Tito 1

Nepali Bible (GL_NEPALI) vs NVT

Sair da comparação
NVT Nova Versão Transformadora
1 परमेशवरको सेवक र येशू ख्रीष्टका प्रेरित पावलको प्रणाम। परमेश्वरले छानेका मानिसहरूको विश्वासलाई सहायता गर्नु अनि मानिसहरूलाई सत्य बताउनुको निम्ति मलाई पठाइएको हो। परमेश्वरको सेवा कसरी गर्ने त्यो सत्यले मानिसलाई सिकाउँछ।
1 Eu, Paulo, escravo de Deus e apóstolo de Jesus Cristo, escrevo esta carta. Fui enviado para fortalecer a fé daqueles que Deus escolheu e para ensinar-lhes a verdade que mostra como viver uma vida de devoção.
2 त्यो विश्वास र त्यो ज्ञान अनन्त जीवनको हाम्रो आशाबाट उत्पन्न हुन्छ। त्यो जीवन दिने वचन परमेश्वरले हामीलाई अनादि कालमै दिनु भएको हो परमेश्वर कहिल्यै झूटो बोल्नु हुँदैन।
2 Essa verdade lhes dá a esperança da vida eterna que Deus, aquele que não mente, prometeu antes dos tempos eternos.
3 ठीक समयमा परमेश्वरले संसारलाई त्यो जीवन बारे जान्न दिनुभयो। परमेश्वरले त्यसलाई प्रचारद्वारा जान्न दिनु भयो। त्यो काम परमेश्वरले मलाई सुम्पनु भयो। मैले त्यो हाम्रो मुक्तिदाता परमेश्वरको आदेशमा प्रचार गरें।
3 E agora, no devido tempo, ele revelou essa mensagem, que anunciamos a todos. Por ordem de Deus, nosso Salvador, fui encarregado de realizar esse trabalho em favor dele.
4 तीतसलाई प्रणाम। हाम्रो साझा विश्वासमा तिमी मेरा साँचो छोरा हौ।पिता परमेश्वर र हाम्रा मुक्तिदाता ख्रीष्ट येशूबाट शान्ति र अनुग्रह रहोस्।
4 Escrevo a Tito, meu verdadeiro filho na fé que compartilhamos. Que Deus, o Pai, e Cristo Jesus, nosso Salvador, lhe deem graça e paz.
5 मैले तिमीलाई क्रेटमा यसकारणले छाडें कि त्यहाँ बाँकी रहेको काम पूर्ण होस्। अनि हरेक शहरमा धर्म-गुरूहरूलाई पनि नियुक्त गर्नु भनी मैले छाडे
5 Deixei-o na ilha de Creta para que você completasse o trabalho e nomeasse presbíteros em cada cidade, conforme o instruí.
6 धर्म-गुरू यस्तो मानिस हुनुपर्छ जो गलत जीवन बिताइरहेको अभियुक्त नहोस्। उसको एउटै मात्र पत्नी हुनु पर्छ। उसका केटाकेटीहरू विश्वासी हुनु पर्छ, असभ्य जीवन बाँचेको वा आज्ञाकारी नभएको अभियुक्त हुनु हुँदैन।
6 O presbítero deve ter uma vida irrepreensível. Deve ser marido de uma só mulher, e seus filhos devem partilhar de sua fé e não ter fama de devassos nem rebeldes.
7 धर्मगुरूको कार्य परमेश्वर प्रति कामको ख्याल राख्नु हो। यसर्थ कुनै गलत कर्मको निम्ति उनी अभियुक्त हुनु हुँदैन। उनी घमण्डी अनि स्वार्थी हुनु हुँदैन वा झङ्गे हुनु हुँदैन। ऊ पियक्कड हुनु हुँदैन। ऊ झगडालु अनि ठगेर धनी हुने आकांक्ष भएको हुनु हुँदैन।
7 O bispo administra a casa de Deus e, portanto, deve ter uma vida irrepreensível. Não deve ser arrogante nem briguento, não deve beber vinho em excesso, nem ser violento, nem buscar lucro desonesto.
8 धर्मगुरूले मानसिहरूलाई आफ्नो घरमा लगेर सहायता गर्नु पर्छ। उसले जे असल छ त्यसलाई प्रेम गर्नु पर्छ, ज्ञानी हुनु पर्छ, सही अनि पवित्र जीवन जिउनु पर्छ। उसित आत्मा संयम हुनु पर्छ।
8 Em vez disso, deve ser hospitaleiro e amar o bem. Deve viver sabiamente, ser justo e ter uma vida de devoção e disciplina.
9 धर्मगुरूले हामीले सिकाएको सत्य विश्वासपूर्वक मान्नु पर्छ। ऊ, सही अनि सत्य शिक्षाको उपयोगद्वारा मानिसहरूलाई सहायता गर्न समर्थ हुनुपर्छ अनि मानिसहरू जो सत्य शिक्षाको विरूद्ध छन् तिनीहरू गलत छन् भनी प्रमाणित गर्न समर्थ हुनु पर्छ।
9 Deve estar plenamente convicto da mensagem fiel que lhe foi ensinada, de modo que possa encorajar outros com o verdadeiro ensino e mostrar aos que se opõem onde estão errados.
10 आज्ञापालन नगर्ने धेरै छन्। तिनीहरू व्यर्थका कुराहरू गर्छन् अनि मानिसहरूलाई गलत तरिकाले अगुवाई गर्छन्। म विशेष गरी तिनीहरूका बारेमा कुरा गर्दैछु जो यहूदी मतबाट बाहिर भएका छन्। धर्मगुरूले मानिसहरू भूलमा छन् भनी देखाउनु पर्छ अनि तिनीहरूलाई त्यस्तो व्यर्थका कुराबाट रोक्नु पर्छ।
10 Pois há muitos rebeldes que promovem conversas inúteis e enganam as pessoas. Refiro-me especialmente àqueles que insistem na necessidade da circuncisão.
11 तिनीहरूले नसिकाउनु पर्ने कुराहरू सिकाएर त्यस्ता मानिसहरूले ठग्नु अनि पैसा कमाउनु मात्र तिनीहरू त्यस्तो शिक्षा दिन्छन्।
11 É preciso fazê-los calar, pois, com seus ensinamentos falsos, têm desviado famílias inteiras da verdade. Sua motivação é obter lucro desonesto.
12 तिनीहरूका आफ्नै एकजना देशवासी जो तिनीहरूका अगमवक्ताले भने, “क्रेटका मानिसहरू सधैं झूटो बोल्छन्। ती जङ्गली पशुहरू जस्तै छन् अनि तिनीहरू अल्छे छन्, तिनीहरूले कसरी खानु त्यो मात्र जानेका छन्।”
12 Até mesmo um deles, um profeta nascido em Creta, disse: “Os cretenses são mentirosos, animais cruéis e comilões preguiçosos”.
13 अगमवक्ताले भनेका ती कुराहरू ठीक हुन्, यसर्थ तिमीले तिनीहरूलाई देखाउनु पर्छ कि तिनी गलत छन्। तिमी तिनीहरूसित कठोर बन्नुपर्छ जसमा कि तिनीहरूले सत्य विश्वास अनुसरण गर्नेछन्।
13 Isso é verdade. Portanto, repreenda-os severamente, a fim de fortalecê-los na fé.
14 तब तिनीहरूले यहूदी कथाहरू सुन्ने अनि ती मानिसहरूका आदेश मान्ने छैनन् जसले सत्यलाई तुच्छ सम्झन्छन्।
14 É preciso que deixem de dar ouvidos a mitos judaicos e às ordens daqueles que se desviaram da verdade.
15 शुद्ध हृदय हुनेहरूलाई सबै कुरा शुद्धै हुन्छ। तर तिनीहरूका निम्ति केही पनि सुद्ध हुँदैन। साँच्चै, तिनीहरूको विचारै खराब भइसकेको छ अनि उचित के हो त्यो चिन्ने तिनीहरूको शक्ति नष्ट भइसकेको छ।
15 Para os que são puros, tudo é puro. Mas, para os corruptos e descrentes, nada é puro, pois têm a mente e a consciência corrompidas.
16 तिनीहरू परमेश्वरलाई जान्दछौं भनेर दावी गर्छन्, तर तिनीहरूको कर्मद्वारा यो स्पष्ट हुन्छ कि तिनीहरू उहाँलाई मान्दैनन्। तिनीहरू भयंकर मानिसहरू हुन्, तिनीहरू अनाज्ञाकारी छन् अनि तिनीहरू कुनै किसिमको राम्रो कामको निम्ति लायकका छैनन्।
16 Afirmam que conhecem a Deus, mas o negam por seu modo de viver. São detestáveis e desobedientes, e não servem para fazer nada de bom.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Tito 1, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.