Êxodo 28

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010) vs VC

Sair da comparação
VC Versão Católica
1 परमप्रभुले मोशालाई भन्नु भयो, “तिम्रो दाज्यू हारून, उसका छोराहरू नादाब, अबीहू, एलाजार अनि ईतामारलाई इस्राएली मानिसहरूलाई छोडेर तिमी कहाँ आउनु भन। यी मानिसहरू पूजाहारी भएर मेरो सेवा गर्नेछन्।
1 "Faze vir junto de ti, do meio dos israelitas, teu irmão Aarão com seus filhos para me servirem no ofício sacerdotal: Aarão, Nadab, Abiú, Eleazar e Itamar, filhos de Aarão.
2 “तिम्रो दाज्यू हारूनको निम्ति विशेष पोशाक बनाऊ। यी पोशाकहरूले उसलाई सम्मान र आदर दिनेछन्।
2 Farás para teu irmão Aarão vestes sagradas em sinal de dignidade e de ornato.
3 इस्राएली मानिसहरूमा यस प्रकारको पोशाक बनाउन निपुर्ण मानिसहरू छन्। मैले ती मानिसहरूलाई विशेष ज्ञान दिएकोछु। हारूनको निम्ति ती मानिसहरूलाई पोशाक बनाउनु भन। ती पोशाकहरूले उसलाई पूजाहारी जस्तै सजाउँछ।
3 Fala aos homens inteligentes a quem enchi do espírito de sabedoria, para que confeccionem as vestes de Aarão, de sorte que ele seja consagrado ao meu sacerdórcio.
4 ती मानिसहरूले पोशाक छालाको थैलो एपोद एउटा डोरी, झालर लगाएको डोरी, एउटा फेटा अनि एउटा पेटी बनाउनु पर्छ। ती मानिसहरूले यो पवित्र पोशाकहरू हारून र उसका छोराहरूका निम्ति बनाउनु पर्छ। तब हारून अनि उसका छोराहरू अधिकृत पूजाहारी हुन्छन्।
4 Eis as vestes que deverão fazer: um peitoral, um efod, um manto, uma túnica bordada, um turbante e uma cintura. Tais são as vestes que farão para teu irmão Aarão e para os seus filhos, a fim de que sejam sacerdotes a meu serviço;
5 ती मानिसहरूलाई भन यी पोशाकहरू बनाउँदा सुनको धागो, मिहीन वस्त्र र निलो, बैजनी अनि रातो धागो प्रयोग गरून्।
5 empregarão ouro, púrpura violeta e escarlate, carmesim e linho fino.
6 “एपोद बनाउँदा ती मानिसहरूले मिहीन वस्त्र, निलो, बैजनी अनि रातो धागो र सुनको धागो प्रयोग गरून्। यो कार्य अत्यन्तै शिपालु मानिसहरूले गर्नु पर्छ।
6 O efod será feito de ouro, de púrpura violeta e escarlate, de carmesim e de linho fino retorcido, artisticamente tecidos.
7 यी दुवै टुक्राले काँधे बन्धन हुनुपर्छ, एउटाले अर्कोको छेउ जोडिएको हुनुपर्छ।
7 Nas duas extremidades, haverá duas alças, que o sustentarão.
8 “यी मानिसहरूले एपोदको निम्ति पेटी पनि अत्यन्तै सावधानीसित बनाउनु पर्छ। पेटी पनि तिनीहरूले एपोद बनाउँदा जस्तै सुनको धागो, मसिनो गरी बाटेको सुती कपडा, निलो, बैजनी अनि रातो धागोहरूले बनाउनु पर्छ।
8 O cinto que se passará sobre o efod para fixá-lo será feito do mesmo trabalho e fará com ele uma só peça: ouro, púrpura violeta e escarlate, carmesim e linho fino retorcido.
9 “गोमेद पत्थरहरू लेऊ र याकूबका बाह्रजना छोराहरूको नाउँ लेख प्रत्येक पत्थरमा छ जनाको नाउँ लेख।
9 Tomarás duas pedras de ônix e gravarás nelas o nome dos filhos de Israel:
10 तिनीहरूको नाउँहरू जन्म क्रम अनुसार सूचित गर।
10 seis nomes numa pedra, seis noutra, por ordem de idade.
11 इस्राएलीका नाउँहरू रत्नहरूमा खोप। यी कामहरू यस्तै प्रकारले गर्नु पर्छ जसरी शिल्पकारहरूले मोहोरमा नाउँ अनि नक्शा खोप्ने गर्छन्। यसकारण खोपिएका रत्नहरू सुनको पातामा ठोकिएको हुनुपर्छ।
11 Os nomes dos filhos de Israel, que gravarás nas duas pedras, serão à maneira de selos gravados por lapidadores; e as duas pedras serão encaixadas em filigranas de ouro.
12 तब यी खोपिएको रत्नहरू एपोदको काँधहरूमाथि लगाई देऊ। जब हारून परमप्रभुको सामुने उभिन्छ, उसले एपोद जहाँ याकूबका छोराहरूले नाउँ खोपेर जोडेको रत्नहरू छन् काँधहरूमाथि लगाउँछ। यी रत्नहरूले परमप्रभुलाई इस्राएलीहरूको विषयमा सम्झना गराउँछ।
12 Colocarás essas duas pedras nas alças do efod, em memória dos filhos de Israel, cujos nomes serão levados por Aarão nos seus dois ombros, à guisa de memória diante do Senhor.
13 सुनका दुइवटा आकारहरू बनाऊ अनि
13 Farás engastes de ouro
14 शुद्ध सुनका धागोहरू बाटेर दुइवटा साङ्गली बनाऊ र दूई समूहलाई जोडी देऊ।
14 e duas correntinhas de ouro puro entrelaçadas em forma de cordões, que fixarás nos engastes.
15 “प्रधान पूजाहारीका निम्ति एपोद बनाउने निपुण शिल्पकारहरूले न्यायको थैली बनाउनु पर्छ। यस्तो थैली बनाउँदा पनि ती शिल्पकारहरूले सुनको धागो, मसिनो गरी बाटेको सुती कपडा अनि निलो, बैजनी र राता धागाहरू प्रयोग गर्नु पर्छ।
15 Farás um peitoral de julgamento artisticamente trabalhado, do mesmo tecido que o efod: ouro, púrpura violeta e escarlate, carmesim e linho fino retorcido.
16 न्यायको थैली दोबारेको चारपाटे हुनुपर्छ। त्यो थैली एक बित्ता लामो र एक बित्ता चौडाइको हुनुपर्छ।
16 Será quadrado, dobrado em dois, do comprimento de um palmo e de largura de um palmo.
17 न्यायको थैलीमा यी रत्नहरू चार लहरमा जोड। पहिलो लहरमा साडियस, पुष्पराज, र पन्ना,
17 Guarnecê-lo-ás com quatro fileiras de pedrarias. Primeira fileira: um sárdio, um topázio e uma esmeralda;
18 दोस्रो लहरमा फिरोजा, नीलम र लालहीराको,
18 Segunda fileira: um rubi, uma safira, um diamante;
19 तेस्रो लहरमा नीलमणि, हाकिक र कटेला र
19 terceira fileira: uma opala, uma ágata e uma ametista;
20 चौथो लहरमा पीतमणि, आनिक्स अनि स्फारिक हुनु पर्छ। रत्नहरू सुनको घेरामा राख्नुपर्छ।
20 quarta fileira: um crisólito, um ônix e um jaspe. Serão engastadas em uma filigrana de ouro.
21 प्रत्येक रत्नमा इस्राएलको बाह्र वंशहरूमध्ये एक-एकको नाउँ खोपिएको हुनुपर्छ। खोप्ने काम निपुणतासंग गरिएको हुनु पर्छ।
21 E, correspondendo aos nomes dos filhos de Israel, serão em número de doze, e em cada uma será gravado o nome de uma das doze tribos, à maneira de um sinete.
22 “न्याय थैलीको निम्ति शुद्ध सुनको साङ्गली बनाऊ। यी साङ्गलीहरू डोरी जस्तै बटारिएको हुनुपर्छ।
22 Farás também para o peitoral correntinhas de ouro puro, entrelaçadas em forma de cordões.
23 सुनका दुइवटा मुन्द्रीहरू बनाऊ र तिनीहरूलाई दुइवटा न्याय थैलीको छेऊमा जोडी देऊ।
23 Farás ainda para o peitoral dois anéis de ouro, que fixarás em suas extremidades.
24 दुइवटा सुनको डोरीहरू दुइवटा मुन्द्रीहरू न्यायको थैलीमाथि छेउमा जोडी देऊ।
24 Passarás os dois cordões de ouro nos dois anéis,
25 दुवै साङ्गलाहरू मिलाएर एपोदको कुममाथि चौखटमा साङ्गलाको अर्को अन्त बाँध। यसले न्यायको थैलीलाई एपोदको अघि थाम्छ।
25 e prenderás as suas duas pontas nos dois colchetes, metendo-os nas duas alças do efod para o lado da frente.
26 अझै दुइवटा सुनको मुन्द्रीहरू बनाऊ अनि तिनलाई न्यायको थैलीको अर्को दुइ कुनामा राखिदेऊ। यो एपोदको छेऊमा न्यायको थैलीको भित्री भागमा हुनेछ।
26 Farás ainda dois anéis de ouro que fixarás nas duas extremidades do peitoral, na sua orla interior aplicada contra o efod.
27 अझै दुइवटा सुनको कुण्डलहरू बनाएर एपोदको अघाडीपट्टिको भागमा काँधको मुनि राख। एपोदको पेटीमाथि सुनका मुन्द्रीहरू लगाऊ।
27 E enfim dois outros anéis de ouro que fixarás na parte dianteira, por baixo das duas alças do efod, à altura da junção, na cintura do efod.
28 न्यायको थैली कुण्डल र एपोदको कुण्डल बाँध्न निलो डोरीको प्रयोग गर। यसरी न्यायको थैली पेटी नजिक रहन्छ र एपोदसित बाँध।
28 Prender-se-ão os anéis do peitoral aos do efod por meio de uma fita de púrpura violeta, a fim de que o peitoral se fixe sobre a cintura do efod, e assim não se separe dele.
29 “हारून जब पवित्र स्थानमा जान्छन् उनले आफ्नो छातीमा त्यो न्यायको थैली लगाएको हुनुपर्छ। यसरी इस्राएलाका बाह्र जना छोराहरूको नाउँ हारूनको छातीमाथि परमप्रभुको सम्झनामा सदा-सर्वदा रहनेछ।
29 Desse modo, entrando no santuário, Aarão levará sobre o seu coração os nomes dos filhos de Israel gravados sobre o peitoral de julgamento, como memorial perpétuo diante do Senhor.
30 ऊरीम र तुम्मीम सँधै त्यो न्यायको थैलीमा राखिएको हुनुपर्छ। हारून जब परमप्रभुको सामुन्ने जान्छन उनको छातीमाथि ती राख्नुपर्छ। यसकारण हारून जब परमप्रभु अघाडी हुन्छन् इस्राएली मानिसहरूलाई न्याय गराइने साधनहरू सबै आफूसित राखिएको हुन्छ।
30 No peitoral de julgamento porás o urim e o turim, para que estejam sobre o peito de Aarão quando ele se apresentar diante do Senhor. Assim Aarão levará constantemente sobre o seu coração, diante do Senhor, o julgamento dos israelitas.
31 “एपोदको निम्ति निलो रंगको लबेदा तिमीले बनाऊ।
31 Farás o manto do efod inteiramente de púrpura violeta.
32 शिरको लागि बीचमा प्वाल बनाऊ अनि प्वालको किनारमा कोटको कलर च्यातिनुबाट बचाउनुलाई बुने झैं सिलाऊ।
32 Haverá no meio uma abertura para a cabeça, e em volta uma orla tecida, que será como a abertura de um corselete, para que não se rompa.
33 पोशाकको फेरो वरिवरि निलो, बैजनी अनि रातो धागोले दारीमहरू बनाऊ र तिनलाई झुण्डाऊ।
33 Em volta de toda a orla inferior, porás romãs de púrpura violeta e escarlate, assim como carmesim, entremeadas de campainhas de ouro:
34 सुनको घण्टीहरू दारीमहरू बीच-बीचमा पोशाकको वरिपरि झुण्डाऊ। यसरी पोशाकको किनारमा दारीमहरू अनि एक पछि अर्को गर्दै घण्टीहरू झुण्डाऊ।
34 uma campainha de ouro, uma romã, outra campainha de ouro, outra romã em todo o contorno da orla inferior do manto.
35 हारून जब पूजाहारी भई सेवा गर्छन् तिनले यो लवेदा लगाएर गर्छन्। हारून जब पवित्र स्थानभित्र जान्छन् र त्यहाँबाट निस्कन्छन घणटीहरू बज्नेछन् अनि यसरी हारून मर्ने छैनन्।
35 Aarão será revestido desse manto quando exercer suas funções, a fim de se ouvir o som das campainhas quando entrar no santuário, diante do Senhor, e quando sair, e para que não morra.
36 “मानिसहरूले मोहर बनाए झैं शुद्ध सुनको पाता बनाऊ अनि त्यसमा यी शब्दहरू खोप परमप्रभुको निम्ति पवित्र।
36 Farás uma lâmina de ouro puro na qual gravarás, como num sinete, Santidade a Javé
37 यो फेटामो निलो धागो बाँधिदेऊ। यो सुनको पाता फेटामा अघिल्तिर हुनुपर्छ।
37 Prendê-la-ás com uma fita de púrpura violeta na frente do turbante.
38 हारूनले आफ्नो शिरमाथि त्यो लगाउनेछन् अनि यसरी इस्राएली मानिसहरूले परमप्रभुलाई चढाएको पवित्र उपहारको जिम्मावार हुनेछन्। यसकारण हारूनले त्यो सुनको पाता सधैं आफ्नो शिरमा राख्नेछन् जसले गर्दा मानिसहरूले चढाएका सबै उपहारहरू ग्रहण परमप्रभुले गर्नु हुनेछ।
38 Estará na fronte de Aarão, que levará assim a carga das faltas cometidas pelos israelitas, na ocasião de algumas santas ofertas que possam apresentar: estará continuamente na sua fronte, para que os israelitas sejam aceitos pelo Senhor.
39 “सेतो लबेदा बनाउनलाई मसिनो सुती कपडा प्रयोग गर। फेटा बनाउन मिहीन लुगा प्रयोग गर। पेटीमा बुट्टाहरू सिलाएर बनाऊ।
39 Farás uma túnica de linho, um turbante de linho e uma cintura de bordado.
40 हारूनका छोराहरूको निम्ति पनि लबेदा पटुका र फेटाहरू बनाऊ। यी वस्त्रहरूले तिनीहरूलाई सम्मान अनि गौरव प्रदान गर्नेछन्।
40 Farás túnicas para os filhos de Aarão, cinturas e tiaras, em sinal de dignidade e de ornato.
41 हारून र तिनका छोराहरूले ती पोशाकहरू लगाएपछि तिनीहरूलाई तेलले अभिषेक गरिदेऊ। यसरी तिनीहरू नियुक्त हुनेछन् अनि पवित्र भएर मेरो निम्ति पूजाहारीहरू झैं सेवा गर्नेछन्।
41 Revestirás desses ornamentos teu irmão Aarão e seus filhos e os ungirás, os empossarás e os consagrarás, a fim de que sejam sacerdotes a meu serviço.
42 “पोशाकहरूको लागि सुती लुगा प्रयोग गर। त्यो पोशाक तिनीहरूले कमरदेखि तिग्रासम्म लगाउँनु पर्छ।
42 Far-lhes-ás também, para cobrir a sua nudez, calções de linho que irão dos rins até as coxas.
43 हारून र तिनका छोराहरू जति बेला भेट हुने पालभित्र पस्छन् तिनीहरूले त्यो लुगा लाउनु पर्छ। पूजाहारी भई काम गर्न जुन बेलामा पनि तिनीहरू पवित्र स्थानको वेदी नजिक जान्छन् तिनीहरूले त्यो पोशाक लगाएको हुनुपर्छ। यदि तिनीहरूले ती वस्त्रहरू धारण नगरी त्यसरी भित्र पसे दोषी भई मर्ने छन्। यी सब हारून अनि तिनका भावी सन्तानको निम्ति सदा-सर्वदाका लागि पालन गरिनु पर्ने नियम हुनेछन।”
43 Aarão e seus filhos os levarão quando entrarem na tenda de reunião, ou quando se aproximarem do altar para fazer o serviço do santuário, sob pena de incorrerem numa falta mortal. Esta é uma lei perpétua para Aarão e sua posteridade."

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Êxodo 28, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.