Salmos 22

Nepali Bible (GL_NEPALI) vs NVI

Sair da comparação
NVI Nova Versão Internacional
1 हे मेरो परमेश्वर, हे मेरो परमेश्वर! किन मलाई छाडनुभयो? मलाई बचाउन तपाईं किन यति टाढा हुनुहुन्छ! तपाईं मेरो विलौना, गुहार सुन्नलाई कति टाढा हुनुहुन्छ!
1 Meu Deus! Meu Deus! Por que me abandonaste? Por que estás tão longe de salvar-me, tão longe dos meus gritos de angústia?
2 हे मेरो परमेश्वर, मैले तपाईंलाई दिउँसो बोलाएँ तर तपाईंले मलाई उत्तर दिनु भएन अनि मैले निरन्तर तपाईंलाई रातभरि बोलाएँ।
2 Meu Deus! Eu clamo de dia, mas não respondes; de noite, e não recebo alívio!
3 हे परमेश्वर तपाईं मात्र पवित्र हुनुहुन्छ तपाईं राजा जस्तो बस्नुहुन्छ। इस्राएल का प्रशंसाहरू तपाईंको सिंहासन हो।
3 Tu, porém, és o Santo, és rei, és o louvor de Israel.
4 हाम्रा पिता-पुर्खाहरूले तपाईंमाथि भरोसा गरे हो तिनीहरूले तपाईंमाथि भरोसा गरे, अनि तपाईंले तिनीहरूलाई बचाउनु भयो।
4 Em ti os nossos antepassados puseram a sua confiança; confiaram, e os livraste.
5 हे परमेश्वर, हाम्रा पिता-पुर्खाहरूले तपाईंलाई गुहार मागे अनि तिनीहरू आफ्ना शत्रुहरूबाट जोगिए। तिनीहरूले तपाईंमाथि भरोसा राखे अनि तिनीहरू निराश भएनन्!
5 Clamaram a ti, e foram libertos; em ti confiaram, e não se decepcionaram.
6 यसकारण के म कीरा हुँ मानिस होइन? मानिसहरू मबाट लज्जित छन्। तिनीहरूले मलाई निन्दा गर्छन्।
6 Mas eu sou verme, e não homem, motivo de zombaria e objeto de desprezo do povo.
7 प्रत्येक जसले मलाई हेर्छ मेरो खिसी गर्छ। उसले आफ्नो टाउको हल्लाउँछ र मलाई जिब्रो देखाउँछ।
7 Caçoam de mim todos os que me vêem; balançando a cabeça, lançam insultos contra mim, dizendo:
8 तिनीहरूले मलाई भन्दछन् “परमप्रभुलाई गुहारको लागि बोलाऊ, हुन सक्छ तिमीलाई बचाउलान। यदि उनले तिमीलाई सँच्ची नै मन पराउँदछन् भने निःसन्देह उनले तिमीलाई रक्षा गर्ने नै छन्!”
8 "Recorra ao Senhor! Que o Senhor o liberte! Que ele o livre, já que lhe quer bem! "
9 हे परमेश्वर, सत्य हो भनि तपाईं मात्र एकजना हुनुहुन्छ जसमाथि म आश्रित हुन्छु। तपाईंले म जन्मेको दिनदेखि नै मेरो खुबै हेरचाह गर्नु भएकोछ। जब म दूध चुस्ने बालकै थिएँ तपाईंले मलाई आश्वसन र सान्त्वना दिनुभयो।
9 Contudo, tu mesmo me tiraste do ventre; deste-me segurança junto ao seio de minha mãe.
10 तपाईं मेरो जन्म काल देखि नै परमेश्वर हुनुभएको छ। म आमाको गर्भबाट निस्कने बित्तिकै तपाईंको हेरचाहमा राखिएको थिएँ।
10 Desde que nasci fui entregue a ti; desde o ventre materno és o meu Deus.
11 यसैले हे परमेश्वर, मलाई नछाड्नु होस्! सङ्कष्ट नजिक छ। त्यहाँ मलाई साथ दिने कोही पनि छैनन्।
11 Não fiques distante de mim, pois a angústia está perto e não há ninguém que me socorra.
12 मानिसहरू मेरो चारैतिर छन्। तिनीहरू बलिया साँढेहरू जस्ता छन् जसले मलाई घेरेर राखेको छ।
12 Muitos touros me cercam, sim, rodeiam-me os poderosos de Basã.
13 तिनीहरूले मलाई गर्जंदै शिकार निल्ने सिंहले जस्तै आक्रमण गरिरहेका छन्।
13 Como leão voraz rugindo escancaram a boca contra mim.
14 मेरो शक्ति क्षीण भएको छ जसरी जमीनमा पानी पोखिन्छन्। मेरा जम्मै हाडहरू अलग भइसकेको छन्। मेरो आँट हराई सक्यो!
14 Como água me derramei, e todos os meus ossos estão desconjuntados. Meu coração se tornou como cera; derreteu-se no meu íntimo.
15 मेरो मुख फुटेको माटोको भाँडो जस्तै सूक्खा छ। मेरो जिब्रोमाथि तालुमा टाँसिदै छ। तपाईंले मलाई मृत्युको धूलोमा फ्याँक्नु भएकोछ।
15 Meu vigor secou-se como um caco de barro, e a minha língua gruda no céu da boca; deixaste-me no pó, à beira da morte.
16 दुष्ट मानिसहरू “कुकुरहरू” झैं हुन्, जो मेरो चारैतिर छन्। तिनीहरूले मलाई पासोमा पारे। तिनीहरूले मेरा खुट्टा र हातहरू सिहंजस्तै नै चिथोरेका छन्।
16 Cães me rodearam! Um bando de homens maus me cercou! Perfuraram minhas mãos e meus pés.
17 म मेरो हाडहरू देख्न सक्छु अनि मानिसहरूले मलाई चियो गरिरहेका छन्! तिनीहरूले मलाई हेरिरहेका छन्!
17 Posso contar todos os meus ossos, mas eles me encaram com desprezo.
18 ती मानिसहरूले मेरो लुगाहरू बाँडिरहेका छन्। तिनीहरूले मेरो पोशाकहरूको निम्ति चिठ्ठा उडाइरहेका छन्।
18 Dividiram as minhas roupas entre si, e tiraram sortes pelas minhas vestes.
19 हे परमप्रभु, मलाई छोडी नजानुहोस्! तपाईं मेरो बल हुनुहुन्छ। मेरो सहायताको निम्ति आइहाल्नुहोस्।
19 Tu, porém, Senhor, não fiques distante! Ó minha força, vem logo em meu socorro!
20 हे परमप्रभु, मेरो प्राण तरवारबाट बचाउँनुहोस्। मेरो बहुमूल्य प्राण ती कुकुरहरूबाट जोगाई दिनुहोस्।
20 Livra-me da espada, livra a minha vida do ataque dos cães.
21 सिंहको मुखदेखि मेरो रक्षा गर्नुहोस्। साँढेहरूका सींगहरूबाट मेरो रक्षा गर्नुहोस्।
21 Salva-me da boca dos leões, e dos chifres dos bois selvagens. E tu me respondeste.
22 हे परमप्रभु, म तपाईंको विषयमा मेरा दाज्यू-भाइहरूलाई भन्नेछु। महासभामा म तपाईंको प्रशंसा गाउनें छु।
22 Proclamarei o teu nome a meus irmãos; na assembléia te louvarei.
23 सम्पूर्ण मानिसहरू ज-जसले उहाँको प्रशंसा गर्दछन् परमप्रभुको प्रशंसा गर। हे इस्राएल का सन्तान हो, परमप्रभुलाई सम्मान देखाऊ। हे, इस्राएल का मानिसहरू! परमप्रभुको डर मान र सम्मान गर।
23 Louvem-no, vocês que temem o Senhor! Glorifiquem-no, todos vocês, descendentes de Jacó! Tremam diante dele, todos vocês, descendentes de Israel!
24 किन? किनभने परमप्रभुले सङ्कटहरूमा परेका सबै दीनहीन मानिसहरूलाई सहयोग गर्नुहुन्छ। परमप्रभु तिनीहरूदेखि लज्जित हुनुहुन्न। यदि मानिसहरूले परमप्रभुलाई गुहार मागे उहाँ आफैं तिनीहरूदेखि लुक्नु हुन्न।
24 Pois não menosprezou nem repudiou o sofrimento do aflito; não escondeu dele o rosto, mas ouviu o seu grito de socorro.
25 हे परमप्रभु, तपाईंले जे गर्नु भएकोछ त्यसको निम्ति म तपाईंको प्रशंसा महासभामा गर्छु। ती सम्पूर्ण भक्तजनहरूको सम्मुख मैले सबै जुन दिन्छु भनेर वचन दिएको थिएँ बलिहरू अर्पण गर्नेछु।
25 De ti vem o tema do meu louvor na grande assembléia; na presença dos que te temem cumprirei os meus votos.
26 नम्र मानिसहरू, आऊ, खाऊ र सुन्तष्ट हौ! तिमीहरू जो परमप्रभुलाई खोज्दै आएका छौ उहाँको प्रशंसा गर! तिमीहरूका हृदयहरू सधैंको निम्ति खुशी रहोस्।
26 Os pobres comerão até ficarem satisfeitos; aqueles que buscam o Senhor o louvarão! Que vocês tenham vida longa!
27 टाढा-टाढा भएका जातिका मानिसहरूले परमप्रभुलाई सम्झून् र उहाँतिर फर्केर आऊन्! विदेशीहरूका परिवारहरूले पनि, उहाँ अघि दण्डवत् गरून् र उहाँको पूजा गरून्।
27 Todos os confins da terra se lembrarão e se voltarão para o Senhor, e todas as famílias das nações se prostrarão diante dele,
28 किन? किनभने परमप्रभु नै राजा हुनुहुन्छ। उहाँले सबै जातिहरू माथि शासन गर्नुहुन्छ।
28 pois do Senhor é o reino; ele governa as nações.
29 बलिया, स्वस्थ्य मानिसहरूले खाइसके पछि परमेश्वरको सम्मुख शिर निहुराएर ढोग गर्दछन्। वास्तवमा, सबै मानिसहरू मर्नेछ अनि जो मरिसकेका छन्, तिनीहरूले परमेश्वर सम्मुख शिर निहुराएर ढोग्दछन्!
29 Todos os ricos da terra se banquetearão e o adorarão; haverão de ajoelhar-se diante dele todos os que descem ao pó, cuja vida se esvai.
30 अनि भविष्यमा हाम्रा सन्तानहरूले परमप्रभुको सेवा गर्नेछन्। मानिसहरूले सदा सर्वदा उहाँको विषयमा भन्ने छन्।
30 A posteridade o servirá; gerações futuras ouvirão falar do Senhor,
31 प्रत्येक मानिसहरुले आफ्ना भावी सन्तान र केटा-केटीहरूलाई परमेश्वरले गर्नु भएको राम्रा कुराहरूको विषयमा भन्नेछन्।
31 e a um povo que ainda não nasceu proclamarão seus feitos de justiça, pois ele agiu poderosamente.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Salmos 22, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.