1 Timóteo 5
The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010) vs NVI
1 आफूभन्दा ठूला मानिसहरूसित रिसाएर नबोल तर तिनीसित आफ्ना पितालाई जस्तै व्यवहार गर। साना मानिसहरूसित आफ्ना भाईहरूलाई झैं व्यवहार गर।
1 Não repreenda asperamente ao homem idoso, mas exorte-o como se ele fosse seu pai; trate os jovens como a irmãos;
2 ठूला स्त्रीहरूसित आफ्नी आमालाई झैं व्यवहार गर अनि सानाहरूसित बहिनीहरूलाई जस्तै शुद्ध मनले व्यावहार गर।
2 as mulheres idosas, como a mães; e as moças, como a irmãs, com toda a pureza.
3 विधुवाहरूलाई मान गर जो साँच्चै असहाय छन्।
3 Trate adequadamente as viúvas que são realmente necessitadas.
4 तर कुनै विधवाका छोरा-छोरी वा नाती-नातीना छन् भने तिनीहरूले सिक्नु पर्ने पहिलो कुरो हुन्छः आफ्नो परिवारको देखरेख गर्नु। जब तिनीहरूले यसो गर्छन् तिनीहरूले आफ्ना आमा-बाबु तथा बाजे-बज्यैको ऋण चुकाउनेछन्। यसद्वारा परमेश्वर पनि खुशी हुनु हुनेछ।
4 Mas se uma viúva tem filhos ou netos, que estes aprendam primeiramente a colocar a sua religião em prática, cuidando de sua própria família e retribuindo o bem recebido de seus pais e avós, pois isso agrada a Deus.
5 कुनै एक विधवा जो साँच्चै अभावमा छन्, जसलाई देखरेख गर्ने कोही छैन, जसले आफ्नो आशा परमेश्वरमाथि मात्र राखेकीछन्, उनले दिनरात परमेश्वरसंग प्रार्थना गर्छिन्। उनले परमेश्वरसंग सहायता माग्छिन्।
5 A viúva realmente necessitada e desamparada põe sua esperança em Deus e persiste dia e noite em oração e em súplica.
6 तर आफ्नो आनन्दको लागि कुनै विधवा बाँच्छे भने ऊ जीवित भएता पनि मरेकै बराबर हो।
6 Mas a que vive para os prazeres, ainda que esteja viva, está morta.
7 यी कुराहरू गर्नु भनि ती विश्वासीहरूलाई निर्देश गर, जसमा कि कसैले पनि यो भन्नु नसकून् कि तिनीहरूले भूल गर्दैछन्।
7 Ordene estas coisas para que sejam irrepreensíveis.
8 मानिसहरूले आफ्नै मानिसहरूको याद राख्नु पर्छ विशेष गरी आफ्नै परिवारहरूको। यदि कसैले त्यसो गर्दैन भने उसले सत्य शिक्षालाई त्यागेकोछ। त्यस्ता मानिस त अविश्वासी भन्दा पनि खराब हो।
8 Se alguém não cuida de seus parentes, e especialmente dos de sua própria família, negou a fé e é pior que um descrente.
9 विधवाहरूको सूचीका निम्ति कुनै पनि विधवा 60 वर्ष वा त्यस भन्दा अधिक उमेरको हुनुपर्छ। उसका एउटै मात्र पति भएको हुनुपर्छ।
9 Nenhuma mulher deve ser inscrita na lista de viúvas, a não ser que tenha mais de sessenta anos de idade, tenha sido fiel a seu marido
10 उसले राम्रो कामहरू गरिन् भनेर उनी जानिएको हुनुपर्छ। जस्तो आफ्ना बालबच्चाको पालन-पोषण गर्ने, मानिसहरूको सत्कार गर्ने, परमेश्वरका मानिसहरूको पाउ धुने, कष्टमा परेका मानिसहरूको सहायता गर्ने र आफ्नो जीवनलाई हर प्रकारको असल काममा लगाउनेहरू।
10 e seja bem conhecida por suas boas obras, tais como criar filhos, ser hospitaleira, lavar os pés dos santos, socorrer os atribulados e dedicar-se a todo tipo de boa obra.
11 तर तरूणी विधवाहरूलाई आफ्नो सूचीमा नहलेख। तिनीहरूले आफूलाई ख्रीष्टमा समर्पित गरेता पनि आफ्नो शारीरिक इच्छाहरूले प्रायः नै तिनीहरूलाई ख्रीष्टबाट तान्छ अनि विवाह गर्न चाहन्छन्।
11 Não inclua nessa lista as viúvas mais jovens, pois, quando os seus desejos sensuais superam a sua dedicação a Cristo, querem se casar.
12 तिनीहरूले पहिलाको प्रतिज्ञा भङ्ग गरेको कारणमा तिनीहरूको न्याय गरिनेछ।
12 Assim, elas trazem condenação sobre si, por haverem rompido seu primeiro compromisso.
13 यस बाहेक, ती तरूणी विधवाहरू घर-घर घुम्ने, कुरौटे हुने र अर्काको जीवनमा हस्तक्षेप गर्ने बानी लिन्छन् अनि नगर्नु पर्ने कुराहरूमा समय बिताउँछन्।
13 Além disso, aprendem a ficar ociosas, andando de casa em casa; e não se tornam apenas ociosas, mas também fofoqueiras e indiscretas, falando coisas que não devem.
14 यसकारण म चाहन्छु कि तरूणी विधवाहरूले विवाह गरून्, बालकहरू जन्माउन् र आफ्नो घरको देखभाल गरून्। यदि तिनीहरूले यसो गरे हाम्रा शत्रुहरूले तिनीहरूको आलोचना गर्ने अवसर पाउने छैनन्।
14 Portanto, aconselho que as viúvas mais jovens se casem, tenham filhos, administrem suas casas e não dêem ao inimigo nenhum motivo para maledicência.
15 कतिपय तरूणी विधवाहरू शैतानको अनुसरण गर्न फर्किसकेकाछन्।
15 Algumas, na verdade, já se desviaram, para seguir a Satanás.
16 यदि कुनै विश्वासी स्त्रीको घरमा विधवाहरू भए उसले तिनीहरूको देख-रेख गर्नु पर्छ। तिनीहरूको देख-रेखका निम्ति मण्डलीलाई बाधा दिनु हुँदैन। तब तिनीहरूको देख-रेख मण्डलीले गर्न सक्नेछ। जो साँचो अर्थमा अभावग्रस्त विधवा छन्।
16 Se alguma mulher crente tem viúvas em sua família, deve ajudá-las. Não seja a igreja sobrecarregada com elas, a fim de que as viúvas realmente necessitadas sejam auxiliadas.
17 अगुवाहरू जसले प्रभावकारी ढङ्गले अगुवाका रूपमा कार्य गरिरहेछन्, मण्डलीले तिनलाई दोबर पुरस्कार दिनु पर्छ। विशेष गरी यो तिनीहरूलाई प्रयुक्त हुन्छ जसले प्रचार गर्न र सिकाउनमा परिश्रम गर्दछन्।
17 Os presbíteros que lideram bem a igreja são dignos de dupla honra, especialmente aqueles cujo trabalho é a pregação e o ensino,
18 किनभने धर्मशास्त्रले भन्छः “गोरूले दाइँ गर्दैछ भने त्यसको मुखमा मोहोला नलगाऊ।” अर्को ठाउँमा धर्म शास्त्रले नै भन्छ, “मजदुरलाई उसको योग्य ज्याला दिनुपर्छ।”
18 pois a Escritura diz: "Não amordace o boi enquanto está debulhando o cereal", e "o trabalhador merece o seu salário".
19 यदि कसैले अगुवालाई दोष्याउँछ भने उसलाई ध्यान दिनु हुँदैन। यदि दुइ वा तीन व्यक्तिहरू त्यो दोषको साक्षी दिन्छन् भने मात्र त्यस व्यक्तिको कुरा सुन।
19 Não aceite acusação contra um presbítero, se não for apoiada por duas ou três testemunhas.
20 जब तिनीहरू पाप गर्छन्, मानिसहरूलाई भन कि तिनीहरू गलत छन्। यो कुरा सम्पूर्ण मण्डलीको समक्ष गर। तब अरूहरूले पनि चेतावनी पाउनेछन्।
20 Os que pecarem deverão ser repreendidos em público, para que os demais também temam.
21 परमेश्वर, ख्रीष्ट येशू अनि छानिएका स्वर्गदूतहरूका सामु म तिमीलाई यसो गर्ने आदेश दिंदैछु। तर तिमीले सत्य नजानेसम्म मानिसहरूको न्याय नगर। अनि सबैलाई समानरूपले यसो गरिनु पर्छ।
21 Eu o exorto solenemente, diante de Deus, de Cristo Jesus e dos anjos eleitos, a que procure observar essas instruções sem parcialidade; e não faça nada por favoritismo.
22 धर्मगुरू बनाउनाका निम्ति कसैमाथि तिम्रो हात राख्नको अघि होशियारीसित सोच। अरूका पापहरूका सह भागी नहोऊ। आफूलाई शुद्ध राख।
22 Não se precipite em impor as mãos sobre ninguém e não participe dos pecados dos outros. Conserve-se puro.
23 तिमोथी साधारणतयाः तिमी पानी मात्र पिउँछौ। यसो नगर, केही दाखरस पनि पिउने गर। त्यसले तिम्रो पेटलाई सहायता गर्छ अनि तिमी घरिघरि विमारी पर्ने छैनौ।
23 Não continue a beber somente água; tome também um pouco de vinho, por causa do seu estômago e das suas freqüentes enfermidades.
24 कोही मानिसहरूको पापहरू सजिलैसित देख्न सकिन्छ अनि तिनीहरूले देखाउँछन् कि तिमीहरूको न्याय गरिनेछ। तर कति अन्य पापहरू केही समय पछि मात्र देखिन्छ।
24 Os pecados de alguns são evidentes, mesmo antes de serem submetidos a julgamento; enquanto que os pecados de outros se manifestam posteriormente.
25 मानिसहरूले गर्ने असल काम बारे पनि यस्तै हो। मानिसहरूले गर्ने असल कुराहरू सजिलै देख्न सकिन्छ। कहिले काहीं यी असल कुराहरू सजिलै नदेखिए तापनि तिनीहरूलाई लुकाउन सकिंदैन।
25 Da mesma forma, as boas obras são evidentes, e as que não o são não podem permanecer ocultas.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar 1 Timóteo 5, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.