Romanos 15
Nepali Bible (GL_NEPALI) vs BKJ
1 हामीहरू मध्ये जो विश्वासमा दरिलो छौं कमजोर मानिसलाई सहयोग गर्नु पर्छ। कमजोर मानिसहरूलाई हामीले सघाउनु पर्छ। हामीले आफैलाई मात्रै खुशी तुल्याउन हुँदैन।
1 Assim que nós, os fortes, devemos suportar as fraquezas dos fracos e não agradar a nós mesmos.
2 तिनीहरूलाई विश्वासमा दरिलो बनाउन र तिनीहरूका भलाइको लागि हामी प्रत्येकले अरूलाई खुशी पार्नुपर्छ।
2 Cada um de nós agrade ao seu próximo para o seu bem e edificação.
3 ख्रीष्टले पनि आफु स्वयंलाई खुशी राख्ने कोशिश गर्नु भएन। उहाँको विषयमा धर्मशास्त्रमा भनिएको छः “जसले तिमीलाई अपमान गरे ती अपमान ममाथि परे।”
3 Porque também Cristo não agradou a si mesmo, mas, como está escrito: Os insultos dos que te insultavam caíram sobre mim.
4 बितेका दिनहरूमा लेखिएका हरेक कुरो हामीलाई शिक्षा दिनु लेखिएको थिए। हामीले आशा गर्न सकौं भनेर नै ती लेखिएका थिए। धर्म शास्त्रबाट आउने धैर्य र बलबाट हामी आशा प्राप्त गर्न सकौं।
4 Porque todas as coisas que foram escritas anteriormente, para nosso ensino foram escritas, para que, pela paciência e consolação das escrituras, tenhamos esperança.
5 धैर्य र बल परमेश्वरबाट उत्पन्न हुन्छ। अनि म प्रार्थना गर्छु कि परमेश्वरले तिमीहरूलाई ख्रीष्ट येशूको उदाहरण अनुसार तिमी आफैंहरू माझ मेल-मिलापमा राखुन्।
5 Ora, o Deus da paciência e da consolação vos conceda o mesmo sentimento uns para com os outros, segundo Jesus Cristo.
6 त्यसपछि तिमीहरू सबै एक भएर मिल्नेछौ। तिमीहरू सबै एक भएर हाम्रा प्रभु येशू ख्रीष्ट पिता प्रति महिमा गर्नेछौ।
6 Para que, com uma só mente e uma só boca, glorifiqueis ao Deus e Pai de nosso Senhor Jesus Cristo.
7 ख्रीष्टले तिमीहरूलाई ग्रहण गर्नुभयो। यसैले परमेश्वरको महिमाको निम्ति तिमीहरूले एक-अर्कोलाई स्वीकार गर्नुपर्छ।
7 Portanto, recebei-vos uns aos outros, como também Cristo nos recebeu para glória de Deus.
8 म तिमीहरूलाई भन्दछु कि परमेश्वरको विश्वासनीयताको निम्ति र यहूदी पुर्खाहरूलाई आफूले दिनुभएको प्रतिज्ञालाई पक्का गर्नका निम्ति ख्रीष्ट यहूदीहरूका सेवक बन्नु भयो।
8 Porque eu vos digo que Jesus Cristo foi ministro da circuncisão, por causa da verdade de Deus, para que confirmasse as promessas feitas aos pais.
9 ख्रीष्ट सेवक बन्नु भयो ताकि गैर-यहूदीहरूले परमेश्वरप्रति उहाँको करूणाको प्रशंसा गरून्। धर्मशास्त्रले भन्छः“यसैले म गैर-यहूदीहरूमा तिमीहरूलाई धन्यावाद दिनेछु, म तिमीहरूको नामको स्तुति गाउनेछु।”
9 E para que os gentios glorifiquem a Deus por sua misericórdia, como está escrito: Por isto, eu te confessarei entre os gentios e cantarei ao teu nome.
10 धर्मशास्त्रले यसो पनि भन्छः“तिमी गैर-यहूदीहरू परमेश्वरका मानिसहरूसँगै खुशी होऊ।”
10 E outra vez ele diz: Alegrai-vos, gentios, com seu povo.
11 अनि फेरि त्यसले भन्छः“तिमीहरू सबै अयहूदीहरू! परमप्रभूको प्रशंसा गर, सबैले उहाँको प्रशंसा गर्नुपर्छ।”
11 E outra vez: Louvai ao Senhor, todos os gentios, e exaltai-o todos os povos.
12 अनि यशैयाले भनेका छन्“एकजना मानिस यस्सीका परिवारबाट आउने छन्। ती मानिसले अयहूदीहरूमाथि राज गर्नेछन्, अनि ती मानिसको कारणले गैर-यहूदीहरूले आशा प्राप्त गर्नेछन्।”
12 E outra vez diz Isaías: Haverá uma raiz em Jessé, e aquele que se levantar para reger os gentios; nele os gentios confiarão.
13 तिमीहरूले परमेश्वरमा विश्वास गर्ने हुनाले, परमेश्वर जो आशाको मुहान हुनुहुन्छ, उहाँले तिमीहरूलाई आनन्द र शान्तिले पूर्ण गरून्। तब तिमीहरूको आशा पवित्र आत्माको शक्तिद्वारा परिपूर्ण बन्नेछ।
13 Ora, o Deus de esperança vos encha de toda a alegria e paz em crer, para que abundeis em esperança por meio do poder do Espírito Santo.
14 मेरा दाज्यू-भाइहरू र दिदी-बहिनीहरू, म निश्चित छु कि तिमीहरू भलाईले भरिएका छौ। म जान्दछु तिमीहरूसँग चाहे जति सम्पूर्ण ज्ञान छ अनि तिमीहरूले एक अर्कालाई उपदेश दिनसक्छौ।
14 E eu mesmo, meus irmãos, tenho sido convencido a respeito de vós, de que também vós estais cheios de bondade, cheios de todo o conhecimento, capazes também para admoestar-vos uns aos outros.
15 मैले तिमीहरूलाई सम्झाउनलाई केही कुराहरू खुलस्त गरी लेखेको छु। मैले यसो गरेको कारण परमेश्वरले मलाई यो विशेष उपहार दिनु भएको छ।
15 Porém, irmãos, eu vos escrevi em alguns pontos ousadamente, para lembrá-los, por meio da graça que me foi dada por Deus,
16 गैर-यहूदीहरूलाई सहयोग गर्नु भनेर परमेश्वरले मलाई ख्रीष्ट येशूका सेवक बनाउनु भएकोछ। उहाँको सुसमाचारहरू प्रचार गरेर मैले परमेश्वरको सेवा गरें। मैले यसो गर्नुको उद्देश्य गैर-यहूदीहरू परमेश्वरका ग्रहण योग्य बलिहरू बन्नि सकून् भन्ने हो। पवित्र-आत्माद्वारा तिनीहरू पवित्र पारिए।
16 que eu seja ministro de Jesus Cristo aos gentios, ministrando o evangelho de Deus, para que a oferta dos gentios seja aceitável, santificada pelo Espírito Santo.
17 यसैले म ती कुराहरूमा घमण्ड गर्दछु जुन मैले परमेश्वरका निम्ति ख्रीष्ट येशूमा गरें।
17 Por isso, eu tenho que me gloriar em Jesus Cristo, nas coisas pertencentes a Deus.
18 गैर-यहूदीहरूलाई परमेश्वरको आज्ञाकारी बनाउनमा वचन र कर्मद्वारा ख्रीष्टले मेरो मार्फत जे गर्नु भएको छ त्यसबारे मात्र बोल्ने आँट म गर्नेछु।
18 Porque eu não ousaria falar alguma coisa que Cristo não tenha feito por mim, para fazer dos gentios obedientes, por palavras e por obras,
19 अनि तिनीहरूले परमेश्वरको आत्माको शक्तिद्वारा गरिएका चमत्कारहरू र आश्चर्यलाई देखेर आज्ञा पालन गरे। पूरै यरूशलेमदेखि इल्लिरिकमसम्म ख्रीष्टको सुसमाचार प्रचार गर्ने काम मैले सिद्धयाएँ।
19 pelo poder dos sinais e maravilhas, através do poder do Espírito de Deus; de maneira que, desde Jerusalém e arredores até o Ilírico, eu tenho pregado plenamente o evangelho de Cristo.
20 जहाँ-जहाँ ख्रीष्टलाई चिनिंदैन ती ठाउँहरूमा मात्र सुसमाचार प्रचार गर्ने इच्छा सदा मेरो रहेको छ। मैले यसो गरे कारण कसैले पहिल्यैबाट थालिसकेको काममाथि निर्माण गर्ने मैले चाहिनँ।
20 E desta maneira me esforcei para pregar o evangelho, não onde Cristo houvera sido nomeado, para não edificar sobre fundamento de outro homem,
21 तर धर्मशास्त्रमा लेखिएको छः“मानिसहरू जसलाई उहाँको विषयमा भनिएको छैन, तिनीहरूले देख्नेछन्, मानिसहरू जसले उहाँको विषयमा सुनेका छैनन्, तिनीहरूले बुझ्नेछन्।”
21 antes, como está escrito: Aqueles a quem ele não foi anunciado o verão, e os que não ouviram o entenderão.
22 यही कारणले गर्दा म तिमीहरूकहाँ आउन धेरै पल्ट रोकिएकोछु।
22 Razão pela qual também muitas vezes tenho sido impedido de ir até vós.
23 अब यस भेकमा मैले आफ्ना कामहरू शेष पारें अनि धेरै र्वषदेखि म तिमीहरू कहाँ आउन चिन्तित थिएँ।
23 Mas agora, não tendo mais lugar nestas regiões, e tendo um grande desejo, há muitos anos, de chegar até vós,
24 यसैले स्पेन जाँदा म तिमीहरूलाई भेट्ने आशा गर्छु। निश्चय, म स्पेन भएर जाँदाखेरि तिमीहरूलाई भेट्ने आशा गर्छु। केही बेर तिमीहरूका साथमा आनन्द मनाउने आशा गर्छु अनि त्यसपछि तिमीहरूले मेरो यात्रामा साथ दिन सक्छौ।
24 quando eu viajar para a Espanha, irei até vós. Porque eu espero ver-vos na minha viagem, e para lá ser conduzido por vós pelo caminho, após ter primeiro desfrutado um pouco da vossa companhia.
25 अहिले म परमेश्वरका मानिसहरूलाई मद्दत गर्न यरूशलेम गइरहेछु।
25 Mas agora eu vou para Jerusalém para ministrar aos santos.
26 यरूशलेममा परमेश्वरका कतिपय मानिसहरू गरीब छन्।
26 Porque agradou aos da Macedônia e Acaia fazerem uma certa contribuição para os pobres dentre os santos que estão em Jerusalém.
27 म्यासिडोनिया र अखैयाका विश्वासीहरू यरूशलेमका ती मानिसहरूलाई चन्दा दिएर सघाउन खुशी थिए। तिनीहरू सहयोग दिन खुशी थिए। वास्तवमा, यरूशलेमका गरीबहरूलाई मद्दत गर्न ती वाध्य छन्। यहूदीहरूको आत्मिक आशीर्वादमा सहभागी भएकाले ती गैर-यहूदीहरूले सघाउन पर्छ। त्यसैले तिनीहरूले आफ्ना भौतिक वस्तुहरू तिनीहरूलाई सघाउन उपयोग गर्नुपर्छ। यसको लागि तिनीहरू यहूदीहरूका ऋणी छन्।
27 Isto lhes agradou de fato, e eles são seus devedores. Porque, se os gentios foram feitos participantes das suas coisas espirituais, também é seu dever ministrar-lhes as coisas carnais.
28 मैले निश्चित गर्नु छ कि यरूशलेमका गरीबहरूले ती सबै पैसा पाऊन् जुन तिनीहरूलाई दिइएकोछ। यो काम सकेर म स्पेन जान्छु। स्पेन जाँदा, म तिमीहरूकहाँ आउँछु।
28 Portanto, quando eu tiver completado isto, e lhes tiver selado este fruto, passando por vós, irei para a Espanha.
29 जब म तिमीहरूलाई भेट्न आउँछु म ख्रीष्टको सम्पूर्ण आशिषसितै आउँछु।
29 E sei que quando eu for até vós, chegarei com a plenitude da bênção do evangelho de Cristo.
30 दाज्यु-भाइ र दिदी-बहिनीहरू, म तिमीहरूलाई बिन्ती गर्दछु, मेरो निम्ति परमेश्वरलाई प्रार्थना गरेर मलाई मेरो काममा सहयोग गर। हाम्रा प्रभु येशू ख्रीष्टको नाममा र पवित्र आत्माले दिने प्रेमद्वारा म यो विन्ती गर्दछु।
30 E agora eu suplico-vos, irmãos, por nosso Senhor Jesus Cristo e pelo amor do Espírito, que luteis juntos comigo nas vossas orações a Deus por mim,
31 प्रार्थना गर कि म यहूदियाका अविश्वासीहरूबाट जोगिन सकूँ। मैले उनीहरूका निम्ति लगेको सहयोगलाई यरूशलेममा परमेश्वरका मानिसहरूले सर्हष स्वीकार गरून् भनेर पनि प्रार्थना गरिदेऊ।
31 para que eu seja livrado dos incrédulos que estão na Judeia, e que meu serviço em Jerusalém seja aceito pelos santos,
32 त्यसपछि परमेश्वरले चाहनु भयो भने म तिमीहरूकहाँ आउनेछु। म खुशीले आउनेछु तिमीहरूसँगै विश्राम लिनेछु।
32 para que eu chegue até vós com alegria pela vontade de Deus, e possa revigorar-me convosco.
33 परमेश्वर जो शान्तिका स्रोत हुनुहुन्छ, तिमीहरू सबैसित रहुन्। आमिन।
33 E o Deus da paz seja com todos vós. Amém!
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Romanos 15, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.