Ezequiel 33

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010) vs ARC

Sair da comparação
ARC Almeida Revista e Corrigida 2009
1 परमप्रभुको वचन मकहाँ आयो उहाँले भन्नुभयो,
1 E veio a mim a palavra do Senhor , dizendo:
2 “हे मानिसको छोरो! आफ्नो मानिसहरूलाई भन। तिनीहरूलाई भन, ‘म शत्रुको सैनिकहरूलाई त्यस देशको विरूद्ध युद्धका निम्ति ल्याउन सक्छु। जब यस्तो हुन्छ त्यस बेला मानिसहरूले एउटा मानिसहरूलाई प्रहरीको रूपमा छान्न सक्छन्।
2 Filho do homem, fala aos filhos do teu povo e dize-lhes: Quando eu fizer vir a espada sobre a terra e o povo da terra tomar um homem dos seus termos e o constituir por seu atalaia;
3 यदि प्रहरीले शत्रुको सैनिकहरू आउँदै गरेको देख्यो भने तुरही बजाएर मानिसहरूलाई सावधान गराउँछ।
3 e, vendo ele que a espada vem sobre a terra, tocar a trombeta e avisar o povo;
4 यदि यो मानिसले चेताउनी सुन्छ अनि त्यसको ध्यानै दिएन भने नसुनेको जस्तो गरे शत्रुहरूले उसलाई मार्ने छ। त्यो मानिस आफ्नो मृत्युका निम्ति स्वंय उत्तरदायी हुनेछ।
4 se aquele que ouvir o som da trombeta não se der por avisado, e vier a espada e o tomar, o seu sangue será sobre a sua cabeça.
5 उसले तुरही सुन्यो तर चेताउनी नसुनेको जस्तो गर्यो। यसकारण उसको मृत्युका निम्ति ऊ स्वंय दोषी हुन्छ। यदि उसले चेताउनी प्रति ध्यान दिएको भए उसले आफ्नो जीवन बँचाउने थियो।
5 Ele ouviu o som da trombeta e não se deu por avisado; o seu sangue será sobre ele; mas o que se dá por avisado salvará a sua vida.
6 “‘तर हुनसक्छ त्यो प्रहारीले शत्रुको सैनिक आउँदै गरेको देखेर पनि तुरही बजाएन। त्यस प्रहारीले मानिसहरूलाई चेताउनी दिएन शत्रुले तिनीहरूलाई कैदी बनाएर लैजान्छ र तिनीहरू बीचका एक मानिसलाई मार्छे। त्यो मानिस मारिनेछ किनभने उसले पाप गरेकोछ। तर प्रहारी पनि त्यो मानिसको मृत्युका निम्ति जिम्मेवारी हुनेछ।’
6 Mas, se, quando o atalaia vir que vem a espada, não tocar a trombeta, e não for avisado o povo; se a espada vier e levar uma vida dentre eles, este tal foi levado na sua iniquidade, mas o seu sangue demandarei da mão do atalaia.
7 “अब हे मानिसको छोरो, म तिमीलाई इस्राएलका घरानाको प्रहारी छान्दैछु। यदि तिमीले मेरो मुखबाट केही सन्देश सुन्यौ भने तिमीले मानिसहरूलाई चेताउनी दिनुपर्छ।
7 A ti, pois, ó filho do homem, te constituí por atalaia sobre a casa de Israel; tu, pois, ouvirás a palavra da minha boca e lha anunciarás da minha parte.
8 म तिमीलाई भन्न सक्छु, ‘यो पापी मानिस मर्नेछ।’ त्यस बेला तिमीले त्यो मानिसकहाँ गएर मेरा निम्ति त्यो चेताउनी दिनु पर्छ। यदि तिमीले त्यो मानिसलाई चेताउनी दिएनौं अनि उसको जीवन बद्लि गर्नु भनेनौ भने त्यो मानिस मर्नेछ किनकि त्यसले पाप गर्यो। तर म तिमीलाई त्यसको मृत्युको जिम्मवारी बनाउँनेछु।
8 Se eu disser ao ímpio: Ó ímpio, certamente morrerás; e tu não falares, para desviar o ímpio do seu caminho, morrerá esse ímpio na sua iniquidade, mas o seu sangue eu o demandarei da tua mão.
9 तर तिमीले त्यो दुष्ट मानिसलाई आफ्नो जीवन बद्लि गर्नको निम्ति अनि पाप बन्द गर्न भनेर चेताउनी दिएको भए अनि यदि त्यसले पाप बन्द गर्न अस्वीकार गरेको भए त्यो मानिस मर्नेथ्यो किनकि त्यसले पाप गर्यो। तर तिमीले तिम्रो जीवन बचायौ।”
9 Mas, quando tu tiveres falado para desviar o ímpio do seu caminho, para que se converta dele, e ele se não converter do seu caminho, ele morrerá na sua iniquidade, mas tu livraste a tua alma.
10 “यसकारण हे मानिसको छोरो! इस्राएलका घरानालाई मेरा निम्ति केही भन। तिनीहरू भन्न सक्छन्, ‘हामीहरूले पाप गर्यौ अनि आज्ञाहरू भङ्ग गर्यौ। हाम्रो पाप, हाम्रो सहने शक्तिबाट बाहिर छ। हामी ती पापहरूको कारणले बाँच्नको निम्ति के गर्नसक्छौं?’
10 Tu, pois, filho do homem, dize à casa de Israel: Assim falais vós, dizendo: Visto que as nossas prevaricações e os nossos pecados estão sobre nós, e nós desfalecemos neles, como viveremos então?
11 “तिमीले तिनीहरूलाई भन्नुपर्छ, ‘परमप्रभु मेरो मालिक भन्नुहुन्छ म आफ्नो जीवनको शपथ खाएर प्रतिज्ञा गर्छु कि म मानिसहरू मर्दै गरेको हेर्न इच्छा गर्दिन, म चाँहदिन दुष्ट मानिसहरू मरून्। म ती पापी मानिसहरूलाई मकहाँ ल्याउँन चाहन्छु। म चाहन्छु कि तिनीहरू आफ्नो जीवन बद्लि गरून् जसबाट जीवित रहन सकुन्। यसकारण मकहाँ आऊ। नराम्रो काम गर्न छोडिदेऊ। हे इस्राएलका घराना हो, तिमीहरू किन मर्छौ?’
11 Dize-lhes: Vivo eu, diz o Senhor Jeová , que não tenho prazer na morte do ímpio, mas em que o ímpio se converta do seu caminho e viva; convertei-vos, convertei-vos dos vossos maus caminhos; pois por que razão morrereis, ó casa de Israel?
12 “हे मानिसको छोरो! तिम्रो मानिसहरूलाई भन ‘यदि एउटा असल भन्दा असल कामले उसलाई सहातयता गर्ने छैन यदि उसले पाप गर्नु थाल्यो भने। अनि दुष्ट मानिसको दुष्टताले उसलाई पतन गराउने छैन, यदि उसले असल गर्न थाल्छ भने। धर्मी मानिसले यदि पाप गर्न थाले बाँच्न सक्तैन।’
12 Tu, pois, filho do homem, dize aos filhos do teu povo: A justiça do justo não o fará escapar no dia da sua prevaricação; e, quanto à impiedade do ímpio, não cairá por ela, no dia em que se converter da sua impiedade; nem o justo, pela justiça, poderá viver no dia em que pecar.
13 “म धर्मी मानिसलाई भन्न सक्छु कि ऊ निश्चय नै बाँच्न सक्छ। तर यो पनि हुन सक्छ, कि त्यो धर्मी मानिसले सोच्न शुरू गर्छ कि अतीतमा उद्वारा भएको असल कामहरूले उसलाई रक्षा गर्छ। यसकारण उसले नराम्रो काम गर्न शुरू गर्न सक्छ। तर म उसको अतीतको धार्मिकताको याद राख्ने छैन! अँह ऊ त्यो पापको कारण मर्नेछ जुन उसले शुरू गरेकोछ।
13 Quando eu disser ao justo que certamente viverá, e ele, confiando na sua justiça, praticar iniquidade, não virão em memória todas as suas justiças, mas na sua iniquidade, que pratica, ele morrerá.
14 “अथवा यो पनि हुन सक्छ मैले कुनै पापी मानिसलाई भने कि उ मर्छ। तर उसले आफ्नो जीवन बदलि गर्न सक्छ। उसले पाप गर्न छोडन सक्छ अनि सही जीवन बिताउन शुरू गर्न सक्छ। ऊ राम्रो अनि असल रहनसक्छ।
14 Quando eu também disser ao ímpio: Certamente morrerás; se ele se converter do seu pecado e fizer juízo e justiça,
15 उसले त्यो धरौटी फर्काउन सक्छ जुन उसले ऋण दिँदा लिएको थियो। उसले चोरेको चीजहरूका निम्ति क्षतिपूर्ति गर्न सक्छ। उसले त्यो विधिहरू पालन गर्नसक्छ जसबाट जीवन प्राप्ति हुन्छ। उसले नराम्रो काम गर्न छोड्छ। तब त्यो मानिस निश्चय नै जीवित रहनेछ। ऊ मर्नेछैन!
15 restituindo esse ímpio o penhor, pagando o furtado, andando nos estatutos da vida e não praticando iniquidade, certamente viverá, não morrerá.
16 बितेका दिनहरूमा उसले गरेको पाप म याद गर्दिन। किन? किनकि ऊ अब ठीकसित बसेकोछ अनि उचित व्यवहार गर्छ। यसकारण ऊ जीवित रहन्छ!
16 De todos os seus pecados com que pecou não se fará memória contra ele; juízo e justiça fez, certamente viverá.
17 “तर तिम्रा मानिसहरू भन्छन्, ‘यो उचित होइन! परमप्रभु मेरा मालिक त्यस्तो हुन सक्नु हुन्न।’
17 Todavia, os filhos do teu povo dizem: Não é reto o caminho do Senhor; mas o próprio caminho deles é que não é reto.
18 यदि कुनै धर्मी मानिसले धार्मिकता त्यागेर पाप गर्न शुरू गर्छ भने, त्यो मानिस मर्नेछ।
18 Desviando-se o justo da sua justiça e praticando iniquidade, morrerá nela.
19 अनि यदि कुनै दुष्ट मानिसले खराब काम गर्न छोडिदिन्छ अनि न्याय अनि सही व्यवहार गर्न थाल्छ भने त्यो मानिस जीवित रहनेछ।
19 E, convertendo-se o ímpio da sua impiedade e fazendo juízo e justiça, ele viverá por isto mesmo.
20 तर तिमीहरू अझै पनि भन्छौ परमप्रभुको बाटो उचित छैन। इस्राएलका मानिसहरू म प्रत्येक मानिसलाई उसको जीउने तरीका अनुसार न्याय गर्नेछु।”
20 Todavia, vós dizeis: Não é reto o caminho do Senhor; julgar-vos-ei a cada um conforme os seus caminhos, ó casa de Israel.
21 देशबाट-निकालिएको बाह्रौं वर्षको, दशौं महीनाको पाँचौ दिनमा एउटा मानिस यरूशलेमबाट मकहाँ आयो। त्यो त्यहाँ भएको युद्धबाट भागेर आएको थियो। उसले भन्यो, “शहर (यरूशलेम) लग्यो!”
21 E sucedeu que, no ano duodécimo, no décimo mês, aos cinco do mês do nosso cativeiro, veio a mim um que tinha escapado de Jerusalém, dizendo: Ferida está a cidade.
22 अब साँझमा कैदी मेरो अघि आउन भन्दा पहिले परमप्रभु मेरा मालिकको शक्ति मकहाँ आयो। परमेश्वरले मलाई बोल्ने योग्य बनाउनुभयो। जब त्यो मानिस मकहाँ आयो, परमप्रभुले मेरो मुख खोलि दिनुभयो अनि फेरि मलाई बोल्नदिनु भयो।
22 Ora, a mão do Senhor estivera sobre mim pela tarde, antes que viesse o que tinha escapado; abriu a minha boca, até que veio a mim pela manhã; e abriu-se a minha boca, e não fiquei mais em silêncio.
23 त्यस बेला परमप्रभुको वचन मकहाँ आयो। उहाँले भन्नुभयो,
23 Então, veio a mim a palavra do Senhor , dizendo:
24 “हे मानिसको छोरो! इस्राएलको ध्वंश शहरमा इस्राएलीहरू बसिरहेका छन्। तिनीहरूले भन्दैछन्, ‘अब्राहाम मात्र एउटा मानिस थियो अनि परमेश्वरले उसलाई सारा भूमि दिनुभयो। अब हामी धेरै छौ, यसकारण निश्चय नै यो हाम्रो भूमि हो। हामी यसलाई लिनेछौं।’
24 Filho do homem, os moradores destes lugares desertos da terra de Israel falam, dizendo: Abraão era um só e possuiu esta terra; mas nós somos muitos; esta terra nos foi dada em possessão.
25 “तिमीले भन्नु पर्छ कि परमप्रभु मेरा मालिक यसो भन्नु हुन्छ, ‘तिमीहरू रगत सरीको मासु खान्छौ। तिमीहरूले आफ्नो मूर्तिहरूसित सहायताको आशा गर्छौ। तिमीहरूले मानिस मार्छौ। यसकारण म तिमीहरूलाई यो जमीन किन दिन्छु?
25 Dize-lhes, portanto: Assim diz o Senhor Jeová : Com sangue comeis, e levantais os olhos para os vossos ídolos, e derramais sangue! E possuíreis esta terra?
26 तिमीहरू आफ्नो तरवारमा भर पर्छौ। तिमीहरू मध्ये प्रत्यकले डरलाग्दा पाप काम गर्छौ। तिमीहरू प्रत्येकले आफ्नो छिमेकीको पत्नीसित व्यभिचार गर्छौ। यसकारण तिमीले भूमि पाँउदैनौं।’
26 Vós vos estribais sobre a vossa espada, cometeis abominação, e contamina cada um a mulher do seu próximo! E possuireis a terra?
27 “‘तिमीले भन्नुपर्छ कि परमप्रभु मेरा मालिक यसो भन्नुहुन्छ, “म आफ्नो जीवनको शपथ खाएर प्रतिज्ञा गर्छु कि जुन मानिसहरू त्यो ध्वस्त शहरहरूमा बसिरहेकाछन् तिनीहरू तरवारद्वारा काटिनेछन्। यदि कुनै मानिस त्यो देशबाट बाहिर छ भने, म त्यसलाई जङ्गली पशुहरूलाई मार्न अनि खान लगाउँनेछु। यदि मानिसहरू किल्लामा अथवा गुफामा लुके भने रूढीले मर्नेछन्।
27 Assim lhes dirás: Assim disse o Senhor Jeová : Vivo eu, que os que estiverem em lugares desertos cairão à espada, e o que estiver sobre a face do campo, o entregarei à fera, para que o coma, e os que estiverem em lugares fortes e em cavernas morrerão de pestilência.
28 त्यो देशले ती सबै चीजहरू गुमाउनेछ जसमाथि तिनीहरूलाई घमण्ड थियो। इस्राएलको पर्वत उजाड हुनेछ। त्यस ठाँउमा केही पनि हुनेछैन।
28 E tornarei a terra em assolação e espanto, e cessará a soberba da sua força; e os montes de Israel ficarão tão assolados, que ninguém passará por eles.
29 तिनीहरूले अत्यन्तै भंयकर पापहरू गरेकाछन्। यसकारण म त्यो देश उजाड अनि निर्जन पार्छु। त्यसबेला तिनीहरूले थाहा पाउनेछन् कि म नै परमप्रभु हुँ।”
29 Então, saberão que eu sou o Senhor , quando eu tornar a terra em assolação e espanto, por todas as abominações que cometeram.
30 “‘अब तिम्रो विषयमा, हे मानिसको छोरो! तिम्रो मानिसहरू पर्खालहरूमा झुक्छन् अनि आफ्नो दैलोमा खडा भएर तिम्रो विषयमा कुरा गर्छन्। उनीहरू एक-अर्कामा भन्छन्, “आऊ र हामी गएर परमप्रभु के भन्नुहुँदैछ सुनौं।”
30 Quanto a ti, ó filho do homem, os filhos do teu povo falam de ti junto às paredes e nas portas das casas; e fala um com o outro, cada um a seu irmão, dizendo: Vinde, peço-vos, e ouvi qual seja a palavra que procede do Senhor .
31 यसकारण उनीहरू तिमीकहाँ त्यसरी नै आउँछन् जसरी मेरो मानिसहरू आउँछन्। उनीहरू तिम्रो छेउमा मेरो मानिसहरू जस्तै बस्छन्। उनीहरूले तिम्रो सन्देश सुन्छन् तर उनीहरूले त्यो गर्दैनन् जुन तिमीले भन्छौ। उनीहरू त्यो मात्र भन्न चाहन्छन् जुन अनुभव गर्दा राम्रो हुन्छ। उनीहरू मानिसहरूलाई धोका दिन चाहन्छन् अनि अधिक धन कमाउँन चाहन्छन्।
31 E eles vêm a ti, como o povo costuma vir, e se assentam diante de ti como meu povo, e ouvem as tuas palavras, mas não as põem por obra; pois lisonjeiam com a sua boca, mas o seu coração segue a sua avareza.
32 “‘तिमी यिनीहरूको दृष्टिमा प्रेमका गीतहरू गाउने गायक भन्दा अधिक छैनौ। तिम्रो स्वर राम्रो छ। तिमी आफ्नो बाजाहरू राम्रो बजाउँछौ। उनीहरूले तिम्रो वचन सुन्छन् तर त्यो अनुसार गर्दैनन् जुन तिमी भन्छौ।
32 E eis que tu és para eles como uma canção de amores, canção de quem tem voz suave e que bem tange; porque ouvem as tuas palavras, mas não as põem por obra.
33 तर जुन चीजहरूको विषयमा तिमी गाउँछौ त्यो साँच्चै घट्नेछ अनि त्यस बेला मानिसहरूले सम्झनेछन् कि उनीहरूको बीच साँच्चै एक अगमवक्ता थिए।’”
33 Mas, quando vier isto (eis que está para vir), então, saberão que houve no meio deles um profeta.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Ezequiel 33, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.