Deuteronômio 11
The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010) vs ARA
1 “यसकारण तिमीहरूले परमप्रभु तिमीहरूको परमेश्वरलाई प्रेम गर्नु पर्छ। तिमीहरूले उहाँले भन्नु भएको कुराहरू गर्नुपर्छ अनि सधैं उहाँले दिनु भएको हुकुम, नियम, विधिहरू अनि आदेशहरू अनुसरण गर्नुपर्छ।
1 Amarás, pois, o Senhor , teu Deus, e todos os dias guardarás os seus preceitos, os seus estatutos, os seus juízos e os seus mandamentos.
2 परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई सिकाउनु भएको ती सबै महान् कुराहरू आज सम्झना गर। ती सब कुराहरू हुँदा तिमीहरू थियौ तर तिमीहरूका नानीहरू होइनन्। तिमीहरूले परमप्रभु कति शक्तिशाली, कति महान् र उहाँले गर्नु भएको महान् कामहरू देख्यौ।
2 Considerai hoje (não falo com os vossos filhos que não conheceram, nem viram a disciplina do Senhor , vosso Deus), considerai a grandeza do Senhor , a sua poderosa mão e o seu braço estendido;
3 तिमीहरूका बाल-बच्चाले होइन तर उहाँले देखाउनु भएको चिन्ह र कार्यहरू तिमीहरूले देख्यौ, तिमीहरूले मिश्र देशका राजा फिरऊन र पूरा मिश्रदेशमा के गर्नु भयो देख्यौ।
3 e também os seus sinais, as suas obras, que fez no meio do Egito a Faraó, rei do Egito, e a toda a sua terra;
4 मिश्र देशका सैन्य तथा तिनीहरूका घोडाहरू अनि रथहरूलाई के गर्नु भयो तिमीहरूका बाल-बच्चाहरूले होइन तिमीहरूले देख्यौ। तिनीहरूले तिमीहरूलाई खेद्दै थिए तर परमप्रभुले तिनीहरूलाई लाल समुद्रको पानीमा डुबाइ दिनुभयो र सम्पूर्ण ध्वंश पार्नु भयो।
4 e o que fez ao exército do Egito, aos seus cavalos e aos seus carros, fazendo passar sobre eles as águas do mar Vermelho, quando vos perseguiam, e como o Senhor os destruiu até ao dia de hoje;
5 तिमीहरू यस भूमिमा आई नपुगुञ्जेल मरूभूमिमा परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूको निम्ति के के गर्नुभयो त्यो तिमीहरूका बाल-बच्चाले होइन, तर तिमीहरूले देख्यौ।
5 e o que fez no deserto, até que chegastes a este lugar;
6 रूबेन कुलका एलीआबका छोराहरू दातान र अबीरामलाई परमप्रभुले के गर्नुभयो तिमीहरूले देख्यौ। मानिसको मुख झैं पृथ्वी फाटेर तिनीहरूका सबै परिवार, पालहरू अनि तिनीहरूका नोकर चाकरहरू र सबै पशुहरू निलिएको इस्राएलका सबै मानिसहरूले देखेका छन्।
6 e ainda o que fez a Datã e a Abirão, filhos de Eliabe, filho de Rúben; como a terra abriu a boca e os tragou e bem assim a sua família, suas tendas e tudo o que os seguia, no meio de todo o Israel;
7 तिमीहरूका बाल-बच्चाहरूले होइन तर तिमीहरूले परमप्रभुले गर्नु भएको ती महान् कार्यहरू देख्यौ।
7 porquanto os vossos olhos são os que viram todas as grandes obras que fez o Senhor .
8 “यसकारण यदि आज मैले दिएका आज्ञा तिमीहरूले सम्पूर्ण रूपले मान्यौ भने तिमीहरू शक्तिशाली बनिने छौ र यर्दन नदी पार गरी जुन भूमिमा प्रवेश गर्दैछौ त्यस भूमिलाई आफ्नो दखलमा राख्न योग्य बनिनेछौ।
8 Guardai, pois, todos os mandamentos que hoje vos ordeno, para que sejais fortes, e entreis, e possuais a terra para onde vos dirigis;
9 जुन भूमि धेरै असल असल चीजहरूले भरिएको छ र जुन परमप्रभुले तिमीहरूका पिता-पुर्खाहरू र तिनीहरूका सबै सन्तानहरूलाई दिन शपथ खानु भएको थियो। त्यस भूमिमा तिमीहरू दीर्घायू जीवन जिउन सक्नेछौ।
9 para que prolongueis os dias na terra que o Senhor , sob juramento, prometeu dar a vossos pais e à sua descendência, terra que mana leite e mel.
10 जुन भूमि तिमीहरू लिंदैछौ, त्यो मिश्र देश जहाँबाट तिमीहरू आएका छौ त्यस्तो छैन। मिश्र देशमा तिमीहरूले बीउ छरेर त्यसमा पानी हाल्दा आफ्नो गोडाको सहायताले खुट्टा चलाएर नालाबाट पानी हाल्नु पर्थ्यो। जसरी साग-सब्जीमा पानी हाल्थ्यौ त्यसरी नै खेतमा पनि हाल्नु पर्थ्यो।
10 Porque a terra que passais a possuir não é como a terra do Egito, donde saístes, em que semeáveis a vossa semente e, com o pé, a regáveis como a uma horta;
11 तर इस्राएलमा त्यस्तो गर्नु पर्दैन, तिमीहरू जुन भूमिमा पस्दैछौ त्यहाँ पहाडहरू छन् र आकाशबाट परेको पानी तिमीहरूको खेतले पाउँछ।
11 mas a terra que passais a possuir é terra de montes e de vales; da chuva dos céus beberá as águas;
12 परमप्रभु तिमीहरूका परमेश्वरले त्यस भूमिको हेरचाह गर्नुहुन्छ अनि वर्षको शुरूदेखि अन्तसम्मै आफ्नो दृष्टि त्यस भूमिमाथि राख्नुहुन्छ।
12 terra de que cuida o Senhor , vosso Deus; os olhos do Senhor , vosso Deus, estão sobre ela continuamente, desde o princípio até ao fim do ano.
13 “परमप्रभु भन्नुहुन्छ, ‘आज मैले तिमीहरूलाई दिएको आज्ञाहरू राम्ररी सुन परमप्रभु तिमीहरूका परमेश्वरलाई प्रेम गर र आफ्नो सारा हृदय र प्राणले सेवा गर।
13 Se diligentemente obedecerdes a meus mandamentos que hoje vos ordeno, de amar o Senhor , vosso Deus, e de o servir de todo o vosso coração e de toda a vossa alma,
14 यदि यसो गरे, म ठीक समयमा तिमीहरूको भूमिमा पानी पारि दिनेछु। म शरद र वसन्त ऋतुमा तिमीहरूको निम्ति पानी पारि दिनेछु जसले गर्दा तिमीहरूले अन्न, नयाँ दाखरस र तेल जम्मा गर्न सक्नेछौ।
14 darei as chuvas da vossa terra a seu tempo, as primeiras e as últimas, para que recolhais o vosso cereal, e o vosso vinho, e o vosso azeite.
15 अनि तिमीहरूको गाईबस्तुहरूको निम्ति खेतमा प्रशस्त घाँस उमारी दिनेछु। तिमीहरूको निम्ति प्रशस्त खाने-कुराहरू हुनेछन्।’
15 Darei erva no vosso campo aos vossos gados, e comereis e vos fartareis.
16 “मूर्ख नबन, सधैं सावधान भएर बस। अरू देव-देवताहरूलाई पूजा नगर।
16 Guardai-vos não suceda que o vosso coração se engane, e vos desvieis, e sirvais a outros deuses, e vos prostreis perante eles;
17 यदि यसो गर्यौ भने परमप्रभु तिमीहरूसित रिसाएर आकाश बन्द गरिदिनु हुनेछ र पानी पर्न छोड्ने छ। खेती हुन छोड्ने छ र परमप्रभुले तिमीहरूलाई दिनुहुने असल भूमिमा तिमीहरू चाँडै नै मर्नेछौ।
17 que a ira do Senhor se acenda contra vós outros, e feche ele os céus, e não haja chuva, e a terra não dê a sua messe, e cedo sejais eliminados da boa terra que o Senhor vos dá.
18 “मैले दिएका यी आज्ञाहरू पालन गर। यी आज्ञाहरू हृदयमा राख। यी आज्ञाहरू लेखेर हातमा बाँध अनि निधारमा टाल जसले गर्दा तिमीहरूलाई यी आज्ञाहरू सम्झना भइरहोस्।
18 Ponde, pois, estas minhas palavras no vosso coração e na vossa alma; atai-as por sinal na vossa mão, para que estejam por frontal entre os olhos.
19 यी कुराहरू तिमीहरू घरमा बस्दा, बाटोमा हिंड्दा, ढल्कँदा, उठ्दा सधैं सम्झना गर। नानीहरूलाई पनि यी विधिहरू सिकाऊ।
19 Ensinai-as a vossos filhos, falando delas assentados em vossa casa, e andando pelo caminho, e deitando-vos, e levantando-vos.
20 यी आदेशहरू ढोकाको चौकटहरूमा र घरको फाटकमा लेख।
20 Escrevei-as nos umbrais de vossa casa e nas vossas portas,
21 तब तिमी र तिमीहरूका नानीहरू धर्तीमा लामो अवधि बाच्नेछन् परमप्रभुले तिमीहरूका पुर्खाहरूलाई वचन दिनु भएको थियो। तिमीहरू तबसम्म बाँच्ने छौ जबसम्म धर्तीमाथि आकाश छ।
21 para que se multipliquem os vossos dias e os dias de vossos filhos na terra que o Senhor , sob juramento, prometeu dar a vossos pais, e sejam tão numerosos como os dias do céu acima da terra.
22 “मैले तिमीहरूलाई बताएको आज्ञा पालन गर्न होशियार होऊ, परमप्रभु तिमीहरूका परमेश्वरलाई प्रेम गर, उहाँले सिकाएको मार्गमा चल अनि उहाँप्रति विश्वासी बन।
22 Porque, se diligentemente guardardes todos estes mandamentos que vos ordeno para os guardardes, amando o Senhor , vosso Deus, andando em todos os seus caminhos, e a ele vos achegardes,
23 तब, जब तिमीहरू त्यो भूमिमा बस्नु जानेछौ परमप्रभुले त्यहाँका अरू राष्ट्रहरूलाई उच्छेद गर्नु हुनेछ। तिमीहरूले तिमीहरू भन्दा शक्तिशाली र अधिक संख्यामा भएका मानिसहरूबाट त्यो भूमि लिने छौ।
23 o Senhor desapossará todas estas nações, e possuireis nações maiores e mais poderosas do que vós.
24 तिमीहरूले टेके जति भूमि तिमीहरू कै हुनेछ। तिमीहरूको भूमि पूर्वमा यूफ्रेटिस, नदीदेखि पश्चिममा भूमध्य सगारसम्म अनि उत्तरमा लबानोन दक्षिणमा मरूभूमिसम्म हुनेछ।
24 Todo lugar que pisar a planta do vosso pé, desde o deserto, desde o Líbano, desde o rio, o rio Eufrates, até ao mar ocidental, será vosso.
25 परमप्रभुले तिमीहरूको निम्ति प्रतिज्ञा गर्नु भएको छ, जुन जुन ठाउँमा तिमीहरू जाने छौ त्यहाँका मानिसहरू तिमीहरूसित डराउनेछन् एक जना पनि तिमीहरूको विरोध गर्न उभिने छैन।
25 Ninguém vos poderá resistir; o Senhor , vosso Deus, porá sobre toda terra que pisardes o vosso terror e o vosso temor, como já vos tem dito.
26 “आज म तिमीहरूलाई केही रोज्ने मौका दिंदैछु, तिमीहरूले सराप र आशीर्वाद मध्ये एउटा रोज्नु सक्छौ।
26 Eis que, hoje, eu ponho diante de vós a bênção e a maldição:
27 आज मैले तिमीहरूलाई बताएको परमप्रभु तिमीहरूका परमेश्वरको आज्ञाहरू सुनेर पालन गरे तिमीहरूले आशीर्वाद पाउनेछौ।
27 a bênção, quando cumprirdes os mandamentos do Senhor , vosso Deus, que hoje vos ordeno;
28 तर परमप्रभु तिमीहरूका परमेश्वरले दिनु भएका आज्ञाहरू पालन गर्नु अस्वीकार गरे तिमीहरूले सराप पाउनेछौ। यसकारण आज मैले बताएको तरिकामा जीवन यापन गर्नु नछोड अरू देव-देवताहरू नपूज कारण तिमीहरूले परमप्रभुलाई चिन्छौ अरू देव-देवताहरूलाई चिन्दैनौ।
28 a maldição, se não cumprirdes os mandamentos do Senhor , vosso Deus, mas vos desviardes do caminho que hoje vos ordeno, para seguirdes outros deuses que não conhecestes.
29 “परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई त्यो भूमिसम्म पुग्नु डोर्याउनु हुनेछ र तिमीहरू चाँडै त्यहाँ पुग्नेछौ अनि भूमिमा अधिकार लिनेछौ। त्यो समयमा तिमीहरूले गीरिज्जीम डाँडामा गएर आशीर्वाद र एबाल डाँडामा गएर मानिसहरूलाई सराप घोषणा गर्नु पर्छ।
29 Quando, porém, o Senhor , teu Deus, te introduzir na terra a que vais para possuí-la, então, pronunciarás a bênção sobre o monte Gerizim e a maldição sobre o monte Ebal.
30 यी पर्वतहरू मोरेका बजराँट रूखहरूको नजिक यर्दन घाँटीमा बसेका कनानहरूको भूमिमा अवस्थित छन् जो गिलगालबाट यर्दन नदीको पश्चिमतिर पर्छन्।
30 Porventura, não estão eles além do Jordão, na direção do pôr do sol, na terra dos cananeus, que habitam na Arabá, defronte de Gilgal, junto aos carvalhais de Moré?
31 परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिने भूमि लिन जब तिमीहरू यर्दन नदी पारि जान्छौ अनि जब यो भूमिमा दखल कायम गर्छौ
31 Pois ides passar o Jordão para entrardes e possuirdes a terra que vos dá o Senhor , vosso Deus; possuí-la-eis e nela habitareis.
32 तिमीहरूले नियम र विधिहरू साह्रै होशियारीसँग पालन गर्नुपर्छ जो आज तिमीहरूलाई बताउँछु।
32 Tende, pois, cuidado em cumprir todos os estatutos e os juízos que eu, hoje, vos prescrevo.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Deuteronômio 11, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.