Salmos 31

Nepali Bible (GL_NEPALI) vs NVT

Sair da comparação
NVT Nova Versão Transformadora
1 हे परमप्रभु, म तपाईंमाथि आश्रित हुन्छु मलाई निराश नपार्नुहोस्। मप्रति कृपालु हुनुहोस् र मेरो रक्षा गर्नुहोस्।
1 Em ti, S enhor , me refugio; não permitas que eu seja envergonhado. Salva-me por causa da tua justiça;
2 हे परमेश्वर, मप्रति ध्यान दिनुहोस्। चाँडै आउनु होस् अनि मलाई बचाउनु होस्। मेरो चट्टान हुनुहोस्। मेरो सुरक्षाको ठाउँ भइदिनु होस्। मेरो किल्ला बनिनुहोस् मेरो रक्षा गर्नुहोस्।
2 inclina o teu ouvido para me escutar e livra-me depressa. Que tu sejas para mim rocha de proteção, fortaleza onde estarei seguro.
3 हे परमेश्वर, तपाईं मेरो रक्षक हुनुहुन्छ अनि तपाईं मेरो किल्ला हुनुहुन्छ। यसर्थ, तपाईंको सुरक्षाको निम्ति मेरो अगुवाइ गर्नुहोस् र मलाई निर्देश गर्नुहोस्।
3 És minha rocha e minha fortaleza; por causa do teu nome, guia-me e conduze-me.
4 मेरा शत्रुहरूले मेरै समक्ष पासो थापे। मलाई तिनीहरूको पासोबाट बचाउँनु होस्। तपाईं मेरो सुरक्षाको स्थान हुनुहुन्छ।
4 Tira-me da armadilha que me prepararam, pois só em ti encontro proteção.
5 हे परमप्रभु, तपाईं परमेश्वर हुनुहुन्छ, जसमाथि हामी भरोसा गर्न सक्छौं। मैले आफ्नो जीवन तपाईंको हातमा राखिदिएँ, मलाई बचाउनु होस्!
5 Em tuas mãos entrego meu espírito; resgata-me, S
6 म ती झूटा देवताहरू मान्नेहरूलाई घृणा गर्छु। म परमप्रभुमा मात्र भरोसा गर्छु।
6 Detesto os que adoram ídolos inúteis; eu, porém, confio no S
7 हे परमेश्वर, तपाईंको विश्वासपूर्ण प्रेमको आनन्दमा म खुशी हुनेछु अनि नाच्नेछु। तपाईंले मेरो पीरहरू देख्नु भएको छ। मलाई भएका दुःख कष्टहरू तपाईं जान्नुहुन्छ।
7 Exultarei e me alegrarei em teu amor, pois viste minha aflição e te importas com minha angústia.
8 तपाईंले मेरा शत्रुहरूलाई मलाई लिएर जानु दिनु भएन। तपाईंले तिनीहरूको पासोबाट मलाई बचाउनु भयो।
8 Não me entregaste a meus inimigos, mas me puseste em lugar seguro.
9 हे परमप्रभु, मसँग कैयौं दुःख-कष्टहरू छन् यसैले मप्रति कृपा-दृष्टि राख्नुहोस्। यसैले म यति साह्रो उदास छु मेरा आँखाहरू बिझाउँदैछन्। मेरो घोक्रो र भूँडीहरू दुखिरहेछन्।
9 Tem misericórdia de mim, S enhor , pois estou angustiado; lágrimas me embaçam os olhos, e meu corpo e minha alma definham.
10 मेरो जीवन उदासीनतामा समाप्त भइरहेछ। मेरो उमेर नैराश्यमा बितिरहेछ। मेरा संकटहरूले मेरो शक्ति नाश गर्दै लाँदैछ। मेरो शक्तिले मलाई छोड्दै गइरहेछ।
10 A tristeza me consome, e meus dias se encurtam com gemidos. Minha força se esvai por causa do pecado, e meus ossos se desgastam.
11 मेरा शत्रुहरूले मलाई हेला गर्छन्। अनि मेरा सम्पूर्ण छिमेकीहरूले पनि हेला गर्छन्। सबै मेरा आफन्तहरूले मलाई गल्लीमा देखेका छन्। तिनीहरू मसँग डराउँछन् जब गल्लीमा मलाई तिनीहरूले देख्छन्, तिनीहरू मलाई नदेखे झैं भान गर्छन्।
11 Todos os meus inimigos zombam de mim, e meus vizinhos me desprezam; até meus amigos têm medo de se aproximar. Quando me veem na rua, correm para o outro lado.
12 मानिसहरूले आफ्नो हराएको औजार जस्तै पूर्ण प्रकारले मलाई बिर्सिकाछन्।
12 Não se lembram de mim, como se eu estivesse morto, como se fosse um jarro quebrado.
13 मेरो विषयमा मानिसहरूले भनेका डरलाग्दा कुराहरू म सुन्छु। तिनीहरू मेरा विरोधीहरू भए। तिनीहरूले मलाई मार्ने योजना गरे।
13 Ouço muitos boatos a meu respeito, e o terror me cerca. Conspiram contra mim, tramam tirar minha vida.
14 तर हे परमप्रभु, म तपाईंमाथि भरोसा गर्छु। तपाईं नै मेरो परमेश्वर हुनुहुन्छ।
14 Eu, porém, confio em ti, S enhor , e digo: “Tu és meu Deus!”.
15 मेरो जीवन तपाईंको हातमा छ, मलाई मेरो शत्रुहरूदेखि बचाउनुहोस्। कतिपय मानिसहरूले मलाई खेदिरहेका छन्। मलाई तिनीहरूबाट बचाउनुहोस्।
15 Meu futuro está em tuas mãos; livra-me dos que me perseguem sem cessar.
16 कृपया स्वागत जनाएर तपाईंको दासलाई ग्रहण गर्नुहोस्। ममाथि कृपादृष्टि परोस् र मलाई बचाउनु होस्!
16 Que a luz do teu rosto brilhe sobre teu servo; salva-me por causa do teu amor.
17 हे परमप्रभु, मैले तपाईंलाई प्रार्थना गरें। यसर्थ म असन्तुष्ट हुँदिन। दुष्ट मानिसहरू असन्तुष्ट हुनेछन्।तिनीहरू निस्तब्ध चिहानभित्र जानेछन्।
17 Não permitas que eu seja envergonhado, S enhor , pois clamo a ti. Que os perversos sejam envergonhados, que fiquem calados na sepultura.
18 ती दुष्टहरू अंहकार गर्छन् अनि राम्रा मानिसहरूको विषयमा झूटा कुरा गर्छन्। ती दुष्टहरू घमण्डी छन्, तिनीहरूको झूटो बोल्ने ओंठहरू मौन हुनेछन्।
18 Silencia seus lábios mentirosos, lábios orgulhosos e arrogantes que acusam os justos.
19 हे परमेश्वर! तपाईंले धेरै आश्चर्य-जनक कुराहरू आफ्ना भक्तजनहरूको निम्ति लुकाउनु भएको छ। तपाईंले असल कुराहरू प्रत्येक मानिसहरूलाई गर्नु हुन्छ जसले तपाईंलाई विश्वास गर्छन्।
19 Grande é a bondade que reservaste para os que te temem! Tu a concedes aos que em ti se refugiam e os abençoas à vista de todos.
20 धर्मी मानिसहरूलाई कष्ट दिनलाई दुष्टहरू एक जुट हुन्छन्। ती दुष्टहरू लडाइँ गर्न तैयार हुन्छन्। तर तपाईंले ती मानिसहरूलाई लुकाउनु हुन्छ र तिनीहरूको रक्षा गर्नु हुन्छ। तपाईंले तिनीहरूलाई आफ्नो छत्रछाँयामा जोगाउनु हुन्छ।
20 Tu os escondes em tua presença, a salvo de todos que contra eles conspiram. Tu os proteges num abrigo, longe das línguas acusadoras.
21 परमप्रभुको जय होस्! जब सम्पूर्ण शहरलाई शत्रुहरूले घेरेका थिए आफ्नो स्नेहपूर्ण करूणा अद्भूत प्रकारले मलाई देखाउनु भयो।
21 Louvado seja o S enhor , pois ele me mostrou as maravilhas de seu amor; manteve-me a salvo numa cidade cercada de inimigos.
22 म भयभीत थिएँ अनि मैले भने, “म यस्तो ठाउँमा छु जहाँ परमेश्वरले मलाई देख्न सक्नु हुन्न। तर मैले तपाईंलाई प्रार्थना गरें, परमेश्वर अनि तपाईंले मेरो प्रार्थना सहायताका लागि सुन्नु भयो।”
22 Apavorado, clamei: “Estou separado de tua presença!”. Mas ele ouviu a minha súplica por misericórdia e respondeu ao meu clamor por socorro.
23 हे परमेश्वरका भक्तजनहरू, तिमीहरूले परमप्रभुलाई प्रेम गर्नु पर्छ! परमप्रभुले तिनीहरूलाई रक्षा गर्नुहुन्छ जो उहाँप्रति विश्वासी छन्। तर परमप्रभुले तिनीहरूलाई दण्ड दिनुहुन्छ जसले आफ्नो बलको अहंकार गर्छन्। उहाँले तिनीहरूलाई दण्ड दिनुहुन्छ जो त्यसको लायक छन्।
23 Amem o S enhor , todos vocês que lhe são fiéis, pois o S mas castiga severamente o arrogante.
24 बलियो र वीर होऊ, तिमीहरू सबै जो परमप्रभुको सहयोग पर्खिरहेका छौ।
24 Portanto, sejam fortes e corajosos, todos vocês que põem sua esperança no S

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Salmos 31, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.