Êxodo 32

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010) vs VC

Sair da comparação
VC Versão Católica
1 मोशा पर्वतबाट तल नओर्लेको धेरै दिन भइसकेको मानिसहरूलाई थाहा भयो। यसर्थ मानिसहरूले हारूनलाई वरिपरि घेरेर भने, “हेर, मोशाले हामीलाई अगुवाई गरी मिश्रबाट बाहिर लिएर आउनु भयो। हामीलाई थाहा छैन तिनलाई के भयो। यसर्थ हाम्रो अगुवाई गर्न हाम्रोलागि केही देवताहरू बनाऊ।”
1 Vendo que Moisés tardava a descer da montanha, o povo agrupou-se em volta de Aarão e disse-lhe: "Vamos: faze-nos um deus que marche à nossa frente, porque esse Moisés, que nos tirou do Egito, não sabemos o que é feito dele."
2 हारूनले तिनीहरूलाई भने, “तिमीहरूकी आफ्नी पत्नीहरू अनि छोरीहरूले कानमा लगाएका सुनको कुण्डलहरू मकहाँ ल्याऊ।”
2 Aarão respondeu-lhes: "Tirai os brincos de ouro que estão nas orelhas de vossas mulheres, vossos filhos e vossas filhas, e trazei-mos."
3 यसकारण सबै मानिसहरूले कानका सुनको कुण्डलहरू जम्मा गरे अनि हारून कहाँ ल्याए।
3 Tiraram todos os brincos de ouro que tinham nas orelhas e trouxeram-nos a Aarão,
4 हारूनले तिनीहरूबाट सुन लिए, पगालेर यसको एउटा बाछोको मूर्ति बनाए अनि उनले यसलाई सुनले मोहरी दिए।
4 o qual, tomando-os em suas mãos, pôs o ouro em um molde e fez dele um bezerro de metal fundido. Então exclamaram: "Eis, ó Israel, o teu Deus que te tirou do Egito."
5 हारूनले यी सब देखे अनि तिनले बाछाको अघि एउटा वेदी बनाए। त्यसपछि तिनले घोषणा गरे, “परमप्रभुको सम्मानमा भोलि एक विशेष चाड मनाइनेछ।”
5 Aarão, vendo isso, construiu um altar diante dele e exclamou: "Amanhã haverá uma festa em honra do Senhor."
6 मानिसहरू बिहान चाँडै उठे पशुहरू मारेर होमबलिहरू चढाए अनि मेलबलिहरू चढाए। मानिसहरू खान तल बसे, तब रमाइलो गर्न उठे।
6 No dia seguinte pela manhã, ofereceram holocaustos e sacrifícios pacíficos. O povo assentou-se para comer e beber, e depois levantaram-se para se divertir.
7 तब परमप्रभुले मोशालाई भन्नु भयो, “पर्वतबाट तल ओर्ली हाल। तिमीले मिश्र देशबाट ल्याएका ती तिम्रा मानिसहरूले असाध्यै पाप गरिरहेका छन्।
7 O Senhor disse a Moisés: "Vai, desce, porque se corrompeu o povo que tiraste do Egito.
8 तिनीहरूले यति चाडै नियमहरूलाई त्यागे जुन मैले तिनीहरूलाई अनुसरण गर्नु भनी आज्ञा दिएको थिएँ। तिनीहरूले सुन पगालेर एउटा बाछो बनाएका छन् र त्यही बाछोलाई पूजा गर्दैछन् र बलिहरू चढाइरहेका छन्। ती मानिसहरूले भने, ‘हे इस्राएली, यहाँ तिमीहरूका देवताहरू छन् जसले तिमीहरूलाई मिश्रबाहिर ल्याए।’”
8 Desviaram-se depressa do caminho que lhes prescrevi; fizeram para si um bezerro de metal fundido, prostraram-se diante dele e ofereceram-lhe sacrifícios, dizendo: eis, ó Israel, o teu Deus que te tirou do Egito.
9 परमप्रभुले मोशालाई भन्नुभयो, “त्यो मैले देखे यी मानिसहरू एकदमै अट्टेरी छन्।
9 Vejo, continuou o Senhor, que esse povo tem a cabeça dura.
10 यसकारण मलाई एक्लो छोडिदेऊ मेरो क्रोध तिनीहरूमाथि उठ्नेछ अनि तिनीहरूलाई ध्वंश गरिदिनेछ। तब म तिम्रा सन्तानलाई एउटा ठूलो जाति बनाउनेछु।”
10 Deixa, pois, que se acenda minha cólera contra eles e os reduzirei a nada; mas de ti farei uma grande nação."
11 तर मोशाले परमप्रभु उसका परमेश्वरलाई शान्त गराए अनि भने, “हे परमप्रभु तपाईंका आफ्नै मानिसहरूसित चाँडै क्रोधित नहुनुहोस्। तपाईंले यी मानिसहरूलाई मिश्रबाट तपाईंका विशाल अद्भुत शक्ति र बल प्रयोग गरेर बाहिर ल्याउनु भयो।
11 Moisés tentou aplacar o Senhor seu Deus, dizendo-lhe: "Por que, Senhor, se inflama a vossa ira contra o vosso povo que tirastes do Egito com o vosso poder e à força de vossa mão?
12 यदि तपाईंले तिनीहरूलाई ध्वंश पार्नु भयो भने, ‘मानिसहरूले सोच्ने छन् परमप्रभुले मानिसहरूलाई मिश्र बाहिर लगेको कारण तिनीहरूलाई पर्वतमाथि ध्वंश पार्न मात्र रहेछ।’ यसर्थ तपाईंका आफ्नै मानिसहरूसंग क्रोधित नहुनुहोस्। तपाईंको मन बदली गर्नुहोस् र तपाईंका मानिसहरूलाई नमार्नु होस्।
12 Não é bom que digam os egípcios: com um mau desígnio os levou, para matá-los nas montanhas e suprimi-los da face da terra! Aplaque-se vosso furor, e abandonai vossa decisão de fazer mal ao vosso povo.
13 अब्राहाम, इसहाक तथा याकूबलाई सम्झना गर्नु होस्, ती मानिसहरूले तपाईंलाई सेवा गरेका थिए अनि तपाईंले एउटा प्रतिज्ञा गर्नुभयो। तपाईंले भन्नु भयो, ‘म तिमीहरूका सन्तानलाई आकाशका ताराहरू भन्दा वेशी बनाउनेछु अनि तिनीहरूलाई सम्पूर्ण भूमि दिनु भयो। यो भूमि तिनीहरूलाई सदाको निम्ति हुनेछ।’”
13 Lembrai-vos de Abraão, de Isaac e de Israel, vossos servos, aos quais jurastes por vós mesmo de tornar sua posteridade tão numerosa como as estrelas do céu e de dar aos seus descendentes essa terra de que falastes, como uma herança eterna."
14 यसर्थ परमप्रभुले आफ्नो हृदयलाई कोमल बनाउनु भयो अनि उहाँले के गर्न चाहनु भएको थियो त्यो गर्नु भएन। उहाँले तिनीहरूलाई ध्वंश गर्नु भएन।
14 E o Senhor se arrependeu das ameaças que tinha proferido contra o seu povo.
15 तब मोशा पर्वतबाट तल ओर्लिए। तिनीसित दुवैपट्टि करार लेखिएको दुइवटा शिला-पाटीहरू थियो। यी पाटीहरूमा दुवै पट्टि लेखेको थियो।
15 Moisés desceu da montanha segurando nas mãos as duas tábuas da lei, que estavam escritas dos dois lados, sobre uma e outra face.
16 यी पाटीहरू परमेश्वर आफैंले बनाउनु भयो, अनि यसमाथि आज्ञाहरू लेख्नु भयो।
16 Eram obra de Deus, e a escritura nelas gravada era a escritura de Deus.
17 जब मोशा पर्वतबाट तलतिर ओर्लिदै थिए यहोशूले मानिसहरूलाई चिंच्याउदै गरेको सुने, यहोशूले मोशालाई भने, “मैले छाउनीभित्र युद्धको ध्वनि सुने।”
17 Ouvindo o barulho que o povo fazia com suas aclamações, Josué disse a Moisés: "Há gritos de guerra no acampamento!"
18 मोशाले उत्तर दिए, “यो आवाज सेनाहरूको विजय ध्वनि होइन। अनि यो हार्ने सेनाहरूको आवाज पनि होइन। त्यो आवाज जो म सुन्दैछु, त्यो संगीतको स्वर हो।”
18 "Não, respondeu Moisés, não são gritos de vitória, nem gritos de derrota: o que ouço são cantos."
19 मोशा छाउनी नजिक आइपुगे अनि त्यहाँ एउटा बाछो र मानिसहरू नाच्दै गरेको देखे। मोशा एकदमै क्रोधित भए अनि तिनीसित भएको च्याप्टो ढुङ्गाहरू भूँईमा फ्याँके। पर्वतको बेंसीमा ती ढुङ्गाहरू फुटेर टुक्रा-टुक्रा भए।
19 Aproximando-se do acampamento, viu o bezerro e as danças. Sua cólera se inflamou, arrojou de suas mãos as tábuas e quebrou-as ao pé da montanha.
20 तब मोशाले बाछालाई पगाले र यसलाई धूलो पारे। तब उनले धूलोलाई पानीभित्र हाले, उनले त्यो पानी इस्राएलीहरूलाई पिउन कर लगाए।
20 Em seguida, tomando o bezerro que tinham feito, queimou-o e esmagou-o até reduzi-lo a pó, que lançou na água e a deu de beber aos israelitas.
21 उसले हारूनलाई भने, “यी मानिसहरूले तिमीलाई के गरे? किन तिनीहरूमाथि तिमीले यस्तो ठूलो पाप ल्यायौ?”
21 Moisés disse a Aarão: "Que te fez este povo para que tenhas atraído sobre ele um tão grande pecado?"
22 हारूनले उत्तर दिए, “हजूर, क्रोधित नहुनु होस्। तपाईंलाई थाहा छ यी मानिसहरू सँधै केही गल्ती गर्न तैयार नै रहन्छन्।
22 Aarão respondeu: "Não se irrite o meu senhor. Tu mesmo sabes o quanto este povo é inclinado ao mal.
23 यी मानिसहरूले मलाई भने, ‘मोशाले हामीलाई मिश्र देशबाट अगुवाई गर्नु भयो, तर उहाँलाई के भयो हामी जान्दैनौं, यसर्थ हाम्रो अगुवाई गर्न केही देवताहरू बनाऊ।’
23 Eles disseram-me: faze-nos um deus que marche à nossa frente, porque este Moisés, que nos tirou do Egito, não sabemos o que é feito dele.
24 यसकारण मैले तिनीहरूलाई भनें तिनीहरूको सुन ल्याऊ तिनीहरूले त्यो मलाई दिए। मैले त्यो सुन आगोमा हाले र आगोबाट त्यो बाछो निस्कियो।”
24 Eu lhes disse: Todos aqueles que têm ouro, despojem-se dele! E mo entregaram: joguei-o ao fogo e saiu esse bezerro."
25 मोशाले देखे हारूनले मानिसहरूलाई नियन्त्रणबाट बाहिर जान दिए, मानिसहरू जंगली जस्तो कुदिरहे अनि तिनीहरूका सबै शत्रुहरूले तिनीहरूको मूर्खको जस्तो व्यवहार देखे।
25 Moisés viu que o povo estava desenfreado, porque Aarão tinha-lhe soltado as rédeas, expondo-o assim à mofa de seus adversários.
26 यसर्थ मोशा छाउनीको प्रवेशद्वारमा उभिए र भने, “परमप्रभुलाई समर्पण गर्ने जो पनि मेरो वरिपरि भेला हुनुपर्छ। सबै लेवीहरू उनको वरिपरि भेला भए।”
26 Pôs-se de pé à entrada do acampamento e exclamou: "Venham a mim todos aqueles que são pelo Senhor!" Todos os filhos de Levi se ajuntaram em torno dele.
27 त्यसपछि मोशाले तिनीहरूलाई भने, “परमप्रभु इस्राएलका परमेश्वरले के भन्नु भएको छ म तिमीहरूलाई भन्नेछु ‘प्रत्येकले हातमा तरवार लिएर छाउनीको एक कुनादेखि अर्को कुनासम्म जानुपर्छ। तिमीहरूले आफ्नो दाज्यू-भाइ, साथीहरू, अनि छिमेकीहरूलाई मार्नै पर्छ।’”
27 Ele disse-lhes: "Eis o que diz o Senhor, o Deus de Israel: cada um de vós meta a espada sobre sua coxa. Passai e repassai através do acampamento, de uma porta à outra, e cada um de vós mate o seu irmão, seu amigo, seu parente!"
28 लेवीहरूले मोशाको आज्ञा पालन गरे अनि त्यस दिन लगभग तीन हजार इस्राएलीहरूले ज्यान गुमाए।
28 Os filhos de Levi fizeram o que ordenou Moisés, e cerca de três mil homens morreram naquele dia entre o povo.
29 त्यसपछि मोशाले भने, “आज तिमीहरूका छोराहरू अनि दाज्यू-भाइ मारेर आफूलाई परमप्रभुको सेवामा सर्मपण गर्यौ। यसको निम्ति तिमीहरूले आशिष पाउनेछौ।”
29 Moisés disse: "Consagrai-vos desde hoje ao Senhor, porque cada um de vós, ao preço de seu filho e de seu irmão, tendes atraído sobre vós hoje uma bênção."
30 अर्को बिहान मोशाले मानिसहरूलाई भने, “तिमीहरूले असाध्यै ठूलो पाप गर्यौ। अब म परमप्रभुकहाँ जानेछु। हुन सक्छ म तिमीहरूको पापका निम्ति प्रायश्चित गर्नु सक्छु।”
30 No dia seguinte, Moisés disse ao povo: "Cometestes um grande pecado. Mas vou subir hoje ao Senhor; talvez obtenha o perdão de vossa culpa."
31 तब, मोशा परमप्रभुकहाँ गए अनि भने, “दया गरी सुन्नु होस्, यी मानिसहरूले सुनको देवता बनाए र साह्रै नराम्रो पाप गरेका थिए।
31 Moisés voltou junto do Senhor e disse: "Oh, esse povo cometeu um grande pecado: fizeram para si um deus de ouro.
32 अब यिनीहरूका पाप क्षमा गरि दिनुहोस्। यदि तिनीहरूलाई क्षमा गर्नु हुँदैन भने तपाईंले लेख्नु भएको पुस्तकबाट मेरो नाउँ निशान मोटाइ दिनुहोस्।”
32 Rogo-vos que lhes perdoeis agora esse pecado! Senão, apagai-me do livro que escrevestes."
33 तर परमप्रभुले मोशालाई भन्नु भयो, “ज-जसले मेरो विरोधमा पाप गरेकाछन्, म तिनीहरूको नाउँहरू मेरो पुस्तकबाट हटाउने छु।
33 O Senhor disse a Moisés: "Aquele que pecou contra mim, este apagarei do meu livro.
34 यसर्थ तल गएर मैले जहाँ जानु भन्छु त्यहाँ तिनीहरूको अगुवाइ गर। मेरो स्वर्गदूतले तिमीलाई अगुवाई गर्नेछ। जब पाप गर्ने मानिसहरूलाई दण्ड दिने समय आउँछ तिनीहरूलाई दण्ड दिइनेछ।”
34 Vai agora e conduze o povo aonde eu te disse: meu anjo marchará diante de ti. Mas, no dia de minha visita, eu punirei seu pecado."
35 यसर्थ परमप्रभुले मानिसहरूमाथि डरलाग्दो बिमार खन्याई दिनु भयो। उहाँले यसो गर्नु भयो किनभने हारूनले अगुवाइ गरेका मानिसहरूले एउटा सुनका बाछो बनाएका थिए।
35 Feriu o Senhor o povo, por ter arrastado Aarão a fabricar o bezerro.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Êxodo 32, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.