Apocalipse 21

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010)

1 तब मैले एउटा नयाँ स्वर्ग अनि नयाँ पृथ्वी देखें। पहिलो स्वर्ग अनि पृथ्वी अदृश्य भयो। अब त्यहाँ सागर थिएन।

2 अनि मैले पवित्र नगरलाई स्वर्ग अनि परमेश्वर तलतिर झरिरहेको देखेँ। यो पवित्र नगर नयाँ यरुशलेम हो। यसलाई आफ्नो पतिको निम्ति सिंगारिएकी दुलही जस्तै बनाइएको थियो।

3 मैले सिंहासनबाट आएको ठूलो आवाज सुनें। त्यो आवाजले भन्यो, “अब परमेश्वरको भवन मानिसहरुसंग छ। उनी तिनीहरुसंग रहनेछन्। तिनीहरु उनका मानिसहरु हुनेछन्। परमेश्वर स्वयं तिनीहरुसित हुनेछन् अनि तिनीहरुका परमेश्वर बन्नेछन्।

4 परमेश्वरले तिनीहरुको आखाँबाट जम्मै आँसु पुछ्नु हुनेछ। अब उसो त्यहाँ मृत्यु, शोक, रोदन वा पीडा केही हुने छैन। सबै पुरानो वस्तुहरु बितेर गए।”

5 उनी एक जो सिंहासनमा थिए उहाँले भन्नुभयो, “हेर! अहिले म हरेक कुरालाई नयाँ तुल्याउँदैछु।” तब उहाँले भन्नुभयो, “यसलाई लेख, किनभने यी वचनहरु विश्वासयोग्य अनि सत्य छन्।”

6 उहाँ जो सिंहासनमा हुनुहुनथ्यो उहाँले मलाई भन्नुभयो, “अब सिद्धियो। म नै अल्फा अनि ओमेगा, आदि अनि अन्त हुँ। म कुनै पनि मानिस जो तिर्खाएको छ उसलाई जीवनका पानीको फोहराबाट सित्तैमा दिनेछु।

7 कुनै मानिस, जसले विजय प्राप्त गर्छ, यो सबै प्राप्त गर्नेछ। अनि म उसको परमेश्वर हुनेछु। अनि ऊ मेरो छोरो हुनेछ।

8 तर मानिसहरु जो कातर, अविश्वासी घृणाजनक कर्म गर्ने, हत्यारा व्यभिचारी जादूवाला, मूर्तिपूजक अनि जम्मै झूटा बोल्नेहरु छन् तिनीहरुले गन्धकको अग्नि कुण्डमा ठाँउ पाउँछन्। यो दोस्रो मृत्यु हो।”

9 सात स्वर्गदूतहरु मध्ये एकजना दूत मेरोमा आए। तिनी स्वर्गदूतहरु मध्येका एक हुन् जसकोमा अन्तिम आखिरी कष्टहरुले भरिएका सात कचौराहरु थिए। ती स्वर्गदूतले भने, “मसित आऊ। म तिमीहरुलाई परमेश्वरको थुमाको दुलही देखाँउछु जो परमेश्वरको थुमाकी पत्नी हो।”

10 ती स्वर्गदूतले मलाई आत्मामा बोकेर अत्यन्त विशाल अनि उच्च पर्वतमा लगे अनि पवित्र नगर, यरुशलेम देखाए। त्यो नगर परमेश्वरको स्वर्गबाट-तलतिर भरिरहेथ्यो।

11 यो परमेश्वरको महिमाले चम्किरहेथ्यो। यसको चमक वहुमूल्य रत्न बिल्लौर झैं उज्वल थियो।

12 त्यो नगरमा बाह्र ढोकाहरुसहित एक विशाल उच्च पर्खाल थियो जहाँ बाह्रजना स्वर्गदूतहरु थिए। प्रत्येक ढोकामा इस्राएलीहरुका बाह्र वंशहरु मध्ये एक वंश परिवारको नाउँ लेखिएको थियो।

13 पूर्वपट्टि तीन ढोका, उत्तरपट्टी तीनवटा ढोका, दक्षिणपट्टी तीनवटा ढोका अनि पश्चिमपट्टी तीनवटा ढोकाहरु थिए।

14 नगरका पर्खाल बाह्रवटा आधारशिलामाथि निर्माण गरिएको थियो। सिलाहरुमा भेंडाको पाठाको बाह्र-प्रेरितहरुको नाउँ लेखिएको थियो।

15 त्यो स्वर्गदूत जसले मसित कुरा गरे, तिनको हातमा सुनको नाप्ने डन्डा थियो। त्यो स्वर्गदूतसित भएको डन्डा, त्यसको ढोका अनि पर्खालहरु नाप्नको लागि थियो।

16 त्यो नगर एक वर्गाकार क्षेत्रमा निर्माण गरिएको थियो। त्यसको लम्वाई र चौंडाइ बराबर थियो। स्वर्गदूतले त्यो डन्डाले नगरको नाप गरे। त्यो नगर बाह्र हजार स्टेडिया लामो, बाह्र हजार स्टेडिया चौडा अनि बाह्र हजार स्टेडिया अग्लो थियो।

17 स्वर्गदूतले पर्खाललाई पनि नापे। त्यो एक सय चवालीस हात थियो। यो मानिसहरुको नपाई हो जो स्वर्गदूतले चलाए।

18 पर्खाल विल्लौरले बनाइएको थियो। त्यो नगर शुद्ध काँच जस्तो शुद्ध सुनले निर्माण भएको थियो।

19 त्यो नगरको पर्खालका आधारशिलामा हरेक किसिमका मूल्यवान मोतीहरु थिए। पहिलो आधारशिला बिल्लौर, दोस्रो नीलम,

20 तेस्रो स्फटिक, चौथो पन्ना, पाँचौ गोमेद, छैटौ मानक, सातौं पीतमणि, आठौं पिरोजा, नवौं पोखराज, दशौ लहसूने, एधारौं धुम्रकान्त अनि बाह्रौं चन्द्रकान्त रत्नहरु थिए।

21 बाह्र ढोकाहरु बाह्र मोतीहरु थिए। प्रत्येक ढोका एक एक मोतिद्वारा निर्माण गरिएको थियो। नगरको गल्ली सफा काँच झैं शुद्ध सुनको बनाइएको थियो। त्यो सुनको काँच जस्तै स्वच्छ थियो।

22 मैले नगरमा मन्दिर देखिन। सर्व-शक्तिमान परमप्रभु परमेश्वर अनि थुमा नगरको थुमा थियो।

23 नगरलाई उज्यालो पार्न सूर्य अनि चन्द्रमा चाँहिँदैनथ्यो किनभने परमेश्वरको महिमाले त्यो नगरलाई प्रकाश दिन्छ अनि भेंड़ाको पाठा नगरको बत्ती हो।

24 संसारका राष्ट्रहरु नगरको प्रकाशमा हिँड्नेछन्। पृथ्वीका राजाहरुले आफ्ना गौरव त्यो नगरमा ल्याउने छन्।

25 नगरको ढोकाहरु कुनै दिन, बन्द रहेन, किनभने त्यहाँ रात छैन।

26 राष्ट्रहरुका महानता अनि सम्पति त्यो नगरमा ल्याइनेछ।

27 नगरमा अस्वच्छ वस्तुहरु कोही पस्न पाउने छैन। कुनै पनि मानिस जो लज्जाजनक कुरा गर्छ वा झूट्टो बोल्छ यो नगरमा कहिल्यै प्रवेश गर्ने छैन। केवल ती मानिसहरु जसका नाउँ भेंडाका पाठाको पुस्तकमा लेखिएको छ, नगरमा प्रवेश गर्नेछन्।

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Apocalipse 21, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.