1 Crônicas 23

The Holy Bible, Easy Reading Version, in Nepali (NPI2010) vs NAA

Sair da comparação
NAA Nova Almeida Atualizada 2017
1 दाऊद वृद्ध भए, यसर्थ तिनले आफ्ना छोरा सुलेमानलाई इस्राएलका नयाँ राजा बनाए।
1 Quando já era bem velho, Davi constituiu o seu filho Salomão rei sobre Israel.
2 दाऊदले इस्राएलका समस्त अगुवा पूजाहारीहरू अनि लेवीहरूलाई पनि भेला गरे।
2 Davi reuniu todos os chefes de Israel, bem como os sacerdotes e levitas.
3 दाऊदले तीस र्बष अनि त्यस भन्दा अधिक उमेर भएका लेवीहरूको गिन्ती लिए। जम्मा 38,000 लेवीहरू थिए।
3 Foram contados os levitas de trinta anos para cima, e seu número, contados um por um, foi de trinta e oito mil homens.
4 दाऊदले भने, “24,000 लेवीहरूले परमप्रभुको मन्दिर निर्माण कार्यको हेरचाह गर्नेछन्। 6,000 लेवीहरू सुरक्षा कर्मी अनि न्यायकर्त्ताहरू हुनेछन्।
4 Destes, havia vinte e quatro mil para supervisionarem a obra da Casa do Senhor , seis mil oficiais e juízes,
5 चारहजार लेवीहरू द्वार-पालक हुनेछन् अनि 4,000 विशेष वाध्य-यन्त्र लेवीहरू बनाएको छु। ती यन्त्रहरू तिनीहरूले परमप्रभुको स्तुतिका निम्ति प्रयोग गर्नेछन्।”
5 quatro mil porteiros e quatro mil para louvarem o Senhor com os instrumentos que Davi fez para esse fim.
6 दाऊदले लेवीहरूलाई तीन समूहमा विभाजन गरे। ती लेवीका तीन जना छोराहरू गेर्शोन, कहात र मरारीका परिवार समूहहरू थिए।
6 Davi os repartiu por turnos, segundo os filhos de Levi: Gérson, Coate e Merari.
7 गेर्शोनको परिवार समूहबाट लादान र शिमी थिए।
7 Os filhos de Gérson foram: Ladã e Simei.
8 लादानका तीन जना छोराहरू थिए। तिनका सबै भन्दा जेठा छोरा यहीएल थिए। तिनका अन्य छोराहरू जेताम अनि योएल थिए।
8 Os filhos de Ladã foram: Jeiel, o chefe, Zetã e Joel, três ao todo.
9 शिमीका छोराहरू शलोमोत, हजीएल अनि हारान थिए। यी तीन छोराहरू लादानको परिवारका अगुवाहरू थिए।
9 Os filhos de Simei foram: Selomite, Haziel e Harã, três ao todo. Estes foram os chefes das famílias de Ladã.
10 शिमीका चार जना छोराहरू यहत, जीजा, येऊश अनि बरीआ थिए।
10 Os filhos de Simei foram: Jaate, Ziza, Jeús e Berias. Estes foram os filhos de Simei, quatro ao todo.
11 यहत सबै भन्दा जेठा छोरा थिए अनि जीजा महिला छोरा येऊश अनि बरीआलाई एकै परिवारको रूपमा गन्ती गरिन्थ्यो।
11 Jaate era o chefe e Ziza era o segundo. Jeús e Berias não tiveram muitos filhos e por isso estes dois foram contados como uma só família.
12 कहातका चार जना छोराहरू अम्राम, यिसहार, हेब्रोन अनि उज्जीएल थिए।
12 Os filhos de Coate foram: Anrão, Isar, Hebrom e Uziel, quatro ao todo.
13 अम्रामका छोराहरू हारून अनि मोशा थिए। हारूनलाई अति विशिष्ट हुनको निम्ति चुनिएको थियो। हारून अनि तिनका सन्तानहरूलाई सदासर्वदा विशिष्ट हुनको निम्ति चुनिएको थियो। तिनीहरू परमप्रभुको सेवाको निम्ति सबै पवित्र सामग्रीहरू तयार गर्नलाई चुनिएका थिए। हारून अनि तिनका सन्तानहरू परमप्रभुको समक्ष धूप बाल्नुको निम्ति चुनिएका थिए। तिनीहरू परमप्रभुको सेवाका निम्ति पूजाहारीरूको रूपमा चुनिएका थिए। तिनीहरूलाई परमप्रभुको पवित्र नाउँमा मानिसहरूलाई आशीर्वाद दिन सदाका निम्ति चुनिएको थियो।
13 Os filhos de Anrão foram: Arão e Moisés. Arão foi separado para servir no Santo dos Santos, ele e os seus filhos, para sempre, e para queimar incenso diante do Senhor , para o servir e para dar a bênção em seu nome, para sempre.
14 जहाँ सम्म परमप्रभुका जन मोशा सम्बन्धित उसका छोराहरू लेवी कुल समूहमा गाभिए।
14 Quanto a Moisés, homem de Deus, seus filhos foram contados entre a tribo de Levi.
15 मोशाका छोराहरू गेर्शोम अनि एलीएजर थिए।
15 Os filhos de Moisés foram: Gérson e Eliézer.
16 गेर्शोमका सबै भन्दा जेठा छोरा। शबूएल थिए।
16 O filho de Gérson foi Sebuel, o chefe.
17 एलीएजेरका सबै भन्दा जेठा छोरा रहब्याह थिए। एलीएजेरका अन्य छोराहरू थिएनन्। तर रहब्याहका धेरै छोराहरू थिए।
17 O filho de Eliézer foi Reabias, o chefe; e ele não teve outros filhos; mas os filhos de Reabias se multiplicaram grandemente.
18 यिसहारका सबै भन्दा जेठा छोरा शलोमीत थिए।
18 Os filhos de Isar foram: Selomite, o chefe.
19 हेब्रोनका सबै भन्दा जेठा छोरा यरियाह, माहिला छोरा अमर्याह थिए। यहजीएल साहिंला छोरा थिए अनि यक्माम कान्छा छोरा थिए।
19 Os filhos de Hebrom foram: Jerias, o chefe, Amarias, o segundo, Jaaziel, o terceiro, e Jecameão, o quarto.
20 उज्जीएलका सबै भन्दा जेठा छोरा मीका अनि यिशियाह कान्छा छोरा थिए।
20 Os filhos de Uziel foram: Mica, o chefe, e Issias, o segundo.
21 मरारीका छोराहरूः महली र मूशी थिए। महलीका छोराहरूः एलाजार अनि कीश थिए।
21 Os filhos de Merari foram: Mali e Musi. Os filhos de Mali foram: Eleazar e Quis.
22 एलाजारको छोराहरू नभई मृत्यु भयो। तिनका छोरीहरू मात्र थिए। एलाजारका छोरीहरूले आफन्तहरूसित विवाह गरे। तिनीहरूका आफन्तहरू कीशका छोराहरू थिए।
22 Eleazar morreu e não teve filhos, porém filhas; e os filhos de Quis, seus parentes, casaram com elas.
23 मूशीका छोराहरूः महली, एदेर र यरीमोत गरी। जम्मा तीन जना छोराहरू थिए।
23 Os filhos de Musi foram: Mali, Éder e Jerimote, três ao todo.
24 यी लेवीका सन्तानहरू थिए। सूचीमा तिनीहरूको नाउँ आफ्ना परिवार-परिवार अनुसार थियो। ती परिवारका प्रधानहरू थिए। प्रत्येक व्यक्तिको नाउँ सूचीमा लेखिएको थियो। सूचीमा लेखिएका व्यक्तिहरू बीस वर्ष वा त्यस भन्दा माथिका थिए। तिनीहरू परमप्रभुको मन्दिरमा सेवा गर्थे।
24 Estes foram os filhos de Levi, segundo as suas famílias e chefes delas, segundo foram contados nominalmente, um por um, de vinte anos para cima, encarregados do ministério da Casa do Senhor .
25 दाऊदले भनेका थिए, “परमप्रभु इस्राएलका परमेश्वरले उहाँका मानिसहरूलाई शान्ति दिनुभएको छ। परमप्रभु सदा सर्वदा रहनको निम्ति यरूशलेममा आउनुभएको छ।
25 Porque Davi disse: — O
26 यसर्थ लेवीहरूले पवित्र पाल वा सेवामा प्रयोगगरिने कुनै पनि सामग्री बोक्नु पर्नेछैन।”
26 Assim, os levitas já não precisarão levar o tabernáculo e nenhum dos utensílios para o seu ministério.
27 इस्राएलका मानिसहरूका निम्ति दाऊदका अन्तिम निर्देशन लेवी कुल समूहका सन्तानहरूको गन्ती गर्नु पर्ने थियो। तिनीहरूले ती लेवी मानिसहरूको गन्ती लिए जो बीस अनि त्यस भन्दा बढ्ता उमेरका थिए।
27 Porque, segundo as últimas palavras de Davi, foram contados os filhos de Levi de vinte anos para cima.
28 लेवीहरूको काम हारूनका सन्तानहरूलाई परमप्रभुको मन्दिरको सेवाकार्यमा सहायता गर्नुथियो। लेवीहरूले मन्दिरको आँगान अनि मन्दिरका छेउका कोठाहरूको पनि हेरचाह गर्थे। तिनीहरूको काम सबै पवित्र चीज बीजहरूलाई शुद्ध गर्नु अनि परमेश्वरको मन्दिरमा सेवागर्ने काम थियो।
28 O serviço deles era ajudar os filhos de Arão no ministério da Casa do Senhor , nos átrios e nas câmaras, na purificação de todas as coisas sagradas e na obra do ministério da Casa de Deus,
29 मन्दिरको टेबिलमा विशेष रोटी राख्ने तिनीहरू जिम्मा थियो। तिनीहरू पीठो, अन्नबलि र अखमिरी रोटी पोलेका अनि मिश्रित भेटीहरूको पनि जिम्मामा थिए। तिनीहरूले सबै कुराको नाप-तौल गर्थे।
29 a saber, cuidar dos pães da proposição, da melhor farinha para a oferta de cereais, dos bolos sem fermento, das ofertas assadas e das misturadas com azeite, bem como dos pesos e das medidas.
30 लेवीहरू हरेक बिहान उभिन्थे अनि परमप्रभु प्रति धन्यवाद चढाउँथे र स्तुति गर्थे। तिनीहरूले यो पनि हरेक साँझ गर्थे।
30 Deviam estar presentes todas as manhãs e todas as tardes para darem graças ao Senhor e o louvarem,
31 शाबाथ अनि अरू चाडका दिनहरूमा अनि औंसी उत्सवमा तिनीहरूले होमबलिहरू तयार गर्थे। परमप्रभुको अघि तिनीहरू होमबलिहरू तयार गर्थे। परमप्रभुको अघि तिनीहरू हरेक दिन सेवा गर्थे। त्यहाँ नियमहरू थिए कति जना लेवीहरूले सेवा गर्नु पर्थ्यो।
31 e sempre que fossem oferecidos os holocaustos do Senhor , nos sábados, nas Festas da Lua Nova e nas festas fixas, diante do Senhor , segundo o número determinado.
32 तिनीहरूले पवित्र पाल साथै पवित्र स्थानको हेरचाह गर्थे। तिनीहरूले आफ्ना पूजाहारी, हारूनका सन्तानहरूलाई सहायता गर्थे। लेवीहरूले परमप्रभुको मन्दिरका कामहरूद्वारा पूजाहारीहरूलाई सहायता गर्थे।
32 Os filhos de Levi deviam cuidar da tenda do encontro e do santuário e deviam ajudar os filhos de Arão, seus irmãos, no ministério da Casa do Senhor .

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar 1 Crônicas 23, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.