Zacarias 11
Nepali Bible (GL_NEPALI) vs BKJ
1 लबानोन, आफ्नो दैलोहरू खोल, किनभने आगो भित्र आउँछ अनि तिमीहरूका देवदारका रूखहरू भस्म पारिदिन्छ।
1 Abre as tuas portas, ó Líbano, para que o fogo devore os teus cedros.
2 बाशानका सल्लोको रूखहरू रूनेछन् किनकि देवदारका रूखहरू लडे। महान रूखहरू ध्वंश गराइए। बाशानका फलाँटका रूखहरू त्यो जङ्गलको निम्ति रोऊ जुन काटिएकाछन्।
2 Geme, ó cipreste, pois o cedro caiu, porque os poderosos são destruídos; geme, ó carvalhos de Basã, pois a floresta densa é derrubada.
3 गोठालाहरू रुएको सुन! तिनीहरूको महिमा ध्वंश भएको छ। जवान सिंहको गर्जन सुन, यर्दन नदीको किनारको तिनीहरूको बाकलो जङ्गल उजाड गराइएको छ।
3 Há uma voz de uivo dos pastores, pois sua glória foi destruída; uma voz de bramido dos filhos de leões, pois o orgulho do Jordão foi destruído.
4 परमप्रभु मेरा परमेशवर भन्नुहुन्छ, “ती भेडाहरूको रक्षागर, जसलाई मार्नेका निम्ति पालिएको छ।
4 Assim diz o SENHOR meu Deus: Alimenta as ovelhas da matança,
5 तिनीहरू जसले भेडा किन्छन् तिनीहरूले भेडालाई मार्छन्, अनि तिनीहरू दण्डित हुँदैनन्। ब्यापारीले भेडालाई बेच्छ अनि भन्छ, ‘परमप्रभुको प्रशंसाहोस् किनभने म धनी भएँ।’ गोठालाहरू अफ्ना भेडाहरूका निम्ति शोक मनाउँदैनन्।
5 cujos possuidores as matam, e não se têm por culpados; e aqueles que as vendem dizem: Bendito seja o SENHOR, pois estou rico; e os seus próprios pastores não têm piedade delas.
6 अनि म यो देशका बासिन्दाको निम्ति दुःखी हुनेछैन। परमप्रभुले यो सबै भन्नुभयो, “हेर म प्रत्येकलाई उसको छिमेकी अनि राजाको हातमा सुम्पि दिनेछु। म तिनीहरूलाई उनीहरूको देशमा नष्ट पार्न दिनेछु, म तिनीहरूलाई रोकनेछैन।”
6 Por isso não terei mais piedade dos habitantes da terra, diz o SENHOR; mas, eis que entregarei os homens, cada um, na mão do seu vizinho, e na mão do seu rei; e eles ferirão a terra, e da mão deles eu não os livrarei.
7 त्यसरी मैले ती भेडाहरूको रेखदेख गरें, बिशेष कष्टमा परेका बथान जसलाई मार्नकालागि पालिएको थियो। मैले दुइवटा लौरो लिएँ र मैले एउटा लौरोको नाउँ अनुग्रह राखें र अर्कोको नाउँ एकता अनि मैले भेडाहरूको रेखदेख आरम्भ गरें।
7 Eu alimentarei as ovelhas da matança, até vós, ó pobres do rebanho. E tomei para mim duas varas: A uma chamei Beleza, e à outra chamei União; e alimentei o rebanho.
8 मैले तीनजना गोठालाहरूलाई एकै महीनामा नष्ट गरिदिएँ। म भेडाहरू प्रति क्रोधित भएँ अनि तिनीहरूले मलाई घृणा गर्न थाले।
8 E também cortarei três pastores em um mês; e minha alma enojou-se deles, e suas almas também me abominaram.
9 त्यपछि मैले भनें, “म तिमीहरूको हेरचाह गर्दिनँ! म तिमीहरूलाई मर्न दिन्छु जो मर्न चाहन्छन्। अनि तिनीहरू जो ध्वंश हुन चाहन्छन् ध्वंश होऊन्। अनि जो बाँच्छ तिनीहरूले एक-अर्काको मासु खानेछन्।”
9 Então eu disse: Não vos alimentarei mais; aquela que morrer, morra; a que for cortada, seja cortada; e que o resto coma cada uma a carne da outra.
10 त्यपछि मैले अनुग्रह नामको लौरो लिएँ अनि त्यसलाई टुक्रा-टुक्रा पारिदिएँ। मैले सबै मानिसहरूसंग मेरो करार रद्द गर्न यसो गरें।
10 E tomei a minha vara, Beleza, e a cortei em pedaços, para quebrar o meu pacto, que tinha feito com todo o povo.
11 यसकारण त्यसदिन करार भङ्ग भयो अनि पीडित बगाल जसले मतिर हेरिरहेका थिए, उनीहरूले पनि बुझे, यो परमप्रभुको समाचार थियो।
11 E foi quebrada naquele dia; e assim os pobres do rebanho, que esperavam por mim, souberam que isto era a palavra do SENHOR.
12 तब मैले तिनीहरूलाई भनें, “यदि तिमी ज्याला दिन चाहन्छौ भने देऊ। यदि चाहँदैनौ भने नदेऊ!” यसैले मलाई उनले तीसवटा चाँदीका टुक्रा दिए।
12 E eu lhes disse: Se achardes bom, dai-me o meu preço; se não, deixai-o. E pesaram o meu preço, trinta peças de prata.
13 त्यसपछि परमप्रभुले मलाई भन्नु भयो, “त्यसलाई कोष-भण्डारमा फ्याँकिदेऊ। तिनीहरूले सोच्छन कि त्यो महत्वपूर्ण रकमको लागि म योग्यको छु। त्यो पैसालाई परमप्रभुको मन्दिरको भण्डारमा हालिदेऊ।” यसकारण चाँदीको तीसवटा टुक्रालाई परमप्रभुको मन्दिरको भण्डारमा हालिदिएँ।
13 E o SENHOR me disse: Lança isto ao oleiro, um belo preço pelo qual me avaliaram. E tomei as trinta peças de prata, e os lancei ao oleiro na casa do SENHOR.
14 तब मैले एकता नाउँको लौरोलाई दुइ टुक्रा पारें मैले यी कुरा साबित गर्नको लागि गरें कि इस्राएल अनि यहूदाको बिचको एकता समाप्त भयो।
14 Então cortei em pedaços a minha outra vara, União, para quebrar a irmandade entre Judá e Israel.
15 तब परमप्रभुले मलाई भन्नुभयो, “अब मूर्ख गोठालाको लौरोको खोजी गर।
15 E o SENHOR disse-me: Toma ainda para ti os instrumentos de um pastor tolo.
16 म यस भूमिमा एउटा नयाँ गोठालो उठाउँनेछु। उसले नष्ट भईसकेको भेडाहरूको हेरचाह गर्ने छैन, उसले चोट लागेको भेडाहरूलाई निको पार्नेछैन। उसले ती जो अहिले जिउँदो छन् तिनीहरूलाई खुवाउँने छैन। अनि सबै स्वास्थ्य भेडाहरू खाईसकिन्छ र खूरहरू मात्र बाँकी रहनेछ।”
16 Porque, eis que levantarei um pastor na terra que não visitará aquelas que estão perdidas, nem buscará a pequena, e nem curará a que está ferida, nem alimentará a que está de pé; mas comerá a carne da gorda, e lhe despedaçará as unhas.
17 हे मेरो बेक्कामको गोठालो तिमीले मेरा भेडाहरूलाई त्यागिदियौ। एउटा तरवारले उसको दाहिने पाखुरा अनि उसको दाहिने आँखामा हिर्काउनेछ। उसको पाखुरा बेक्कामको हुनेछ अनि उसको दाहिने आँखा अन्धा हुनेछ।
17 Ai do pastor ídolo, que abandona o rebanho! A espada estará sobre o seu braço e sobre o seu olho direito; o seu braço se secará completamente, e o seu olho direito se escurecerá completamente.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Zacarias 11, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.