Tito 2
Nepali Bible (GL_NEPALI) vs NVT
1 तर, तिमीले मानिसहरूलाई साँचो शिक्षाकोअनुसरण गर्न तिनीहरूले के-के गर्नु पर्छ त्यो बताउनु पर्छ।
1 Mas, quanto a você, que suas palavras reflitam o ensino verdadeiro.
2 पाका मानिसहरूलाई आत्मा संयमी, गंभीर र ज्ञानी बन्ने कुरा सिकाऊ। तिनीहरू विश्वासमा, प्रेममा र धैर्यमा दृढ बन्नुपर्छ।
2 Os homens mais velhos devem exercitar o autocontrole, a fim de que sejam dignos de respeito e vivam com sabedoria. Devem ter uma fé sólida e ser cheios de amor e paciência.
3 वृद्ध स्त्रीहरूलाई पनि आफ्ना जीवन मार्गमा पवित्र रहन सिकाऊ। तिनीहरूले अर्काको विरूद्ध कुरा गर्नु हुँदैन अनि ज्यादा दाखरस पिउने बानी गर्नु हुँदैन। ती स्त्रीहरूको लागि के राम्रो हुन्छ त्यो सिकाऊ।
3 Semelhantemente, as mulheres mais velhas devem viver de modo digno. Não devem ser caluniadoras, nem beber vinho em excesso; antes, devem ensinar o que é bom.
4 त्यही प्रकारले तिनीहरूले जवान स्त्रीहरूलाई आफ्ना पति र बालकहरूलाई माया गर्न सिकाउनु पर्छ।
4 Devem instruir as mulheres mais jovens a amar o marido e os filhos,
5 तिनीहरूलाई बुद्धिमानी र पवित्र हुन, आफ्नो घरको ख्याल राख्नु, आफ्ना पतिहरू प्रति दयालु अनि आज्ञकारी हुनु भनी सिकाउनै पर्छ। यस्तो स्थितिमा परमेश्वरले हामीलाई दिनु भएको शिक्षाको बारेमा कुनै आलोचना हुने छैन।
5 a viver com sabedoria e pureza, a trabalhar no lar, a fazer o bem e a ser submissas ao marido. Assim, não envergonharão a palavra de Deus.
6 त्यसरी नै नवयुवाहरूलाई ज्ञानी बन्ने उत्साह दिनु।
6 Da mesma forma, incentive os homens mais jovens a viver com sabedoria.
7 ती नवयुवाहरूका निम्ति हरेक कुरामा असल असल काम गर्दै तिमी एक उदाहरण बन्नु पर्छ। जब तिमी तिनीहरूलाई सिकाउँछौ इमान्दार अनि गम्भीर बन।
7 Você mesmo deve ser exemplo da prática de boas obras. Tudo que fizer deve refletir a integridade e a seriedade de seu ensino.
8 जब तिमी सत्य बोल्छौ, यस्तो प्रकारले बोल, जसमा कि कसैले तिम्रो आलोचना गर्नै छैन अनि तब तिम्रो विरोधमा हुने कुनै मानिस आफै लज्जित भएको अनुभव गर्ने छ। किन कि हाम्रो विरोधमा बोल्ने उसित केही हुनेछैन।
8 Sua mensagem deve ser tão correta a ponto de ninguém a criticar. Então os que se opõem a nós ficarão envergonhados e nada terão de ruim para dizer a nosso respeito.
9 अनि यी कुराहरू दासहरूलाई पनि भन। तिनीहरूले सधैं आफ्ना मालिकहरूलाई खुशी राख्ने कोशिश गरून्, तिनीहरूले आफ्ना मालिकहरूसित र्तक गर्नु हुँदैन,
9 Quanto aos escravos, devem sempre obedecer a seu senhor e fazer todo o possível para agradá-lo. Não devem ser respondões,
10 तिनीहरूले मालिकको कुनै कुरा चोरी गर्नु हुँदैन अनि आफ्ना मालिकले तिनीहरूमाथि पूर्ण विश्वास गर्न सक्छन् भनेर देखाउनु पर्छ। यदि दासहरूले यस्तो गरे तिनीहरूका प्रत्येक कामले हाम्रो मुक्तिदाता परमेश्वरको शिक्षा राम्रो रहेछ भन्ने प्रमाण गर्नेछ।
10 nem roubar, mas devem mostrar-se bons e inteiramente dignos de confiança. Assim, tornarão atraente em todos os sentidos o ensino a respeito de Deus, nosso Salvador.
11 हामी यसरी जिउनु पर्छ किन कि परमेश्वरको अनुग्रह हामीकहाँ पुगेकोछ। त्यो दयाले हरेकलाई बचाउनु सक्छ। अनि त्यो दया हामीलाई दिइएकोछ।
11 Pois a graça de Deus foi revelada e a todos traz salvação.
12 त्यही अनुग्रहले हामीलाई परमेश्वरको विरुद्ध नबाँच्नु भन्ने सिकाउँछ अनि संसारले चाहेको जस्तो कुकर्म गर्नबाट हामीलाई रोक्छ। त्यो अनुग्रहले हामलीई पृथ्वीमा ज्ञानी अनि सही तरिकाले हाम्रो जीवन जिउन सिकाउँछ जसले हामी परमेश्वरको सेवा गर्छों भन्ने देखाउँछ।
12 Somos instruídos a abandonar o estilo de vida ímpio e os prazeres pecaminosos. Neste mundo perverso, devemos viver com sabedoria, justiça e devoção,
13 हाम्रा परम परमेश्वर र मुक्तिदाता येशू ख्रीष्टको आगमनलाई र्पखिंदा हामीले हाम्रो जीवन यसरी नै बाँच्नुपर्छ। उहाँ हाम्रा महान आशा हुनुहुन्छ, उहाँ आफ्ना महिमा सहित आउनु हुनेछ।
13 enquanto aguardamos esperançosamente o dia em que será revelada a glória de nosso grande Deus e Salvador, Jesus Cristo.
14 उहाँले स्वयंलाई जम्मै दुष्ट्याइँबाट हामीलाई मुक्ति दिन समपर्ण गर्नु भयो। हामीलाई केवल उहाँका मानिस तुल्याउन अनि जो सदैव असल कुराहरू गर्न उत्सुक रहने तुल्याउन उहाँले प्राण त्याग्नु भयो।
14 Ele entregou sua vida para nos libertar de todo pecado, para nos purificar e fazer de nós seu povo, inteiramente dedicado às boas obras.
15 यी कुराहरू मानिसहरूलाई भन। तिम्रो पूर्ण अधिकार छ। यसकारण मानिसहरूलाई सुदृढ तुल्याउन अनि तिनीहरूले के गर्नु पर्छ भनी तिनीहरूलाई भन्न त्यो अधिकार प्रयोग गर। अनि सावधान बन कि कसैले पनि तिमीलाई महत्वहीन संझेर त्यस्तै व्यवहार नगरून्।
15 Ensine essas coisas e encoraje os irmãos a praticá-las. Corrija-os com autoridade. Não deixe que ignorem o que você diz.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Tito 2, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.