Salmos 9
Nepali Bible (GL_NEPALI) vs ARC
1 म सम्पूर्ण हृदयबाट परमप्रभुको प्रशंसा गर्छु। हे परमप्रभु, तपाईंले सिर्जना गर्नु भएका सबै आर्श्चयपूर्ण कुराहरूको विषयमा म भन्नेछु।
1 Eu te louvarei, Senhor , de todo o meu coração; contarei todas as tuas maravilhas.
2 सर्वोच्च परमेश्वर, म तपाईंको नाउँको प्रशंसा गर्छु। तपाईंले मलाई अत्यन्त खुशी बनाउनु भयो।
2 Em ti me alegrarei e saltarei de prazer; cantarei louvores ao teu nome, ó Altíssimo.
3 मेरा शत्रुहरू तपाईंदेखि भागेर फर्किए तर तिनीहरू लडे र नष्ट भए।
3 Porquanto os meus inimigos retrocederam e caíram; e pereceram diante da tua face.
4 तपाईं साँचो न्यायकर्त्ता हुनुहुन्छ, तपाईं आफ्नो सिंहासनमा न्यायकर्त्ता सरह विराजमान हुनुहुन्छ। हे परमप्रभु तपाईंले मेरो मामिला सुनिदिनु भयो र मेरो विषयमा निर्णय लिनु भयो।
4 Pois tu tens sustentado o meu direito e a minha causa; tu te assentaste no tribunal, julgando justamente.
5 तपाईंले अन्य मानिसहरूका दोष देखाउनु भयो। हे परमप्रभु, तपाईंले ती दुष्टहरूलाई नाश गर्नुभयो। तपाईंले तिनीहरूको नाउँ जिउँदा मानिसहरूको सूचीबाट सदाको लागि मेटिदिनु भयो।
5 Repreendeste as nações, destruíste os ímpios, apagaste o seu nome para sempre e eternamente.
6 शत्रुहरू खत्तम भए! हे परमप्रभु, तपाईंले तिनीहरूका शहरहरू पनि ध्वंश पारिदिनु भयो। अब, खाली भग्नावशेष मात्र छाडिएका छन्। ती दुष्टहरूको पुनः सम्झनाको लागि हामीसँग केही पनि बाँकी छैन।
6 Oh! Inimigo! Consumaram-se as assolações; — tu arrasaste as cidades, e a sua memória pereceu com elas.
7 तर परमप्रभुले सदा सर्वदा राज्य गर्नुहुन्छ, परमप्रभुले आफ्नो साम्राज्य दरिलो बनाउनु भएको छ। परमप्रभुले यस पृथ्वीमा भएका सबै मानिसहरूको ठीक न्याय गर्नुहुन्छ।
7 Mas o Senhor está assentado perpetuamente; já preparou o seu tribunal para julgar.
8 परमप्रभुले यस पृथ्वीका सबैलाई निष्पक्ष न्याय गर्नुहुन्छ। उहाँले सबै जातिहरूलाई एक समान न्याय गर्नुहुन्छ।
8 Ele mesmo julgará o mundo com justiça; julgará os povos com retidão.
9 धेरै मानिसहरू संकष्टमा फसेका छन् र पीडित छन् किनभने तिनीहरूसँग धेरै कष्टहरू छन्। ती मानिसहरू आफ्ना समस्याहरूको बोझद्वारा श्रापित छन्। परमप्रभु, सुरक्षाको स्थान हुनुहुन्छ, तिनीहरू भाग्न सक्छन्।
9 O Senhor será também um alto refúgio para o oprimido; um alto refúgio em tempos de angústia.
10 मानिसहरू ज-जसले तपाईंको नाउँ जान्दछन् तपाईंमाथि भरोसा राख्ने नै छन्। हे परमप्रभु, यदि मानिसहरू तपाईंकहाँ आए भने, तपाईंले उनीहरूलाई सहयोग नगरी बस्न सक्नु हुन्न।
10 E em ti confiarão os que conhecem o teu nome; porque tu, Senhor , nunca desamparaste os que te buscam.
11 तिमीहरू जो सियोनमा बस्द छौ परमप्रभुको प्रशंसा गाऊ। अन्य मानिसहरूलाई पनि परमप्रभुले गर्नु भएका महान् कार्यहरूको विषयमा भन।
11 Cantai louvores ao Senhor , que habita em Sião; anunciai entre os povos os seus feitos,
12 परमप्रभुले ती मानिसहरूलाई सम्झनु भयो जसले उहाँलाई गुहारे। ती दुःखी मानिसहरू सहयोगको लागि चिच्याए अनि परमप्रभुले उनीहरूलाई बिर्सनु भएन।
12 pois inquire do derramamento de sangue e lembra-se dele; não se esquece do clamor dos aflitos.
13 मैले परमेश्वरलाई यो प्रार्थना गरें, “हे परमप्रभु, ममाथि कृपा गर्नुहोस्। मेरो शत्रुहरूले मलाई सताइरहेछन ‘मृत्युको द्वारबाट’ मलाई बचाउँनु होस्।
13 Tem misericórdia de mim, Senhor ; vê como me fazem sofrer aqueles que me aborrecem, tu que me levantas das portas da morte;
14 तब, यरूशलेमको प्रवेशद्वारहरूमा म तपाईंको लागि स्तुति-गान गर्न सक्छु। परमप्रभु म अत्यन्त खुशी हुनेछु किनभने तपाईंले मलाई बचाउनु भयो।”
14 para que eu conte todos os teus louvores às portas da filha de Sião e me alegre na tua salvação.
15 ती मानिसहरू जो अन्य जातिहरूबाट आएका थिए, तिनीहरूले अरूलाई संकष्टमा पार्न खाडल खने। तर तिनीहरू आफूले थापेका पासोहरूमा आफैं फस्नेछन्। अनि तिनीहरू ती जालहरूमा आफैं पर्ने छन्।
15 As nações precipitaram-se na cova que abriram; na rede que ocultaram ficou preso o seu pé.
16 परमप्रभुले ती दुष्ट मानिसहरूलाई समाउनु हुनेछ, यसकारण मानिसहरूले अधर्म काम गर्दा परमप्रभुबाट दण्ड पाइन्छ भनेर ज्ञान पाउनेछन्।
16 O Senhor é conhecido pelo juízo que fez; enlaçado ficou o ímpio nos seus próprios feitos. (Higaiom; Selá)
17 मानिसहरू जसले परमेश्वरलाई बिर्सन्छन् तिनीहरू दुष्टहरू हुन्, तिनीहरू मृत्युको ठाउँमा जानेछन्।
17 Os ímpios serão lançados no inferno e todas as nações que se esquecem de Deus.
18 कहिले काहीं यस्तो लाग्छ परमेश्वरले दुःखमा परेका मानिसहरूलाई बिर्सनु भयो। यस्तो भन हुन्छ ती गरीबहरूमा आशा छैन। तर परमेश्वले तिनीहरूलाई कहिल्यै पनि बिर्सनु हुने छैन।
18 Porque o necessitado não será esquecido para sempre, nem a expectação dos pobres se malogrará perpetuamente.
19 हे परमप्रभु, उठ्नुहोस् र जाति-जातिहरूलाई न्याय गर्नुहोस्। तिनीहरू शक्तिशाली छन् भनेर मानिसहरूलाई सोच्न नदिनुहोस्।
19 Levanta-te, Senhor ! Não prevaleça o homem; sejam julgadas as nações perante a tua face.
20 मानिसहरूलाई शिक्षा दिनुहोस्। तिनीहरूले जान्न सकुन तिनीहरू मनुष्य मात्र हुन्।
20 Tu os pões em medo, Senhor , para que saibam as nações que são constituídas por meros homens. (Selá)
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Salmos 9, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.