. Eu, o Senhor , falei.”
25 “म आफ्नो भेडाहरूसँग शान्तिको करार बाँध्नेछु। म हानिकारक पशुहरूलाई देशबाट बाहिर निकाल्छु। तब भेडाहरू मरूभूमिमा सुरक्षित रहनेछ अनि जंगलमा सुत्नेछ।
25 — Farei uma aliança de paz com as minhas ovelhas. Livrarei a terra de animais selvagens, para que as minhas ovelhas vivam em segurança no deserto e durmam nos bosques.
26 म भेडाहरूलाई अनि आफ्नो पहाडको चारैतिरको ठाँउहरूलाई आशीर्वाद दिन्छु। म ठीक समयमा वर्षा गराउँछु। त्यो आशीर्वाद सहित वर्षा हुनेछ।
26 Delas e dos lugares ao redor do meu monte, eu farei uma bênção. Farei descer a chuva a seu tempo; serão chuvas de bênção.
27 खेतमा उम्रिने बृक्षले आफ्नो फल दिन्छ। भूमिले आफ्नो फसल दिन्छ। यसकारण भेडाहरू आफ्नो प्रदेशमा सुरक्षित रहनेछन। म तिनीहरूमाथि राखेको जुवा भाँचिदिन्छु। म तिनीहरूलाई ती मानिसहरूको शक्तिबाट बचाउँछु जसले तिनीहरूलाई दास बनाएकोछ। त्यसपछि तिनीहरूले थाहा पाउनेछन् कि म नै परमप्रभु हुँ।
27 As árvores do campo darão o seu fruto, e a terra dará as suas colheitas. As ovelhas estarão seguras na sua terra e saberão que eu sou o Senhor , quando eu quebrar o jugo que pesava sobre elas e as livrar das mãos dos que as escravizavam.
28 उनीहरू पशुहरू जस्तै भविष्यमा अन्य राष्ट्रहरूद्वारा बन्दी बनाईनेछन्। ती पशुहरूले तिनीहरूलाई खानेछैन। तर तिनीहरू अब भविष्यमा सुरक्षित रहनेछन। कसैले उनीहरूलाई आतंकित पार्ने छैन।
28 Já não servirão de rapina aos gentios, nem serão devoradas por animais selvagens. Viverão em segurança, e não haverá quem as espante.
29 म उनीहरूलाई कुनै यस्तो भूमि दिन्छु जसमा एउटा राम्रो बगैंचा हुन्छ। तब उनीहरू त्यस देशमा भोकले पीडित हुनेछैनन। तिनीहरू भविष्यमा राष्ट्रहरूबाट अपमानित हुन पाउँदैनन्।
29 Eu lhes darei plantação memorável, e nunca mais serão vítimas de fome na terra, nem terão de suportar a zombaria das outras nações.
30 त्यसपछि उनीहरूले सम्झनेछन् कि म नै तिनीहरूका परमेश्वर परमप्रभु हुँ। तब उनीहरूले सम्झनेछन् कि म तिनीहरूसँग छु। इस्राएलका मानिसहरूले सम्झनेछन् कि ती मेरा मानिस हुन्!” परमप्रभु मेरा मालिकले यसो भन्नुभयो।
30 Saberão que eu, o Senhor , seu Deus, estou com elas e que elas são o meu povo, a casa de Israel, diz o Senhor Deus.
31 “तिमी मेरो भेडा हौ, मेरो र्खकका भेडा, तिमीहरू मेरा मानिसहरू हौ, अनि म तिम्रो परमेश्वर हुँ।” परमप्रभु मेरो मालिकले यसो भन्नुभयो।
31 — “Vocês são as minhas ovelhas, ovelhas do meu pasto. Vocês são o meu povo, e eu sou o seu Deus”, diz o Senhor Deus.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Ezequiel 34, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.