1 Reis 8

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010) vs ARIB

Sair da comparação
ARIB Almeida Revisada Imprensa Bíblica
1 त्यसपछि राजा सुलेमानले इस्राएलका बूढा-प्रधानहरू, विभिन्न कुल-वंशका प्रमुखहरू, र इस्राएलका कुल-वंशहरूका अगुवाहरूलाई बोलाए। उनले तिनीहरूलाई यरूशलेममा आउने आदेश दिए। सुलेमानले परमप्रभुको करारको सन्दूकलाई दाऊदको शहरबाट जसलाई सियोन पनि भनिन्थ्यो, ल्याउन चाहन्थे।
1 Então congregou Salomão diante de si em Jerusalém os anciãos de Israel, e todos os cabeças das tribos, os chefes das casas paternas, dentre os filhos de Israel, para fazerem subir da cidade de Davi, que é Sião, a arca do pacto do Senhor:
2 यसकारण सबै इस्राएलका मानिसहरू वर्षको सातौं महीनामा त्यसको महीनाको चाडको समयमा मानिसहरू सुलेमानसित भेला हुन्थे।
2 De maneira que todos os homens de Israel se congregaram ao rei Salomão, na ocasião da festa, no mês de etanim, que é o sétimo mês.
3 इस्राएलका सबै बूढा प्रधानहरू त्यस ठाउँमा पुगे। तब पूजाहारीहरूले पवित्र सन्दूक उठाए।
3 E tendo chegado todos os anciãos de Israel, os sacerdotes alçaram a arca;
4 तिनीहरूले भेट हुने पाल अनि पालमा रहेका सबै पवित्र चीज-बीजहरू समेत परमप्रभुको पवित्र सन्दूक सित बोके। लेवीकुहरूले यी सामानहरू बोक्नमा पूजाहारीलाई सघाए।
4 e trouxeram para cima a arca do Senhor, e a tenda da revelação, juntamente com todos os utensílios sagrados que havia na tenda; foram os sacerdotes e os levitas que os trouxeram para cima.
5 राजा सुलेमान अनि इस्राएलका सारा समुदाय करारको सम्झौता सन्दूक अघि भेला भए। तिनीहरूले धेरै बलिहरू चढाए। तिनीहरूले यति धेरै भेडाहरू अनि पशुहरू मारे, कुनै मानिसले गन्ती गर्न सकेन।
5 E o rei Salomão, e toda a congregação de Israel, que se ajuntara diante dele, estavam diante da arca, imolando ovelhas e bois, os quais não se podiam contar nem numerar, pela sua multidão.
6 तब पूजाहारीहरूले परमप्रभुकोको करारको सन्दूकलाई यथा स्थानमा स्थापित गरे। यो ठाउँ मन्दिरमा महा पवित्र स्थानको भित्र थियो। करारको सन्दूकलाई करूब स्वर्गदूतहरूको पंखेटाको तल स्थापित गरियो।
6 E os sacerdotes introduziram a arca do pacto do Senhor no seu lugar, no oráculo da casa, no lugar santíssimo, debaixo das asas dos querubins.
7 करूब स्वर्गदूतहरूका पखेटा पवित्र सन्दूक माथि फिंजिएका थिए। तिनीहरूले पवित्र सन्दूक अनि यसको खाम्बाहरूलाई ढाकि दिए।
7 Pois os querubins estendiam ambas as asas sobre o lugar da arca, e cobriam por cima a arca e os seus varais.
8 यी थाम्ने खाम्बाहरू धेरै लामा थिए। अति पवित्र स्थानको अघि उभिने कुनै मानिसले खाम्बाहरूको छेऊ देख्न सकथ्यो। तर बाहिरबाट कुनैपनि मानिसले तिनीहरूलाई देख्न सक्दैन थिए। खाम्बाहरू आज पनि त्यहाँ छन्।
8 Os varais sobressaíam tanto que as suas pontas se viam desde o santuário diante do oráculo, porém de fora não se viam; e ali estão até o dia de hoje.
9 पवित्र सन्दूक भित्र मात्र दुइवटा ढुङ्गाका पाटीहरू थिए। यी पाटीहरू तिनै थिए जसलाई मोशाले होरेब नाउँ भएको ठाउँमा पवित्र सन्दूकभित्र राखेका थिए। होरेब त्यो ठाउँ थियो जहाँ परमप्रभुले इस्राएलका मानिसहरूसँग तिनीहरू मिश्रबाट बाहिर निस्केपछि करार बाँध्नुभएको थियो
9 Nada havia na arca, senão as duas tábuas de pedra, que Moisés ali pusera, junto a Horebe, quando o Senhor, fez u pacto com os filhos de Israel, ao sairem eles da terra do Egito.
10 पूजाहारीहरूले पवित्र सन्दूकलाई अति पवित्र स्थानमा स्थापित गरे। जब पूजाहारीहरू पवित्र स्थानबाट बाहिर आए, परमेश्वरको मन्दिरमा बादल भरियो।
10 E sucedeu que, saindo os sacerdotes do santuário, uma nuvem encheu a casa do Senhor;
11 पूजाहारीहरूले आफ्नो काम निरन्तर गर्न सकेनन् किनभने मन्दिर परमेश्वरको महिमाले भरियो।
11 de modo que os sacerdotes não podiam ter-se em pé para ministrarem, por causa da nuvem; porque a glória do Senhor enchera a casa do Senhor.
12 तब सुलेमानले भनेः
12 Então falou Salomão: O Senhor disse que habitaria na escuridão.
13 मैले तिम्रो लागि अचम्मको मन्दिर बनाए एउटा ठाउँ
13 Certamente te edifiquei uma casa para morada, assento para a tua eterna habitação.
14 इस्राएलका सबै मानिसहरू त्यहाँ उभिएका थिए। यसर्थ राजा सुलेमान तिनीहरूतिर फर्किए अनि परमेश्वरलाई तिनीहरूका लागि आशीर्वाद दिने बिन्ती गरे।
14 Então o rei virou o rosto, e abençoou toda a congregação de Israel; e toda a congregação ficou em pe.
15 तब राजा सुलेमानले भने,
15 E disse Salomão: Bendito seja e Senhor, Deus de Israel, que falou pela sua boca a Davi, meu pai, e pela sua mão cumpriu a palavra que disse:
16 ‘मैंले इस्राएलका मानिसहरूलाई मिश्रबाट ल्याएको दिनदेखि अहिले सम्म मेरै सत्कारमा मन्दिर निर्माण गर्नका लागि इस्राएलको परिवार समूहहरूबाट कुनै शहरलाई छानेको थिइन। तर इस्राएलका मानिसहरूमाथि शासन गर्नका लागि मैले दाऊदलाई मन पराएको छु।’
16 Desde o dia em que eu tirei do Egito o meu povo Israel, não escolhi cidade alguma de todas as tribos de Israel para se edificar ali uma casa em que estivesse o meu nome; porém escolhi a Davi, para que presidisse sobre o meu povo Israel.
17 “मेरा पिता दाऊदले परमप्रभु इस्राएलका परमेश्वरको सत्कार गर्नका लागि एउटा मन्दिर बनाउन साह्रै नै चाहेका थिए।
17 Ora, Davi, meu pai, propusera em seu coração edificar uma casa ao nome de Senhor, Deus de Israel.
18 तर परमप्रभुले मेरा पिता दाऊदलाई भन्नु भएको थियो, ‘म जान्दछु, मेरो सत्कारका लागि तिमी एउटा मन्दिर बनाउन साह्रै नै इच्छुक छौ, अनि यो राम्रो कार्य हो, तिमी मेरो मन्दिर बनाउन चाहन्छौ।
18 Mas o Senhor disse a Davi, meu pai: Quanto ao teres proposto no teu coração o edificar casa ao meu nome, bem fizeste em o propor no teu coração.
19 तर तिमी नै त्यो मानिस होइनौ जसलाई मैले मन्दिर बनाउनका लागि रोजेको छु। तिम्रो छोराले मेरो मन्दिर बनाउने छ!’
19 Todavia, tu não edificarás a casa; porém teu filho, que sair de teus lombos, esse edificará a casa ao meu nome.
20 “यसकारण परमप्रभुले त्यो प्रतिज्ञा पूरा गर्नु भएको छ, जो उहाँले दिनुभएको थियो। अहिले म मेरा पिता दाऊदको ठाउँमा राजा छु। अब म परमप्रभुले भन्नुभए जस्तैं इस्राएलका मानिसहरू माथि शासन गर्ने छुँ। परमप्रभु इस्राएलका परमेश्वरको लागि मैले मन्दिरको निर्माण गरें।
20 E o Senhor cumpriu a palavra que falou; porque me levantei em lugar de Davi, meu pai, e me assentei no trono de Israel, como falou o Senhor, e edifiquei uma casa, ao nome do Senhor, Deus de Israel.
21 मैंले मन्दिरमा पवित्र सन्दूकका लागि एउटा ठाउँ बनाएँ। पवित्र सन्दूकभित्र परमप्रभुले हाम्रा पुर्खाहरूसित गर्नुभएको करार-पत्र छ। परमप्रभुले जब करार गर्नुभयो तब उहाँले हाम्रा पुर्खाहरूलाई मिश्रबाट बाहिर निकाल्नु भयो।”
21 E ali constituí lugar para a arca em que está o pacto do Senhor, que ele fez com nossos pais quando os tirou da terra de Egito.
22 तब सुलेमान परमप्रभुको वेदी अघि उभिए। सबै मानिसहरू उनको अघि उभिएका थिए। राजा सुलेमानले आफ्नो हात फिंजाए अनि अकाशतिर हेरेर।
22 Depois Salomão se pôs diante do altar do Senhor, em frente de toda a congregação de Israel e, estendendo as mãos para os céus,
23 उनले भनेः
23 disse: Ó Senhor, Deus de Israel, não há Deus como tu, em cima no céu nem em baixo na terra, que guardas o pacto e a benevolência para com os teus servos que andam diante de ti com inteireza de coração;
24 तपाईंले आफ्ना सेवक, मेरा पिता दाऊदसँग प्रतिज्ञा गर्नु भएको थियो तपाईंले आफ्नो प्रतिज्ञा पूरा गर्नुभयो तपाईंले प्रतिज्ञा आफ्नै मुखबाट गर्नु भएको थियो। अनि आफ्नो विशाल शक्तिको बलमा तपाईंले आफ्नो प्रतिज्ञालाई आज सत्य साबित गर्नुभयो।
24 que cumpriste com teu servo Davi, meu pai, o que lhe prometeste; porque com a tua boca o disseste, e com a tua mão o cumpriste, como neste dia se vê.
25 अब, हे परमप्रभु, इस्राएलका परमेश्वर, तपाईंले आफ्ना सेवक तथा मेरा पिता दाऊदसँग गरेको अर्को प्रतिज्ञा पूरा गर्नुहोस्। तपाईंले भन्नुभएको थियो, ‘दाऊद, तिम्रा छोराहरूले ध्यानसँग मेरा आज्ञा पालन गरून् जसरी तिमीले गरेका थियौ। यदि तिनीहरूले यसो गरे भने तिम्रा वंशबाट कसैले सँधैनै इस्राएलका मानिसहरूमाथि शासन गर्ने छ।’
25 Agora, pois, ó Senhor, Deus de Israel, faz a teu servo Davi, meu pai, o que lhe prometeste ao dizeres: Não te faltará diante de mim sucessor, que se assente no trono de Israel; contanto que teus filhos guardem o seu caminho, para andarem diante e mim como tu andaste.
26 अनि फेरि, हे, परमप्रभु इस्राएलका परमेश्वर, म तपाईंलाई मेरा पितासँग गरेको प्रतिज्ञालाई निरन्तर राख्न अनुरोध गर्दछु।
26 Agora também, ó Deus de Israel, cumpra-se a tua palavra, que disseste a teu servo Davi, meu pai.
27 “तर, मेरा परमेश्वर! तपाईं साँच्चै पृथ्वीमाथि बास गर्नु हुन्छ? सम्पूर्ण अकाश अनि स्वर्गको सर्वोच्च स्थानले पनि तपाईंलाई राख्न सक्दैन। तब मैंले बनाएको यस घरले तपाईंलाई कसरी राख्न सक्छ?
27 Mas, na verdade, habitaria Deus na terra? Eis que o céu, e até o céu dos céus, não te podem conter; quanto menos esta casa que edifiquei!
28 तर कृपया मेरा प्रर्थना अनि मेरो अनुरोध सुनी दिनुहोस्। म तपाईंको सेवक हुँ अनि तपाईं मेरो परमेश्वर हुनुहुन्छ। मेरो यो प्रार्थना सुनीदिनु होस्। आज तपाईंसंग प्रार्थना गरिरहेको छु।
28 Contudo atende à oração de teu servo, e à sua súplica, ó Senhor meu Deus, para ouvires o clamor e a oração que o teu servo hoje faz diante de ti;
29 विगतमा तपाईंले भन्नु भएको थियो, ‘मेरो सत्कार गरिनेछ।’ यस कारण यस मन्दिरलाई रात-दिन हेर्नुहोस्। यस मन्दिरमा गरेको प्रार्थना सुनीदिनुहोस्।
29 para que os teus olhos estejam abertos noite e dia sobre esta casa, sobre este lugar, do qual disseste: O meu nome estará ali; para ouvires a oração que o teu servo fizer, voltado para este lugar.
30 परमप्रभु, म अनि तपाईंका मानिसहरू यस ठाउँमा आउने छौं अनि तपाईंमा प्रार्थना गर्ने छौं। कृपया प्रार्थनासुनी दिनुहोस्! हामी जान्दछौं, तपाईं स्वर्गमा बस्नु हुन्छ। हामी हाम्रो प्रार्थना सुनीदिने अनि हामीलाई क्षमा गर्न अनुरोध गर्दछौं।
30 Ouve, pois, a súplica do teu servo, e do teu povo Israel, quando orarem voltados para este lugar. Sim, ouve tu do lugar da tua habitação no céu; ouve, e perdoa.
31 “यदि एउटा मानिसले अर्को व्यक्तिको विरूद्ध पापहरू गर्यो भने, उसलाई यहाँ वेदीमा ल्याईन्छ। यदि त्यो मानिस दोषी छैन भने, तब उसले उसलाई निर्दोष छु भनि शपथ खान लगाउनेछु।
31 Se alguém pecar contra o seu próximo e lhe for exigido que jure, e ele vier jurar diante do teu altar nesta casa,
32 तब स्वर्गमा उसलाई सुन्नुहोस् अनि उसप्रति न्याय गर्नुहोस्। यदि मानिस दोषी छ भने उसलाई कृपा गरेर दोषी देखाउनुहोस्। अनि यदि मानिस निर्दोष छ भने कृपया उसलाई निर्दोष भएको देखाउनु होस्।
32 ouve então do céu, age, e julga os teus servos; condena ao culpado, fazendo recair sobre a sua cabeça e seu proceder, e justifica ao reto, retribuindo-lhe segundo a sua retidão.
33 “कहिले काँही तपाईंका मानिसहरूले तपाईंको विरूद्धमा पाप कार्य गरे भने उनका शत्रुहरूले उनीहरूलाई परास्त गर्छन्। तब मानिसहरू तपाईंतिर फर्किन्छन् अनि तपाईंमा प्रार्थना गर्नेछन्। मानिसहरूले यस मन्दिरमा नै तपाईंको प्रार्थना गर्नेछन्।
33 Quando o teu povo Israel for derrotado diante do inimigo, por ter pecado contra ti; se eles voltarem a ti, e confessarem o teu nome, e orarem e fizerem súplicas a ti nesta casa,
34 कृपया उनीहरूलाई स्वर्गबाट सुनि दिनुहोस्। तपाईंको मानिसहरूको पापलाई क्षमा गरि दिनुहोस् अनि तिनीहरूलाई आफ्नो धर्ती फेरि प्राप्त गर्न दिनुहोस्। तपाईंले यो धर्ती उनका पुर्खाहरूलाई दिनु भएको थियो।
34 ouve então do céu, e perdoa a pecado do teu povo Israel, e torna a levá-lo à terra que deste a seus pais.
35 “कहिले काँही तिनीहरू तपाईंको विरूद्धमा पापकार्य गर्छन् अनि तपाईंले तिनीहरूको धर्तीमा पानी पर्न नै बन्द गरी दिनुहुन्छ। तब तिनी यस ठाउँतिर फर्केर प्रार्थना गर्नेछन् अनि तपाईंको नाउँको स्तुति गर्नेछन्। तपाईंले तिनीहरूलाई दुःख दिनुहुन्छ अनि तिनीहरू आफ्नो पाप कार्यका लागि अफशोच गर्नेछन्।
35 Quando o céu se fechar e não houver chuva, por terem pecado contra ti, e orarem, voltados para este lugar, e confessarem o teu nome, e se converterem dos seus pecados, quando tu os afligires,
36 यसर्थ कृपया स्वर्गमा नै तिनीहरूको प्रार्थना सुनि दिनुहोस्। तब हाम्रो पाप क्षमा गर्नुहोस्। मानिसहरूलाई सही बाटोमा हिँड्ने ज्ञान दिनुहोस्। तब, हे परमप्रभु तिनीहरूलाई दिएको धर्तीमा पानी पार्नुहोस्।
36 ouve então do céu, e perdoa o pecado dos teus servos e do teu povo Israel, ensinando-lhes o bom caminho em que devem andar; e envia chuva sobre a tua terra que deste ao teu povo em herança.
37 “धर्ती साह्रै नै सुक्खा हुनसक्छ अनि यसमा कुनै अन्न उम्रिने छैन। अथवा जनसाधारणमा महामारी फिंजिन सक्छ। हुन सक्छ, फल्दै गरेको सबै अन्नहरू कीराहरूद्वारा नष्ट हुनेछ। हाम्रा मानिसमाथि केही शहरहरूमा तिनका शत्रुहरूद्वारा आक्रामण हुनेछ। अथवा हाम्रा धेरै मानिसहरू बीमार हुनेछन्।
37 Se houver na terra fome ou peste, se houver crestamento ou ferrugem, gafanhotos ou lagarta; se o seu inimigo os cercar na terra das suas cidades; seja qual for a praga ou doença que houver;
38 जब यस मध्ये कुनै एउटा घटना घट्छ अनि जब एउटा व्यक्ति अथवा इस्राएलीहरूले तिनीहरूको पापहरूको क्षमा माग्छ अनि तिनीहरूले यस मन्दिरबाट तपाईंकहाँ हात उठाउँछ।
38 toda oração, toda súplica que qualquer homem ou todo o teu povo Israel fizer, conhecendo cada um a chaga do seu coração, e estendendo as suas mãos para esta casa,
39 तपाईंले आफ्नो वासस्थान स्वर्गबाट कृपया उसको प्रार्थना सुनिदिनु होस्। मानिसहरूको मनभित्रके छ। तपाईंले मात्र जान्नुहुन्छ। यसकारण प्रत्येक मानिससित उसले गरेका कार्य अनुसार व्यवहार गर्नुहोस्।
39 ouve então do céu, lugar da tua habitação, perdoa, e age, retribuindo a cada um conforme todos os seus caminhos, segundo vires o seu coração {pois tu, só tu conheces o coração de todos os filhos dos homens};
40 यस्तो गरी दिनु होस् जसले गर्दा तपाईंका मानिसहरू जतिञ्जेलस बाँच्ने छन् त्यतिञ्जेल डराउने गर्छन्, जबसम्म तपाईंले हाम्रा जो पिता-पुर्खाहरूलाई दिनभएको भूमिमा तिनीहरूलाई बस्न दिनु हुनेछ।
40 para que te temam todos os dias que viverem na terra que deste a nossos pais.
41 — ausente —
41 Também quando o estrangeiro, que não é do teu povo Israel, vier de terras remotas por amor do teu nome
42 — ausente —
42 {porque ouvirão do teu grande nome, e da tua forte mão, e do teu braço estendido}, quando vier orar voltado para esta casa,
43 स्वर्गको आफ्नै वासस्थानबाट तिनीहरूको पार्थना सुनि दिनुहोस्। कृपया अरू ठाऊँका मानिसहरूले भनेको कुरा विचार गरिदिनुहोस्। तब ती मानिसहरू डराउने छन अनि इस्राएलका मानिस सरह तपाईंको आदर गर्नेछन्। तब सबै ठाऊँका मानिसहरूले जान्नेछन्, मैंले तपाईंको सम्मानमा यो मन्दिर बनाएँ।
43 ouve do céu, lugar da tua habitação, e faze conforme tudo o que o estrangeiro a ti clamar, a fim de que todos os povos da terra conheçam o teu nome, e te temam como o teu povo Israel, e saibam que pelo teu nome é chamada esta casa que edifiquei.
44 “कहिले-कहिले तपाईं आफ्ना भक्तजनलाई तिनीहरूका शत्रुहरूको विरूद्धमा युद्ध गर्ने आदेश दिनुहुन्छ। तब तपाईंका मानिसहरू यस शहरतिर बढने छन् जुन तपाईंले चुन्नुभएको थियो अनि मैंले तपाईंको सम्मानमा यस मन्दिरको निर्माण गरेको छु। तिनीहरू तपाईंमा प्रार्थना गर्नेछन्।
44 Quando o teu povo sair à guerra contra os seus inimigos, seja qual for o caminho por que os enviares, e orarem ao Senhor, voltados para a cidade que escolheste, e para a casa que edifiquei ao teu nome,
45 त्यस समयमा स्वर्गको आफ्नै वासस्थानबाट तिनीहरूको प्रार्थना सुनि दिनुहोस् अनि तिनीहरूलाई सहायता गर्नुहोस्।
45 ouve então do céu a sua oração e a sua súplica, e defende a sua causa.
46 “तपाईंका मानिसहरूले तपाईंका विरूद्धमा पाप गर्नेछन्। म यो जान्दछु किनभने प्रत्येक मानिसले पाप गर्छ। तब तिनीहरूसँग तपाईं क्राोधित हुनुहुनेछ र तपाईंको क्रोधद्वारा। तपाईंले तिनका शत्रुहरूलाई तिनीहरूमाथि विजय हासिल गराउनु हुनेछ। तिनीहरूका शत्रुहरूले तिनीहरूलाई बन्दी बनाउने छन् अनि टाढा नजीक कतैं अर्को जग्गामा राख्नेछन्।
46 Quando pecarem contra ti {pois não há homem que não peque}, e tu te indignares contra eles, e os entregares ao inimigo, de modo que os levem em cativeiro para a terra inimiga, longínqua ou próxima;
47 त्यस टाढाको ठाऊँमा तपाईंका मानिसहरूले के भयो भनी सोच्ने छन्। आफ्नो पाप कार्यका लागि तिनीहरू क्षमा-याचना गर्नेछन् अनि तपाईंमा प्रार्थना गर्नेछन्। तिनीहरू भन्ने छन्, ‘हामीले पाप गरेका छौं अनि भूल गरेका छौं।’
47 se na terra aonde forem levados em cativeiro caírem em si, e se converterem, e na terra do seu cativeiro te suplicarem, dizendo: Pecamos e procedemos perversamente, cometemos iniqüidade;
48 तिनीहरू ती टाढा ठाऊँमा कैदी हुनेछन्। तर यदि तिनीहरू कैदीमा हुदा सम्पूर्ण हृदयले तपाईं कहाँ आउँछन् अनि तिनीहरू तपाईंको भूमिलाई हेर्दै प्रार्थना गर्छन जुन तपाईंले तिनीहरूका पिता-पूर्खालाई दिनु भएको थियो। यस शहरलाई तपाईंले चुन्नु भएको थियो अनि यो मन्दिर तर्फ जुन मैले तपाईंको सम्मान मा बनाए।
48 se voltarem a ti de todo o seu coração e de toda a sua alma, na terra de seus inimigos que os tenham levado em cativeiro, e orarem a ti, voltados para a sua terra, que deste a seus pais, para a cidade que escolheste, e para a casa que edifiquei ao teu nome,
49 तपाईंले तिनीहरूलाई तपाईंको निवास स्थान स्वर्गबाट सुनि दिनुहोस् अनि तिनीहरूसित राम्रो व्यवहार गर्नुहोस्।
49 ouve então do céu, lugar da tua habitação, a sua oração e a sua súplica, e defende a sua causa;
50 तपाईंका मानिसहरूका सबै पाप क्षमा गरिदिनुहोस्। अनि तपाईंको विरूद्धमा गरेको पाप क्षमादान दिनुहोस्। तिनीहरूका शत्रुहरूलाई तिनीहरूप्रति दयालु बनाइ दिनु होस्।
50 perdoa ao teu povo que houver pecado contra ti, perdoa todas as transgressões que houverem cometido contra ti, e dá-lhes alcançar misericórdia da parte dos que os levarem cativos, para que se compadeçam deles;
51 सम्झना रहोस, तिनीहरू तपाईंकै जाति हुन। सम्झना रहोस, तिनीहरूलाई तपाईंले नै मिश्रबाट ल्याउनु भएको हो। यसो गरेर तिनीहरूलाई तपाईंले बलेको आगोबाट बचाउनु भएको थियो।
51 porque são o teu povo e a tua herança, que tiraste da terra do Egito, do meio da fornalha de ferro.
52 “हे परमप्रभु परमेश्वर, कृपया मेरो प्रार्थना सुनिदिनु होस् अनि इस्राएलका आफ्ना मानिसहरूको प्रार्थना सुनिदिनु होस्। तिनीहरूको प्रार्थना कुनै पनि बेला सुनिदिनुहोस् जब तिनीहरू सहायताका लागि तपाईंसंग बिन्ती गर्छन्।
52 Estejam abertos os teus olhos à súplica do teu servo e à súplica do teu povo Israel, a fim de os ouvires sempre que clamarem a ti.
53 तपाईंले तिनीहरूलाई पृथ्वीका सबै मानिसहरूबाट आफ्ना विशेष मानिसहरूको रूपमा चुन्नुभएको छ। परमप्रभु तपाईंले हाम्रो लागि यस्तो गर्नेछु भनी वचन दिनुभएको थियो। तपाईंले आफ्नो सेवक मोशालाई मिश्रबाट हाम्रा पुर्खाहरूलाई ल्याउनमा प्रयोगगर्नु भएको थियो।”
53 Pois tu, ó Senhor Jeová, os separaste dentre todos os povos da terra, para serem a tua herança como falaste por intermédio de Moisés, teu servo, quando tiraste do Egito nossos pais.
54 सुलेमानले परमेश्वरसँग त्यो प्रार्थना गरे। उनले वेदीको अघि घुँडा टेकेका थिए। सुलेमानले आफ्नो पाखुरा स्वर्गतिर उठाएर प्रार्थना गरे। तब सुलेमानले प्रार्थना सिध्याए अनि उभिए।
54 Sucedeu pois que, acabando Salomão de fazer ao Senhor esta oração e esta súplica, estando de joelhos e com as mãos estendidas para o céu, se levantou de diante do altar do Senhor,
55 तब उनले परमेश्वरसँग ठूलो स्वरमा इस्राएलका मानिसहरूलाई आशीष दिने बिन्ती गरे। सुलेमानले भनेः
55 pôs-se em pé, e abençoou em alta voz a toda a congregação de Israel, dizendo:
56 “परमेश्वरको स्तुति गर! उहाँले इस्राएलका आफ्ना मानिसहरूलाई शान्ति दिने प्रतिज्ञा गर्नुभएको छ। अनि उहाँले हामीलाई शान्ति दिनुभएको छ! परमप्रभुले आफ्नो सेवक मोशालाई प्रयोग गर्नु भएको थियो अनि इस्राएलका मानिसहरूलाई धेरै राम्रा-राम्रा प्रतिज्ञा गर्नु भएको थियो। अनि परमप्रभुले आफ्नो प्रत्येक प्रतिज्ञालाई पूरा गर्नु भएको छ!
56 Bendito seja o Senhor, que deu repouso ao seu povo Israel, segundo tudo o que disse; não falhou nem sequer uma de todas as boas palavras que falou por intermédio de Moisés, seu servo.
57 म प्रार्थनागर्छु, परमेश्वर सँधै हामीसँग हुनुहुनेछ जसरी उहाँ हाम्रा पुर्खाहरूसँग हुनुहुन्थ्यो। म प्रार्थनागर्छु, परमप्रभुले कहिलेपनि हामीलाई छोडनुहुनेछैन।
57 O Senhor nosso Deus seja conosco, como foi com nossos pais; não nos deixe, nem nos abandone;
58 म प्रार्थनागर्छु हामी उहाँतिर फर्कनेछौं अनि उहाँको अनुसरण गर्नेछौं। तब हामी ती सबै ऐन, निर्णय र आदेशहरू पालन गर्ने छौं जो उहाँले हाम्रा पुर्खाहरूलाई दिनुभएको थियो।
58 mas incline a si os nossos corações, a fim de andarmos em todos os seus caminhos, e guardarmos os seus mandamentos, e os seus estatutos, e os seus preceitos, que ordenou a nossos pais.
59 म आशा गर्छु, हाम्रा परमप्रभुले सँधै नै यो प्रार्थना सम्झना गर्नुहुनेछ जुन मैंले चढाएको छु। म प्रार्थना गर्छु, परमप्रभुले आफ्नो सेवक राजा अनि इस्राएलका मानिसहरूका लागि यी सबै कामहरू गर्नुहुनेछ। म प्रार्थना गर्छु उहाँले यो काम प्रत्येक दिन गर्नु हुनेछ।
59 E que estas minhas palavras, com que supliquei perante o Senhor, estejam perto, diante do Senhor nosso Deus, de dia e de noite, para que defenda ele a causa do seu servo e a causa do seu povo Israel, como cada dia o exigir,
60 (जब परमप्रभुले यी कार्यहरू गर्नु हुनेछ।) तब संसारका सबै मानिसहरूले जान्नेछन हाम्रा परमप्रभु नै सत्य परमेश्वर हुनुहुन्छ।
60 para que todos os povos da terra, saibam que o Senhor é Deus, e que não há outro.
61 सबै मानिसहरूले परमप्रभु हाम्रा परमेश्वर प्रति भक्त र सत्य हुनुपर्छ। तिमीले सँधै नै उहाँको विधि-विधान र आदेशहरू अनुसरण र पालन गर्नुपर्छ। तिमीले भविष्यमा पनि नियमित रूपमा नियम पालन गर्नुपर्छ जस्तो अहिले गर्दैछौं।”
61 E seja o vosso coração perfeito para com o Senhor nosso Deus, para andardes nos seus estatutos, e guardardes os seus mandamentos, como hoje o fazeis.
62 तब राजा सुलेमान अनि इस्राएलका सबै मानिसहरूले उनीसँगै परमप्रभुलाई बलि चढाए।
62 Então o rei e todo o Israel com ele ofereceram sacrifícios perante o Senhor.
63 सुलेमानले 22,000 साँढे अनि 1,20,000 भेडाहरू बलि चढाए। यी सबै मेलबलि भेंट बलि थिए। यस प्रकार इस्राएलका राजा अनि मानिसहरूले परमप्रभुलाई मन्दिर समर्पण गरे।
63 Ora, Salomão deu, para o sacrifício pacífico que ofereceu ao Senhor, vinte e dois mil bois e cento e vinte mil ovelhas. Assim o rei e todos os filhos de Israel consagraram a casa do Senhor.
64 त्यस दिन राजा सुलेमानले मन्दिर अघिको आंगन पनि समर्पण गरे। उनले होमबलि, अन्नबलि अनि पशुहरूको बोसो चढाए जुन मेलबलि समर्पण थियो। राजा सुलेमानले यी बलि अनि भेंटीहरू आँगनमा चढाए। उनले यसो गरे किनभने भित्र परमप्रभुको अघि बनाइएको काँसाको वेदीमा यी सबै चीजहरू अटाऊँदैन थियो।
64 No mesmo dia o rei santificou o meio do átrio que estava diante da casa do Senhor; porquanto ali ofereceu o holocausto, a oferta de cereais e a gordura das ofertas pacíficas, porque o altar de bronze que está diante do Senhor era muito pequeno para nele caberem o holocausto, a oferta de cereais, e a gordura das ofertas pacíficas.
65 यसकारण यस प्रकार राजा सुलेमान अनि इस्राएलका सबै मानिसहरूले त्यस समयमा चाड मनाए। सम्पूर्ण इस्राएलीहरू उत्तरमा हमात पासदेखि मिश्र नदीको सीमानहरूसम्म त्यहाँ थिए। त्यहाँ एउटा ठूलो मानिसहरूको भिड थियो। तिनीहरू परमप्रभुको सामुने जम्मा भएका थिए। तब तिनीहरू अझै सात दिनसम्म त्यहाँ बसे। तिनीहरूले सबैजम्मा 14 दिन चाड मनाए।
65 No mesmo tempo celebrou Salomão a festa, e todo o Israel com ele, uma grande congregação, vinda desde a entrada de Hamate e desde o rio do Egito, perante a face do Senhor nosso Deus, por sete dias, e mais sete dias {catorze dias ao todo}.
66 अर्को दिन सुलेमानले मानिसहरूलाई घर फर्किने आदेश दिए। तिनीहरू सबैले राजालाई धन्यवाद दिए अनि सबै खुशी मनाउँदै घर फर्किए। तिनीहरू खुशी थिए किनभने परमप्रभुले उहाँको सेवक दाऊद र इस्राएलका सबै मानिसहरूका निम्ति यी सबै राम्रो कार्यहरू गर्नु भएको थियो।
66 E no oitavo dia despediu o povo, e todos bendisseram ao rei; então se foram às suas tendas, alegres e de coração contente, por causa de todo o bem que o Senhor fizera a Davi seu servo, e a Israel seu povo.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar 1 Reis 8, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.