Salmos 78
Nepali Bible (GL_NEPALI) vs NVI
1 मेरो मानिसहरू, मेरो उपदेशहरू ध्यान दिएर सुन। मैले भनेका कुराहरूमा ध्यान देऊ।
1 Povo meu, escute o meu ensino; incline os ouvidos para o que eu tenho a dizer.
2 म तिमीहरूलाई यो कथा भन्ने छु। म तिमीहरूलाई यो पुरानो कथा भन्ने छु।
2 Em parábolas abrirei a minha boca, proferirei enigmas do passado;
3 हामीले ती कथाहरू सुन्यौ, अनि हामी त्यो राम्रो प्रकारले जान्दछौ। हाम्रा पिता-पुर्खाहरूले यी कथाहरू सुनाए।
3 o que ouvimos e aprendemos, o que nossos pais nos contaram.
4 अनि हामी त्यो कथा भुल्ने छैनौं। हाम्रा मानिसहरूले पछि आउने सन्तानहरूलाई त्यो कथाहरू भन्ने नै छन्।हामी मिली परमप्रभुको प्रशंसा गर्नेछौ, अनि उहाँका अचम्म लाग्दा कार्यहरू सबैलाई भन्नेछौं।
4 Não os esconderemos dos nossos filhos; contaremos à próxima geração os louváveis feitos do Senhor, o seu poder e as maravilhas que fez.
5 परमप्रभुले याकूबसँग सम्झौता गर्नुभयो। परमेश्वरले इस्राएल लाई नियम दिनुभयो। परमेश्वरले हाम्रा पिता-पुर्खाहरूलाई आज्ञाहरू दिनुभयो। उहाँले हाम्रा पिता-पुर्खाहरूलाई भन्नुभयो कि ती नियमहरू बारे आफ्ना भावी सन्तानहरूलाई बताऊ।
5 Ele decretou estatutos para Jacó, e em Israel estabeleceu a lei, e ordenou aos nossos antepassados que a ensinassem aos seus filhos,
6 अनि आउने भावि सन्तानहरुले पनि यो नियमको बारेमा जान्नेछन् र तिनीहरु आफ्ना नानीहरुलाई सिकाउन सक्षम हुनेछन्।
6 de modo que a geração seguinte a conhecesse, e também os filhos que ainda nasceriam, e eles, por sua vez, contassem aos seus próprios filhos.
7 यसैकारण ती सबै मानिसहरूले परमेश्वरमाथि भरोसा गर्नेछन्। तिनीहरूले परमेश्वरका कार्यहरू भुल्ने छैनन्। तिनीहरूले परमेशवरको आज्ञानुसार उहाँको नियमहरू पालन गर्नेछन्।
7 Então eles porão a confiança em Deus; não esquecerão os seus feitos e obedecerão aos seus mandamentos.
8 यदि मानिसहरूले आफ्ना नानीहरूलाई परमेश्वरका आज्ञाहरूको विषयमा बताए भने नानीहरू तिनीहरूका पुर्खाहरू जस्तै हुने छैनन्। तिनीहरूका पिता-पुर्खाहरू परमेश्वरका विरूद्ध खडा भए। तिनीहरूले उहाँको आज्ञा पालन गर्न अस्वीकार गरे। ती मानिसहरू हठी थिए। तिनीहरू परमेश्वरको आत्मा प्रति विश्वासी थिएनन्।
8 Eles não serão como os seus antepassados, obstinados e rebeldes, povo de coração desleal para com Deus, gente de espírito infiel.
9 एप्रैमबाट आएका मानिसहरूसँग हतियारहरू थिए, तर तिनीहरू युद्धभूमिबाट भागे।
9 Os homens de Efraim, flecheiros armados, viraram as costas no dia da batalha;
10 तिनीहरूले परमेश्वरसँग गरेको करार पालन गरेनन्। तिनीहरूले उहाँका उपदेशहरू अस्वीकार गरे।
10 não guardaram a aliança de Deus e se recusaram a viver de acordo com a sua lei.
11 एप्रैमबाट आएका मानिसहरूले परमेश्वरले गर्नु भएको महान् कार्यहरू भूले। तिनीहरूले परमेश्वरले प्रदर्शन गर्नु भएको ती अचम्म लाग्दा कार्यहरू बिर्से।
11 Esqueceram o que ele tinha feito, as maravilhas que lhes havia mostrado.
12 परमेश्वरले तिनीहरूका पिता-पुर्खाहरूलाई मिश्र अन्तर्गत सोअनमा आफ्ना महान् शक्तिहरू देखाउनु भयो।
12 Ele fez milagres diante dos seus antepassados, na terra do Egito, na região de Zoã.
13 परमेश्वरले लाल समुद्रलाई फार्नु भयो अनि मानिसहरूलाई पार गराउनु भयो। पानी तिनीहरूका लागि दुवै तिर पक्का पर्खाल भएर उभिएको थियो।
13 Dividiu o mar para que pudessem passar; fez a água erguer-se como um muro.
14 प्रत्येक दिन परमेश्वरले तिनीहरूलाई अग्लो बादल सहित डोर्याउनु भयो। अनि प्रत्येक रातभरि आगोको ज्वाला वा राँको बालेर तिनीहरूलाई डोर्याउनु भयो।
14 Ele os guiou com a nuvem de dia e com a luz do fogo de noite.
15 परमेश्वरले चट्टानलाई मरूभूमिमा फोर्नु भयो।जमीनको भित्री तहबाट उहाँले मानिसहरूलाई पानी दिनुभयो।
15 Fendeu as rochas no deserto e deu-lhes tanta água como a que flui das profundezas;
16 परमेश्वरले पानीका झरनाहरू नदीहरू सरह चट्टानबाट ल्याउनु भयो!
16 da pedra fez sair regatos e fluir água como um rio.
17 तर मानिसहरूले उहाँकै विरूद्ध पाप अविरलमरूपले गरिरहे। मरूभूमिसम्म तिनीहरू सर्वशक्तिमान् परमेश्वरको विरूद्ध नै उठे।
17 Mas contra ele continuaram a pecar, revoltando-se no deserto contra o Altíssimo.
18 तब ती मानिसहरूले परमेश्वरको परीक्षा गर्न फैसला गरे। तिनीहरूले परमेश्वरलाई खाना मागे तिनीहरूको तृप्त पार्न मात्रै।
18 Deliberadamente puseram Deus à prova, exigindo o que desejavam comer.
19 तिनीहरूले परमेश्वर बारे गुनासो गरे अनि भने, “के मरूभूमिमा परमेश्वरले हामीलाई खाना व्यवस्था गर्न सक्नु हुन्छ?
19 Duvidaram de Deus, dizendo: "Poderá Deus preparar uma mesa no deserto?
20 जब उहाँले चट्टानमा हिर्काउनुभयो, तेजले पानी बाहिर आयो र खोलाहरू बढेर आए। निःसन्देह उहाँले हामीलाई केही रोटी र मासु दिन सक्नु हुन्छ!”
20 Sabemos que quando ele feriu a rocha a água brotou e jorrou em torrentes. Mas conseguirá também dar-nos de comer? Poderá suprir de carne o seu povo? "
21 परमप्रभुले ती मानिसहरूले गरेका कुराहरू सुन्नु भयो। परमेश्वर याकूबमाथि क्रोधित हुनुहुन्थ्यो। इस्राएल का मानिसहरूसँग क्रोधीत हुनुहुन्थ्यो।
21 O Senhor os ouviu e enfureceu-se; atacou Jacó com fogo, e sua ira levantou-se contra Israel,
22 किनभने मानिसहरूले उहाँमाथि विश्वास गरेनन्। तिनीहरूले परमेश्वरले नै बचाउनु हुन्छ भन्ने कुरामा विश्वास गर्दै गरेनन्।
22 pois eles não creram em Deus nem confiaram no seu poder salvador.
23 ता पनि परमेश्वरले माथि बादलहरूलाई आज्ञा गर्नुभयो, अनि तिनीहरूको निम्ति खानाको रूपमा मन्ना वर्षाउनु भयो।
23 Contudo, ele deu ordens às nuvens e abriu as portas dos céus;
24 आकाश ढोकाहरू जस्तै खोलियो अनि आकाशका भण्डारबाट अन्न वर्षाउनु भयो।
24 fez chover maná para que o povo comesse, deu-lhe o pão dos céus.
25 मानिसहरूले स्वर्गदूतहरूका खानाहरू खाए। परमेश्वरले प्रशस्त मात्रामा सन्तुष्टपूर्ण खाद्यहरू तिनीहरूलाई पठाउनु भयो।
25 Os homens comeram o pão dos anjos; enviou-lhes comida à vontade.
26 परमेश्वरले पूर्वीबाट बतास बहाउनु भयो। उहाँले तिनीहरूमाथि आकाशबाट मासु वर्षाउनु भयो।
26 Enviou dos céus o vento oriental e pelo seu poder fez avançar o vento sul.
27 अनगन्ती चराहरू तिनीहरूको छाउनीमाथि झरे, तिनीहरू समुद्रको बलुवा जस्तै थिए।
27 Fez chover carne sobre eles como pó, bandos de aves como a areia da praia.
28 ती मानिसहरूका छाउनीका वरिपरि छाउनीको माझमा ठीक चराहरू झरे।
28 Levou-as a cair dentro do acampamento, ao redor das suas tendas.
29 तिनीहरूलाई खाना प्रशस्त थियो, तर तिनीहरूको भोकले तिनीहरूलाई पापी बनायो।
29 Comeram à vontade, e assim ele satisfez o desejo deles.
30 तिनीहरूले आफ्नो भोक खप्न सकेनन्। यसकारण तिनीहरूले चराहरूको रगत ननिकाली क्वेल चरा खाए।
30 Mas, antes de saciarem o apetite, quando ainda tinham a comida na boca,
31 परमेश्वर ती मानिसहरूमाथि अत्यन्त रिसाउनु भयो, अनि ती मध्ये धेरै जनालाई मार्नु भयो। परमेश्वरले धेरै हट्टाकट्ठा युवाहरूलाई मृत्यु पट्टि ढाल्नुभयो।
31 acendeu-se contra eles a ira de Deus; e ele feriu de morte os mais fortes dentre eles, matando os jovens de Israel.
32 तर पनि फेरि मानिसहरूले अझ पाप गरी नै रहे! परमेश्वरको आश्चर्यचकित कार्यहरूमाथि तिनीहरूले विश्वास गरेनन्।
32 A despeito disso tudo, continuaram pecando; não creram nos seus prodígios.
33 यसकारण तिनीहरूको जीवन महा-विपदसँग समाप्त पारिदिनु भयो।
33 Por isso ele encerrou os dias deles como um sopro e os anos deles em repentino pavor.
34 जब-जब परमेश्वरले तिनीहरू मध्ये केही मानिसहरू मार्नु भयो, बाँकि रहेकाहरू, उहाँप्रति परिश्रमी हुँदै फर्के। तिनीहरूले परमेश्वर कै खोजी गरे।
34 Sempre que Deus os castigava com a morte, eles o buscavam; com fervor se voltavam de novo para ele.
35 तिनीहरूले सम्झे कि परमेश्वर तिनीहरूका चट्टान हुनुहुन्छ। तिनीहरूले सम्झन्थे कि सर्वोच्च परमेश्वर नै तिनीहरूको उद्धारक हुनुहुन्छ।
35 Lembravam-se de que Deus era a sua Rocha, de que o Deus Altíssimo era o seu Redentor.
36 तिनीहरूले उहाँलाई प्रेम गर्छु भने, तर झूटो बोले। तिनीहरू परमेश्वरसित इमान्दार थिएनन्।
36 Com a boca o adulavam, com a língua o enganavam;
37 तिनीहरूको हृदय परमेश्वरसँग थिएन। तिनीहरू करारसँगआज्ञाकारी थिएनन्।
37 o coração deles não era sincero; não foram fiéis à sua aliança.
38 तर परमेश्वर दयालु हुनुहुन्थ्यो। उहाँले तिनीहरूका पापहरूलाई क्षमा गरिदिनु भयो। अनि तिनीहरूलाई विनाश गर्नु भएन। धेरै पल्ट परमेश्वरले आफ्नो क्रोध थाम्नु भयो, उहाँले स्वयंलाई क्रोधी हुनदेखि थाम्नु भयो।
38 Contudo, ele foi misericordioso; perdoou-lhes as maldades e não os destruiu. Vez após vez conteve a sua ira, sem despertá-la totalmente.
39 परमेश्वरले तिनीहरूलाई बेकम्मा मानिस मात्र सम्झनु भयो। मानिसहरू हावाका झोकाहरू मात्र छन् जो बहन्छ र जाने गर्छ।
39 Lembrou-se de que eram meros mortais, brisa passageira que não retorna.
40 उफ! यी नै मानिसहरूले मरूभूमिमा परमेश्वरलाई खुब कष्ट दिए! तिनीहरूले परमेश्वरलाई साह्रै खिन्न पारे!
40 Quantas vezes mostraram-se rebeldes contra ele no deserto e o entristeceram na terra solitária!
41 घरि-घरि ती मानिसहरूले परमेश्वरको संयम कति छ भनेर जाँच गरिरहे। तिनीहरूले वास्तवमा इस्राएल का पवित्रलाई दुःख दिए।
41 Repetidas vezes puseram Deus à prova; irritaram o Santo de Israel.
42 ती मानिसहरूले परमेश्वरको शक्तिलाई बिर्से। तिनीहरूलाई उहाँले शत्रुहरूबाट बचाउँनु भएको कुराहरू बिर्से।
42 Não se lembravam da sua mão poderosa, do dia em que os redimiu do opressor,
43 तिनीहरूले मिश्र देशमा परमेश्वरले देखाउनु भएको अलौकिक कार्यहरू भुले अनि उहाँले जीवनमा गर्नु भएको आश्चर्यजनक कामहरू भुले।
43 do dia em que mostrou os seus prodígios no Egito, as suas maravilhas na região de Zoã,
44 परमेश्वरले नदीहरूलाई रगतमा परिणत गराईदिनु भयो। जसले गर्दा मिश्र वासीहरूले पानी पिउन सकेनन्।
44 quando transformou os rios e os riachos dos egípcios em sangue, e não mais conseguiam beber das suas águas,
45 परमेश्वरले फटेङ्ग्राहरू पठाउनु भयो। जसले मिश्रवासीहरूलाई टोके। परमेश्वरले भ्यागुताहरू पठाउनु भयो जसले मिश्रवासीहरूका जीवन नाश गरिदियो।
45 e enviou enxames de moscas que os devoraram, e rãs que os devastaram;
46 परमेश्वरले झूसिल्कीराहरू बालीमा पठाउनु भयो, अनि अन्य उद्भिद्हरूमा सलहहरू पठाउनु भयो।
46 quando entregou as suas plantações às larvas, a produção da terra aos gafanhotos;
47 परमेश्वरले तिनीहरूको अङ्गुरहरू असिनाद्वारा नष्ट गराउनु भयो। अनि हिम वर्षाद्वारा तिनीहरूको राम्रो अङ्गुरको झ्याँङ्गहरू नष्टपार्नु भयो।
47 e destruiu as suas vinhas com a saraiva e as suas figueiras bravas, com a geada;
48 परमेश्वरले बिमार र अस्वस्थताले तिनीहरूको पशुहरू मार्नुभयो।
48 quando entregou o gado deles ao granizo, os seus rebanhos aos raios;
49 परमेश्वरले आफ्नो क्रोध मिश्रवासीहरूलाई देखाउनु भयो। उहाँले आफ्ना ध्वंश गर्ने दूतहरू तिनीहरूको विरूद्ध पठाउनु भयो।
49 quando os atingiu com a sua ira ardente, com furor, indignação e hostilidade, com muitos anjos destruidores.
50 परमेश्वरले आफ्ना क्रोध देखाउने बाटो पाउनु भयो। उहाँले कसैलाई पनि जिउँदो रहन दिनु भएन, डरालाग्दो बिमारको कारणले तिनीहरूलाई मर्न लगाउनु भयो।
50 Abriu caminho para a sua ira; não os poupou da morte, mas os entregou à peste.
51 परमेश्वरले हाम्रो प्रथम जन्मने सन्तानलाई मार्नु भयो। उहाँले हाम्रो पहिले जन्मने सन्तानलाई मार्नभयो।
51 Matou todos os primogênitos do Egito, as primícias do vigor varonil das tendas de Cam.
52 त्यसपछि परमेश्वरले इस्राएललाई भेडावालाले झैं डोर्याउनु भयो। उहाँले तिनीहरूलाई मरूभूमिमा भडा झैं डोर्याउनु भयो।
52 Mas tirou o seu povo como ovelhas e o conduziu como a um rebanho pelo deserto.
53 उहाँले आफ्ना मानिसहरूलाई सुरक्षित ठाउँमा लैजानु भयो। उहाँका मानिसहरू डराउने कुनै कामै थिएन। परमेश्वरले आफ्ना शत्रुहरूलाई लाल समुद्रमा डुबाई दिनुभयो।
53 Ele os guiou em segurança, e não tiveram medo; e os seus inimigos afundaram-se no mar.
54 परमेश्वरले आफ्ना मानिसहरूलाई उहाँकै पवित्र स्थानतिर डोर्याउनु भयो उहाँले आफ्ना मानिसहरूलाई आफ्नो शक्तिले बनाउनु भएको पर्वत तिर डोर्याउँनु भयो।
54 Assim os trouxe à fronteira da sua terra santa, aos montes que a sua mão direita conquistou.
55 परमेश्वरले अन्य जातिहरूलाई त्यो ठाउँ छोडन वाध्य गराउनु भयो। परमेश्वरले प्रत्येक इस्राएली परिवारलाई तिनीहरूकै भूमि अंश दिनुभयो। उहाँले तिनीहरूको परिवार समूहलाई आफ्नो आफ्नै घरमा पुनर्वास गराउनु भयो।
55 Expulsou nações que lá estavam, distribuiu-lhes as terras por herança e deu suas tendas às tribos de Israel para que nelas habitassem.
56 तर तिनीहरूले सर्वशक्तिमान् परमेश्वरलाई जाँचे अनि उहाँको विरोधमा लगातार बिद्रोह गरे। तिनीहरूले उहाँका आज्ञाहरू पालन गरेनन्।
56 Mas eles puseram Deus à prova e foram rebeldes contra o Altíssimo; não obedeceram aos seus testemunhos.
57 इस्राएल का मानिसहरू परमप्रभु परमेश्वरबाट विमुख भई टाढा गए। तिनीहरूका पिता-पुर्खाहरूले जस्तै तिनीहरूले पनि गरे। तिनीहरूले झटारो फ्याँकेजस्तै व्यवहार गरे।
57 Foram desleais e infiéis, como os seus antepassados, confiáveis como um arco defeituoso.
58 इस्राएल का मानिसहरूले अग्ला ठाउँहरू बनाए अनि परमेश्वरलाई रीस उठाए। तिनीहरूले मिथ्या देवताहरूका सालिगहरू बनाए र परमेश्वरलाई ईर्ष्यालु बनाए।
58 Eles o irritaram com os altares idólatras; com os seus ídolos lhe provocaram ciúmes.
59 परमेश्वरले यस्तो सुनेपछि एकदम क्रोधित हुनु भयो। अनि उहाँले इस्राएल लाई पूर्णत रद्द गर्नुभयो।
59 Sabendo-o Deus, enfureceu-se e rejeitou totalmente a Israel;
60 उहाँले शीलोमा भएको पवित्र पाललाई त्यागी दिनुभयो। परमेश्वर मानिसहरू माझ पालमा बस्नु भयो।
60 abandonou o tabernáculo de Siló, a tenda onde habitava entre os homens.
61 परमेश्वरले आफ्नो मानिसहरूलाई अरू जातिद्वारा पक्राउनु भयो। शत्रुहरूले उहाँको “सुन्दर रत्न” लगे।
61 Entregou o símbolo do seu poder ao cativeiro, e o seu esplendor, nas mãos do adversário.
62 परमेश्वरले आफ्ना मानिसहरूलाई क्रोध देखाउनु भयो। उहाँले युद्धमा तिनीहरूलाई मर्न छाडी दिनुभयो।
62 Deixou que o seu povo fosse morto à espada, pois enfureceu-se com a sua herança.
63 जवान पुरूषहरू जलेर मरे, अनि केटीहरूले विवाहको गीत गाउन पाएनन्।
63 O fogo consumiu os seus jovens, e as suas moças não tiveram canções de núpcias;
64 पूजाहारीहरू मारिदिए, तर विधवाहरू तिनीहरूका निम्ति रोएनन्।
64 os sacerdotes foram mortos à espada! As viúvas já nem podiam chorar!
65 अन्तमा, निंन्द्रामा हिंडीरहने मानिस जस्तै, धेरै मद पिएको सिपाही जस्तै हाम्रो स्वामी ब्यूँझनु भयो।
65 Então o Senhor despertou como que de um sono, como um guerreiro exaltado pelo vinho.
66 परमेश्वरले आफ्ना शत्रुहरूलाई परास्त गरेर पछि हटाउनु भयो। उहाँले शत्रुहरूलाई हराएर सदाको निम्ति अपमानित गर्नुभयो।
66 Fez retroceder a golpes os seus adversários e os entregou a permanente humilhação.
67 तर परमेश्वरले यूसुफको परिवारलाई रद्ध गर्नुभयो। उहाँले एप्रैमको परिवारलाई पनि ग्रहण गर्नु भएन।
67 Também rejeitou as tendas de José, e não escolheu a tribo de Efraim;
68 अहँ, परमेश्वरले यहूदाको परिवारलाई चुन्नु भयो। परमेश्वरले सियोन, उहाँले प्रेम गरेको पर्वत चुन्नु भयो।
68 ao contrário, escolheu a tribo de Judá e o monte Sião, o qual amou.
69 परमेश्वरले त्यो उच्च पर्वतमा आफ्नो मन्दिर बनाउनु भयो। परमेश्वरले आफ्नो पवित्र मन्दिर पृथ्वी झैं सदा सर्वदाको निम्ति बनाउनु भयो।
69 Construiu o seu santuário como as alturas; como a terra o firmou para sempre.
70 परमेश्वरले दाऊदलाई आफ्नो खास दासको रूपमा छान्नु भयो। दाऊदले भेंडागोठ सम्हाली रहेका थिए, तर परमेश्वरले उनलाई त्यस कामबाट टाढो लैजानु भयो।
70 Escolheu o seu servo Davi e o tirou do aprisco das ovelhas,
71 दाऊदले भेंडालाई हेरचाह गरिरहेका थिए, तर परमेश्वरले दाऊदलाई उहाँका आफ्ना मानिसहरूलाई हेरचाह गर्ने काम सुम्पनु भयो। याकूबका मानिसहरूलाई हेरचाह गर्ने, इस्राएल का मानिसहरूलाई हेरचाह गर्ने, परमेश्वरको सम्पत्ति हेरचाह गर्ने काम सुम्पनु भयो।
71 do pastoreio de ovelhas para ser o pastor de Jacó, seu povo, de Israel, sua herança.
72 दाऊदले आफ्नो शुद्ध हृदयले तिनीहरूलाई डोर्याए। खुब सतर्कपूर्ण अगुवाई गरे।
72 E de coração íntegro Davi os pastoreou, com mãos experientes os conduziu.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Salmos 78, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.