Sofonias 3

Nepali Bible (GL_NEPALI) vs NTLH

Sair da comparação
NTLH Nova Tradução na Linguagem de Hoje 2000
1 यरूशलेम तिम्रा मानिसहरू मेरो बिरूद्धमा लडेका छन्। तिम्रा मानिसहरूले अरू मानिसहरूलाई चोट पुर्याएकाछन् अनि तिमी पापले कलंकित छौ।
1 Ai de Jerusalém, cidade rebelde e cheia de corrupção, que persegue os seus moradores!
2 तिम्रो मानिसहरूले मेरो वचनहरू सुनेनन्। तिनीहरूले मेरो शिक्षाहरू स्वीकार गरेनन्। यरूशलेमले परमप्रभुमा भरोसा गरेन। यरूशलेम उसको परमप्रभुको नजिक आएन।
2 Jerusalém não escuta o que o Senhor Deus diz, nem quer que ele a corrija. Não confia no seu Deus, nem procura a sua ajuda.
3 यरूशलेमका प्रमुखहरू र्गजिरहने सिंहझैं छन्। त्यसका न्यायकर्ताहरू भोका ब्वाँसाहरू जस्ता छन् जो साँझमा आउँछन् अनि भेडाहरूलाई आक्रमण गर्छन् अनि बिहान केही पनि रहँदैन।
3 As suas autoridades são como leões que rugem, e os juízes são como lobos ferozes que devoram tudo de uma vez, sem deixar nada para o dia seguinte.
4 त्यसका अगमवक्ताहरूले धेरै पाप्त गर्न सधैं गुप्त योजना बनाउँछन्। त्यसका पूजाहारीहरूले पवित्र चिजहरू अशुद्ध बनाउँछन्। तिनीहरूले परमेश्वरको शिक्षि विपरित गर्छन्।
4 Os profetas são orgulhosos e enganadores. Os sacerdotes profanam o santuário e desobedecem à lei de Deus.
5 तर परमेश्वर अझै तिनीहरूको शहरमा हुनुहुन्छ अनि तिनीहरूलाई न्याय गर्नुहुन्छ। परमेश्वरले केही पनि नराम्रो गर्नुहुन्न। उहाँले सधैं उहाँका मानिसहरूको भलाई गर्नुहुन्छ। प्रत्तेक बिहान परमेश्वरले उहाँका मानिसहरूलाई असल निर्णय लिन सहायता गर्नुहुन्छ। तर दुष्ट मानिसहरू तिनीहरूले गरेको गल्तीको निम्ति लज्जित हुनुपर्छ भन्ने पनि जान्दैनन्।
5 Mas o Senhor ainda está na cidade e sempre faz o que é certo e nunca o que é errado. Todas as manhãs, sem falta, ele manda fazer o que é direito; mas os que são maus continuam na mesma e não se sentem envergonhados.
6 परमेश्वर भन्नुहुन्छ, “मैले जातिहरूलाई ध्वंश गरेको छु। मैले तिनीहरूको रक्षा धरहरा नष्ट गरिदिएको छु। मैले तिनीहरूको बाटोहरू नष्ट गरिदिएकोछु अनि अहिले त्यहाँ कोही पनि जाँदैनन्। तिनीहरूका शहरहरू उजाड छन्, त्यहाँ कोही पनि बस्दैनन्।
6 O Senhor Deus diz: — Eu destruí nações, arrasei cidades e deixei em ruínas as torres de vigia e as ruas. As cidades estão desertas; não há mais ninguém morando nelas.
7 मैले तिमीहरूलाई यो यसकारण भनि रहेछु कि तिमीहरूले यसबाट शिक्षा लेऊ। म चाहन्छु तिमीहरू मसंग डराऊ अनि मेरो इज्जत गर। यदि तिमीले यस्तो गर्यौ भने तिमीहरूको घर नष्ट हुनेछैन। यदि तिमीहरूले यसो गर्यो भने मैले बनाएको योजना अनुसार तिमीहरूलाई दण्ड दिइने छैन।” ती अपराधी मानिसहरूले अझै अपराध मात्र गर्न चाहन्छन् जुन तिनीहरूले पहिला देखि नै गर्दै आएका थिए।
7 Pensei assim: “Agora, o meu povo vai me temer . Eles deixarão que eu os corrija e não esquecerão as muitas vezes em que eu os castiguei.” Mas eles se esforçaram ainda mais para fazer tudo o que é mau.
8 परमप्रभु भन्नुहुन्छ, “यसकारण म उठुञ्जेल अनि तिम्रो न्याय गरूञ्जेल पर्ख। धेरै जातिका मानिसहरू ल्याउँने अनि तिमीलाई दण्ड दिनको निम्ति तिनीहरूलाई प्रयोग गर्ने मेरो निर्णय हो। तमीहरूको बिरूद्ध मेरो क्रोध देखाउँन म तिनीहरूलाई प्रयोग गर्नेछु। म कति रिसाएको छु त्यो देखाउँनु र समस्त देश नष्ट गराउँनु म तिनीहरूलाई प्रयोग गर्नेछु।
8 Portanto, o Senhor Deus diz: — Esperem o dia em que vou me levantar e acusar as nações. Decidi reunir todas as nações, todos os reinos, a fim de castigá-los. Eles sentirão a minha
9 त्यस समय म अरू जातिका मानिसहरूलाई परिवर्तन गर्नेछु ता कि तिनीहरूले स्पस्ट भाषा बोल्न सक्छन्। तिनीहरूले परमप्रभुको नाउँ पुकार्ने छन्। तिनीहरू सबैले एक साथ मेरो आराधना गर्नेछन्।
9 — Então farei com que os povos parem de adorar ídolos e adorem somente a mim, o Senhor , e farei também com que todos me obedeçam com a mesma dedicação.
10 मानिसहरू आफ्नो बलिहरू लिएर मेरो लागि नदीपारिबाट यहाँ इथोपियामा आउँनेछन्।
10 E o meu povo que está espalhado pelas nações virá me oferecer sacrifícios ; eles virão até dos lugares mais distantes da Etiópia.
11 “यरूशलेम, तिम्रा मानिसहरूले मेरो बिरूद्धमा गरेका दुष्ट कुराहरूको लागि अब लाज मान्नु पर्नेछैन। किन? किनकि म ती सबै नराम्रा काम गर्नेहरूलाई यरूशलेमबाट बाहिर ल्यउँनेछु। म ती सबै घमण्डीहरूलाई टाढा पठाउँनेछु। त्यहाँ कोही पनि घमण्डीमानिसहरू मेरो पवित्र पहाडमा हुनेछैनन्।
11 Naquele tempo, vocês, o meu povo, não vão sentir mais vergonha por causa das vezes que se revoltaram contra mim. Pois eu farei desaparecer do meio de vocês todos os orgulhosos e vaidosos. Nunca mais vocês vão se sentir orgulhosos no meu monte santo .
12 म शान्त अनि नम्र मानिसहरूलाई यरूशलेममा बस्न दिनेछु, अनि तिनीहरूले परमप्रभुको नाउँमा भरोसा राख्नेछन्।
12 Deixarei em Jerusalém um povo humilde e ajuizado, que confia em mim.
13 इस्राएलमा बाँचेकाहरूले नराम्रो काम गर्नेछैनन्, तिनीहरूले झूटो बोल्ने छैनन्। तिनीहरूलो झूटो बोलेर मानिसहरूलाई ठग्ने छैनन्। तिनीहरू त्यो भेडा जस्तै हुनेछन् जुन खाए पछि शान्तसंग सुतिबस्छ, कसैले पनि तिनीहरूलाई सताउँने छैन।”
13 Os que sobrarem do povo de Israel nunca mais farão maldades, não mentirão, nem procurarão enganar ninguém. Terão comida à vontade, estarão seguros e não ficarão com medo de ninguém.
14 हे यरूशलेम! खुशी होऊ अनि गीत गाऊ। हे इस्राएल! आनन्दले कराऊ, यरूशलेम खुशी होऊ अनि आनन्द मनाऊ।
14 Povo de Israel, cante louvores a Deus! Alegrem-se, moradores de Jerusalém, e louvem a Deus com todo o coração!
15 किन? किनभने परमप्रभुले तिम्रो दण्ड रोकिदिनु भयो। उहाँले तिम्रो शत्रुहरूको दृढ किल्लाहरू नष्ट गरिदिनु भयो। इस्राएलका राजा परमप्रभु तिम्रो साथमा हुनुहुन्छ। तिमीले कुनै नराम्रो घटनाको बारेमा चिन्ता गर्नु पर्ने आवश्यक्ता छैन।
15 O Senhor Deus anulou a sentença que havia contra vocês e afastou todos os inimigos do seu povo. O e vocês não precisam mais ter medo da desgraça.
16 त्यस बेला यरूशलेमलाई भनिनेछ, “नडराऊ, बलवान होऊ।
16 Chegará o dia em que dirão a Jerusalém: “Não tenha medo, povo de não desanime, nem perca a coragem.
17 परमप्रभु तिम्रो परमेश्वर तिम्रो साथमा हुनुहुन्छ। उहाँ एकजना शक्तिशाली सैनिक जस्तै हुनुहुन्छ। उहाँले तिम्रो रक्षा गर्नु हुनेछ। उहाँले तिमीलाई कति प्रेम गर्नु हुन्छ सो उहाँले देखाउनु हुन्छ। तिमीसित उहाँ कति प्रसन्न हुनुहुन्छ। उहाँ हाँस्नु हुनेछ अनि तिम्रो बिषयमा अतिनै प्रसन्न रहनुहुनेछ।
17 Pois o Senhor , seu Deus, está com vocês; ele é poderoso e os salvará. Deus ficará contente com vocês e por causa do seu amor lhes dará nova vida. Ele cantará e se alegrará,
18 चाढको दिन मानिसहरू आनन्दित भएझैं खुशी हुनुहुनेछ।” परमप्रभुले भन्नुभयो, “म तिम्रो लाज निकाली दिनेछु। म तिमीहरूलाई घात गर्न देखि ती मानिसहरूलाई रोकिने बनाउँछु।
18 como se faz num dia de festa.” O “Eu afastarei a ameaça que está sobre vocês e os livrarei da desgraça.
19 त्यस समय, म ती मानिसहरूलाई दण्ड दिनेछु जसले तिमीलाई चोट पुर्याए। मानिसहरू जो घायल छन् म तिनीहरूलाई बचाउँछु। म छरपष्ट भएका मेरा मानिसहरूलाई जम्मागर्नेछु अनि म तिनीहरूलाई प्रशिद्ध बनाउँनेछु जता-ततैका मानिसहरूले तिनीहरूको प्रशंसा गर्नेछन्।
19 Quando chegar aquele dia, castigarei aqueles que os perseguem. Salvarei os aleijados e trarei de volta os que foram espalhados. Vocês foram envergonhados em toda parte, mas depois terão louvor e
20 त्यस समय म तिमीहरूलाई फर्काएर ल्याउँनेछु, म तिमीहरू सबैलाई एकै साथ फर्काएर ल्याउँनेछु, म तिमीहरूलाई प्रशिद्ध बनाउँनेछु। प्रत्तेक ठाउँका मानिसहरूले तिम्रो प्रशंसा गर्नेछन्। यो त्यस बेला हुनेछ जब म तिम्रो आँखाको अगाडी ती कैदीहरूलाई फर्काएर ल्याउँनेछु।” परमप्रभुले यी सबै कुराहरू भन्नुभयो। 
20 Quando chegar aquele dia, eu os ajuntarei e os trarei de volta para o seu país. Farei com que prosperem de novo; vocês serão famosos no mundo inteiro, e todos os povos os respeitarão.” Eu, o

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Sofonias 3, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.