Provérbios 2

Nepali Bible (GL_NEPALI) vs VC

Sair da comparação
VC Versão Católica
1 मेरो छोरा! म जे भन्छु ग्रहण गर। मेरा आदेशहरू स्मरण गर।
1 Meu filho, se acolheres minhas palavras e guardares com carinho meus preceitos,
2 ज्ञानका कुराहरूमा ध्यान देऊ। तिम्रो समझ शिक्षाहरू तिर लगाऊ।
2 ouvindo com atenção a sabedoria e inclinando teu coração para o entendimento;
3 ज्ञानका निम्ति बोलाऊ अनि समझशक्ति पाउनलाई कराऊ।
3 se tu apelares à penetração, se invocares a inteligência,
4 चाँदी खोजे झैं ज्ञान खोज, गाड-धन खोजे झैं ज्ञान खोज।
4 buscando-a como se procura a prata; se a pesquisares como um tesouro,
5 यदि तिमीले यसो गर्यौ भने परमप्रभुको डर मान्नुको अर्थ के हो तिमीले जान्न सक्ने छौ। तिमीले साँच्चै नै परमेश्वरको विषयमा जान्ने छौ।
5 então compreenderás o temor do Senhor, e descobrirás o conhecimento de Deus,
6 परमप्रभुले ज्ञान दिनुहुन्छ। बुद्धि अनि समझशक्तिहरू उहाँको मुखबाट बग्दछन्।
6 porque o Senhor é quem dá a sabedoria, e de sua boca é que procedem a ciência e a prudência.
7 उहाँले असल र ईमानदार मानिसको लागि उहाँको भण्डारमा विजय साँचेर राख्नु भएको छ।
7 Ele reserva para os retos a salvação e é um escudo para os que caminham com integridade;
8 उहाँले ती मानिसहरूको रक्षा गर्नुहुन्छ जो अरू प्रति स्वच्छ हुन्छन् उहाँले पवित्र मानिसहरूलाई पहाडा दिनु हुन्छ।
8 protege as sendas da retidão e guarda o caminho de seus fiéis.
9 यसर्थ परमप्रभुले तिमीहरूलाई ज्ञान दिनुहुनेछ अनि तिमीहरूले सही, असल र न्यायपूर्वक कुराहरू बुझ्नेछौ।
9 Então compreenderás a justiça e a eqüidade, a retidão e todos os caminhos que conduzem ao bem.
10 बुद्धि तिम्रो हृदयमा पस्नेछ अनि ज्ञान पाएर तिमीहरूको आत्मा सुखी हुनेछ।
10 Quando a sabedoria penetrar em teu coração e o saber deleitar a tua alma,
11 ज्ञानले तिमीलाई सुरक्षा दिनेछ र बुद्धिले तिम्रो रक्षा गर्नेछ।
11 a reflexão velará sobre ti, amparar-te-á a razão,
12 ज्ञान र बुद्धिले दुष्ट मानिस झैं भूल मार्गमा रहनबाट रोक्छ अनि दुष्टतापूर्वक बोल्नेहरूबाट बचाउँछ।
12 para preservar-te do mau caminho, do homem de conversas tortuosas
13 यस्ता मानिसहरू इमान्दारी मार्गबाट हट्छन्, तिनीहरू अँध्यारो मार्गमा हिँड्छन्।
13 que abandona o caminho reto para percorrer caminhos tenebrosos;
14 तिनीहरू नराम्रो कर्म गर्न रूचाउँछन् र त्यसमा आनन्द लिन्छन्।
14 que se compraz em praticar o mal e se alegra com a maldade;
15 तिनीहरूको मार्गमा भरोसा गर्न सकिंदैन, तिमीहरूका मार्गहरू कपटपूर्णछन्। तिनीहरू झूटो बोल्छन् अनि ठग्छन्। तर तिम्रो ज्ञान र बुद्धिले तिमीलाई ती चीजहरूबाट अलग्ग राख्छ।
15 do homem cujos caminhos são tortuosos e os trilhos sinuosos.
16 बुद्धिले तिमीहरूलाई पर-स्त्रीबाट अलग राख्छ र तिमीलाई ऊ प्रति आकर्षण गराउने मिठा कुराहरूबाट बचाउँछ।
16 Ela te preservará da mulher alheia, da estranha que emprega palavras lisonjeiras,
17 जब त्यो आइमाई तरूणी थिई त्यसले विहे गरी, तर त्यसले आफ्नो लोग्नेलाई छाडि दिई। आफूले परमेश्वरको अघि विहेको समयमा गरेको प्रतिज्ञा भूली।
17 que abandona o esposo de sua juventude e se esquece da aliança de seu Deus.
18 अनि अब उसित उसको घर जाँदा उसको घरले मृत्यु सम्मुख पुर्याउँछ। उसको पछि लाग्ने मर्नेछ।
18 Sua casa declina para a morte, seu caminho leva aos lugares sombrios;
19 जो कोही उसको घरभित्र जान्छ उसले आफ्नो जीवन गुमाउँछ, ऊ जीवनको मार्गमा फर्कि आउँदैन।
19 não retornam os que a buscam, nem encontram as veredas da vida.
20 ज्ञानले तिमीहरूलाई असल मानिसहरूले गरेको कार्यको उदाहरण अनुशरण गर्न सहायता गर्छ अनि धर्मी मानिसहरूको जीवन रीतिमा बाँच्न सिकाउँछ।
20 Assim tu caminharás pela estrada dos bons e seguirás as pegadas dos justos,
21 इमान्दारी मानिसहरू तिनीहरूको भूमिमा लगातार जीउने छन् अनि दोषरहित मानिसहरू त्यहाँ बस्नेछन्।
21 porque os homens retos habitarão a terra, e os homens íntegros nela permanecerão,
22 तर दुष्ट मानिसहरू आफ्नो भूमि गुमाउनेछन् अनि कपटपूर्ण मानिसहरूलाई त्यस भूमिबाट हटाइनेछ।
22 enquanto os maus serão arrancados da terra e os pérfidos dela serão exterminados.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Provérbios 2, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.