Amós 4

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010)

1 हे सामरियाको डाँडामा बस्ने गाईहरुहो, मेरो वचन सुन। तिमीले गरीब मानिसलाई दुःख दियौ र दरिद्रहरुलाई कुल्चियौ। तिमीहरुले आफ्ना पतिहरुलाई भन्छौ, “हामीहरुलाई नयाँ दाखरस पिउनको निम्ति ल्याऊ।”

2 परमप्रभु मेरो स्वमीले यो प्रतिज्ञा गर्नु भयो, उहाँले आफ्नो पवित्रता को शपथ खानुभयो अनि भन्नुभयो, “हेर यस्तो दिन आइलाग्नेछ तिनीहरुले तिमीहरुलाई अंकुसेले समातेर र बाँकिरहेकालाई बल्छीले अल्झाएर लानेछन्।

3 तिमीहरु सबै देवालका दूलोबाट बाहिर जानेछौ, तिमीहरु सबै हर्मोनको क्षेत्रपट्टि फ्याँकिनेछौ,”

4 “बेतेलको पवित्र स्थानमाजाऊ अनि पाप गर। गिलगालमा जाऊ अनि अझ पाप गर। दिनैपर्छ भने तिमीहरुले हरेक बिहान भेटी चाँडै चढाऊ। तीन दिन चाडको लागि तिमीहरुको फसलको एक दशांश चढाऊ।

5 धन्यवादको भेटी खमिरहालेको रोटी चढाऊ अनि स्वइच्छा भेटी को घोषणा गर, किनभने हे इस्राएल हो तिमीहरु यसो गर्न मनपराउँछौ।”

6 “मनै हुँ जसले तिमीहरुलाई भोक र अनिकाल ल्याईदिएँ। मैले तिमीहरुलाई कुनै खानेकुरा दिइन। तिमीहरुका सबै शहरहरुमा अन्न थिएन तर तिमीहरु फर्किएनौ,” परमप्रभु यसो भन्नुहुन्छ।

7 “मैले बर्षा रोकिदिंए अनि यो फसल पाकनु भन्दा तीन महिना अघि थियो। मैले एउटा शहर मा पानी पर्नदिए तर अर्को मा दिइँन। त्यसपछि मैले एउटा खेतमा पानी पर्ने गराएँ तर अर्को खेत सुक्यो।

8 यसकारण दुई या तीन शहरका मानिसहरु पानीको निम्ति अर्को शहर तिर डुलिहिंडे तर त्यहाँ प्रत्येक मानिसको निम्ति प्रशस्त पानी थिएन। तर पनि तिमीहरु सहायताको निम्ति मकहाँ आएनौ।” परमप्रभुले यी कुराहरु भन्नुभयो।

9 “मैले तिम्रो फसलहरु ज्यादै गर्मी र किराहरुद्वारा मारिदिएँ। जम्मै बशैया र दाख का बोटहरु मारिदिएँ। सलहले नेभाराको बोट र भद्राक्षेको बोटहरु सबै नष्ट पारिदियो। तर पनि तिमीहरु सहाएताको निम्ति मकहाँ आएनौ।” परमप्रभु भन्नुहुन्छ।

10 “मैले तिमीहरुका बिरुद्धमा महामारी फैलाईदिएँ जस्तो मिश्र देशमा फैलिएको थिएँ। मैले तिमीहरुका युवाहरुलाई तलवारले काटेर मारें। मैले तिमीहरुका घोडाहरु लगें। मैले तिमीहरुको घरमा मृत्युको दुर्गन्ध फैलाई दिएँ, तर पनि तिमीहरु मकहाँ सहायताको निम्ति आएनौ।” परमप्रभु यी कुराहरु भन्नुहुन्छ।

11 “मैले जसरि सदोम र गमोरालाई नष्ट परेकोथिएँ। त्यसरिनै तिमीहरुलाई नष्ट पारें। तिमीहरु आगोबाट निकलेको धुवाँसित बल्दैगरेको दाउरा जस्तै छौ। तर पनि तिमीहरु मकहाँ सहायताको निम्ति आएनौ।” परमप्रभु भन्नुहुन्छ।

12 “यसकारण, इस्राएल! म तिमीहरुलाई दण्ड दिनजाँदैछु। इस्रएल, तिमीहरु परमेश्वरको दण्ड सामना गर्न तयार हुनैपर्छ।”

13 परमेश्वर नै एकजना हुनुहुन्छ

Ler em outra tradução

Comparar lado a lado

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Amós 4, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.