2 Crônicas 25

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010) vs ARIB

Sair da comparação
ARIB Almeida Revisada Imprensa Bíblica
1 अमस्याह पच्चीस वर्षका थिए जब तिनी राजा भए। तिनले यरूशलेममा उनन्तीस वर्ष शासन गरे। तिनकी आमाको नाउँ यहोअद्‌दान थियो। यहोअद्‌दान यरूशलेमकी थिइन्।
1 Amazias tinha vinte e cinco anos quando começou a reinar, e reinou vinte e nove anos em Jerusalém. E o nome de sua mãe era Jeoadã, de Jerusalém.
2 अमस्याहले त्यही कुराहरू गरे जो परमप्रभुले तिनीद्वारा गराउन चाहनु हुन्थ्यो। तर तिनले ती कुराहरू सम्पूर्ण हृदयले गरेनन्।
2 Ele fez o que era reto aos olhos do Senhor, mas não o fez com coração perfeito.
3 अमस्याह शक्तिशाली राजा भए। त्यस पछि तिनले ती अधिकारीहरूलाई मारि दिए जसले तिनका राजा मारेको थिए।
3 Quando o reino já lhe tinha sido confirmado, ele matou os seus servos que tinham assassinado o rei seu pai.
4 तर अमस्याहले ती अधिकारीहरूका छोरा छोरीहरूलाई मारेनन्। किन? तिनले मोशाको पुस्तकमा लेखिएका व्यवस्था पालन गरे। परमप्रभुले आदेश दिनु भएको थियो, “माता-पितालाई उनीहरूका छोरा-छोरीहरूले केही गरेको खण्डमा मार्नु हुँदैन। अनि छोरा-छोरीहरूलाई तिनीहरूका माता-पिताहरूले केही गरेका खण्डमा मार्नु हुँदैन कुनै व्यक्तिलाई तिनी स्वयंले गरेका नराम्रो कामका निम्ति मात्र मार्नु पर्छ।”
4 Contudo não matou os filhos deles mas fez segundo está escrito na lei: no livro de Moisés, como o Senhor ordenou, dizendo: Não morrerão os pais pelos filhos nem os filhos pelos pais; mas cada um morrerá pelo seu pecado.
5 अमस्याहले यहूदाका मानिसहरूलाई एक साथ भेला गरे। तिनले परिवार अनुसार तिनीहरूको दल बनाए अनि ती दलहरूलाई सेनाध्यक्ष र सेना नायकहरूका जिम्मामा राखे। ती प्रमुखहरूका जिम्मामा यहूदा अनि बिन्यामीनका समस्त सैनिकहरू थिए। सबै मानिसहरू जो सैनिक हुनका निम्ति छानिए ती बीस वर्ष अनि त्यस भन्दा अधिक उमेरका थिए। जम्मा 3,00,000 सिपालु सैनिकहरू भाला अनि ढाल सहित युद्धका निम्ति तयार थिए।
5 Depois Amazias congregou Judá e o colocou, segundo as suas casas paternas sob comandantes de milhares e de centenas, por todo o Judá e Benjamim; e os contou de vinte anos para cima, e achou deles trezentos mil escolhidos que podiam ir à guerra e sabiam manejar lança e escudo.
6 अमस्याहले इस्राएलबाट 1,00,000 सैनिकहरू पनि ज्यालामा ल्याए। ती सैनिकहरूलाई ज्यालामा ल्याउनका निम्ति तिनले 100 तोडा चाँदी दिए।
6 Também de Israel tomou a soldo cem mil varões valentes, por cem talentos de prata.
7 तर परमेश्वरका एक व्यक्ति अमस्याह कहाँ आए। परमेश्वरका व्यक्तिले भने, “राजा इस्राएलका सेनालाई तपाईं साथ जान नदिनु होस्। परमप्रभु इस्राएलीहरूका साथमा हुनुहुन्न। परमप्रभु एप्रैमका मानिसहरूका साथ हुनुहुन्न।
7 Veio ter com ele, porém, um homem de Deus, dizendo: Ó rei, não deixes ir contigo o exército de Israel, porque o Senhor não é com Israel, a saber, com todos os filhos de Efraim.
8 यदि तपाईंले तपाईं आफैंलाई बलियो अनि युद्धको निम्ति तयार बनाउनुहुन्छ भने परमेश्वरले तपाईंलाई परास्त गर्नुहुनेछ, किनकि विजय अथवा परास्त परमेश्वरको सहायतामा भर पर्छ।”
8 Mas se julgas que assim serás forte para a peleja, Deus te fará cair diante do inimigo; pois Deus tem poder para ajudar e para fazer cair.
9 अमस्याहले परमेश्वरका व्यक्तिलाई भने, “तर मेरो धनको बारेमा के हुन्छ जो मैले इस्राएली सेनाहरूलाई दिइ सकेको छु?” परमेश्वरका मानिसले भने, “परमप्रभुसित प्रशस्त छन्। उहाँले तपाईंलाई त्यो भन्दा धेरै दिन सक्नु हुन्छ।”
9 Então perguntou Amazias ao homem de Deus: Mas que se fará dos cem talentos de prata que dei às tropas de Israel? Respondeu o homem de Deus: Mais tem o Senhor que te dar do que isso.
10 यसर्थ अमस्याहले इस्राएली सैनिकहरूलाई घर तिर एफ्राईम फर्काई पठाए। ती मानिसहरू राजा अनि यहूदाका मानिसहरू प्रति अत्यन्त क्रोधित भए। तिनीहरू अत्यन्त क्रोधित भएर घर फर्किए।
10 Então Amazias separou as tropas que lhe tinham vindo de Efraim, para que voltassem para a sua terra; pelo que muito se acendeu a ira deles contra Judá, e voltaram para a sua terra ardendo em ira.
11 तब अमस्याह अत्यन्त साहसी भए अनि आफ्ना सेनाहरूलाई लिएर एदोम देशको नूनकोबेंसी तर्फ गए। त्यस स्थानमा अमस्याहका सेनाहरूले सेईरका 10,000 मानिसहरूलाई मारे।
11 Amazias, cobrando ânimo, conduziu o seu povo, e foi ao Vale do Sal, onde matou dez mil dos filhos de Seir.
12 यहूदाका सेनाले पनि सेईरका 10,000 मानिसहरूलाई कब्जामा लिए। तिनीहरूले सेइरका ती मानिसहरूलाई एक पहाडको टुप्पोमा लगे। ती मानिसहरू अझसम्म जीवित थिए। तब यहूदाका सेनाले ती मानिसहरूलाई पहराको टुप्पोदेखि तल तिर झारिदिए अनि तिनीहरूका शरीरहरू तल चट्टानहरूमा चकना चूर भए।
12 Os filhos de Judá prenderam vivos outros dez mil, e trazendo-os ao cume da rocha, lançaram-nos dali abaixo, de modo que todos foram despedaçados.
13 तर त्यस समयमा अमस्याहले ती सैनाहरूलाई यहूदाका शहरहरू सामरिया देखि बेत-होरोनसम्म आक्रमण गेर्न अनुमति दिएका थिएनन्। तै पनि तिनीहरूले शहरहरूमा आक्रमण गरे। तिनीहरूले 3,000 मानिसहरू मारे धेरै मालहरू लुटे।
13 Mas os homens das tropas que Amazias despedira, não deixando que fossem com ele à batalha, deram sobre as cidades de Judá, desde Samária até Bete-Horom, e dos seus habitantes mataram três mil, e saquearam grande despojo.
14 अमस्याह एदोमी मानिसहरूलाई परास्त गरे पछि घर आए। तिनले सेइरका मानिसहरूले पूजा गर्ने मूर्तिहरू ल्याए। अमस्याहले ती मूर्तिहरूको पूजा गर्न शुरू गरे। तिनी ती मूर्तिहरू अघि झुके अनि तिनीहरूका निम्ति धूप बाले।
14 Quando Amazias veio da matança dos edomeus, trouxe consigo os deuses dos filhos de Seir e os elevou para serem os seus deuses, prostrando-se diante deles e queimando-lhes incenso.
15 परमप्रभु अमस्याह सित अत्यन्त क्रोधित हुनुभयो। परमप्रभुले अमस्याह कहाँ अगमवक्ता पठाउनु भयो। अगमवक्ताले भने, “अमस्याह किन तपाईंले ती मानिसहरूले पूजा गर्ने मूर्तिहरूको पूजा गर्नु भएको? ती देवताहरूले तिनीहरूका आफ्नै मानिसहरूलाई पनि तपाईंबाट बचाउन सकेनन्।”
15 Pelo que o Senhor se irou contra Amazias e lhe enviou um profeta, que lhe disse: Por que buscaste os deuses deste povo, os quais não livraram o seu próprio povo da tua mão?
16 जब अगमवक्ता बोले, अमस्याहले अगमवक्तालाई भने, “हामीले तिमीलाई राजाको सल्लाहकार बनाएका छैनौं! चुप लाग! तिमी चुप लागेनौ भने तिमीलाई मारिने छ।” अगमवक्ता चुप भए, तर तब भने, “परमेश्वरले तपाईंलाई ध्वंश गर्ने निश्चय गर्नु भएकोछ। किनभने तपाईंले ती नराम्रा कुराहरू गर्नु भयो। अनि मेरो वचन सुन्नु भएन।”
16 Enquanto ele ainda falava com o rei, este lhe respondeu: Fizemos-te conselheiro do rei? Cala-te! Por que haverias de ser morto? Então o profeta calou, havendo dito: Sei que Deus resolveu destruir-te, porquanto fizeste isto, e não deste ouvidos a meu conselho.
17 यहूदाका राजा अमस्याहले आफ्ना परामर्शदाताहरू सित कुरा गरे। तब तिनले इस्राएलका राजा योआशलाई एक संन्देश पठाए। अमस्याहले योआशलाई भने, “हामी मुखा-मुखी भेट गरौं।” योआश यहोआहाजका छोरा थिए। योआहाज येहूका छोरा थिए।
17 Tendo Amazias, rei de Judá, tomado conselho, mandou dizer a Jeoás, filho de Jeoacaz, filho de Jeú, rei de Israel: Vem, vejamo-nos face a face.
18 तब योआशले अमस्याह कहाँ आफ्नो उत्तर पठाए। योआश इस्राएलका राजा थिए अनि अमस्याह यहूदाका राजा थिए। योआशले यो कथा भनेः “लबानोन एक सानो काँढादार पोथ्राले लबानोन एक विशाल देवदारको वृक्ष कहाँ संन्देश पठायो। सानो काँढादार पोथ्राले भन्यो, ‘तिम्री छोरीलाई मेरो छोरासित विवाह गरिदेऊ।’ तर एक जङ्गली पशु आयो अनि काँढादार पोथ्रा माथि हिंड्यो र त्यसलाई नष्ट गरि दियो।
18 Mas Jeoás, rei de Israel, mandou responder a Amazias, rei de Judá: O cardo que estava no Líbano mandou dizer ao cedro que estava no Líbano: Dá tua filha por mulher a meu filho. Mas uma fera que estava no Líbano passou e pisou o cardo.
19 तिमी स्वयंमलाई भन्छौं, ‘मैले एदोमलाई परास्त गरे।’ तिमी घमण्डी छौ अनि तिमी धाक लाउँछौ। तर तिमी घरमा बस। तिमीलाई खतरा मोल्नु खाँचो छैन। यदि तिमी मसित लड्यौ भने, तिमी अनि यहूदा ध्वंश हुने छौ।”
19 Tu dizes a ti mesmo: Eis que feri Edom. Assim o teu coração se eleva para te gloriares. Agora, pois, fica em tua casa; por que te meterias no mal, para caíres tu e Judá contigo?
20 तर अमस्याहले सुन्न अस्वीकार गरे। यो परमेश्वरबाट आएको हो परमेश्वरले इस्राएल द्वारा यहूदालाई परास्त गराउने योजना बनाउनु भयो, किनभने यहूदाका मानिसहरूले एदोमका मानिसहरूले अनुसरण गर्ने देवताहरूको अनुसरण गरे।
20 Amazias, porém, não lhe deu ouvidos; pois isto vinha de Deus, para entregá-los na mão dos seus inimigos, porque buscaram os deuses de Edom.
21 यस कारण इस्राएलका राजा योआशले यहूदाका राजा अमस्याहसित बत-शेमेश शहरमा मुखा-मुखी भेट गरे। बेत-शेमेश यहूदामा छ।
21 Subiu, pois, Jeoás, rei de Israel; e ele e Amazias, rei de Judá, se viram face a face em Bete-Semes, que pertence a Judá.
22 इस्राएलले यहूदालाई परास्त गरे। यहूदाका हरेका मानिस आफ्ना घर तिर भागे।
22 E Judá foi desbaratado diante de Israel, e fugiu cada um para a sua tenda.
23 योआशले अमस्याहलाई बेत-शेमेशमा पक्रे अनि तिनलाई यरूशलेम लगे। अमस्याहका पिताको नाउँ योआश थियो। योआशको पिताको नाउँ योआहाज थियो। योआशले यरूशलेमको एप्रैम फाटक देखि कुनाको फाटक सम्मको पर्खालको 400 हात लामो अंश भत्काइ दिए।
23 E Jeoás, rei de Israel, prendeu Amazias, rei de Judá, filho de Joás, o filho de Jeoacaz, em Bete-Semes, e o levou a Jerusalém; e derrubou o muro de Jerusalém, desde a porta de Efraim até a porta da esquina, quatrocentos côvados.
24 परमेश्वरको मन्दिरमा सुन अनि चाँदी एवं धेरै अन्य चीज-बीजहरू थिए। ओबेद एदोम ती चीज बीजहरूको जिम्मामा थिए। तर येहोआशले ती सबै चीज-बीजहरू लगे। योआशले राज महलबाट कोषहरू पनि लगे। त्यस पछि योआशले केही मानिसहरूलाई कैदीको रूपमा लगे अनि फर्केर सामरिया गए।
24 Também tomou todo o ouro, e toda a prata, e todos os utensílios que se acharam na casa de Deus com Obede-Edom, e os tesouros da casa do rei, e os reféns, e voltou pura Samária.
25 योआशको मृत्यु पछि अमस्याह पन्ध्र वर्षसम्म बाँचे। अमस्याहका पिता यहूदाका राजा योआश थिए। योआशको पिता यहोआहाज इस्राएलका राजा थिए।
25 E Amazias, filho de Joás, rei de Judá, viveu quinze anos depois da morte de Jeoás, filho de Jeoacaz, rei de Israel.
26 अमस्याहले शुरू देखि अन्तसम्म गरेका अन्य कुराहरू यहूदा अनि इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छन्।
26 Quanto ao restante dos atos de Amazias, desde os primeiros até os últimos, não estão porventura escritos no livro dos reis de Judá e de Israel?
27 जब अमस्याहले परमप्रभुको आज्ञा पालन गर्न छाडे, यरूशलेममा मानिसहरूले अमस्याह विरूद्ध षडयन्त्र रचे। तिनी लाकीश शहर तिर भागेर गए। तर मानिसहरूले लाकीशमा मानिसहरू पठाए अनि तिनीहरूले अमस्याहलाई त्यही मारिदिए।
27 Desde o tempo em que Amazias se desviou do Senhor, conspiraram contra ele em Jerusalém, e ele fugiu para Laquis; mas perseguiram-no até Laquis, e ali o mataram.
28 तब तिनीहरूले अमस्याहको शरीरलाई घोडाहरूमा लदाएर ल्याए अनि यहूदाको शहरमा तिनका पुर्खाहरूसित गाडि दिए।
28 E o trouxeram sobre cavalos e o sepultaram junto a seus pais na cidade de Davi.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar 2 Crônicas 25, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.