Provérbios 6

Nepali Bible (GL_NEPALI) vs VC

Sair da comparação
VC Versão Católica
1 हे मेरो छोरो! यदि तिमी छिमेकीको ऋणको लागि जमानी बसेको भए अथवा त्यसले आफ्नो ऋण तिर्न नसकेकोमा आफूले तिर्ने वचन दिएको भए,
1 Meu filho, se ficaste por fiador do teu próximo, se estendeste a mão a um estranho,
2 तिमी तब जालमा फँस्यौ, तिमी आफ्नै प्रतिज्ञामा आफैं पक्राउ पर्यौ।
2 se te ligaste com as palavras de teus lábios, se ficaste cativo com a tua própria linguagem,
3 तिमी तिम्रै छिमेकीको नियन्त्रणमा पर्यौ, यसकारण फेरि पनि जाऊ अनि तिम्रो छिमेकिसंग क्षमा माग।
3 faze, pois, meu filho, o que te digo: livra-te, pois caíste nas mãos do teu próximo; vai, apressa-te, solicita-o com instância,
4 अलिकति समय पनि नपर्ख अथवा नसुत।
4 não concedas sono aos teus olhos, nem repouso às tuas pálpebras.
5 मृग एउटा सिकारीबाट भागे झैं अथवा त्यो एउटा चरा जालबाट उम्के झैं तिमी आफैंलाई रक्षा गर।
5 Salva-te como a gazela {do caçador}, e como o pássaro das mãos do que arma laços.
6 हे अल्छी मानिस हो, तिमी एक कमिला झैं मेहनती हुनु पर्छ। हेर, कमिलाले कति मेहनत गर्छ, यसर्थ कमिलाबाट सिक।
6 Vai, ó preguiçoso, ter com a formiga, observa seu proceder e torna-te sábio:
7 कमिलाहरूका कुनै सेनाध्यक्ष, पदाधिकारी या शासक हुँदैन।
7 ela não tem chefe, nem inspetor, nem mestre;
8 तर ग्रीष्म ऋतुमा कमिलाले आफ्नो निम्ति खाना बटुल्छ, जम्मा गरेर राख्छ र कटनीको समयमा त्यसको निम्ति प्रशस्त खाना रहन्छ।
8 prepara no verão sua provisão, apanha no tempo da ceifa sua comida.
9 हे अल्छी मानिसहरू हो! कहिले सम्म पल्टि रहन्छौ? कहिले तिमीहरू आफ्नो निन्द्राबाट उठ्छौ।
9 Até quando, ó preguiçoso, dormirás? Quando te levantarás de teu sono?
10 अल्छे मानिसले भन्छ, “केही क्षणको निम्ति अझ सुतौं। हामी एक छिन सुतौं, हाम्रा हातहरूलाई केही क्षण आराम दिऊँ।”
10 Um pouco para dormir, outro pouco para dormitar, outro pouco para cruzar as mãos no seu leito,
11 अनि उसको गरिबी एउटा डाँकू झैं, आँउछ र उसको अभाव एक हत्यारा झैं आउँछ।
11 e a indigência virá sobre ti como um ladrão; a pobreza, como um homem armado.
12 एक दुष्ट अनि नीच मानिस जहाँ गएता पनि झूटो बोल्छ अनि
12 É um homem perverso, um iníquo aquele que caminha com falsidade na boca;
13 उसले मानिसहरूलाई छक्याउँन आँखा झिम्क्याउँछ खुट्टा हल्लाएर तथा हातको औली द्वारा इशारा गर्छ।
13 pisca os olhos, bate com o pé, faz sinais com os dedos;
14 उसको विचार छलपूर्ण हुन्छ, उसले खराब योजनाहरू बनाउँछ, उसले सबै समयमा तर्क गर्छ।
14 só há perversidade em seu coração, não cessa de maquinar o mal, e de semear questões.
15 तर अचानक बिपदले उसलाई आघात पार्छ, उसलाई चोट लाग्छ अनि यस चोटबाट ऊ निको हुने छैन।
15 Por isso, repentinamente, virá sua ruína, de improviso ficará irremediavelmente quebrantado.
16 परमेश्वरले छ वटा कुराहरूलाई घृणा गर्नुहुन्छ, सात वटा जो घृणित छन्।
16 Seis coisas há que o Senhor odeia e uma sétima que lhe é uma abominação:
17 आँखाहरू जसले मानिसलाई घमण्डी दर्शाउँछ, जिब्राहरू जसले झूटो बोल्छ, हातहरू जसद्वारा निर्दोष मानिसको हत्या गर्छ, हृदय जहाँ दुष्ट कर्म गराउने योजनाहरू बनिन्छन् गोडाहरू जुन दुष्ट कर्मको निम्ति दौडन्छन्।
17 olhos altivos, língua mentirosa, mãos que derramam sangue inocente,
18 त्यो मानिस जसले अदालतमा झूटो बोल्छ। त्यो मानिस जो दाज्यू भाइहरूको बीचमा झगडा लगाउँछ।
18 um coração que maquina projetos perversos, pés pressurosos em correr ao mal,
19 नीतिवचन तथा अरू कही पनि जहाँ सात कुराहरू भनिएकोछ, ती सात कुराहरू यी नै भनी कुनै निश्चय छैन। तर सात भन्दा धेरै नै भनिएकोछ। जहाँ सात होइन आठ भनिन्छ, त्यसको अर्थ धेरै भन्दा पनि अझ धेरै मानिनु पर्छ।
19 um falso testemunho que profere mentiras e aquele que semeia discórdias entre irmãos.
20 हे मेरो छोरो, आफ्नो बाबुको आज्ञाहरू ग्रहण गर अनि तिम्री आमाले दिएको शिक्षाहरूलाई इन्कार नगर।
20 Guarda, filho meu, os preceitos de teu pai, não desprezes o ensinamento de tua mãe.
21 उनीहरूले भनेका वचनहरू सधैं हृदयमा राख, तिनीहरूलाई तिम्रो गला वरिपरि बाँधेर राख।
21 Traze-os constantemente ligados ao teu coração e presos ao teu pescoço.
22 जब तिमी अगि बढने छौ त्यति बेला ती वचनहरूले तिम्रो मार्गदर्शन गर्नेछ। जब तिमी सुत्छौ, तिनीहरूले तिम्रो रक्षा गर्नेछन् र जब तिमी जाग्छौ ती बचनहरू तिमीसित कुरा गर्नेछन्।
22 Servir-te-ão de guia ao caminhares, de guarda ao dormires e falarão contigo ao despertares,
23 किनभने यी आज्ञाहरू चाँहि बत्ती र यी शिक्षाहरू चाँहि ज्योति हुन्। तिम्रा आमा बाबुका शिक्षाहरूले तिमीलाई सही मार्गमा डोर्याउँनेछ। ती शिक्षाहरूले तिम्रो जीवन सुधार्नेछ अनि जीवनको सही मार्गमा हिँडन तिमीलाई प्रशिक्षण दिनेछन्।
23 porque o preceito é uma tocha, o ensinamento é uma luz, a correção e a disciplina são o caminho da vida,
24 तिनीहरूको शिक्षाले तिमीलाई अपवित्र आइमाईकहाँ जानु अवरोध पुर्याउनेछ अनि व्यभिचारी स्त्रीको चिप्ल्याईबाट बाँच्नेछौ।
24 para te preservar da mulher corrupta e da língua lisonjeira da estranha.
25 उसको सुन्दरताको इच्छा तिम्रो मनमा नगर अनि उसको आँखाको जादूमा बन्दी नबन।
25 Não cobices sua formosura em teu coração, não te deixes prender por seus olhares;
26 एउटी वेश्याले तिमीबाट एक टुक्रा रोटीको दाम लिनु सक्छे, तर अर्काकी पत्नीले तिम्रो जीवन नै ध्वंश गरिदिन्छे।
26 por uma meretriz o homem se reduz a um pedaço de pão, e a mulher adúltera arrebata a vida preciosa do homem.
27 जल्दै गरेको आगो के एउटा मानिसले उसको काखमा राख्दा उसको लुगा चाहि जल्दैन?
27 Porventura pode alguém esconder fogo em seu seio sem que suas vestes se inflamem?
28 एउटा मानिस बल्दै गरेको कोइला माथि हिडन सक्छ अनि उसको खुट्टा चाहि जल्दैन के यस्तो हुन सक्छ?
28 Pode caminhar sobre brasas sem que seus pés se queimem?
29 जो कोही मानिसको लागि पनि त्यस्तै हुन्छ जब ऊ अन्य मानिसको पत्नीसित ओछ्यानमा सर्म्पक राख्छ। त्यस मानिसले दुःख भोग्ने छ।
29 Assim o que vai para junto da mulher do seu próximo não ficará impune depois de a tocar.
30 कुनै चोर भोकले चुर भएर यदि आफ्नो ज्यान बचाउनको निम्ति चोरी गर्यो भने, मानिसहरूले त्यसको त्यति निन्दा गर्दैनन।
30 Não se despreza o ladrão que furta para satisfazer seu apetite, quando tem fome;
31 तर पनि त्यो मानिस चोर्दै गर्दा पक्राउ पर्यो भने उसले चोरी गरेको परिणाम भन्दा सात गुणा वेशी तिर्नु पर्छ, चाहे यसरी तिर्नु पर्दा उसको घरको सम्पूर्ण सम्पत्ति नै किन शेष नहोस्।
31 se for preso, restituirá sete vezes mais e entregará todos os bens de sua casa.
32 तर जो मानिसले अर्काको पत्नीसित यौन सम्बन्ध राख्छ त्यसको विवेक हुँदैन उसले आफ्नै मात्र विनाश ल्याउँछ।
32 Quem comete adultério carece de senso, é por sua própria culpa que um homem assim procede.
33 उसले पिटाइ अनि बेइज्जत पाउँछ, अनि उसको नराम्रो नाम कहिले टाढा जाँदैन।
33 Só encontrará infâmia e ignomínia e seu opróbrio não se apagará,
34 त्यस पर स्त्रीको लोग्ने ईर्ष्याले क्रोध जगाउँछ अनि जब उसले त्यस मानिसमाथि बदलाको भाव राख्छ तब उसको हृदयमा त्यो मानिसप्रति दया कहिल्यै जाग्दैन।
34 porque o marido, furioso e ciumento, não perdoará no dia da vingança,
35 त्यस स्त्रीको लोग्नेले कुनै प्रकारको क्षतिपूर्ति ग्रहण गर्दैन जति सुकै पैसादिएर पनि त्यसलाई मनाउन सकिंदैनँ।
35 não se aplacará por resgate algum, nem aceitará nada, se multiplicares os presentes.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Provérbios 6, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.