Levítico 11

Nepali Bible (GL_NEPALI) vs NVI

Sair da comparação
NVI Nova Versão Internacional
1 परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो,
1 Disse o Senhor a Moisés e a Arão:
2 “इस्राएलका मानिसहरूलाई भनः ‘पृथ्वीका प्राणीहरूमध्ये तिमीहरू यी प्राणीहरू खान सक्छौः
2 "Digam aos israelitas: De todos os animais que vivem na terra, estes são os que vocês poderão comer:
3 तिमीहरू कुनै पनि प्राणी खान सक्छौ जसको खुर चिरिएको हुन्छ अनि जो उग्राउँछ।
3 Qualquer animal que tem casco fendido e dividido em duas unhas, e que rumina.
4 “तिमीहरूले ऊँट खानु हुँदैन किनभने यो उग्राउँछ तर यसको खुर चिरिएको छैन,
4 "Vocês não poderão comer aqueles que só ruminam nem os que só têm o casco fendido. O camelo, embora rumine, não tem casco fendido; considerem-no impuro.
5 भुइँभालु किनभने यो उग्राउँछ तर यसको खुर चिरिएको हुँदैन।
5 O coelho, embora rumine, não tem casco fendido; é impuro para vocês.
6 खरायो यद्यपि यो उग्राउँछ। यसको खुर चिरिएको हुँदैन किनभने यी अशुद्ध हुन्।
6 A lebre, embora rumine, não tem casco fendido; considerem-na impura.
7 अनि सुँगुर-यसको खुर चिरिएको त छ तर यसले उग्राउँदैन, यसर्थ यो तिमीहरूको निम्ति फोहोर तथा अशुद्ध छ।
7 E o porco, embora tenha casco fendido e dividido em duas unhas, não rumina; considerem-no impuro.
8 तिमीहरूले यी पशुहरूको मासु नखानु अनि या पशुहरूको सिनु नछुनु। यी पशुहरू तिमीहरूको निम्ति अशुद्ध अनि फोहोर हुन्।
8 Vocês não comerão a carne desses animais nem tocarão em seus cadáveres; considerem-nos impuros.
9 “पानीमा हुने सबै प्राणीहरू तिमीहरूले खान सक्छौ, जलचर प्राणीहरूमा जसको पखेटा र कत्ला हुन्छ, चाहे त्यो नदी अथवा समुद्रको, तिमीहरू खान सक्छौ।
9 "De todas as criaturas que vivem nas águas do mar e dos rios, vocês poderão comer todas as que possuem barbatanas e escamas.
10 नदी अनि समुद्रका सबै प्राणीहरूमा जसको पखेटा अथवा कत्ला हुँदैन त्यसलाई घृणा गर्नु अनि नखानु।
10 Mas todas as criaturas que vivem nos mares ou nos rios, que não possuem barbatanas e escamas, quer dentre todas as pequenas criaturas que povoam as águas quer dentre todos os outros animais das águas, serão proibidas para vocês.
11 यस्ता पशुहरू तिमीहरूको निम्ति घृणित हुन अनि तिमीहरूले तिनीहरूको मासु खानु हुँदैन तिमीहरूले तिनीहरूको मृत शरीरहरूलाई छुनु हुँदैन।
11 Por isso, não poderão comer sua carne e considerarão impuros os seus cadáveres.
12 जलचर प्राणीहरू मध्ये जसको पखेटा अनि कत्ला हुँदैन त्यसको मासु खानु तिमीहरूको निम्ति निषेध मान्नुपर्छ।
12 Tudo o que vive na água e não possui barbatanas e escamas será proibido para vocês.
13 “चराहरूमा यी तिमीहरूको निम्ति घृणित हुन् अनि तिमीहरूले यिनीहरूको मासु खानु हुँदैन गरूड, गिद्ध, कालो गिद्ध,
13 "Estas são as aves que vocês considerarão impuras, das quais não poderão comer porque são proibidas: a águia, o urubu, a águia-marinha,
14 रातो चील र सबै प्रकारका कालो चील,
14 o milhafre, o falcão,
15 सबै थरीका कागहरू,
15 qualquer espécie de corvo,
16 ठूलो लाटकोसेरो, कराउने लाटकोसेरो, समुद्री चराहरू र सबै जातका बाजहरू,
16 a coruja-de-chifre, a coruja-de-orelha-pequena, a coruja-orelhuda, qualquer espécie de gavião,
17 सानो लाटोकोसेरो, पानी काग, भुल्का,
17 o mocho, a coruja-pescadora e o corujão,
18 सेतो लाटोकोसेरो, मरूभूमिमा हुने लाटोकोसेरो, माछा खाने चील,
18 a coruja-branca, a coruja-do-deserto, o abutre,
19 सारस, सबै प्रकारको बकुल्ला, फाप्रेचरो र चमेरो।
19 a cegonha, qualquer tipo de garça, a poupa e o morcego.
20 “तिमीहरूले प्रत्येक पंखेटा भएका किराहरूलाई जो घस्रेर हिंड्छन्, खानमा बारेको सम्झनु पर्छ।
20 "Todas as pequenas criaturas que enxameiam, que têm asas, mas que se movem pelo chão serão proibidas para vocês.
21 तर तिमीहरूले उफ्रिने जोर्नी भएका खुट्टा हुने पंखेटा भएका किराहरू खान सक्छौ।
21 Dentre estas, porém, vocês poderão comer aquelas que têm pernas articuladas para saltar no chão.
22 यी किराहरू मध्ये तिमीहरूले खान सक्छौः प्रत्येक प्रकारको सलह, पखेटा सलह; प्रत्येक जातको किथ्रा र फटेङ्ग्रा खानु सक्छौ।
22 Dessas vocês poderão comer os diversos tipos de gafanhotos.
23 “चार खुट्टे तर पंखेटा भएका प्रत्येक जातका किराहरू तिमीहरूको निम्ति घृणित हुन्छ, यो तिमीहरूले खानु निषेध मान्नुपर्छ।
23 Mas considerarão impuras todas as outras criaturas que enxameiam, que têm asas e que se movem pelo chão.
24 निम्न लिखित प्राणीहरूले तिमीहरूलाई फोहोर अनि अपवित्र पार्छ। कुनै पनि मानिस जसले तिनीहरूको सिनु छुन्छ त्यो साँझसम्म अपवित्र रहन्छ।
24 "Por meio deles vocês ficarão impuros; todo aquele que tocar em seus cadáveres estará impuro até à tarde.
25 अनि कुनै पनि मानिस जसले सिनु बोक्छ, उसले आफ्नो लुगा धुनुपर्छ अनि साँझसम्म त्यो अपवित्र रहनेछ।
25 Todo o que carregar o cadáver de algum deles lavará as suas roupas e estará impuro até à tarde.
26 “कुनै प्राणी जसको चिरिएको खुर त छ तर उग्राउँदैन भने त्यो तिमीहरूको निम्ति अपवित्र हो। जसले पनि यसलाई छुन्छ अशुद्ध हुन्छ।
26 "Todo animal de casco não dividido em duas unhas ou que não rumina é impuro para vocês; quem tocar qualquer um deles ficará impuro.
27 चार खुट्टाले हिंड्छ तर पन्जाले टेकेर हिंड्छन् भने त्यस्तो प्रत्येक पशु तिमीहरूको निम्ति अपवित्र हो। कुनै पनि मानिस जसले त्यसलाई छुन्छ त्यो साँझसम्म अपवित्र हुन्छ।
27 Todos os animais de quatro pés, que andam sobre a planta dos pés são impuros para vocês; todo o que tocar os seus cadáveres ficará impuro até à tarde.
28 जसले यस्तो पशुको लाश बोक्छ, साँझसम्म अशुद्ध रहन्छ अनि यसले आफ्नो लुगा धुनुपर्छ। त्यस्ता पशुहरू तिमीहरूको निम्ति अशुद्ध हुन्।
28 Quem carregar o cadáver de algum deles lavará suas roupas, e estará impuro até à tarde. São impuros para vocês.
29 “भूँईमा घस्रने प्राणीहरू मध्ये यिनीहरू तिमीहरूको निम्ति अपवित्र हुन्-जस्तै न्याउरीमुसो, मुसो, सबै जातको छेपारोहरू,
29 "Dos animais que se movem rente ao chão, estes vocês considerarão impuros: a doninha, o rato, qualquer espécie de lagarto grande,
30 माउसुली, गोहोरो, भालेमुँग्रो, बालुवामा हुने छेपारो अनि रंग बद्लने छेपारो।
30 a lagartixa, o lagarto-pintado, o lagarto, o lagarto da areia e o camaleão.
31 घस्रनेहरूमा यिनीहरू तिमीहरूको निम्ति अशुद्ध हुन्। कसैले यी प्राणीहरूमध्ये कुनैको पनि लाश छोए त्यो मानिस साँझसम्म अशुद्ध रहनेछ।
31 De todos os que se movem rente ao chão, esses vocês considerarão impuros. Quem neles tocar depois de mortos estará impuro até à tarde.
32 “अनि यदि अशुद्ध पशुहरू मध्ये कुनै मर्छ अनि केहि कुरामा पर्छ तब त्यो वस्तु अशुद्ध हुनेछ यो काठ, लुगा, छाला, पाठाको छालाको लुगा (भाङग्रा) अथवा कुनै काम आउने भाँडे किन नहोस्। यदि यस्तो भए, यसलाई पानीमा डुबाउनु पर्छ अनि यो साँझसम्म अशुद्ध रहनेछ।
32 E tudo sobre o que um deles cair depois de morto, qualquer que seja o seu uso, ficará impuro, seja objeto feito de madeira, de pano, de couro ou de pano de saco. Deverá ser posto em água e estará impuro até a tarde, e então ficará puro.
33 माटोको भाँडामा मरेका यी प्राणीहरूमध्ये कुनै परे त्यो भाडमा रहेको चीज पनि अशुद्ध हुन्छ र त्यो भाँडा फुटाउनु पर्छ।
33 Se um deles cair dentro de uma vasilha de barro, tudo o que nela houver ficará impuro, e vocês quebrarão a vasilha.
34 यदि त्यो भाँडामा पानी थियो अनि त्यसले अर्को कुनै खाद्य छुन्छ। त्यो अशुद्ध हुनेछ। अनि यदि कुनै पिउने वस्तु त्यस भाँडामा थियो भने त्यो पनि अशुद्ध हुनेछ।
34 Qualquer alimento sobre o qual cair essa água, ficará impuro, e qualquer bebida que estiver dentro da vasilha, ficará impura.
35 यदि त्यो मरेको वस्तुको कुनै पनि अंग मात्र केही चीजमा परे त्यो चीज अशुद्ध हुनेछ। यदि त्यो बस्तु चुला अथवा अँगेटी हो भने त्यो भत्काउनु पर्छ।
35 Tudo aquilo sobre o que o cadáver de um desses animais cair ficará impuro; se for um forno ou um fogão de barro vocês o quebrarão. Estão impuros, e vocês os considerarão como tais.
36 “तर यदि कोही पानीको मुहान अथवा कूवाँमा भए त्यो अशुद्ध हुँदैन तर जसले मरेको लाश छुन्छ त्यो चाँहि अशुद्ध हुन्छ।
36 Mas, se cair numa fonte ou numa cisterna onde se recolhe água, ela permanece pura; mas quem tocar no cadáver ficará impuro.
37 अनि यदि त्यो मृत देह कुनै बीउमाथि झरे त्यो बीउ शुद्ध नै रहन्छ।
37 Se um cadáver cair sobre alguma semente a ser plantada, ela permanece pura;
38 तर यदि ती बीउहरूमाथि पानी हालेको छ र त्यस्तो सिनु पर्यो भने ती बीउहरू तिमीहरूको निम्ति अशुद्ध हुनेछन्।
38 mas se foi derramada água sobre a semente, vocês a considerarão impura.
39 “यदि तिमीहरूका पशुहरूमध्ये कुनै मर्छ जसलाई खानको निम्ति तिमीहरूलाई अनुमति दिइएको छ, तब व्यक्ति जसले यसको मृत शरीरलाई छुन्छ साँझसम्म अशुद्ध रहनेछ।
39 "Quando morrer um animal que vocês têm permissão para comer, quem tocar no seu cadáver ficará impuro até à tarde.
40 यदि कसैले त्यस मरेको पशुको कुनै भागको मासु खान्छ तब त्यस मानिसले आफ्नो लुगा धुनु पर्छ र साँझसम्म ऊ अशुद्ध रहनेछ। यदि कसैले त्यस्तो पशुहरूको लाश छुन्छ ऊ साँझसम्म अशुद्ध रहनेछ अनि उसले आफ्ना लुगाहरू धुनु पर्छ।
40 Quem comer da carne do animal morto terá que lavar as suas roupas e ficará impuro até à tarde. Quem carregar o cadáver do animal terá que lavar as suas roupas, e ficará impuro até à tarde.
41 “अनि प्रत्येक प्राणी जो भुइँमा घस्रन्छ त्यसलाई तिमीले घृणा गर्नैपर्छ अनि तिमीले त्यो खानु हुँदैन।
41 "Todo animal que se move rente ao chão lhes será proibido e não poderá ser comido.
42 कुनै पनि प्राणी जो भुइँमा आफ्नो पेटले सुल्कन्छ अथवा चार अथवा धेरै खुट्टाले घस्रन्छ त्यस्तो प्राणी तिमीहरूले खानु हुँदैन। तिनीहरूलाई घृणा गर्नुपर्छ।
42 Vocês não poderão comer animal algum que se move rente ao chão, quer se arraste sobre o ventre quer ande de quatro ou com o auxílio de muitos pés; eles lhes são proibidos.
43 यस्ता घस्रने प्राणीबाट तिमीहरू कुनै पनि परिस्थितिमा अशुद्ध नहुनु। यिनीहरूलाई छोएर अशुद्ध नबन।
43 Não se contaminem com qualquer desses animais. Não se tornem impuros com eles nem deixem que eles os tornem impuros.
44 किनभने म परमप्रभु तिमीहरूको परमेश्वर हुँ। तिमीहरूले आफूलाई पवित्र राख्नु पर्छ। तिमीहरू पवित्र होऊ किनभने म पवित्र छु। तिमीहरू भूइँमा प्राणीहरूद्वारा अशुद्ध हुनु हुँदैन
44 Pois eu sou o Senhor Deus de vocês; consagrem-se e sejam santos, porque eu sou santo. Não se tornem impuros com qualquer animal que se move rente ao chão.
45 म परमप्रभु तिमीहरूका परमेश्वर हुँ जसले तिमीहरूलाई मिश्र देशबाट तिमीहरूका परमेश्वर हुनका निम्ति बाहिर ल्याएँ, तिमीहरू पवित्र बन किनभने म पवित्र छु।”
45 Eu sou o Senhor que os tirou da terra do Egito para ser o seu Deus; por isso, sejam santos, porque eu sou santo.
46 पशु, पंक्षी, जलचर अनि भूइँमा घस्रने सबै प्राणीहरूका निम्ति विधिहरू यी नै हुन्।
46 "Essa é a regulamentação acerca dos animais, das aves, de todos os seres vivos que se movem na água e de todo animal que se move rente ao chão.
47 पवित्र र अपवित्र र पशुहरूमा मासु खानु हुने र नहुने छुट्याउने नियम यी नै हुन्।”
47 Vocês farão separação entre o impuro e o puro, entre animais que podem e os que não podem ser comidos".

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Levítico 11, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.