Salmos 103
Nepali Bible (GL_NEPALI) vs ARC
1 मेरो आत्मा, परमप्रभुको प्रशंसा गर! प्रत्येक मेरो अङ्गले उहाँको पवित्र नाउँको गुण-गान गर्दछ।
1 Bendize, ó minha alma, ao Senhor , e tudo o que há em mim bendiga o seu santo nome.
2 हे मेरो आत्मा, परमप्रभुको प्रशंसा गर अनि नबिर्सि कि उहाँ नै वास्तवमा कृपालु हुनुहुन्छ।
2 Bendize, ó minha alma, ao Senhor , e não te esqueças de nenhum de seus benefícios.
3 परमेश्वरले हाम्रा सारा पापहरू क्षमा गरिदिनु हुन्छ। उहाँले हाम्रा सारा रोगहरू निको पारिदिनु हुन्छ।
3 É ele que perdoa todas as tuas iniquidades e sara todas as tuas enfermidades;
4 परमेश्वरले चिहानबाट हाम्रो जीवन बचाँउनु हुन्छ अनि हामीलाई उहाँले प्रेम र दया गर्नुहुन्छ।
4 quem redime a tua vida da perdição e te coroa de benignidade e de misericórdia;
5 परमेश्वरले हामीलाई प्रशस्त राम्रा कुराहरू दिनुहुन्छ। उहाँले हाम्रो जवानीलाई गरूड जस्तो नयाँ तुल्याउनुहुन्छा।
5 quem enche a tua boca de bens, de sorte que a tua mocidade se renova como a águia.
6 परमप्रभु निष्पक्ष हुनुहुन्छ, परमेश्वरले मानिसहरू प्रति न्याय ल्याउनु हुन्छ, जुन अन्य मानिसहरूबाट प्रतिघात भएको छ।
6 O Senhor faz justiça e juízo a todos os oprimidos.
7 परमेश्वरले आफ्ना विधिहरू बारे मोशालाई बताउनु भयो। परमेश्वरले उहाँको शक्तिशाली कामहरू इस्राएल का मानिसहरूलाई देखाउनु भयो।
7 Fez notórios os seus caminhos a Moisés e os seus feitos, aos filhos de Israel.
8 परमप्रभु अनुग्रही र करूणामय हुनुहुन्छ। परमेश्वर संवेदनशील र मायालु हुनुहुन्छ।
8 Misericordioso e piedoso é o Senhor ; longânimo e grande em benignidade.
9 परमप्रभुले सधैं आलोचना गर्नु हुन्न परमप्रभु सधैं हामीसँग क्रोधित भएर बस्नु हुन्न।
9 Não repreenderá perpetuamente, nem para sempre conservará a sua ira.
10 हामीले परमेश्वरको विरूद्ध पाप गर्यौ। तर उहाँले हामीलाई कुनै प्रकारको दण्ड दिनु भएन जसको लागि हामी योग्य थियौं।
10 Não nos tratou segundo os nossos pecados, nem nos retribuiu segundo as nossas iniquidades.
11 परमेश्वरको प्रेम आफ्ना भक्तजनहरूमा पृथ्वीदेखि आकाशको उचाई जस्तै अग्लो छ।
11 Pois quanto o céu está elevado acima da terra, assim é grande a sua misericórdia para com os que o temem.
12 अनि परमेश्वरले हाम्रो पापहरू पूर्व र पश्चिम टाढा-टाढा रहे जस्तो टाढो राखि दिनुभयो।
12 Quanto está longe o Oriente do Ocidente, assim afasta de nós as nossas transgressões.
13 परमप्रभु आफ्ना भक्तजनहरूसंग त्यस्तो स्नेही हुनुहुन्छ जसरी एक पिता आफ्ना छोरा-छोरीहरूसँग हुन्छ।
13 Como um pai se compadece de seus filhos, assim o Senhor se compadece daqueles que o temem.
14 परमेश्वरले हाम्रो बारेमा सबै कुराहरू जान्नुहुन्छ, हामी धूलाका कणहरूबाट बनिएका हौं भनेर परमेश्वर जान्नुहुन्छ।
14 Pois ele conhece a nossa estrutura; lembra-se de que somos pó.
15 हाम्रो जीवन छोटो छ भनेर उहाँले जान्नुहुन्छ। हाम्रो जीवन घाँस जस्तै हो भन्ने कुरा पनि जान्नुहुन्छ।
15 Porque o homem, são seus dias como a erva; como a flor do campo, assim floresce;
16 परमेश्वर जान्नुहुन्छ हामीहरू जङ्गली फूलहरू जस्तै हौं। जुन फूलहरू छिट्टै हुर्किन्छन्। त्यसपछि तातो बतासको झोका आएर मर्छन। झट्टै तिमी भन्न सक्दैनौ कि फूल कहाँ फुलिरहेथ्यो।
16 pois, passando por ela o vento, logo se vai, e o seu lugar não conhece mais.
17 तर परमप्रभुले आफ्ना भक्तजनहरूलाई सधैं माया गर्नुभयो अनि उहाँले आफ्ना भक्तजनहरूलाई अनवरत प्रेम गर्नुहुन्छ। परमेश्वरको धार्मिकता तिनीहरूका छोरा-नातिमाथि अनन्तदेखि अनन्तसम्म रहन्छ।
17 Mas a misericórdia do Senhor é de eternidade a eternidade sobre aqueles que o temem, e a sua justiça sobre os filhos dos filhos;
18 परमेश्वर ती मानिसहरूका लागि असल हुनुहुन्छ जसले उहाँको करार पालन गर्छ। परमेश्वर ती मानिसहरूका लागि असल हुनुहुन्छ जसले उहाँको आदेश पालन गर्छन्।
18 sobre aqueles que guardam o seu concerto, e sobre os que se lembram dos seus mandamentos para os cumprirem.
19 परमेश्वरको सिंहासन स्वर्गमा छ। अनि उहाँले सबै थोकमा शासन गर्नुहुन्छ।
19 O Senhor tem estabelecido o seu trono nos céus, e o seu reino domina sobre tudo.
20 हे स्वर्गदूतहरू, परमप्रभुको प्रशंसा गर। तिमीहरू शक्तिशाली सिपाहीहरू हौ जसले उहाँको आज्ञा पालन गर्छन्। तिमीहरू ध्यानपूर्वक उहाँका कुराहरू सुन्छौ अनि आज्ञाहरू पालन गर्छौ।
20 Bendizei ao Senhor , anjos seus, magníficos em poder, que cumpris as suas ordens, obedecendo à voz da sua palavra.
21 हे उहाँका सबै सिपाहीहरू! परमप्रभुको प्रशंसा गर। तिमीहरू उहाँको दासहरू हौ। जो परमप्रभुले इच्छा गर्नुहुन्छ तिमीहरू त्यही काम गर्दछौ।
21 Bendizei ao Senhor , todos os seus exércitos, vós, ministros seus, que executais o seu beneplácito.
22 परमप्रभुले प्रत्येक थोक प्रत्येक ठाउँमा बनाउनु भयो। परमेश्वरले प्रत्येक ठाउँमा भएका सबै थोकहरूमा राज गर्नु हुन्छ, अनि ती सबै थोकहरूले परमप्रभुको गुण-गाऊनु पर्छ! हे मेरो प्राण परमप्रभुको गुण-गान गर!
22 Bendizei ao Senhor , todas as suas obras, em todos os lugares do seu domínio. Bendize, ó minha alma, ao
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Salmos 103, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.