1 Crônicas 28

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010) vs BKJ

Sair da comparação
1 दाऊदले इस्राएलीहरूका सबै अगुवाहरूलाई एकत्रित गरे। तिनले ती सबै अगुवाहरूलाई यरूशलेममा आउन भनि हुकूम दिए। उनले कुल समूहहरूका सबै अगुवाहरूलाई, राजाका सेवामा रहेका सैन्यका सेनापतिहरू, हजारहरूको सेनाध्यक्षहरू, सयहरूका सेनाध्यक्षकहरू, राजा अनि तिनका छोराहरूका सम्पत्ति अनि पशुहरूको हेरचाह गर्ने अधिकारीहरू, राजाका प्रधान अधिकारीहरू, बीरहरू अनि सबै साहसी सैनीकहरूलाई बोलाए।
1 E Davi reuniu todos os príncipes de Israel, os príncipes das tribos, e os capitães das companhias que ministravam ao rei, em turmas, e os capitães sobre os milhares, e capitães sobre as centúrias, e os mordomos sobre todos os bens e posses do rei, e dos seus filhos, com os oficiais, e com os homens poderosos, e com todos os valentes; em Jerusalém.
2 राजा दाऊद उठे र भने, “मेरा दाज्यू-भाईहरू अनि मेरा मानिसहरू, मेरा कुरा सुन। म परमप्रभुको करारको सन्दूकको निम्ति एउटा विश्रामस्थान निर्माण गर्न अतिनै चाहन्थें, एउटा स्थान जो हाम्रो परमप्रभुको खु्‌ट्टाको पाउदान हुन सकोस् मैले मन्दिर निर्माण गर्नलाई धेरै तयारीहरू गरें।
2 Então, se pôs o rei Davi em pé, e disse: Ouvi-me, irmãos meus e povo meu. Quanto a mim, tinha no coração edificar uma casa de repouso para a arca do pacto do SENHOR, e para o escabelo dos pés do nosso Deus, e havia me preparado para a construção;
3 तर परमप्रभुले मलाई भन्नुभयो, ‘अहँ, दाऊद, तैंले मेरो नाउँमा मन्दिर बनाउनु पर्दैन। तैंले त्यसो गर्नु हुँदैन किनभने तँ एक सैनिक होस्, र तैंले धेरै मानिसहरूलाई मारेको छस्।’
3 porém Deus me disse: Tu não edificarás uma casa para o meu nome, porque tens sido homem de guerra e tens derramado sangue.
4 “परमप्रभु इस्राएलका परमेश्वरले इस्राएलका बाह्र कुल समूहहरूको अगुवाइ गर्नका निम्ति यहूदाका कुल समूहलाई चुन्नु भयो। अनि त्यसपछि परिवार समूहबाट परमप्रभुले मेरा पिताका परिवारलाई चुन्नु भयो। र त्यो परिवारबाट परमेश्वरले मलाई सदाको निम्ति इस्राएलका राजा चुन्नुभयो। परमेश्वरले मलाई इस्राएलको राजा बनाउन चाहनु भयो।
4 Todavia, o SENHOR Deus de Israel me escolheu diante de toda a casa do meu pai para ser rei sobre Israel para sempre; porque ele tem escolhido Judá para ser o soberano; e da casa de meu pai; e dentre os filhos de meu pai agradou-se de mim para me fazer rei sobre todo o Israel;
5 परमप्रभुले मलाई धेरै छोराहरू दिनु भएको छ। अनि ती सबै छोराहरूबाट परमप्रभुले सुलेमानलाई इस्राएलको नयाँ राजा बनाउन निम्ति छान्नुभयो। वास्तवमा, इस्राएल परमप्रभुको राज्य हो।
5 e de todos os meus filhos, (pois o SENHOR me tem dado muitos filhos), ele escolheu Salomão para se assentar no trono do reino do SENHOR sobre Israel.
6 परमप्रभुले मलाई भन्नुभयो, ‘दाऊद, तेरो छोरा सुलेमान त्यही एउटा हो जसले मेरो निम्ति मन्दिर र त्यसका चोकहरू बनाउनेछ। किन? किनभने मैले सुलेमानलाई मेरो छोरा हुन चुनेकोछु अनि म त्यसको पिता हुनेछु।
6 E ele disse a mim: Salomão, o teu filho, edificará a minha casa e os meus átrios; porque o tenho escolhido para ser meu filho, e eu serei o seu pai.
7 सुलेमानले मेरा नियमहरू र आदेशहरू अहिले पालन गर्दै छ। यदि उसले मेरा नियमहरू पालन गरिरह्यो भने्, तब म सुलेमानको राज्यलाई सदा सर्वदाका निम्ति शक्तिशाली बनाउने छु।’”
7 Além disso, estabelecerei o seu reino para sempre, se perseverar em cumprir os meus mandamentos e os meus juízos, como neste dia.
8 दाऊदले भने, “यसैकारण अब सारा इस्राएलीहरू अनि परमेश्वरका समुदायको समक्ष म तिमीहरूलाई यी कुराहरू भन्दछुः परमप्रभु तिमीहरूका परमेश्वरका सबै आज्ञाहरू पालन गर्नमा सावधान बन। तब मात्र तिमीहरूले यो असल भूमि सदा-सर्वदा राख्न सक्ने छौ। अनि तिमीहरूले यसलाई तिमीहरूका सन्तानहरूलाई सदा-सर्वदाका निम्ति दिन सक्नेछौ।
8 Agora, portanto, à vista de todo o Israel, a congregação do SENHOR, e aos ouvidos do nosso Deus, guardai e buscai todos os mandamentos do SENHOR vosso Deus; para que vós possais possuir esta boa terra, e deixá-la como herança para os vossos filhos, depois de vós, para sempre.
9 “अनि तँ, मेरो छोरो सुलेमान, आफ्नो पिताका परमेश्वरलाई चिन्। परमेश्वरको सेवा शुद्ध हृदयले गर्। परमेश्वरको सेवा गर्न हृदयबाट नै खुशी बन्। किन? किनभने परमप्रभुले हरेक हृदय जाँच्नुहुन्छ। परमप्रभुले तैंले सोचको हरेक कुराहरू बुझ्नु हुन्छ। यदि तँ सहायताको निम्ति परमप्रभु कहाँ गइस् भने तैंले उत्तर पाउने छस्। तर यदि तँ परमप्रभु देखि टाढा फर्किस् भने उहाँले तँलाई सदाको निम्ति त्याग्नु हुनेछ।
9 E tu, Salomão, meu filho, conhece o Deus do teu pai, e serve-o com um coração perfeito e com uma mente bem disposta; porque o SENHOR esquadrinha todos os corações, e compreende todas as imaginações dos pensamentos; se tu o buscares, ele será por ti encontrado; mas se tu o abandonares, rejeitar-te-á para sempre.
10 सुलेमान, तैंले यो बुझ्नु पर्छ कि परमेश्वरले उहाँको पवित्र स्थान अर्थात मन्दिर निर्माण गर्नको निम्ति तँलाई चुन्नु भएको छ। शक्तिशाली बन् र काम पूर्ण गर्।”
10 Atentai agora; porque o SENHOR tem te escolhido para edificar uma casa para o santuário; sê forte, e faze-a.
11 त्यसपछि दाऊदले आफ्ना छोरा सुलेमानलाई मन्दिर निर्माण गर्ने योजनाहरू दिए। ती योजनाहरू मन्दिरको चारै तिरका दलान अनि त्यसका भण्डार कक्षहरू, माथिल्ला कोठाहरू, भित्री कोठाहरू अनि दया आसनका स्थानको निम्ति पनि थिए।
11 Então, Davi deu a Salomão, o seu filho, a planta do pórtico, e das suas casas, e dos seus tesouros, e das suas câmaras superiores, e dos seus salões internos, e do lugar do propiciatório,
12 दाऊदले मन्दिरका सबै अंशका योजनाहरू बनाएका थिए। दाऊदले ती योजनाहरू सुलेमानलाई दिए। दाऊदले तिनलाई परमप्रभुको मन्दिर वरिपरिका आँगान अनि त्यस वरिपरिका सबै कोठाहरूका योजनाहरू दिए। दाऊदले तिनलाई मन्दिरको भण्डार कक्षहरू अनि ती भण्डार कक्षहरू जहाँ मन्दिरमा प्रयोग गरिने पवित्र वस्तुहरू राख्थे त्यसका योजनाहरू दिए।
12 e a planta de tudo que ele teve pelo Espírito, dos átrios da casa do SENHOR, e de todas as câmaras em redor, dos tesouros da casa de Deus, e dos tesouros das coisas sagradas;
13 दाऊदले सुलेमानलाई पूजाहारी अनि लेवीहरूको समूह बारे भने। दाऊदले सुलेमानलाई परमप्रभुको मन्दिरको सेवाका सबै कार्यहरू अनि मन्दिरको सेवामा प्रयोग गरिने सबै चीज-बीजहरूको बारेमा भने।
13 também para as turmas dos sacerdotes e levitas, e para toda a execução do serviço da casa do SENHOR, e para todos os vasos do serviço na casa do SENHOR.
14 दाऊदले सुलेमानलाई मन्दिरमा प्रयोग गरिने वस्तुहरू बनाउन कति सुन अनि चाँदी प्रयोग गर्नु पर्छ-त्यस विषयमा पनि भने।
14 Ele deu o peso de ouro para os vasos de ouro, para todos os instrumentos de todas as formas de serviço; também o peso de prata para todos os instrumentos de prata, para todos os instrumentos de cada espécie de serviço;
15 सुनका दियो र सामदानहरूका निम्ति योजना बनाएका थिए, अनि चाँदीका दियो अनि सामदानहरूका निम्ति योजानहरू थिए। दाऊदले सुलेमानलाई प्रत्येक सामदान अनि दियोका निम्ति कति सुन वा चाँदी प्रयोगगर्नु पर्छ सो भने। जहाँ भिन्दा भिन्दै सामदानहरू आवश्यक हुन्छ त्यहाँ प्रयोग गर्नुपर्ने थियो।
15 e o mesmo peso para os candelabros de ouro e suas lâmpadas de ouro, segundo o peso de cada candelabro e as suas lâmpadas; também para os candelabros de prata, segundo o peso do candelabro e as suas lâmpadas, segundo o uso de cada candelabro.
16 पवित्र रोटीको निम्ति प्रयोगगरिने प्रत्येक टेबलको निम्ति कति सुन प्रयोगगर्नु पर्छ सो दाऊदले भने। चाँदीका मेचका निम्ति कति चाँदी प्रयोगगर्नु पर्छ सो दाऊदले भने।
16 E, por peso, ele deu ouro para as mesas do pão da proposição, para cada mesa; e, de modo semelhante, prata para as mesas de prata;
17 काँटा, छर्कने कचौरा, अनि कलशहरू बनाउन कति शुद्ध सुन प्रयोगगर्नु पर्छ दाऊदले सो पनि भने। प्रत्येक सुनका थाली बनाउन कति सुन प्रयोगगर्नु पर्छ अनि प्रत्येक चाँदीका रिकाबी बनाउन कति चाँदी प्रयोगगर्नुपर्ने सो दाऊदले भने।
17 também ouro puro para os ganchos, e para as tigelas, e para as taças; e para as bacias de ouro ele deu ouro por peso para cada bacia; e, de modo semelhante, prata, por peso, para cada bacia de prata;
18 दाऊदले भने, धूप-वेदी बनाउनलाई शुद्ध सुन प्रयोगगर्ने विषयमा पनि भने। दाऊदले सुलेमानलाई करूबहरूकोलागि सुनको रथको विषयमा पनि वर्णन गरे। तिनीहरूका पखेटाहरू परमप्रभुको करारको सन्दूक माथि फैलिनु पर्छ। ती करूब स्वर्गदूतहरू सुनले बनिएका थिए।
18 e para o altar do incenso, ouro refinado, por peso; e ouro para o modelo da carruagem dos querubins, que estendiam as suas asas, e cobriam a arca do pacto do SENHOR.
19 दाऊदले भने, “यी सबै योजनाहरू परमप्रभुले मलाई अगुवाइ गर्नुभए अनुसार लेखिएका हुन्। परमप्रभुले मलाई योजनामा भएका हरेक चीज बुझ्नमा मद्दत गर्नुभयो।”
19 Tudo isso, disse Davi, o SENHOR me fez entender por escrito da sua mão, a saber, todas as obras desta planta.
20 दाऊदले आफ्ना छोरा सुलेमानलाई यो पनि भने, “शक्तिशाली र साहसी बन अनि यो काम पूर्ण गर। नडराऊ र निरूत्साहित नहोऊ किनभने परमप्रभु मेरा परमेश्वर तँसित हुनुहुन्छ। सबै कार्य पूर्ण नभएसम्म उहाँले तँलाई सहायता गर्नु हुनेछ। उहाँले तेरो साथ छोड्नु हुनेछैन। तैंले परमप्रभुको मन्दिर निर्माण गर्नेछस्।
20 E Davi disse a Salomão, o seu filho: Sê forte e de boa coragem, e faz isto; não temas, não te apavores, porque o SENHOR Deus, o meu Deus, estará contigo; ele não te faltará; tampouco te abandonará, até que tenhas terminado toda a obra para o serviço da casa do SENHOR.
21 यहाँ पूजाहारी र लेवीहरूको समूह छन् जो परमेश्वरको मन्दिरमा सबै कार्यहरू गर्नको निम्ति तयार छन्। सबै सिपालु कर्मीहरू सबै कार्यहरूमा तँलाई सहायता गर्न तयार छन। सबै अधिकारीहरू र सबै मानिसहरूले तपाईको हुकूम मान्नेछन्।”
21 E, eis que as turmas dos sacerdotes e dos levitas, estarão contigo para todo o serviço da casa de Deus; e estará contigo para todo método de trabalho todo perito bem disposto, para todo método de serviço; também os príncipes e todo o povo estará completamente sob o teu comando.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar 1 Crônicas 28, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.