2 Crônicas 24
The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010) vs NAA
1 योआश सात वर्ष उमेरका थिए जब तिनी राजा भए। तिनले यरूशलेममा चालीस वर्ष शासन गरे। तिनकी आमाको नाउँ सिब्या थियो। सिब्या बेर्शेबा शहरकी थिइन्।
1 Joás tinha sete anos de idade quando começou a reinar e reinou quarenta anos em Jerusalém.
2 योआशले पूजाहारी यहोयादा बाँचुन्जेल परमप्रभुको सामुन्ने उचित कार्य गरे।
2 A mãe dele se chamava Zíbia e era de Berseba. Joás fez o que era reto aos olhos do Senhor todos os dias do sacerdote Joiada.
3 यहोयादाले योआशका निम्ति दुइवटी पत्नीहरू चुने। योआशका छोरा-छोरीहरू भए।
3 Joiada lhe deu duas mulheres, e ele gerou filhos e filhas.
4 तब, पछि योआशले परमप्रभुको मन्दिर फेरि निर्माण गर्ने निर्णय गरे।
4 Depois disto, Joás decidiu restaurar a Casa do Senhor .
5 योआशले पूजाहारी अनि लेवीहरूलाई साथ बोलाए। तिनले तिनीहरूलाई भने, “यहूदा शहरमा जाऊ अनि इस्राएलका सबै मानिसहरूले प्रति वर्ष तिर्ने धन संग्रह गर। त्यो धन तिम्रो परमेश्वरको मन्दिर फेरि निर्माण गर्नमा प्रयोग गर। चाँडो गर अनि यो काम गर।” तर लेवीहरूले हतार गरेनन्।
5 Reuniu os sacerdotes e os levitas e lhes disse: — Vão pelas cidades de Judá e levantem de todo o Israel dinheiro para que todos os anos sejam feitos reparos no templo de seu Deus; e façam isso depressa. Porém os levitas não se apressaram.
6 यसर्थ राजा योआशले मुख्य पूजाहारी यहोयादालाई बोलाए। राजाले भने, “यहोयादा, तिमीले किन लेवीहरूलाई यहूदा अनि यरूशलेमबाट तिरो-धन ल्याउन लगाएनौं? परमप्रभुको सेवक मोशा अनि इस्राएलका मानिसहरूले पवित्र पाल निर्माण गर्नमा त्यो तिरो-धन प्रयोग गरेका थिए।”
6 Então o rei mandou chamar o sumo sacerdote Joiada e lhe perguntou: — Por que você não exigiu que os levitas trouxessem de Judá e de Jerusalém o imposto que Moisés, servo do
7 विगत कालमा, अतल्याहका छोराहरू जबरजस्ती परमेश्वरको मन्दिर भित्र पसेका थिए। तिनीहरूले परमप्रभुको मन्दिरमा भएका पवित्र चीजहरू आफ्ना बाल देवताहरूको पूजा गर्नमा प्रयोग गरेका थिए। अतल्याह अत्यन्त दुष्ट स्त्री थिइन्।
7 Porque a perversa Atalia e os seus filhos tinham arruinado a Casa de Deus; e usaram todas as coisas sagradas da Casa do Senhor no culto aos baalins.
8 राजा योआशले एउटा सन्दूक बनाउने अनि त्यसलाई परमप्रभुको मन्दिरको द्वारको बाहिर राख्ने आदेश गरे।
8 O rei deu ordem e fizeram um cofre e o puseram do lado de fora, junto ao portão da Casa do Senhor .
9 तब लेवीहरूले यहूदा अनि यरूशलेममा एक घोषणा गरे। तिनीहरू रोए मानिसहरूलाई परमप्रभुका निम्ति तिरो-धन ल्याउनु भने। परमेश्वरका सेवक मोशाले मरू-भूमिमा भएको समयमा इस्राएलका मानिसहरूबाट जो तिरो-धन मागेका थिए यो धन त्यति नै हो।
9 Publicou-se, em Judá e em Jerusalém, que trouxessem ao Senhor o imposto que Moisés, servo de Deus, havia colocado sobre Israel, no deserto.
10 समस्त प्रमुखहरू अनि मानिसहरू खुशी थिए। तिनीहरूले आफ्ना धन ल्याए अनि त्यसलाई सन्दूकमा हाले। तिनीहरूले तबसम्म लगातार दिइरहे जब सम्म सन्दूक भरी भएन।
10 Então todos os chefes e todo o povo se alegraram, trouxeram o imposto e o lançaram no cofre, até ficar cheio.
11 तब लेवीहरूले त्यो सन्दूक राज-अधिकारीहरू कहाँ लानु पर्यो। तिनीहरूले सन्दूक धनले परिपूर्ण भएको देखे। राजाका सचिव अनि मुख्य पूजाहारीका अधिकारी आए अनि सन्दूकबाट धन निकालेर लगे। तब तिनीहरूले त्यो सन्दूकलाई फेरि त्यस कै स्थानमा फर्काई लगे। तिनीहरूले यो काम घरि-घरि गरे अनि प्रचुर धन संग्रह गरे।
11 Quando o cofre era levado pelos levitas a uma comissão real, vendo-se que havia muito dinheiro, o escrivão do rei e o comissário do sumo sacerdote esvaziavam o cofre e o levavam de novo ao seu lugar. Assim faziam dia após dia e ajuntaram dinheiro em abundância.
12 तब राजा योआश अनि यहोयादाले त्यो धन ती मानिसहरूलाई दिए जो परमप्रभुको मनिदरमा काम गर्थे। अनि परमप्रभुको मन्दिरमा काम गर्ने मानिसहरूले परमप्रभुको मन्दिर फेरि निर्माण गर्नका निम्ति निपूण काठ खोप्नेहरू अनि सिकर्मीहरूलाई ज्यालमा राखे। तिनीहरूले ती कर्मीहरू पनि ज्यालमा ल्याए जो परमप्रभुको मन्दिरलाई फेरि निर्माण गर्नका निम्ति फलाम अनि काँसाका काम गर्न सिपालु थिए।
12 O rei e Joiada entregavam esse dinheiro aos que dirigiam a obra e tinham a seu encargo a Casa do Senhor , que contrataram pedreiros e carpinteiros, para restaurarem a Casa do Senhor , e também os que trabalhavam em ferro e em bronze, para repararem a Casa do Senhor .
13 मानिसहरू जसले कामको निरीक्षण गर्दथे एक्दमै परिश्रमी थिए। परमप्रभुको मन्दिर फेरि निर्माण गर्ने कार्य सफल भयो। तिनीहरूले परमप्रभुको मन्दिर पहिलाको जस्तै निर्माण गरे अनि तिनीहरूले यसलाई पहिलाको भन्दा बलियो बनाए।
13 Os que estavam encarregados da obra trabalhavam, e a reparação tinha bom êxito com eles; restauraram a Casa de Deus no seu próprio estado e a consolidaram.
14 जब कर्मीहरूले काम पूरा गरे तिनीहरूले उब्रिएको धन राजा योआश अनि यहोयादा कहाँ ल्याए। तिनीहरूले त्यो धन परमप्रभुको मन्दिरका निम्ति चीज-बीज बनाउनमा प्रयोग गरे। ती चीज-बीजहरू मन्दिरको सेवामा अनि होम-बलि अर्पण गर्नमा प्रयोग गरिन्थे। तिनीहरूले सुन-चाँदीका कचौरा एवं अन्य चीजहरू पनि बनाए। पूजाहारीहरूले यहोयादा जीवित रहेसम्म प्रतिदिन परमप्रभुको मन्दिरमा होमबलि अर्पण गरिरहे।
14 Quando acabaram a obra, trouxeram ao rei e a Joiada o resto do dinheiro, de que se fizeram utensílios para a Casa do Senhor , objetos para o culto e para os holocaustos, taças e outros objetos de ouro e de prata. E continuamente ofereceram holocaustos na Casa do Senhor , todos os dias de Joiada.
15 यहोयादा बृद्ध भए। तिनी लामो समयसम्म बाँचे, त्यसपछि तिनको मृत्यु भयो। यहोदा 130 वर्षको बृद्ध हुँदा तिनको मृत्यु भयो।
15 Joiada morreu após uma longa velhice; tinha cento e trinta anos de idade quando morreu.
16 मानिसहरूले यहोयादालाई दाऊदका शहरमा गाडिदिए जहाँ राजाहरूलाई गाडिन्छन्। मानिसहरूले यहोयादालाई त्यहाँ गाडि दिए किनभने तिनले आफ्ना जीवनमा इस्राएलमा परमेश्वर अनि परमेश्वरका मन्दिरका निम्ति धेरै असल कार्य गरे।
16 Sepultaram-no na Cidade de Davi com os reis, porque ele tinha feito o bem em Israel e servido a Deus e ao seu templo.
17 यहोयादाको मृत्यु पछि, यहूदाका प्रमुखहरू आए अनि राजा योआश समक्ष झुके। राजाले ती प्रमुखहरूका कुरा सुने।
17 Depois da morte de Joiada, os chefes de Judá foram e se prostraram diante do rei, e o rei os ouviu.
18 राजा अनि ती अगुवाहरूले तिनीहरूका पिता-पुर्खाहरूले आराधना गर्ने परमप्रभु परमेश्वरको मन्दिरलाई परित्याग गरे। तिनीहरूले अशेरा खामा अनि अन्य मूर्तिहरूका पूजा गर्न शुरू गरे। परमेश्वर यहूदा अनि यरूशलेमका मानिसहरूसित क्रोधित हुनु भयो किनभने राजा अनि अगुवाहरू दोषी थिए।
18 Então abandonaram a Casa do Senhor , Deus de seus pais, e serviram os postes da deusa Aserá e aos ídolos. E, por esta sua culpa, veio grande ira sobre Judá e Jerusalém.
19 परमेश्वरले मानिसहरू कहाँ तिनीहरूलाई परमप्रभु तिर फर्काइ ल्याउन भनी अगमवक्ताहरू पठाउनु भयो। अगमवक्ताहरूले मानिसहरूलाई चेताउनी दिए। तर मानिसहरूले सुन्न अस्वीकार गरे।
19 Mas o Senhor lhes enviou profetas para os reconduzir a si; estes profetas testemunharam contra eles, mas eles não quiseram ouvir.
20 परमेश्वरको आत्मा जकर्याह माथि उत्रिनुभयो। जकर्याहका पिता पूजाहारी यहोयादा थिए। जकर्याह मानिसहरूका सामुन्ने उभिए अनि भने, “परमेश्वरले जे भन्नु हुन्छ त्यो यो होः ‘किन तिमीहरूले परमप्रभुको आदेशहरूको पालन गर्न अस्वीकार गर्छौ? तिमीहरू सफल हुने छैनौं। तिमीहरूले परमप्रभुलाई त्याग्यौ यसकारण परमप्रभुले पनि तिमीहरूलाई त्याग्नु भएको छ।’”
20 Então o Espírito de Deus se apoderou de Zacarias, filho do sacerdote Joiada. Ele ficou em pé diante do povo e lhes disse: — Assim diz Deus: “Por que vocês estão transgredindo os mandamentos do
21 तर मानिसहरूले जकर्याहको विरूद्ध षड्यन्त्र रचे। राजाले जकर्याहलाई मार्न भनी मानिसहरूलाई आदेश दिए, यसर्थ तिनको मृत्यु नहुञ्जेल मानिसहरूले तिनलाई ढुँङ्गा हाने। मानिसहरूले यो काम मन्दिरको आँगनमा गरे।
21 Conspiraram contra ele e o apedrejaram, por ordem do rei, no pátio da Casa do Senhor .
22 राजा योआशले तिनी प्रति यहोयादाले दर्शाएको दया सम्झेनन्। यहोयादा जकर्याहका पिता थिए। तर योआशले यहोयादाका छोरा जकर्याहलाई मारिदिए। जकर्याहको मृत्यु हुनु अघि तिनले भने, “परमप्रभुले देख्नु हुनेछ जो तिमीहरूले गर्दै छौ अनि तिमीहरूलाई दण्ड दिनु हुनेछ।”
22 Assim, o rei Joás não se lembrou de como Joiada, pai de Zacarias, tinha sido bondoso com ele, e acabou matando o filho dele. Ao morrer, Zacarias disse: — O
23 वर्षको अन्ततिर, अरामी सेना योआशको विरूद्ध आए। तिनीहरूले यहूदा अनि यरूशलेम माथि आक्रमण गरे अनि मानिसका सबै प्रमुखहरूलाई मारिदिए। तिनीहरूले सबै मूल्यवान बस्तुहरू दमीशकका राजा कहाँ पठाए।
23 Antes de se findar o ano, o exército dos sírios atacou Joás. Invadiram Judá e Jerusalém, mataram todos os chefes do povo, e levaram os despojos ao rei de Damasco.
24 अरामी सेना मानिसहरूको सानो दलको रूपमा आएका थिए तर परमप्रभुले तिनीहरूलाई यहूदाका अति विशाल सेनालाई परास्त पार्न दिनु भयो। परमप्रभुले यसो गर्नु भयो। किनभने यहूदाका मानिसहरूले, आफ्ना पुर्खाहरूले अनुसरण गरेका परमप्रभु परमेश्वरलाई त्याग गरे। यसरी योआश दण्डित भए।
24 Embora o exército dos sírios não fosse grande, o Senhor permitiu que eles vencessem um exército que era muito maior, porque eles tinham abandonado o Senhor , Deus de seus pais. Assim os sírios executaram o juízo de Deus contra Joás.
25 जब अरामीहरूले योआशलाई छाडे तब तिनी नराम्रो प्रकारले घाइते भएका थिए। योआशका आफ्नै सेवकहरूले तिनको विरूद्ध षड्यन्त्र रचे। तिनीहरूले यसो गरे किनभने योआशले पूजाहारी यहोयादाका छोरा जकर्याहलाई मारेका थिए। सेवकहरूले योआशलाई तिनको आफ्नै ओछ्यानमा मारिदिए। योआशको मृत्यु भएपछि मानिसहरूले तिनलाई दाऊदको शहरमा गाडीदिए। तर तिनीहरूले तिनलाई त्यस स्थानमा गाडेनन् जहाँ राजाहरूलाई गाडिन्छ।
25 Quando os sírios foram embora, deixando Joás gravemente ferido, os servos de Joás conspiraram contra ele, por causa do sangue do filho do sacerdote Joiada, e o mataram em sua cama.
26 ती यिनै सेवकहरू हुन् जसले योआशको विरूद्ध षड्यन्त्र रचेका थिएः जाबाद अनि यहोजाबाद। जाबादकी आमाको नाउँ शिमात थियो। शिमात अम्मोनकी थिइन्। अनि यहोजाबादकी आमाको नाउँ शिम्रित थियो। शिम्रित मोआबकी थिइन्।
26 Ele foi sepultado na Cidade de Davi, mas não nos túmulos dos reis. Os que conspiraram contra Joás foram Zabade, filho de Simeate, a amonita, e Jeozabade, filho de Sinrite, a moabita.
27 योआशका छोराहरूको विषयमा कथा, तिनी विरूद्धको महान अगमवाणीहरू अनि तिनले कसरी फेरि परमेश्वरको मन्दिर निर्माण गरे, यी सबै राजाहरू सम्बन्धी व्याख्या नाउँको पुस्तकमा लेखिएका छन्। अमस्याह तिनका पछि नयाँ राजा भए। अमस्याह योआशका छोरा थिए।
27 Quanto aos filhos de Joás, às numerosas sentenças proferidas contra ele e à restauração da Casa de Deus, está tudo escrito no Livro da História dos Reis. E Amazias, filho de Joás, reinou em seu lugar.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar 2 Crônicas 24, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.