Êxodo 13

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010) vs BKJ

Sair da comparação
1 त्यसपछि परमप्रभुले मोशालाई भन्नु भयो,
1 E o SENHOR falou a Moisés, dizendo:
2 “तिमीले इस्राएलमा जन्मेको प्रत्येक पहिले पुरूष शिशु मलाई दिनुपर्छ। त्यसको अर्थ हुन्छ पहिला जन्मेको प्रत्येक बालक अनि पहिला जन्मेको प्रत्येक पाठो मेरो हुनेछ।”
2 Santificai-me todos os primogênitos, todo o que abriu a madre entre os filhos de Israel, tanto do homem quanto do animal; este é meu.
3 मोशाले मानिसहरूलाई भने, “यस दिनलाई सम्झना गर। तिमीहरू मिश्रमा कमारा-कमारीहरू थियौ। तर आजको दिन परमप्रभुले आफ्नो महाशक्ति प्रयोग गरी तिमीहरूलाई स्वतन्त्र पार्नुभयो। तिमीहरूले खमीर मिसाएको रोटी खानै हुँदैन।
3 E Moisés disse ao povo: Lembrai-vos deste dia, no qual saístes do Egito, da casa da servidão, pois com mão poderosa o SENHOR vos tirou desse lugar. Não se comerá pão levedado.
4 आज, आबीबको महीनामा तिमीहरूले मिश्र छाड्यौ।
4 Neste dia, no mês de abibe, vós saístes.
5 परमप्रभुले तिमीहरूका पिता-पुर्खाहरूलाई विशेष वचन दिनुभएको छ। उहाँले तिमीहरूलाई कनानी, हित्ती, एमोरी, हिव्वी अनि यबूसी मानिसहरूको भूमि दिने प्रतिज्ञा गर्नु भयो। परमप्रभुले तिमीहरूलाई त्यस भूमिमा लानु हुनेछ जहाँ दूध र मह बग्छन्। यसकारण तिमीहरूले यो रीति प्रत्येक वर्ष यही महीनामा पालन गर्नुपर्छ।
5 E será que, quando o SENHOR te houver introduzido na terra dos cananeus, e dos heteus, e dos amorreus, e dos heveus, e dos jebuseus, que ele jurou a teus pais que te daria, uma terra em que mana leite e mel, que guardarás este culto neste mês.
6 “सात दिनसम्म तिमीहरूले अखमिरे रोटी खानुपर्छ। सातौं दिनमा तिमीहरूले ठूलो भोज गरेर मनाउँनु पर्छ अनि यस भोजले परमप्रभुप्रति सम्मान जनाउँनेछ।
6 Sete dias comerás pão ázimo, e no sétimo dia será uma festa ao SENHOR.
7 यसर्थ सात दिनसम्म तिमीहरूले अखमिरे रोटी खानु हुँदैन। तिमीहरूको भूमिमा सात दिनसम्म खमीर हुनुहुँदैन।
7 Comer-se-á pão ázimo durante sete dias, e não se verá pão levedado contigo, nem ainda se verá fermento contigo em todos os teus alojamentos.
8 यस दिन तिमीहरूले आफ्नो नानीहरूलाई भन्नु पर्छ, ‘हामी यो भोज खाँदैछौ किनभने आजको दिन परमप्रभुले हामीहरूलाई मिश्रबाट बाहिर ल्याउनु भएको थियो।’
8 E naquele dia mostrarás a teu filho, dizendo: Isso se faz por causa do que o SENHOR me fez, quando eu saí do Egito.
9 “यस पवित्र चाडले तिमीहरूलाई सम्झना गराउने छ यो हातमा बाँधेको धागो आँखाअघि राखिएको चिन्ह जस्तो हुनेछ। यस पवित्र दिनले तिमीहरूलाई परमप्रभुले दिनु भएको उपदेशहरू सम्झना गराउनेछ। यसले तिमीहरूलाई त्यही दिनको सम्झना गराउँछ परमप्रभुले आफ्नो महाशक्ति प्रयोग गरेर तिमीहरूमाथि करूणा गर्नु भएको थियो।
9 E te será por sinal sobre tua mão, e por memorial entre teus olhos, para que a lei do SENHOR esteja na tua boca, porque com uma mão forte o SENHOR te tirou do Egito.
10 यसकारण प्रत्येक वर्ष यो दिनलाई ठीकसित सम्झना गर।
10 Por isso guardarás esta ordenança a seu tempo, ano após ano.
11 “परमप्रभुले तिमीहरूलाई त्यस भूमिमा लैजानु हुनेछ जसलाई उहाँले तिमीहरूलाई दिनेछु भनी वचन दिनु भएको थियो। अहिले त्यस भूमिमा कनानी मानिसहरू बस्छन्। तर परमप्रभुले तिमीहरूका पिता-पुर्खाहरूलाई त्यो भूमि तिमीहरूलाई दिन्छु भनी वचन दिनु भएको थियो। परमेश्वरले जब तिमीहरूलाई त्यो भूमि दिनुहुन्छ,
11 E acontecerá que, quando o SENHOR te houver introduzido na terra dos cananeus, como jurou a ti e a teus pais, e te der,
12 तिमीहरूले सम्झना गर्नु पर्छ। तिमीहरूले आफ्नो पहिलो छोरो अनि पहिलो उहाँलाई समर्पण गर्नुपर्छ।
12 que tu separarás para o SENHOR tudo o que abrir a madre, e todo primogênito que vier do animal que tiveres, o macho será do SENHOR.
13 तिमीहरूले गधा उद्धार गर्नु एउटा थुमा समर्पण गर्न सक्छौ तर यदि गधा गराउनु सकेनौ भने त्यसलाई गर्दन फुटाएर मार्नु पर्छ। तर पहिले जन्मेको छोरो तिमीहरूले परमप्रभुबाट छुट्‌याएर ल्याउनु पर्छ।
13 E todo o primogênito da jumenta resgatarás com um cordeiro; e se não o resgatares, quebrarás o seu pescoço. E todo o primogênito do homem entre teus filhos resgatarás.
14 “भविष्यमा तिमीहरूका सन्तानले सोध्न सक्छन् ‘तिमीहरूले यस्तो किन गर्छौ?’ अनि तिमीहरूको उत्तर हुनेछ, ‘हामीहरू मिश्र देशमा कमारा-कमारी थियौं अनि परमप्रभुले उहाँको शक्ति प्रयोग गरी हामीलाई यहाँ ल्याउनु भयो।
14 E acontecerá que, quando teu filho te perguntar no futuro, dizendo: O que é isto? Tu lhe dirás: Por força da mão o SENHOR nos tirou do Egito, da casa de servidão.
15 मिश्र देशमा फिरऊनले अट्टेरी गरेर हामीलाई त्यहाँबाट बाहिर पठाउन अस्वीकार गरे। यसर्थ परमप्रभुले त्यहाँ जन्मेका प्रत्येक मानिस र पशुका पहिले जन्मेका छोराहरू तथा बच्चाहरू मारिदिनु भयो। यही कारणले मेरा प्रथम जन्मेका छोरो परमप्रभुबाट उद्धार गर्न प्रथम जन्मेको डाँगो पशु भेटी चढाँउँछु।’
15 E aconteceu que, quando Faraó não queria nos deixar sair, o SENHOR matou todos os primogênitos da terra do Egito, tanto o primogênito do homem quanto o primogênito do animal. Por isso, eu sacrifico ao SENHOR tudo que abre a madre, sendo macho, mas resgato todos os primogênitos de meus filhos.
16 यो तिमीहरूको हातमा कसेको धागो जस्तै हो र यो तिमीहरूका आँखाको सामुन्ने राखेको चिन्ह जस्तो हो। यसले हामीलाई सधैं सम्झना गर्न सहायता गर्छ कसरी परमप्रभुले उहाँको महाशक्ति चलाएर हामीहरूलाई मिश्रबाट ल्याउनु भयो।”
16 E será por sinal sobre tua mão, e por frontais entre teus olhos, porque com mão forte, o SENHOR nos tirou do Egito.
17 फिरऊनले मानिसहरूलाई छोडन लगाए। परमप्रभुले मानिसहरूलाई पलिश्तीहरूको भूमिको बाटो जानु दिनु भएन। समुद्रकोबाटो सब भन्दा छोटो छ तर परमप्रभुले भन्नुभयो, “यदि मानिसहरू त्यो बाटो जान्छन् भने तिनीहरूले लडाइँ गर्नु पर्नेछ। यस्तो हुँदा तिनीहरूको मन विचार बदलन सक्छ अनि मिश्रमा नै फर्किएर जानेछन्।”
17 E aconteceu que, quando Faraó havia deixado o povo ir, Deus não o conduziu pelo caminho da terra dos filisteus, embora esse fosse perto; porque Deus disse: Para que porventura o povo não se arrependa, vendo a guerra, e volte para o Egito.
18 यसकारण परमप्रभुले तिनीहरूलाई अर्को बाटोबाट समुद्र किनाराहुँदै मरूभुमिको बाटो लानु भयो। इस्राएली मानिसहरू मिश्रबाट बाहिर निस्कदा युद्धको पोशाकमा थिए।
18 Mas Deus fez o povo rodear, pelo caminho do deserto do mar Vermelho, e os filhos de Israel subiram armados da terra do Egito.
19 मोशाले यूसुफको अस्थिहरू लिएर हिंडे। मर्नु अघि यूसुफले इस्राएलीहरूसंग आफ्नो लागि यस्तो गर्ने प्रतिज्ञा गराएका थिए। यूसुफले भने, “जब परमेश्वर तिमीहरूलाई सुरक्षा दिनु हुन्छ मेरा अस्थिहरूलाई मिश्रदेखि बाहिर लान र्नबिस।”
19 E Moisés tomou consigo os ossos de José, porque havia jurado solenemente aos filhos de Israel, dizendo: Deus certamente vos visitará, e daqui levareis meus ossos convosco.
20 इस्राएलका मानिसहरूले सुक्कोत छाडे अनि एथाममा छाउनी लगाए। एतामम मरूभूमि नजिक थियो।
20 E começaram sua jornada de Sucote, e acamparam em Etã, na borda do deserto.
21 परमप्रभुले दिउँसो अग्लो बादललाई र राती अग्लो आगोको खम्बालाई तिनीहरूलाई बाटो देखाउन प्रयोग गर्नु भयो। आगो तिनीहरूलाई उज्यालो दिन्थ्यो र तिनीहरू राती पनि यात्रा गर्न सक्थे।
21 E o SENHOR ia adiante deles de dia numa coluna de nuvem, para conduzi-los pelo caminho, e à noite numa coluna de fogo, para lhes dar luz, para que fossem de dia e de noite.
22 अग्लो बादलको खाँबो दिनमा र आगोको खाँबो रातीमा तिनीहरूसंगै हुन्थ्यो।
22 Ele não tirou a coluna de nuvem de dia, nem a coluna de fogo à noite, de diante do povo.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Êxodo 13, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.