2 Crônicas 32

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010) vs NVT

Sair da comparação
NVT Nova Versão Transformadora
1 हिजकियाहले यी सबै कुराहरू विश्वास पूर्वक गरि सकेपछि, अश्शूरका राजा सनहेरीब यहूदा देश माथि आक्रमण गर्न आए। सनहेरीब अनि तिनका सेनाले किल्लाका बाहिर छाउनी बसाए। तिनले यसो गरे जसमा कि ती शहरहरूलाई परास्त गर्नका निम्ति तिनले योजना बनाउन सकून्। सनहेरीब ती शहरहरूलाई आफ्नै निम्ति जित्न चाहन्थे।
1 Depois de Ezequias ter sido tão fiel em todas essas situações, Senaqueribe, rei da Assíria, invadiu Judá. Cercou as cidades fortificadas e deu ordem para que seu exército rompesse os muros.
2 हिजकियाहले जान्दथे कि सनहेरीब यरूशलेममा यसलाई आक्रमण गर्न आएको हो।
2 Quando Ezequias percebeu que Senaqueribe também pretendia atacar Jerusalém,
3 तब हिजकियाहले आफ्ना अधिकारीहरू अनि सैनिक अधिकारीहरू सित कुरा-कानी गरे। तिनीहरू सबै शहर बाहिरका जल स्रोतका पानी रोकि दिन सहमत भए। ती अधिकारीहरू अनि सैन्य अधिकारीहरूले हिजकियाहलाई सहयोग गरे।
3 consultou seus oficiais e conselheiros militares, e eles resolveram fechar a passagem das águas das fontes que havia do lado de fora da cidade.
4 धेरै मानिसहरू साथ आए अनि सबै जल-स्रोत अनि देशको मध्य भागबाट बग्ने खोलालाई बन्द गरिदिए। तिनीहरूले भने, “अश्शूरका राजाले अधिक पानी पाउने छैन जब तिनी यहाँ आउँछन्।”
4 Organizaram uma enorme equipe de trabalho para fechar as fontes de água e o riacho que atravessava os campos, pois disseram: “Não devemos permitir que os reis da Assíria encontrem toda essa água quando chegarem aqui”.
5 हिजकियाहले यरूशलेमलाई अझ अधिक सुदृढ बनाए। तिनले यो काम यसरी गरेः तिनले पर्खालका सबै अंशहरू फेरि बनाए जो भत्किएका थिए। तिनले पर्खाल माथि किल्लाहरू बनाए। तिनले पहिलो पर्खालको बाहिर पट्टि अर्को पर्खाल पनि निर्माण गरे। तिनले यरूशलेमको पुरानो अंशको पूर्व तिरको सुदृढ स्थानहरूलाई फेरि निर्माण गरे। तिनले अनेक हतियारहरू अनि ढालहरू बनाए।
5 Então Ezequias se dedicou a reparar todos os trechos onde o muro estava quebrado, construiu torres e fez outro muro do lado de fora do primeiro. Também reforçou o aterro da Cidade de Davi e fabricou grande quantidade de armas e escudos.
6 — ausente —
6 Nomeou oficiais militares sobre o povo, os reuniu diante dele na praça junto à porta da cidade e os encorajou, dizendo:
7 — ausente —
7 “Sejam fortes e corajosos! Não tenham medo nem desanimem por causa do rei da Assíria e de seu exército poderoso, pois um poder muito maior está do nosso lado!
8 अश्शूरका राजाका मानिसहरू मात्र छन्। तर हामी सित परमप्रभु हाम्रा परमेश्वर साथ हुनुहुन्छ। हाम्रा परमेश्वरले हामीलाई सहायता गर्नु हुने छ। हाम्रा लडाईहरू उहाँले लडी दिनु हुनेछ।” यसरी यहूदाका राजा हिजकियाहले मानिसहरूलाई उत्साह दिए अनि तिनीहरूलाई शक्तिशाली अनुभव गराए।
8 Ele tem um grande exército, mas são apenas homens. Nós, porém, temos o S enhor , nosso Deus, para nos ajudar e lutar nossas batalhas!”. As palavras de Ezequias deram grande ânimo a seu povo.
9 अश्शूरका राजा सनहेरीब अनि तिनका सबै सेनाहरू लाकीश शहरको नजिकमा छाउनी लाएर बसेका थिए जसमा कि तिनीहरूले यसलाई परास्त गर्न सकून्। तब सनहेरीबले आफ्ना अधिकारीहरूलाई यहूदाका राजा हिजकियाह अनि यरूशलेमका सबै मानिसहरूका निम्ति सनहेरीबाका अधिकारीहरूसित संन्देश थियो।
9 Enquanto Senaqueribe, rei da Assíria, cercava a cidade de Laquis, enviou seus oficiais a Jerusalém com esta mensagem para Ezequias, rei de Judá, e para todo o povo da cidade:
10 तिनीहरूले भने, “अश्शूरका राजा सनहेरीब यसो भन्नु हुन्छ, ‘तिमीहरू के कुरामा विश्वास गर्छौ जसले तिमीहरूलाई युद्धको स्थितिमा पनि यरूशलेममा बसिरहन सिकायौ?
10 “Assim diz Senaqueribe, rei da Assíria: Em que vocês confiam, para imaginar que sobreviverão quando eu cercar Jerusalém?
11 हिजकियाहले तिमीहरूलाई मूर्ख बनाउँदै छन्। तिमीहरूलाई छल गरेर यरूशलेममा बसिरहन लाएका छन् जसमा कि तिमीहरू भोक र तिर्खाद्वारा मर्ने छौ। हिजकियाहले तिमीहरूलाई भन्छन्, “परमप्रभु हाम्रा परमेश्वरले हामीलाई अश्शूरका राजा देखि बचाउँनु हुन्छ।”
11 Ezequias disse: ‘O S enhor , nosso Deus, nos salvará do rei da Assíria’. Não é verdade! Ele está enganando vocês e os condenando a morrer de fome e sede!
12 हिजकियाह आफैले परमप्रभुको उच्च स्थानहरू अनि वेदीहरू हटाए। तिनले तिमी यहूदा अनि यरूशलेमका मानिसहरूलाई भने कि तिमीहरूले केवल एउटा वेदीमा मात्र पूजा गर्नु पर्छ अनि धूप बाल्नु पर्छ।
12 Não percebem que o próprio Ezequias destruiu todos os santuários e altares do S enhor ? Ordenou que Judá e Jerusalém adorassem somente no altar do templo e queimassem incenso apenas ali.
13 निश्चय नै तिमीहरू जान्दछौ कि मेरा पुर्खाहरू अनि मैले अन्य देशका मानिसहरू प्रति के गरेका छु? अन्य देशहरूका देवताहरूले आफ्ना मानिसहरूलाई बचाउँन सकेनन्। ती देवाताहरूले तिनीहरूका मानिसहरूलाई नष्ट गर्न देखि मलाई रोक्न सकेनन्।
13 “Sem dúvida, vocês sabem o que eu e os reis da Assíria antes de mim fizemos a todos os povos da terra! Acaso algum dos deuses dessas nações livrou seu povo de minhas mãos?
14 मेरा पुर्खाहरूले ती देशहरूलाई ध्वंश गरे। कुनै यस्तो देवता छैन जसले मलाई उहाँका मानिसहरूलाई नष्ट गर्न देखि रोक्न सक्छन्। यसर्थ तिम्रो देवताले तिमीहरूलाई म बाट बचाउँन सक्छन् भनी तिमी सोच्छौ?
14 Qual de seus deuses foi capaz de salvar seu povo do poder destruidor de meus antecessores? O que os faz pensar que seu Deus poderá livrá-los de minhas mãos?
15 हिजकियाहलाई तिमीहरूले मूर्ख तुल्याउन वा तिमीहरूलाई छल्न नदेऊ। तिनी प्रति विश्वास नगर किनभने कुनै राष्ट्र वा राज्यका कुनै पनि देवता आफ्ना मानिसहरूलाई म वा मेरा पुर्खाहरूबाट बचाउँन कहिले पनि समर्थ भएनन्। यसर्थ तिम्रा देवताले तिमीहरूलाई नष्ट गर्न बाट मलाई रोक्न सक्छन् भनी नसोच।’”
15 Não permitam que Ezequias os engane! Não se deixem iludir por ele! Volto a dizer: nenhum deus de qualquer nação ou reino foi capaz de livrar seu povo das minhas mãos ou das mãos de meus antepassados. Muito menos o Deus de vocês os salvará de meu poder!”.
16 अश्शूरका राजाका अधिकारीहरूले परमप्रभु परमेश्वरको विरूद्ध अनि परमेश्वरका सेवक हिजकियाहको विरूद्ध अत्यन्त नराम्रा कुराहरू भने।
16 Os oficiais de Senaqueribe zombaram ainda mais do S enhor Deus e de seu servo Ezequias.
17 अश्शूरका राजाले पत्रहरू पनि लेखे जसमा परमप्रभु इस्राएलका परमेश्वरको अपमान गरिएको थियो। यी शब्दहरू अश्शूरका राजाद्वारा पत्रहरूमा भनेको थिएः “अन्य राष्ट्रहरूका देवताहरूले तिनीहरूका मानिसहरूलाई ध्वंश गर्नबाट मलाई रोक्न सकेनन्। यस्तै प्रकारले हिजकियाहका परमेश्वरले उहाँका मानिसहरूलाई ध्वंश गर्नबाट मलाई रोक्न समर्थ हुने छैनन्।”
17 O rei Senaqueribe também enviou cartas insultando o S enhor , o Deus de Israel. Escreveu: “Assim como os deuses de todas as outras nações não foram capazes de salvar seu povo das minhas mãos, também o Deus de Ezequias fracassará”.
18 तब अश्शूरका राजाका अधिकारीहरूले यरूशलेमका मानिसहरूलाई जोडले कराए जो शहरका पर्खालमा थिए। ती अधिकारीले हिब्रू भाषा प्रयोग। गरे जब तिनीहरू माथि भएका मानिसहरू प्रति कराए। अश्शूरका राजाका ती अधिकारीहरूले यरूशलेमका मानिसहरूलाई भयभीत तुल्याउन भनी यसो गरे। तिनीहरूले ती कुराहरू भने जसद्वारा तिनीहरू यरूशलेम शहरलाई कब्जा गर्न सकून्।
18 Os oficiais assírios que trouxeram as cartas gritaram isso em hebraico para o povo sobre os muros da cidade, tentando amedrontá-lo para que fosse mais fácil conquistar a cidade.
19 ती अधिकारीहरूले संसारका मानिसहरूले पूजा गर्ने देवताहरूको विरूद्ध नराम्रा कुराहरू भने। ती देवताहरू केवल मानिसहरूले अफ्ना हातहरू द्वारा बनाएका कुराहरू हुन्। त्यही प्रकारले, ती अधिकारीहरूले त्यस्तै नराम्रा कुराहरू यरूशलेमका परमेश्वरको विरूद्ध भने।
19 Falaram do Deus de Jerusalém como se fosse um dos deuses estrangeiros, feito por mãos humanas.
20 राजा हिजकियाह अनि अगमवक्ता यशौया-आमोसका छोराले यो समस्याको विषयमा प्रार्थना गरे। तिनीहरूले ठूलो आवाजमा स्वर्गतिर हेरेर प्रार्थना गरे।
20 Então o rei Ezequias e o profeta Isaías, filho de Amoz, oraram e clamaram aos céus.
21 तब परमप्रभुले अश्शूरका राजाको छाउनीमा एक स्वर्गदूतलाई पठाउनु भयो। त्यो स्वर्गदूतले अश्शूरी सेनाका सबै सैनिकहरू अनि प्रमुखहरू र अधिकारीहरूलाई मारिदिए। यसर्थ अश्शूरका राजा आफ्नै देशतर्फ फर्किए, अनि तिनका मानिसहरू तिनी प्रति लज्जित थिए। तिनी आफ्ना देवताको मन्दिर भित्र गए अनि तिनका आफ्नै केही छोराहरूले तिनलाई त्यही तरवार द्वारा मारिदिए।
21 E o S enhor enviou um anjo que destruiu o exército assírio com todos os seus comandantes e oficiais. O rei da Assíria voltou envergonhado para sua terra. Quando entrou no templo de seu deus, alguns de seus próprios filhos o mataram ali à espada.
22 यसरी परमप्रभुले हिजकियाह अनि यरूशलेमका मानिसहरूलाई अश्शूरका राजा सनहेरीब अनि सबै अन्य मानिसहरूबाट बचाउँनु भयो। परमप्रभुले हिजकियाह अनि यरूशलेमका मानिसहरूको हेरचाह गरिदिनु भयो।
22 Foi assim que o S enhor salvou Ezequias e o povo de Jerusalém das mãos de Senaqueribe, rei da Assíria, e de todos os outros que os ameaçavam. Então houve paz em toda a terra.
23 धेरै मानिसहरूले यरूशलेममा परमप्रभुका निम्ति उपहारहरू ल्याए अनि यहूदाका राजा हिजकियाहका निम्ति मूल्यवान वस्तुहरू ल्याए। त्यस समयदेखि सबै राष्ट्रहरूले हिजकियाहलाई सम्मान गरे।
23 Daquela ocasião em diante, o rei Ezequias se tornou muito respeitado entre todas as nações, e muitos traziam a Jerusalém ofertas para o S enhor e presentes valiosos para o rei.
24 ती दिनहरूमा हिजकियाह साह्रै बिरामी भए अनि मृत्युको नजिक पुगे। तिनले परमप्रभुलाई प्रार्थना गरे। परमप्रभु हिजकियाहसित बोल्नु भयो अनि तिनलाई संकेत दिनु भयो।
24 Por esse tempo, Ezequias ficou doente e estava para morrer. Orou ao S enhor , que respondeu à sua oração e lhe deu um sinal miraculoso.
25 तर हिजकियाहको हृदय घमण्डले भरिएको थियो, यसर्थ तिनले परमेश्वरको दयालुपन प्रति परमेश्वरलाई धन्यवाद चढाएनन्। यसै कारणले गर्दा परमेश्वर हिजकियाह अनि यहूदा र यरूशलेमका मानिसहरू प्रति क्रोधित हुनु भयो।
25 Ezequias, porém, não correspondeu como devia à bondade com que foi tratado e se tornou orgulhoso. Por isso, a ira do S enhor veio sobre ele e sobre Judá e Jerusalém.
26 तर हिजकियाह अनि यरूशलेममा बस्ने ती मानिसहरूले तिनीहरूको हृदय र जीवनलाई परिवर्त्तन गरे। तिनीहरू नम्र भए र घमण्ड गर्न छोडे त्यसकारण हिजकियाह जीवित रहेसम्म परमप्रभुको क्रोध तिनीहरूमाथि परेन।
26 Então Ezequias se humilhou e se arrependeu de seu orgulho, como também os habitantes de Jerusalém. Com isso, a ira do S enhor não caiu sobre eles durante a vida de Ezequias.
27 हिजकियाहसित धेरै धन अनि सम्मान थिए। तिनले चाँदी, सुन, मूल्यवान रत्न, मसाला, ढाल अनि सबै किसिमका चीजहरू राख्ने स्थानहरू बनाए।
27 Ezequias era muito rico e respeitado. Construiu depósitos especiais para guardar prata, ouro, pedras preciosas, especiarias, escudos e outros objetos de valor que lhe pertenciam.
28 हिजकियाहका अन्न, नयाँ दाख मद्य अनि तेलहरू, ती मानिसहरूले पठाएका वस्तुहरू, राख्ने भंण्डारहरू थिए। तिनका सबै किसिमका पशुहरू राख्ने पशुशालाहरू अनि भेडाहरू राख्ने र्खकहरू थिए।
28 Também construiu armazéns para guardar cereais, vinho novo e azeite e fez muitos estábulos para o gado e currais para as ovelhas.
29 हिजकियाहले अनेक शहरहरू पनि निर्माण गरे अनि तिनले धेरै भेंडा अनि गाई बस्तुहरूका बथानहरू पनि प्राप्त गरे। परमेश्वरले हिजकियाहलाई धेरै धन-सम्पत्ति दिनु भयो।
29 Construiu cidades e adquiriu muitos rebanhos e gado, pois o S enhor lhe deu grande riqueza.
30 यो हिजकियाह नै थिए जसले यरूशलेममा गीहोन जल स्रोतको माथिल्लो स्रोत बन्द गरिदिए अनि ती पानीलाई दाऊदको शहरको पश्चिम तर्फ बगेर जाने तुल्याए। अनि तिनले गरेका हरेक कुरामा हिजकियाह सफल रहे।
30 Bloqueou a fonte superior de Giom e trouxe a água por um túnel para o lado oeste da Cidade de Davi. Ezequias foi bem-sucedido em tudo que fez.
31 एक समयमा बाबेलका प्रमुखहरूले हिजकियाह कहाँ दूतहरू पठाए। ती दूतहरूले एक अदभूत संकेतको बारेमा सोधे जो राष्ट्रहरूमा प्रकट भएको थियो। जब तिनीहरू आए, परमेश्वरले तिनको परिक्षा गर्न अनि हिजकियाहको मनमा के छ ती सबै जान्नका निम्ति हिजकियाहलाई एक्लै छाड्नु भयो।
31 No entanto, quando chegaram representantes da Babilônia para perguntar sobre os acontecimentos extraordinários que haviam ocorrido na terra, Deus se afastou de Ezequias para testá-lo e ver o que havia, de fato, em seu coração.
32 हिजकियाहले गरेका अन्य कुराहरू र उनको परमेश्वर प्रतिको विश्वासयोग्यता, आमोसका छोरो यशैया अगमवक्ताको दर्शन भनिने पुस्तक अनि यहूदा अनि इस्राएलका राजाहरूका इतिहास भनिने पुस्तकमा लेखिएका छन्।
32 Os demais acontecimentos do reinado de Ezequias e seus atos de devoção estão registrados na Visão do Profeta Isaías, Filho de Amoz , incluída no Livro dos Reis de Judá e de Israel .
33 हिजकियाहको मृत्यु भयो अनि आफ्ना पुर्खाहरूसित गाडिए। मानिसहरूले हिजकियाहलाई डाँडामा गाडे जहाँ दाऊदका पुर्खाहरूका चिहानहरू छन्। यहूदाका अनि यरूशलेममा बस्ने सबै मानिसहरूले हिजकियाहलाई सम्मान प्रदान गरे जब तिनको मृत्यु भयो। मनश्शे हिजकियाहका स्थानमा नयाँ राजा भए। मनश्शे हिजकियाहका छोरा थिए।
33 Quando Ezequias morreu e se reuniu a seus antepassados, foi sepultado na parte superior do cemitério dos reis, e todo o Judá e os habitantes de Jerusalém o honraram por ocasião de sua morte. Seu filho Manassés foi seu sucessor.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar 2 Crônicas 32, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.