1 Pedro 2

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010) vs NVT

Sair da comparação
NVT Nova Versão Transformadora
1 यसर्थ, अरुलाई चोट पुर्याउने केही कुरा पनि नगर, झूटो नबोल, कपटी नबन, इर्ष्या नगर। अर्काको निन्दा नगर, यी सब कुराहरु तिमीहरुको जीवनबाट हटाऊ।
1 Portanto, livrem-se de toda maldade, todo engano, toda hipocrisia, toda inveja e todo tipo de difamação.
2 भर्खर जन्मेका बालकहरु जस्तो होऊ। शुद्ध आत्मिक दूधको निम्ति भोकाऊ जसले तिमीहरुलाई बढ्न र मुक्ति हासिल गर्न सहायता गर्छ।
2 Como bebês recém-nascidos, desejem intensamente o puro leite espiritual, para que, por meio dele, cresçam e experimentem plenamente a salvação,
3 अहिले तिमीहरुले परमप्रभुको दयाको स्वाद पाएकाछौ।
3 agora que provaram da bondade do Senhor.
4 प्रभु येशू सजीव पत्थर हुनुहुन्छ। संसारका मानिसहरुले निश्चय गरे कि तिनीहरु त्यो पत्थर चाहँदैनन्। तर उहाँ परमेश्वरले चुन्नुभएको पत्थर हुनुहुन्छ। परमेश्वरका निम्ति उहाँ धेरै मूल्यवान हुनुहुन्छ। यसर्थ उहाँकहाँ आऊ।
4 Vocês têm se aproximado de Cristo, a pedra viva. As pessoas o rejeitaram, mas Deus o escolheu para lhe conceder grande honra.
5 तिमीहरु पनि सजीव पत्थरहरु जस्तै छौ। परमेश्वरले एक आध्यात्मिक मन्दिर निर्माण गर्नलाई तिमीहरुलाई उपयोग गर्दै हुनुहुन्छ। तिमीहरुले त्यस मन्दिरमा पवित्र पूजाहारीहरुको रुपमा आत्मिक बलि चढाऊ जुन येशू ख्रीष्टबाट परमेश्वरलाई स्वीकार्य हुनेछ।
5 E vocês também são pedras vivas, com as quais um templo espiritual é edificado. Além disso, são sacerdotes santos. Por meio de Jesus Cristo, oferecem sacrifícios espirituais que agradam a Deus.
6 धर्मशास्त्रले भन्छ,
6 Como dizem as Escrituras: “Ponho em Sião uma pedra angular, escolhida para grande honra; quem confiar nela jamais será envergonhado”.
7 त्यो पत्थर तिमीहरुको निम्ति, जसले विश्वास गर्छन्, अति मूल्यवान छ। तर विश्वास नगर्ने मानिसहरुको निम्ति उहाँ हुनुहुन्छ:
7 Sim, vocês, os que creem, reconhecem a honra que lhe é devida. Mas, para os que não creem, “A pedra que os construtores rejeitaram se tornou a pedra angular”.
8 जसले विश्वास गर्दैनन् तिनीहरुको निम्ति उहाँ हुनुहुन्छ्:
8 E também, “Ele é a pedra de tropeço, rocha que faz as pessoas caírem”. Tropeçam porque não obedecem à palavra e, portanto, deparam com o destino planejado para elas.
9 तर तिमीहरु चुनिएका मानिसहरु हौ। तिमीहरु राजाका पूजाहारीहरु हौ। तिमीहरु मानिसहरुका पवित्र जाति हौ। तिमीहरु ती मानिसहरु हौ जो परमेश्वरका हुन्। परमेश्वरले गरेका आश्चर्यजनक कुराहरुको विषयमा भन्न तिमीहरु चुनिएका हौ। उहाँले तिमीहरुलाई अन्धकारेखि बाहिर उहाँको आश्चर्यमय प्रकाशमा बोलाउनु भयो।
9 Vocês, porém, são povo escolhido, reino de sacerdotes, nação santa, propriedade exclusiva de Deus. Assim, vocês podem mostrar às pessoas como é admirável aquele que os chamou das trevas para sua maravilhosa luz.
10 एक समयमा तिमीहरु परमेश्वरको मानिस थिएनौ।
10 “Antes vocês não tinham identidade como povo, agora são povo de Deus. Antes não haviam recebido misericórdia, agora receberam misericórdia de Deus.”
11 प्रिय मित्रहरु, तिमीहरु यो संसारमा प्रवासी अनि परदेशीहरु हौ। यसर्थ तिमीहरुलाई तिम्रा शरीरले चाहेको नराम्रा कर्महरुदेखि टाढा रहुन् भनी म निवेदन गर्छु। यी कुराहरु तिमीहरुका आत्माको विरुद्ध जुझ्छन्।
11 Amados, eu os advirto, como peregrinos e estrangeiros que são, a manter distância dos desejos carnais que lutam contra a alma.
12 मानिसहरु जसले विश्वास गर्दैनन् तिनीहरु तिमीहरुका वरिपरि छन्। ती मानिसहरुले तिमीहरुले भूल गरी रहेकाछौ भनी निन्दा गर्छन्। यसर्थ असल जीवन बिताऊ। तब तिमीहरुले गरेका असल कुराहरु तिनीहरुले देख्नेछन् अनि तिमीहरुले परमेश्वरलाई महिमा प्रदान गर्नेछौ। जब उहाँ आउनु हुन्छ।
12 Procurem viver de maneira exemplar entre os que não creem. Assim, mesmo que eles os acusem de praticar o mal, verão seu comportamento correto e darão glória a Deus quando ele julgar o mundo.
13 प्रभुको निम्ति प्रत्येक मानब अधिकारको आज्ञा पालन गर। राजाको आज्ञा पालन गर जो सर्वोच्च अधिकारी हुन्।
13 Por causa do Senhor, submetam-se a todas as autoridades humanas, seja o rei como autoridade máxima,
14 अनि राज्यपालहरुको आज्ञा पालन गर जो राजाद्वारा पठाइएका हुन्। जसले नराम्रो गर्छ त्यसलाई सजाय दिनु र जसले राम्रो काम गर्छ प्रशंसा गर्न तिनीहरु पठाइएका हुन्।
14 sejam os oficiais nomeados e enviados por ele para castigar os que fazem o mal e honrar os que fazem o bem.
15 यसर्थ जब तिमीहरु असल कर्म गर्छौ, जसले तिमीहरुको विषयमा मूर्खतापूर्वक कुरा गर्छ उसको मुख थुन। परमेश्वरले चाहनु भएको कुरा यही हो।
15 É da vontade de Deus que, pela prática do bem, vocês calem os ignorantes que os acusam falsamente.
16 मुक्त मानिसहरु जस्तै होऊ। तर तिमीहरुको स्वतन्त्रता कुकर्मकोलागि उपयोग नगर। परमेश्वरको सेवा गर्दै गरे झैं बाँच।
16 Pois vocês são livres e, no entanto, são escravos de Deus; não usem sua liberdade como desculpa para fazer o mal.
17 सबै मानिसहरु प्रति सम्मान दर्शाऊ। परमेश्वरका परिवारका सबै भाइ-बहिनीहरुलाई प्रेम गर। परमेश्वरमाथि डर राख अनि राजा प्रति आदर जनाऊ।
17 Tratem todos com respeito e amem seus irmãos em Cristo. Temam a Deus e respeitem o rei.
18 दासहरु हो! तिमीहरुको मालिकको अधीन स्वीकार गर। पूर्ण सम्मान साथ यसो गर। तिमीहरुले मालिकहरुको आज्ञा पालन गर्नुपर्छ जो असल अनि दयालु छन्। अनि मालिक नराम्रो भए पनि उसको आज्ञा पालन गर्नु पर्छ।
18 Vocês, escravos, submetam-se a seu senhor com todo o respeito. Façam o que ele mandar, não apenas se for bondoso e amável, mas até mesmo se for cruel.
19 एक व्यक्तिले कुनै नराम्रो काम नगरेको भए तापनि यातना भोग्नु पर्छ, तर यदि त्यस व्यक्तिले परमेश्वरलाई सम्झन्छ अनि पीडा सहन्छ भने त्यसले परमेश्वरलाई खुशी तुल्याउँछ।
19 Porque Deus se agrada de vocês quando, conscientes da vontade dele, suportam com paciência o tratamento injusto.
20 तर तिम्रो कुकर्ममा यदि तिमी सजाय पाउँछौ अनि त्यो तिमी सहन्छौ त्यसमा तिम्रो प्रशंसा गर्ने कुनै कारण हुँदैन। तर तिमीले सुकर्म गरेकोमा पनि यदि तिमीलाई सजाय दिइयो अनि तिमीले धैर्य धारण गर्यौ भने, तब त्यसले परमेश्वरलाई खुशी तुल्याउनेछ।
20 Claro que não há mérito algum em ser paciente quando são açoitados por terem feito o mal. Mas, se sofrem por terem feito o bem e suportam com paciência, Deus se agrada de vocês.
21 तिमीहरुलाई त्यसैको निम्ति बोलाइएको हौ। ख्रीष्टले अनुसरण गर्न भनी उदाहरण दिनु भएकोछ। तिमीहरुले उहाँको ठीक अनुसरण गर्नुपर्छ कारण तिमीहरुको निम्ति ख्रीष्टले कष्ट भोग्नु भयो तिमीहरूले पनि त्यस्तै गर:
21 Porque Deus os chamou para fazerem o bem, mesmo que isso resulte em sofrimento, pois Cristo sofreu por vocês. Ele é seu exemplo; sigam seus passos.
22 “उनले पाप गरेनन्,
22 Ele nunca pecou, nem enganou ninguém.
23 मानिसहरुले ख्रीष्ट प्रति नराम्रा कुराहरु भने, तर उहाँले तिनीहरुलाई नराम्रो भन्नु भएन। ख्रीष्टले यातना भोग्नु भयो तर उहाँले मानिसहरुलाई भय देखाउनु भएन। अहँ! ख्रीष्टले आफूलाई परमेश्वरमा सुम्पनु भयो जसले सही न्याय गर्नुहुन्छ।
23 Não revidou quando foi insultado, nem ameaçou se vingar quando sofreu, mas deixou seu caso nas mãos de Deus, que sempre julga com justiça.
24 ख्रीष्टले हाम्रा पापहरु आफ्नो शरीरमा क्रूसमा बोक्नु भयो। उहाँले यसो गर्नुभयो ताकि हामी पापको निम्ति मरेर धार्मिकताको निम्ति अनि जे उचित छ त्यसका निम्ति बाँचौं। उहाँको चोटहरुले तिमीहरु निको पारियौ।
24 Ele mesmo carregou nossos pecados em seu corpo na cruz, a fim de que morrêssemos para o pecado e vivêssemos para a justiça; por suas feridas somos curados.
25 तिमीहरु भेंडा जस्तै छौ जो भूल मार्गतिर लागेका छन्। तर अहिले तिमीहरु गोठाला अनि तिमीहरुका प्राणको रक्षक तर्फ फर्कि आएकाछौ।
25 Vocês eram como ovelhas desgarradas, mas agora voltaram para o Pastor, o Guardião de sua alma.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar 1 Pedro 2, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.