Rute 1

Nepali Bible (GL_NEPALI) vs ARA

Sair da comparação
ARA Almeida Revista e Atualizada 1993
1 धेरै अघि न्यायकर्त्ताहरूले शासन गरेको समयमा त्यहाँ नराम्रो समय थियो जब खानका निम्ति पर्याप्त खाद्य थिएन। एलीमेलेक नाउँका एक व्यक्तिले बेतलेहेम, यहूदा छाडे। तिनी, तिनकी पत्नी अनि दुइजना छोराहरू मोआबको पार्वत्य देशमा बसाँई सरेर गए।
1 Nos dias em que julgavam os juízes, houve fome na terra; e um homem de Belém de Judá saiu a habitar na terra de Moabe, com sua mulher e seus dois filhos.
2 त्यो मानिसको नाउँ एलीमेलेक थियो अनि त्यो मानिसको पत्नीको नाउँ नाओमी थियो अनि दुइ छोराहरूको नाउँ महलोन र किल्योन थियो। यी मानिसहरू यहूदाको बेतलेहेमका, ओप्राती परिवारका थिए। त्यो परिवार मोआबको खेतहरूमा यात्रा गरे अनि त्यहीं बसोबास गरे।
2 Este homem se chamava Elimeleque, e sua mulher, Noemi; os filhos se chamavam Malom e Quiliom, efrateus, de Belém de Judá; vieram à terra de Moabe e ficaram ali.
3 पछि, नाओमीको पति एलीमेलेकको मृत्यु भयो। यसर्थ नाओमी अनि तिनका दुइ छोराहरू मात्र रहे।
3 Morreu Elimeleque, marido de Noemi; e ficou ela com seus dois filhos,
4 तिनका छोराहरूले मोआब देशकी स्त्रीहरूसँग बिवाह गरे। एक जनाको पत्नीको नाउँ ओर्पा अनि अर्कोकी पत्नीको नाउँ रूथ थियो। तिनीहरू मोआबमा लग-भग दशवर्ष बसे।
4 os quais casaram com mulheres moabitas; era o nome de uma Orfa, e o nome da outra, Rute; e ficaram ali quase dez anos.
5 अनि महलोन र किल्योनको पनि मृत्यु भयो। यसर्थ आफ्ना पति अनि दुइ छोराहरू बिना नाओमी एक्ली भइन्।नाओमी घर जान्छिन्
5 Morreram também ambos, Malom e Quiliom, ficando, assim, a mulher desamparada de seus dois filhos e de seu marido.
6 नाओमीले मोआबको खेतहरूमा हुँदा परमप्रभुले आफ्ना मानिसहरूलाई सहायता गर्नु भएको थियो भन्ने सुनिन्। उहाँले यहूदामा आफ्ना मानिसहरूलाई भोजन दिनु भएको थियो। यसर्थ नाओमीले मोआबको खेतहरू छाडी आफ्नो घर फर्किने निश्चय गरिन्। तिनकी बुहारीहरूले पनि तिनीसित जाने निश्चय गरे।
6 Então, se dispôs ela com as suas noras e voltou da terra de Moabe, porquanto, nesta, ouviu que o Senhor se lembrara do seu povo, dando-lhe pão.
7 तिनीहरूले आफूहरू बसिरहेको स्थान त्याग गरे अनि यहूदा देशमा फर्कन थाले।
7 Saiu, pois, ela com suas duas noras do lugar onde estivera; e, indo elas caminhando, de volta para a terra de Judá,
8 तब नाओमीले आफ्ना बुहारीहरूलाई भनिन्, “तिमीहरू दुबै आफ्नी आमाको घर फर्केर जानसक्छौ। तिमीहरूले म अनि मेरा मृत छोराहरू प्रति दया गर्यौ। यसर्थ परमप्रभु तिमीहरू प्रति त्यस्तै दयावान रहून् भनी म प्रार्थना गर्छु।
8 disse-lhes Noemi: Ide, voltai cada uma à casa de sua mãe; e o Senhor use convosco de benevolência, como vós usastes com os que morreram e comigo.
9 म प्रार्थनागर्छु कि उहाँले तिमीहरूलाई एक-एक पति अनि राम्रो घर प्राप्त गर्नमा सहायता गर्नुहुनेछ।” नाओमीले आफ्ना बुहारीहरूलाई म्वाई खाईन अनि ती सबै रून थाले।
9 O Senhor vos dê que sejais felizes, cada uma em casa de seu marido. E beijou-as. Elas, porém, choraram em alta voz
10 तब ती बुहारीहरूले भने, “तर हामी तपाईंसित तपाईंको कुलमा नै जान चाहन्छौं।”
10 e lhe disseram: Não! Iremos contigo ao teu povo.
11 तर नाओमीले भनिन्, “होइन! छोरीहरू, तिमीहरू आफ्नै घरमा जाऊ। मसित किन जान्छौ? म तिमीहरूलाई सहायता गर्न सक्तिनँ। मसित तिमीहरूका पति बन्ने छोराहरू छैनन्।
11 Porém Noemi disse: Voltai, minhas filhas! Por que iríeis comigo? Tenho eu ainda no ventre filhos, para que vos sejam por maridos?
12 घर फर्की जाऊ। नयाँ पतिसित विवाह गर्नका निम्ति म बृद्धा भइसकेकी छु। यदि म फेरि बिवाह गर्न सक्ने भए तापनि म तिमीहरूलाई सहायता गर्न सक्तिन। यदि म आज राती गर्भवती भएर दुइ छोराहरू जन्माएँ भने पनि त्यसले केही सहयोग पुर्याउन सक्तैन।
12 Tornai, filhas minhas! Ide-vos embora, porque sou velha demais para ter marido. Ainda quando eu dissesse: tenho esperança ou ainda que esta noite tivesse marido e houvesse filhos,
13 तिनीहरूले तिमीहरूलाई बिवाह गर्न भन्दा पहिलो तिनीहरू बढेर ठूलो नहुञ्जेलसम्म पर्खनु पर्नेछ। म तिमीहरूलाई पतिहरूका निम्ति त्यति लामो समयसम्म पर्खाउन सक्तिनँ। त्यसले म तिमीहरू भन्दा अझै शोकाकुल हुनेछु। अनि म अहिले नै अति शोकित छु किनभने परमप्रभुले मलाई धेरै कुराहरू गर्नु भएको छ।”
13 esperá-los-íeis até que viessem a ser grandes? Abster-vos-íeis de tomardes marido? Não, filhas minhas! Porque, por vossa causa, a mim me amarga o ter o Senhor descarregado contra mim a sua mão.
14 यसर्थ ती स्त्रीहरू फेरि एकदमै रोए। तब ओर्पाले नाओमीलाई म्वाई खाईन अनि गइन्। तर रूथले तिनलाई अंगालो हालिन र छोडिनन्।
14 Então, de novo, choraram em voz alta; Orfa, com um beijo, se despediu de sua sogra, porém Rute se apegou a ela.
15 नाओमीले भनिन्, “हेर तिम्री जेठानी आफ्ना मानिसहरू अनि आफ्ना परमेश्वर कहाँ फर्केर गइन्। यसर्थ तिमीले पनि त्यसै गर्नुपर्छ।”
15 Disse Noemi: Eis que tua cunhada voltou ao seu povo e aos seus deuses; também tu, volta após a tua cunhada.
16 तर रूथले भनिन्, “तपाईंलाई छाडन मलाई कर नलगाउनु होस्। मलाई मेरा मानिसहरू तर्फ फर्किर जान कर नगर्नु होस्। मलाई तपाईंसित नै जानदिनु होस्। तपाईं जहाँ जानुहुन्छ, म त्यहीं जानेछु। तपाईं जहाँ सुत्नु हुन्छ, म त्यहीं सुत्नेछु। तपाईंका मानिसहरू मेरा मानिसहरू हुनेछन्। तपाईंका परमेश्वर मेरा परमेश्वर हुनेछन्।
16 Disse, porém, Rute: Não me instes para que te deixe e me obrigue a não seguir-te; porque, aonde quer que fores, irei eu e, onde quer que pousares, ali pousarei eu; o teu povo é o meu povo, o teu Deus é o meu Deus.
17 तपाईंको जहाँ मृत्यु हुन्छ म त्यहीं मर्नेछु। अनि म त्यहीं गाडिनेछु। यदि मैले यो प्रतिज्ञा पालन गरिन भने म परमप्रभुसित दण्डको याचना गर्छु केवल मृत्युले मात्र हामीलाई छुट्याउने छ।”
17 Onde quer que morreres, morrerei eu e aí serei sepultada; faça-me o Senhor o que bem lhe aprouver, se outra coisa que não seja a morte me separar de ti.
18 नाओमीले देखिन् कि रूथ तिनीसित जान खूबै चाहन्छिन्। यसर्थ नाओमीले तिनीसित बहस गर्न छाडिन्।
18 Vendo, pois, Noemi que de todo estava resolvida a acompanhá-la, deixou de insistir com ela.
19 नाओमी र रूथ बेतलेहेम शहर आई नपुगेसम्म यात्रा गरे। जब ती दुई स्त्रीहरूले बेतलेहेममा प्रवेश गरे सबै मानिसहरू अत्यन्त उत्साहित भए। तिनीहरूले भने, “के यो नाओमी हो?”
19 Então, ambas se foram, até que chegaram a Belém; sucedeu que, ao chegarem ali, toda a cidade se comoveu por causa delas, e as mulheres diziam: Não é esta Noemi?
20 तर नाओमीले मानिसहरूलाई भनिन्, “मलाई ‘नाओमी’ भनि नबोलाऊ, मलाई ‘मारा’ भनि बोलाऊ। यो नाउँ प्रयोग गर किनभने सर्वशक्तिमान परमेश्वरले मेरो जीवनलाई उदास तुल्याइदिनु भएको छ।
20 Porém ela lhes dizia: Não me chameis Noemi; chamai-me Mara, porque grande amargura me tem dado o Todo-Poderoso.
21 जब म गएँ त्यसबेला मैले चाहेका हरेक कुरा मसित थियो। तर अहिले, परमप्रभले मलाई रित्तो ल्याउनु भएको छ। परमप्रभु मेरो विरोधमा हुनुहुन्छ। यसर्थ तिमीहरूले मलाई किन ‘सुखी’ भन्छौं? सर्वशक्तिमान परमेश्वरले मलाई दण्ड दिनु भएको छ।”
21 Ditosa eu parti, porém o Senhor me fez voltar pobre; por que, pois, me chamareis Noemi, visto que o Senhor se manifestou contra mim e o Todo-Poderoso me tem afligido?
22 यसरी नाओमी अनि तिनकी बुहारी, रूथ (मोआबकी पत्नी) मोआबका खेतहरूबाट फर्किए ती दुइ स्त्रीहरू जौं को बाली कट्ने समयमा बेतेलममा आए।
22 Assim, voltou Noemi da terra de Moabe, com Rute, sua nora, a moabita; e chegaram a Belém no princípio da sega da cevada.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Rute 1, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.