Salmos 76

Nepali Bible (GL_NEPALI) vs NAA

Sair da comparação
NAA Nova Almeida Atualizada 2017
1 यहूदामा भएका मानिसहरूले परमेश्वरलाई चिन्छन्। इस्राएल का मानिसहरूले परमेश्वरको नाउँको आदर गर्दछन्।
1 Deus é conhecido em Judá; grande é o seu nome em Israel.
2 शालेममा परमेश्वरको मन्दिर छ। परमेश्वरको भर सियोन पर्वतमा छ।
2 Em Salém está o seu tabernáculo, e, em Sião, a sua morada.
3 त्यस ठाउँमा , परमेश्वरले धनु र काँडहरू ढाल, तरवार र अन्य युद्धका हतियारहरू छिन्न-भिन्न पार्नुभयो।
3 Ali, despedaçou ele as flechas, o escudo, a espada e a batalha.
4 हे परमेश्वर! जब तपाईं पहाडहरूबाट फर्केदै हुनुहुन्छ जहाँ तपाईंले आफ्नो शत्रुहरूलाई मार्नु भयो, तपाईं गौरवमय देखिनु हुन्छ।
4 Tu és ilustre e mais glorioso do que os montes eternos.
5 ती सिपाहीहरूले आफू बलियो भएको सोचे। तर अहिले तिनीहरू भुइँमा मृत रूपमा लडिरहेकाछन्। तिनीहरूको शरीर लुटिएर लडिरहेको छ। ती बलिया सिपाहीहरूले आफू स्वयंलाई नै बचाउने योग्यका हुन सकेनन्।
5 Os corajosos foram despojados; jazem a dormir o seu sono, e nenhum dos valentes pode valer-se das próprias mãos.
6 जब याकूबका परमेश्वरले ती सिपाहीहरूलाई गाली गर्नुभयो, घोडसवारहरू र घोडाहरू मरे।
6 Ante a tua repreensão, ó Deus de Jacó, carros de guerra e cavalos foram lançados num sono profundo.
7 हे परमेश्वर, तपाईं विस्मयकारी हुनुहुन्छ! जब तपाईं क्रोधित हुनुहुन्छ तब कोही पनि तपाईंको विरूद्ध उभिन सक्दैन।
7 Tu, sim, tu és terrível; se estás irado, quem pode permanecer na tua presença?
8 परमप्रभु न्यायकर्ता जस्तो उभिनु भयो अनि आफ्नो निर्णय घोषणा गर्नुभयो, परमेश्वरले यस धर्तीका विनम्र मानिसहरूलाई बचाउँनु भयो।
8 Desde os céus fizeste ouvir o teu juízo; a terra tremeu e se aquietou,
9 स्वर्गबाट उहाँले निर्णय दिनुभयो, सम्पूर्ण पृथ्वीमा निस्तब्ध र भयभीत भए।
9 quando Deus se levantou para julgar e salvar todos os humildes da terra.
10 हे परमेश्वर, जब तपाईंले दुष्ट मानिसहरूलाई सजाय दिनुहुन्छ तपाईंलाई मानिसहरूले सम्मान गर्दछन्। तपाईंले आफ्नो क्रोध देखाउनु हुन्छ, अनि जीवित् रहनेहरू बलिया हुन्छन्।
10 Pois até a ira humana há de louvar-te; e da ira restante te cingirás.
11 हे मानिसहरू, तिमीहरूले परमप्रभु परमेश्वर प्रति वचन दिएका थियौ। अब उहाँप्रति ती वचनहरू पूरा गर। प्रत्येक ठाउँमा मानिसहरू परमेश्वरसित डराउँछन् र आदर गर्छन्। तपाईंले तिनीहरूलाई भेटीहरू ल्याउन दिनुहोस्।
11 Façam votos ao Senhor , seu Deus, e tratem de cumpri-los; todos os que o rodeiam tragam presentes àquele que deve ser temido.
12 परमेश्वरले महान् शासकहरूलाई पराजित गर्नु हुन्छ। पृथ्वीका सबै राजाहरू उहाँसित डराउँछन्।
12 Ele acaba com o orgulho dos príncipes; ele é tremendo para os reis da terra.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Salmos 76, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.