Salmos 106
Nepali Bible (GL_NEPALI) vs NAA
1 परमप्रभुको प्रशंसा गर! परमप्रभुलाई धन्यवाद चढाओ किनभने उहाँ असल हुनुहुन्छ। परमेश्वरको प्रेम अनन्त छ!
1 Aleluia! Deem graças ao porque ele é bom, porque a sua misericórdia dura para sempre.
2 कुनै मानिसले पनि उहाँ कति महान् हुनुहुन्छ, भनेर वर्णन गर्न सक्दैन्। कसैले पनि परमप्रभु पराक्रमको घोषणा गर्न सक्दैन्।
2 Quem saberá contar os poderosos feitos do ou anunciar todo o seu louvor?
3 मानिसहरू जसले परमेश्वरको आज्ञाहरू पालन गर्दछन् उनीहरू धन्य हुन्छन्। ती मानिसहरूले सँधैभरि असल कामहरू गर्दछन्।
3 Bem-aventurados os que guardam a retidão e os que praticam a justiça em todo tempo.
4 हे परमप्रभु, याद गर्नुहोस् जब तपाईं आफ्ना मानिसहरूको लागि कृपालु हुनुहुन्छ मलाई पनि बचाउनु पर्छ भन्ने संम्झनु होस्।
4 Lembra-te de mim, Senhor , segundo a tua bondade para com o teu povo; visita-me com a tua salvação,
5 हे परमप्रभु, मलाई राम्रो कुराहरूमा सहभागी हुन दिनुहोस् जुन तपाईंले आफ्ना रोजेको मानिसहरूको निम्ति गर्नुभयो। मलाई तपाईंका मानिसहरूसित प्रफुलित हुन दिनुहोस्। मलाई तपाईंका मानिसहरूसँग गुण-गान गर्न दिनुहोस्।
5 para que eu veja a prosperidade dos teus escolhidos, e me alegre com a alegria do teu povo, e me glorie com a tua herança.
6 हामीले त्यस्तै पाप गर्यौं जस्तो हाम्रा पुर्खाहरूले गरेका थिए। हामी अन्ययोलमा थियौं, हामीले अधर्म कामहरू गर्यौं!
6 Pecamos, como os nossos pais; cometemos iniquidade, procedemos mal.
7 हे परमप्रभु, तपाईंले गर्नु भएका आश्चर्यकामहरूबाट मिश्रमा हाम्रो पुर्खाहरूले केही पनि सिकेनन्। त्यहाँ लाल समुद्र द्वारा, हाम्रा पुर्खाहरू तपाईंका विरूद्ध उपस्थित भए।
7 Nossos pais, no Egito, não entenderam as tuas maravilhas; não se lembraram da multidão das tuas misericórdias e foram rebeldes junto ao mar, o mar Vermelho.
8 तर परमेश्वरले आफ्नो नाउँको खातिर हाम्रा पिता-पुर्खाहरूलाई बचाउनु भयो। परमेश्वरले तिनीहरूलाई बचाएर आफ्नो महान् शक्ति देखाउनु भयो।
8 Mas Deus os salvou por amor do seu nome, para lhes revelar o seu poder.
9 परमेश्वरले आज्ञा दिनुभयो, अनि लाल समुद्र सुख्खा भयो। परमेश्वरले हाम्रो पिता-पुर्खाहरूलाई गहन समुद्र भएर मरूभूमि जस्तै सुख्खा धर्ती सम्म अगुवाई गर्नुभयो।
9 Repreendeu o mar Vermelho, e ele secou; ele os fez passar pelos abismos, como por um deserto.
10 परमेश्वरले हाम्रा पिता-पुर्खाहरूलाई उनीहरूका शत्रुहरूबाट बचाउनु भयो! परमेश्वरले तिनीहरूलाई शत्रुहरूबाट मुक्ति दिनुभयो।
10 Salvou-os das mãos de quem os odiava e os resgatou do poder do inimigo.
11 परमेश्वरले तिनीहरूका शत्रुहरूलाई समुद्रले ढाकिदिनु भयो। तिनीहरूका एउटै शत्रुहरूले पनि बाँच्न पाएनन्।
11 As águas cobriram os seus opressores; nem um deles escapou.
12 तब हाम्रा पिता-पुर्खाहरूले परमेश्वरमा विश्वास गरे। तिनीहरूले उहाँप्रति गुण-गान गरे।
12 Então creram nas suas palavras e lhe cantaram louvor.
13 तर हाम्रा पिता-पुर्खाहरूले तुरून्तै परमेश्वरले गर्नु भएका कुराहरू बिर्से। तिनीहरूले परमेश्वरको सल्लाहलाई ध्यान दिएनन्।
13 Logo, porém, se esqueceram das obras de Deus e não esperaram pelos seus desígnios.
14 हाम्रा पिता-पुर्खाहरू मरूभूमिमा भोकाए अनि तिनीहरूले आफ्नो जङ्गली रूपमा परमेश्वरलाई जाँच गरे।
14 Entregaram-se à cobiça, no deserto; e, nos lugares áridos, puseram Deus à prova.
15 तर हाम्रा पिता-पुर्खाहरूले मागेका सबै थोक परमेश्वरले दिनुभयो। तर परमेश्वरले तिनीहरूलाई डरलाग्दो रोगहरू पनि दिनुभयो।
15 Concedeu-lhes o que pediram, mas enviou-lhes também uma doença terrível.
16 मानिसहरू मोशादेखि डाह गर्न थाले। तिनीहरू हारूनदेखि पनि ईर्ष्यालु भए जो परमप्रभुका पवित्र पूजाहारी हुनुहुन्थ्यो।
16 Tiveram inveja de Moisés, no acampamento, e de Arão, o santo do
17 यसैकारण परमेश्वरले ती डाही मानिसहरूलाई दण्ड दिनुभयो। धर्ती चिरिएर दातानलाई निलिदियो। त्यसपछि चिरिएको जमीन बन्द भए अनि अबिरामको समुदाय जमीन भित्र छोपिएर गयो।
17 A terra se abriu, engoliu Datã, e cobriu o grupo de Abirão.
18 तब त्यस भीडको माझमा आगो लाग्यो र त्यो आगोले ती दुष्टहरूलाई जलाई दियो।
18 Um fogo se acendeu contra o grupo deles; as chamas devoraram os ímpios.
19 ती मानिसहरूले होरेब पर्वतमा सुनको बाछो बनाएर तिनीहरूले त्यस मूर्तिलाई पूजा गरे!
19 Em Horebe, fizeram um bezerro e adoraram o ídolo de metal fundido.
20 तिनीहरूले आफ्ना गौरवमय परमेश्वरसित घाँस खाने बाछोको मूर्ति साटे।
20 E, assim, trocaram a glória de Deus pela imagem de um novilho que come capim.
21 परमेश्वरले हाम्रा पिता-पुर्खाहरूलाई बचाउनु भयो। तर तिनीहरूले उहाँको बारेमा ती सबै बिर्सीदिए। जुन परमेश्वरले मिश्रमा महान कार्यहरू गर्नु भएको थियो तिनीहरूले उहाँको बारेमा भुलिदिए।
21 Esqueceram-se de Deus, seu Salvador, que, no Egito, havia feito coisas grandiosas,
22 परमेश्वरले हाम्रो देशमा आश्चर्यजनक कुराहरू गर्नुभयो। परमेश्वरले लाल समुद्रको छेउमा डरलाग्दो कामहरू गर्नुभयो!
22 maravilhas na terra de Cam, tremendos feitos no mar Vermelho.
23 परमेश्वरले ती मानिसहरूलाई नष्ट गर्न चाहनु हुन्थ्यो। तर परमेश्वरले चुन्नु भएको दास मोशाले, बाटो छेके। परमेश्वर अत्यन्त रिसाउनु भयो, तर मानिसहरूमाथि परमेश्वरको रीस रोक्नुको निम्ति मोशाले बाटोहरू बन्द गरिदिए। यसैले परमेश्वरले मानिसहरूलाई नष्ट गर्नु भएन।
23 Deus os teria exterminado, como tinha dito, se Moisés, seu escolhido, não se houvesse intercedido, impedindo que o seu furor os destruísse.
24 तर ती मानिसहरूले केना भन्ने रमाइलो ठाउँमा जान अस्वीकार गरिदिए। तिनीहरूले त्यस ठाउँमा भएका मानिसहरूलाई परास्त पार्न परमेश्वरले सहायता गर्नुहुन्छ भनी भरोसा गरेनन्।
24 Também desprezaram a terra aprazível e não deram crédito à palavra de Deus;
25 हाम्रा पिता-पुर्खाहरूले परमेश्वरका वचन पालन गर्न अस्वीकार गरे!
25 pelo contrário, murmuraram em suas tendas e não ouviram a voz do
26 तर तिनीहरूले आफ्नो परमेश्वरको विरोधमा नालिश गरे। यसकारण परमेश्वरले शपथ लिनु भयो कि तिनीहरू मरूभूमिमा मर्नेछन्।
26 Então lhes jurou, de mão erguida, que os havia de arrasar no deserto;
27 परमेश्वरले अन्य मानिसहरूले तिनीहरूका सन्तानहरूलाई परास्त गरोस् भनी वचन दिनुभयो परमेश्वर हाम्रा पिता-पूर्खाहरूलाई आफ्नै सम्प्रदायहरू माझ तितर-बितर पार्न वचनबद्ध हुनुभयो।
27 e também espalharia entre as nações a sua descendência e os dispersaria por outras terras.
28 त्यसपछि बाल-पोरमा, परमेश्वरका जनहरू बाललाई पूज्न भनी त्यहाँ सम्मिलित भए। परमेश्वरका मानिसहरू उत्सवमा सहभागी हुन पुगे र मरेका मानिसहरूकानाउँमा चढाएका बलिहरू खाए।
28 Também se juntaram a Baal-Peor e comeram os sacrifícios dos ídolos mortos.
29 परमेश्वर आफ्ना मानिसहरूमाथि भयंकर रूपमा क्रोधित भए अनि तिनीहरूलाई डरलाग्दो बिमारी पारिदिनु भयो।
29 Assim, com tais ações, provocaram a ira do e a peste se espalhou entre eles.
30 तर पीनहासले परमेश्वर प्रति प्रार्थना गरे। अनि त्यो हैंजा रोकियो।
30 Então se levantou Fineias e executou o juízo; e a peste cessou.
31 पीनहासले उचित काम गरेको परमेश्वरलाई थाहा थियो। परमेश्वरले उसलाई सदा-सर्वदा संम्झनु हुने छ।
31 Isso lhe foi atribuído como justiça, de geração em geração, para sempre.
32 मरीबामा मानिसहरू क्रोधित भए। अनि तिनीहरूले मोशालाई अधर्म काम गर्न लगाए।
32 Depois, provocaram Deus nas águas de Meribá, e, por causa deles, aconteceu uma desgraça com Moisés,
33 ती मानिसहरूले मोशालाई दुःखीत गराए। नसोचिकन मोशा बोले।
33 pois foram rebeldes ao Espírito de Deus, e Moisés falou sem refletir.
34 परमप्रभुले अन्य जातिहरूलाई ध्वंश पार्न मानिसहरूलाई आज्ञा दिनु भयो। तर इस्राएल का मानिसहरूले उहाँको आज्ञा पालन गरेनन्।
34 Não exterminaram os povos, como o lhes havia ordenado.
35 तिनीहरू अरू जातिहरूसँग मिसिए, अनि अरू जातिहरूले जे गर्दै थिए त्यही गरे।
35 Em vez disso, se mesclaram com as nações e aprenderam os seus costumes.
36 ती मानिसहरू परमेश्वरका मानिसहरूका लागि एक पासो नै भए। उहाँका भक्तजनहरूले पनि अन्य मानिसहरूले जस्तै कृत्रिम देवताहरू पूज्न थाले।
36 Adoraram os seus ídolos, os quais se tornaram armadilha para eles.
37 उहाँका भक्तजनहरूले आफ्ना नानीहरू सम्म मारे, अनि त्यो भूतहरूलाई बलि चढाए।
37 Sacrificaram seus filhos e suas filhas aos demônios.
38 उहाँका भक्तजनहरूले निर्दोष मानिसहरू मारे। तिनीहरूले आफ्नै छोरा-छोरीहरू मारे अनि ती कृत्रिम देवताहरूलाई भोग चढाए।
38 Derramaram sangue inocente, o sangue de seus filhos e filhas, que sacrificaram aos ídolos de Canaã; e a terra foi contaminada com sangue.
39 यसकारण परमेश्वरका मानिसहरू अरूजातिहरू जस्तै पापहरूले दूषित भए। उहाँका मानिसहरू परमेश्वर प्रति आज्ञाकारी भएनन् अनि अरू जातिहरूले जे अधर्म सिकाए त्यही कामहरू गरे।
39 Assim se contaminaram com as suas obras e se prostituíram nos seus feitos.
40 परमेश्वर आफ्ना भक्तजनहरूमा क्रोधित हुनु भयो। उहाँ तिनीहरूसँग दिक्क हुनुभयो!
40 Por isso, acendeu-se a ira do e ele abominou a sua própria herança
41 परमेश्वरले आफ्ना मानिसहरू अन्य जातिहरूलाई सुम्पनु भयो। शत्रुहरूले नै उनीहरूमा राज गरोस-भनेर उहाँले छोडी दिनुभयो।
41 e os entregou ao poder das nações; sobre eles dominaram os que os odiavam.
42 उहाँका मानिसहरूका शत्रुहरूले तिनीहरूलाई नियन्त्रणमा राखे अनि तिनीहरूको जीवन कठिन पारिदिए।
42 Também os oprimiram os seus inimigos, sob cujo poder foram subjugados.
43 परमेश्वरले आफ्ना मानिसहरूलाई धेरै पल्ट बचाइदिनु भयो। तर तिनीहरू उहाँकै विरूद्ध उठे अनि आफ्ना इच्छा अनुसार काम गरे। तिनीहरूले धेरै भन्दा धेरै अनुचित कामहरू गरे।
43 Muitas vezes os libertou, mas eles o provocaram com os seus planos e, na sua iniquidade, foram abatidos.
44 तर जब-जब परमेश्वरका मानिसहरूमा संकट आई पर्यो तिनीहरूले परमेश्वरलाई सहायता माग्दथे अनि उहाँले प्रत्येक पल्ट तिनीहरूको प्रार्थना सुनीदिनु हुन्थ्यो।
44 Mas Deus olhou para eles quando estavam angustiados e lhes ouviu o clamor;
45 परमेश्वरले आफ्ना करार सधैं याद गर्नुहुन्थ्यो र तिनीहरूलाई स-प्रेम सान्त्वना दिनु हुन्थ्यो।
45 lembrou-se, a favor deles, de sua aliança e se compadeceu, segundo a multidão de suas misericórdias.
46 अन्य जातिहरूले तिनीहरूलाई कैदीहरू जस्तो लगे तब परमेश्वरले तिनीहरू प्रति टिठाउने बनाई दिनुभयो।
46 Fez também com que deles tivessem compaixão todos os que os levaram cativos.
47 हे परमप्रभु, हाम्रा परमेश्वर, हाम्रो उद्धार गर्नुहोस्। परमेश्वरले ती राष्ट्रहरूबाट फर्काई हामीलाई ल्याउनु भयो। यसकारण हामीले उहाँको पवित्र नाउँको गुण-गान गर्न सक्यौं। यसकारण हामीले उहाँ प्रति गुण-गान गर्न सक्यौ।
47 Salva-nos, Senhor , nosso Deus, e congrega-nos dentre as nações, para que demos graças ao teu santo nome e nos gloriemos no teu louvor.
48 इस्राएल का परमप्रभु परमेश्वरको प्रशंसा गरौं। परमेश्वर सधै रहनु हुन्छ, उहाँ संधै नै रहनुहुने छ। अनि सारा मानिसहरूले भने, “आमेन! परमप्रभुको प्रशंसा गर!”
48 Bendito seja o Senhor , Deus de Israel, de eternidade a eternidade; e todo o povo diga: “Amém!” Aleluia!
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Salmos 106, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.