Números 21

Nepali Bible (GL_NEPALI) vs NVI

Sair da comparação
NVI Nova Versão Internacional
1 आरादाका कनानी राजा नेगेवमा बस्थे। उनले इस्राएली मानिसहरू अटारीमको बाटो भएर आउँदैछन् भन्ने चाल पाए। यसर्थ तिनी गएर इस्राएली मानिसहरू माथि आक्रमण गरे। तिनले केही मानिसहरूलाई पक्राऊ गरेर कैद गरे।
1 Quando o rei cananeu de Arade, que vivia no Neguebe, soube que Israel vinha pela estrada de Atarim, atacou os israelitas e capturou alguns deles.
2 तब इस्राएलका मानिसहरूले विशेष भाकल गरी परमप्रभुलाई पुकारेः “हे परमप्रभु, दया गरी हामीलाई यी मानिसहरूमाथि विजय गराई दिनुहोस् र हामी तिनीहरूको शहरहरू नष्ट पारी दिनेछौ।”
2 Então Israel fez este voto ao Senhor: "Se entregares este povo em nossas mãos, destruiremos totalmente as suas cidades".
3 परमप्रभुले इस्राएलीहरूको पुकार मान्नु भयो र कनानीहरूलाई जित्न तिनीहरूलाई सहायता गर्नु भयो। इस्राएलीहरूले तिनीहरू र तिनीहरूका शहर सम्पूर्ण ध्वंश पारे। यसर्थ त्यस ठाँउको नाम होर्मा राखियो।
3 O Senhor ouviu o pedido de Israel e lhes entregou os cananeus. Israel os destruiu completamente, a eles e às suas cidades; de modo que o lugar foi chamado Hormá.
4 इस्राएली मानिसहरू होर पर्वत छोडेर लाल समुद्र जाने बाटोमा हिड्न लागे। तिनीहरूले एदोम देश वरिपरि जानलाई त्यो बाटो गए। तर मानिसहरू धैर्यहीन भईसकेका थिए।
4 Partiram eles do monte Hor pelo caminho do mar Vermelho, para contornarem a terra de Edom. Mas o povo ficou impaciente no caminho
5 मानिसहरूले परमेश्वर र मोशाको विरोधमा कुरा गरे। तिनीहरूले भने, “यो मरूभूमिमा मर्नुको निम्ति किन हामीलाई मिश्र देशबाट ल्याइयो? कारण यहाँ न त पानी छ न रोटी। तुच्छ खाना अथवा रोटी खाँदा खाँदा वाक्क भई सक्यो।”
5 e falou contra Deus e contra Moisés, dizendo: "Por que vocês nos tiraram do Egito para morrermos no deserto? Não há pão! Não há água! E nós detestamos esta comida miserável! "
6 यसर्थ परमप्रभुले मानिसहरूको माझमा विषालु सर्पहरू पठाईदिनुभयो र तिनीहरूले धेरै मानिसहरूलाई डसेर मार्यो। यसरी इस्राएलका धेरै मानिसहरू मरे।
6 Então o Senhor enviou serpentes venenosas que morderam o povo, e muitos morreram.
7 मानिसहरू आएर मोशासंग भने, “हामी जान्दछौं परमप्रभु र तपाईंको विरोधमा बोलेर हामीले पाप गर्यौं। परमप्रभुसित प्रार्थना गरेर यी सर्पहरू फर्काउन लगाईदिनु होस्।” यसकारण मोशाले मानिसहरूको निम्ति प्रार्थना गरे।
7 O povo foi a Moisés e disse: "Pecamos quando falamos contra o Senhor e contra você. Ore pedindo ao Senhor que tire as serpentes do meio de nós". E Moisés orou pelo povo.
8 परमप्रभुले मोशालाई भन्नुभयो, “काँसाको एउटा सर्प बनाऊ र खम्बा माथि राख। सर्पबाट डसिएको कुनै व्यक्तिले त्यो खम्बामाथि राखिएको काँसाको सर्पलाई हेर्छ त्यो मर्ने छैन।”
8 O Senhor disse a Moisés: "Faça uma serpente e coloque-a no alto de um poste; quem for mordido e olhar para ela viverá".
9 यसकारण मोशाले परमप्रभुको आज्ञा मानी एउटा काँसाको सर्प बनाई खम्बामाथि राखे। त्यसपछि जब कुनै व्यक्तिलाई सर्पले टोके उसले त्यो खम्बा माथि राखिएको काँसाको सर्पलाई हेर्थ्यो र त्यो बाँच्थ्यो।
9 Moisés fez então uma serpente de bronze e a colocou num poste. Quando alguém era mordido por uma serpente e olhava para a serpente de bronze, permanecia vivo.
10 इस्राएली मानिसहरूले त्यो ठाँउ छोडे अनि ओबोतमा छाउनी हाले।
10 Os israelitas partiram e acamparam em Obote.
11 त्यसपछि तिनीहरूले ओबोतबाट हिंडी मोआबको पूर्वमा रहेको मरूभूमि ऐ अबारीममा छाउनी हाले।
11 Depois partiram de Obote e acamparam em Ijé-Abarim, no deserto defronte de Moabe, ao leste.
12 तिनीहरूले त्यो ठाँउ पनि छाडी जेरोद बेंसीमा छाउनी हाले।
12 Dali partiram e acamparam no vale de Zerede.
13 त्यहाँबाट पनि गई अर्नोन नदी पारीको मरूभूमिमा छाउनी हाले। यो नदी एमोरीहरूको सिमानाबाट शुरू हुन्थ्यो। त्यो बेंसीमा मोआब र एमोरीहरू बीचको सिमान थियो।
13 Partiram dali e acamparam do outro lado do Arnom, que fica no deserto que se estende até o território amorreu. O Arnom é a fronteira de Moabe, entre Moabe e os amorreus.
14 यसकारण परमप्रभुको युद्धको पुस्तकमा यी कुरा लेखिएका छन्।“अनि सूपामा वाहेब अनि अर्नोनको बेंसी
14 É por isso que se diz no Livro das Guerras do Senhor: "... Vaebe, em Sufá, e os vales, o Arnom
15 अनि बेंसीहरूको आरको भिरालोहरू वासस्थान पट्टि जो मोआबको सिमानामा अवस्थित छन्।”
15 e as ravinas dos vales que se estendem até a cidade de Ar e chegam até a fronteira de Moabe".
16 इस्राएलका मानिसहरू त्यस ठाँउ छाडेर बेओर तिर गए। यस ठाँउमा कूवा थियो र परमप्रभुले मोशालाई भन्नु भयो, “मानिसहरूलाई भेला गरेर ल्याऊ, म तिनीहरूलाई पानी दिनेछु।”
16 De lá prosseguiram até Beer, ao poço do qual o Senhor disse a Moisés: "Reúna o povo, e eu lhe darei água".
17 तब इस्राएलका मानिसहरूले यो गीत गाए।“हे कूवा पानीसित बग्छ। यस विषयमा गीत गाओ।
17 Então Israel cantou esta canção: "Brote água, ó poço! Cantem a seu respeito,
18 महान व्यक्तिले यो कूवा खने। महान नायकहरूले यो कूवा खने। तिनीहरूले आफ्नो भारदारहरूसंग हिंड्ने लहुरोहरूले यो कूवा खने। मरूभूमिमा एउटा उपहार रहेको छ।”यसर्थ मानिसहरूले त्यो कुवाको नाम “मत्ताना” राखे।
18 a respeito do poço que os líderes cavaram, que os nobres abriram com cetros e cajados". Então saíram do deserto para Mataná,
19 मानिसहरू मत्तानाबाट नहलीएल गए। त्यसपछि तिनीहरू नहलीएलबाट बामोत गए।
19 de Mataná para Naaliel, de Naaliel para Bamote,
20 बामोतबाट मानिसहरू फेरि मोआब बेंसी गए। यस ठाँउमा पिसगा पर्वतको टुप्पो मरूभूमि माथि देखिन्छ।
20 e de Bamote para o vale de Moabe, onde o topo do Pisga defronta com o deserto de Jesimom.
21 इस्राएलले आफ्नो केही मानिसहरू एमोरीहरूका राजा सीहोन कहाँ पठाए। ती मानिसहरूले राजालाई भने,
21 Israel enviou mensageiros para dizer a Seom, rei dos amorreus:
22 “हामीहरूलाई तपाईंहरूको देश भएर जान दिनुहोस्। हामी तपाईंको दाखबारीहरू तथा खेतमा पस्ने छैनौ, तपाईंको पोखटीबाट पानी पिउने छैनौं। जब सम्म हामी तपाईंको देशको सिमानामा पुग्दैनौं हामी मूल बाटोमा रहने छौं।”
22 "Deixa-nos atravessar a tua terra. Não entraremos em nenhuma plantação, em nenhuma vinha, nem beberemos água de poço algum. Passaremos pela estrada do rei até que tenhamos atravessado o teu território".
23 तर सीहोनले इस्राएललाई तिनको राज्यको सिमाना भित्रबाट हिड्नु दिएनन् अनि आफ्ना मानिसहरूलाई भेला पारेर इस्राएललाई मरूभूमिमा आक्रमण गर्न आए। तिनी यहससम्म आए अनि इस्राएलीहरूसित लडाँई गरे।”
23 Seom, porém, não deixou Israel atravessar o seu território. Convocou todo o seu exército e atacou Israel no deserto. Quando chegou a Jaza, lutou contra Israel.
24 तर इस्राएलीहरूले तिनलाई तरवारको टुप्पोले घोचेर मारे अनि तिनको भूमि अर्नोन नदीदेखि यब्बोक नदी सम्म कब्जा गरे। तिनीहरूले अम्मोनीहरूको सिमानासम्म मात्र लिएर रोकिए कारण अम्मोनीहरूले आफ्नो सिमाना बलियो गरी सुरक्षा गरेका थिए।
24 Porém Israel o destruiu com a espada e tomou-lhe as terras desde o Arnom até o Jaboque, até o território dos amonitas, pois Jazar estava na fronteira dos amonitas.
25 यसकारण इस्राएलले एमोरीहरूको सबै शहरहरू कब्जामा लिएर त्यहीं बस्न शुरू गरे। तिनीहरूले हेशबोन र त्यसको वरिपरिको साना साना शहरहरू पनि आफ्नो अधीनमा लिए।
25 Israel capturou todas as cidades dos amorreus e as ocupou, inclusive Hesbom e todos os seus povoados.
26 हेशबोन त्यो शहर हो जहाँ अम्मोरीहरूका राजा सीहोन बस्थे। सीहोनले मोओबका राजासित युद्ध गरी तिनको भूमि अर्नोन नदीसम्म कब्जामा लिएका थिए।
26 Hesbom era a cidade de Seom, rei dos amorreus, que havia lutado contra o antigo rei de Moabe, tendo lhe tomado todas as suas terras até o Arnom.
27 यसैकारण गाइनेहरूले यो गीत गाँउछन्।तिमीहरू हेशबोन शहरमा आऊ, यो पुर्नस्थापित होस्। सीहोन शहर फेरि बनियोस्।
27 É por isso que os poetas dizem: "Venham a Hesbom! Seja ela reconstruída; seja restaurada a cidade de Seom!
28 किनभने हेशबोन शहरबाट आगो शुरू भएर एउटा ज्वाला सीहोन शहरबाट शुरू भयो। यसले अर र मोआबलाई ध्वंश पार्यो। यसले अर्नोन माथिका उच्च पर्वतहरू जलायो।
28 "Fogo saiu de Hesbom, uma chama da cidade de Seom; consumiu Ar, de Moabe, os senhores do alto Arnom.
29 ए मोआब तँलाई धिक्कार छ। ए कमोशका प्रजाहरू हो तिमीहरू नष्ट भयौ। यसले आफ्नो छोराहरूलाई भगौटे बनाएर र छोरीहरूलाई कैद गराएर, एमोरीहरूका राजा सीहोनलाई दिएको छ।
29 Ai de você, Moabe! Você está destruído, ó povo de Camos! Ele fez de seus filhos, fugitivos e de suas filhas, prisioneiras de Seom, rei dos amorreus.
30 तर हामीले ती एमोरीहरूलाई जितेका छौं। हेशबोन देखि दीबोनसम्मै, ध्वंश भयो, र हामीले मेदेबाको नजीक नोपा सम्म, तिनीहरूको शहरहरू नष्ट पारेका छौं।
30 "Mas nós os derrotamos; Hesbom está destruída por todo o caminho até Dibom. Nós os arrasamos até Nofá, e até Medeba".
31 यसकारण इस्राएलीहरूले एमोरीहरूको भूमि दखल गरे।
31 Assim Israel habitou na terra dos amorreus.
32 मोशाले याजेरको शहरमा खूपियाहरू पठाए। मोशाले यसो गरे पछि इस्राएलीहरूले त्यसका वरिपरिका शहरहरू अधीनमा ल्याए अनि एमोरीहरूलाई लखेटे।
32 Moisés enviou espiões a Jazar, e os israelitas tomaram os povoados ao redor e expulsaram os amorreus que ali estavam.
33 त्यसपछि इस्राएलीहरू बाशानतिर जाने बाटो लागे। बाशानका राजा ओग आफ्नो सेनाहरू लिएर इस्राएलीहरूलाई भेटन अघि बढे अनि एद्रईमा तिनीहरूसित युद्ध गरे।
33 Depois voltaram e subiram pelo caminho de Basã, e Ogue, rei de Basã, com todo o seu exército, marchou para enfrentá-los em Edrei.
34 तर परमप्रभुले मोशालाई भन्नुभयो, “त्यो राजासित नडराऊ, म तिमीलाई जिताउनेछु। हेशबोनमा बस्ने एमोरीहरूका राजा सीहोनलाई जुन व्यवहार गरेका थियौ ओगसित पनि त्यही गर। उसको सबै सेनाहरू र भूमि अधीनमा पार।”
34 Mas o Senhor disse a Moisés: "Não tenha medo dele, pois eu o entreguei a você, juntamente com todo o seu exército e com a sua terra. Você fará com ele o que fez com Seom, rei dos amorreus, que habitava em Hesbom".
35 यसर्थ इस्राएलीहरूले राजा ओग र उसको सेनाहरूलाई परास्त पारे अनि तिनीहरूले उसको छोराहरू, सेनाहरू तथा उसलाई पनि मारेर उसको भूमि अधीनमा लिए।
35 Então eles o derrotaram, bem como os seus filhos e todo o seu exército, não lhes deixando sobrevivente algum. E tomaram posse da terra dele.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Números 21, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.