Salmos 50

Nepali Bible (GL_NEPALI) vs ARA

Sair da comparação
ARA Almeida Revista e Atualizada 1993
1 परमप्रभु, देवताहरूका पनि परमेश्वर बोल्नु भयो। सूर्योदयदेखि र सूर्यास्तसम्म उहाँले सबैलाई पृथ्वीमा बोलाउनु भयो।
1 Fala o Poderoso, o Senhor Deus, e chama a terra desde o Levante até ao Poente.
2 सियोनबाट चम्किरहने परमेश्वर परम सुन्दर हुनुहुन्छ।
2 Desde Sião, excelência de formosura, resplandece Deus.
3 हाम्रो परमेश्वर आउनु हुँदैछ। अनि उहाँ चुपचाप बस्नु हुने छैन। उहाँको अघि आगो बल्छ। उहाँको वरिपरि ठूलो आँधी छ।
3 Vem o nosso Deus e não guarda silêncio; perante ele arde um fogo devorador, ao seu redor esbraveja grande tormenta.
4 जब हाम्रो परमेश्वरले मानिसहरूको न्याय गर्नु हुन्छ उहाँले पृथ्वी र आकाशलाई साक्षीको रूपमा बोलाउनु हुनेछ।
4 Intima os céus lá em cima e a terra, para julgar o seu povo.
5 परमेश्वर भन्नुहुन्छ, “मेरा शिष्यहरू मेरो वरिपरि भेला हुन आऊ मेरा भक्तजनहरू र हामी एकाअर्कासित सम्झौता गरौं।”
5 Congregai os meus santos, os que comigo fizeram aliança por meio de sacrifícios.
6 परमेश्वर न्यायी हुनुहुन्छ र आकाशले उहाँको धार्मिकता प्रकट गर्नेछ।
6 Os céus anunciam a sua justiça, porque é o próprio Deus que julga.
7 परमेश्वर भन्नुहुन्छ, “हे मेरो भक्तजनहरू, ध्यान दिएर मेरो कुरा सुन! इस्राएल का मानिसहरू हो, म तिमीहरूलाई तिमीहरूकै विरूद्धमा साक्षी प्रकट गर्ने छु म परमेश्वर हुँ, तिमीहरूकै परमेश्वर।
7 Escuta, povo meu, e eu falarei; ó Israel, e eu testemunharei contra ti. Eu sou Deus, o teu Deus.
8 मैले तिमीहरूले चढाएका बलिहरूका विषय मैले गुनासो गरिरहेको छैन। तिमी इस्राएल का मानिसहरूले सधैं नै होमबलिहरू चढायौं। प्रत्येक दिन ती बलिहरू मलाई चढायौं।
8 Não te repreendo pelos teus sacrifícios, nem pelos teus holocaustos continuamente perante mim.
9 म तिम्रो घरबाट साँढेहरू लिने छैन म तिमीहरूको गोठहरूबाट बाख्राहरू लिने छैन।
9 De tua casa não aceitarei novilhos, nem bodes, dos teus apriscos.
10 मलाई ती पशुहरूको आवश्यकता छैन। मसँग पहिल्यैबाट जंङ्गलमा पशुहरू छन्। हजारौं पर्वतहरूमा त्यस्ता पशुहरू मेरो आफ्नै छन्।
10 Pois são meus todos os animais do bosque e as alimárias aos milhares sobre as montanhas.
11 उच्च पर्वतहरूमा भएका सबै चरा-चुरूङ्गीहरू म जान्दछु। प्रत्येक जल-प्राणी र जति पहाडहरूमा छन् ती सबै मेरै हुन्।
11 Conheço todas as aves dos montes, e são meus todos os animais que pululam no campo.
12 म भोको छैन। तर यदि म भोको हुँदो हुँ ता पनि म तिमीहरूलाई खाना माग्ने छैन। पहिल्यैबाटै यो संसार र यसका प्रत्येक चीजहरू मेरो आफ्नै हुन्।
12 Se eu tivesse fome, não to diria, pois o mundo é meu e quanto nele se contém.
13 म साँढहरूको मासु र बाख्राहरूका दूध खान्न।”
13 Acaso, como eu carne de touros? Ou bebo sangue de cabritos?
14 यसैले अरूहरूसँग बाँडचुँड गरे पछिको धन्यवादको अर्पणहरू लिएर मसित हुनलाई आऊ। तिमीहरूले उच्चतम परमेश्वरलाई वचनहरू दिएका छौ, यसैले ती वचनहरू पूरा गर।
14 Oferece a Deus sacrifício de ações de graças e cumpre os teus votos para com o Altíssimo;
15 परमप्रभु भन्नुहुन्छ, “तिमीहरूलाई दुःख परेको बेला मलाई पुकारा गर म सहयोग गर्नेछु। अनि त्यसपछि तिमीहरूले मलाई सम्मान गर्न सक्छौ।”
15 invoca-me no dia da angústia; eu te livrarei, e tu me glorificarás.
16 परमेश्वरले दुष्ट मानिसहरूलाई भन्नुहुन्छ, “तिमीहरूले मेरो नियमहरूको बारेमा कुरा गर्छौ। तिमीहरूले मेरो करारको बारेमा कुरा गर्यौ।
16 Mas ao ímpio diz Deus: De que te serve repetires os meus preceitos e teres nos lábios a minha aliança,
17 यसकारण यसलाई किन उपेक्षा गर्छौ जब कि म तिमीहरूलाई सुधार्न खोज्छु? किन मैले भनेका कुराहरू अस्वीकार गर्दछौ?
17 uma vez que aborreces a disciplina e rejeitas as minhas palavras?
18 तिमीहरूले चोरलाई भेट्छौ र त्यो सित मिल्न दौडन्छौ। तिमीहरू व्यभिचारीहरूसँग सुत्छौ।
18 Se vês um ladrão, tu te comprazes nele e aos adúlteros te associas.
19 तिमीहरूले अनुचित र झूटो कुराहरू गर्छौ।
19 Soltas a boca para o mal, e a tua língua trama enganos.
20 तिमीहरूले लगातार आफ्ना दाज्यु भाईहरूको विषयमा आलोचना गर्छौ अनि दोष लगाईरहेका छौ।
20 Sentas-te para falar contra teu irmão e difamas o filho de tua mãe.
21 यद्यपि तिमीहरूले त्यस्ता अनुचित कुराहरू गरे पनि म चुपचाप बसें, यसैले तिमीहरुले सोच्यौ कि म पनि तिमीहरू जस्तै हुँ। हेर धेरै बेर म चुपचाप बस्ने छैन! म स्पष्ट गर्न चाहन्छु र तिमीहरूकै सम्मुखमा दोष लाउनेछु।
21 Tens feito estas coisas, e eu me calei; pensavas que eu era teu igual; mas eu te arguirei e porei tudo à tua vista.
22 तिमीहरूले परमेश्वरलाई भुलेर गयौ, यो मैले तिमीहरूलाई टुक्रा-टुक्रा पार्नु भन्दा अघि नै बुझ्ने चेष्टा गर। यदि त्यस्तो भयो भने कसैले पनि तिमीहरूलाई बचाउँन सक्ने छैन!
22 Considerai, pois, nisto, vós que vos esqueceis de Deus, para que não vos despedace, sem haver quem vos livre.
23 यदि कसैले धन्यवाद अर्पण दिन्छ भने, उसले मलाई श्रद्धा देखाउँछ, तर त्यो जसले सही जीवन विताउन चाहन्छ म उसलाई मेरो मुक्तिको शक्ति देखाउने छु।”
23 O que me oferece sacrifício de ações de graças, esse me glorificará; e ao que prepara o seu caminho, dar-lhe-ei que veja a salvação de Deus.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Salmos 50, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.