Lamentações 1
Nepali Bible (GL_NEPALI) vs NVI
1 हाय! यरूशलेम मानिसहरूको भीडले भरिएको शहर थियो। तर अहिले यो शहर नित्तान्त शुन्य भएको छ। यरूशलेम एक समयमा संसारको प्रख्यात शहरहरूमध्ये एक थियो, तर अहिले यो एउटी शोकाकुल विधवा जस्तो भएको छ। यो शहर एक समयमा संसारका शहरहरूको बीचमा एउटी राजकुमारी जस्ती थिई। तर अहिले यो नोकर जस्तो भएको छ।
1 Como está deserta a cidade, antes tão cheia de gente! Como se parece com uma viúva, a que antes era grandiosa entre as nações! A que era a princesa das províncias agora tornou-se uma escrava.
2 त्यो रातभरी साह्रै दुख मानी रून्छे। उसको गालामा आँसुको धारा बगिरहन्छ। उसलाई सान्त्वना दिने अहिले कोही पनि छैन यद्यपी एक समयमा विभिन्न जातिका मानिसहरू यसका साथीहरू हुने गर्थे। उसका सारा मित्रहरूले उसपट्टि पिठयूँ फर्काए। तिनीहरू अहिले उसको शत्रुहरू भएका छन्।
2 Chora amargamente à noite, as lágrimas rolam por seu rosto. De todos os seus amantes nenhum a consola. Todos os seus amigos a traíram; tornaram-se seus inimigos.
3 यहूदा अति नै पीडीत भए अनि यहूदलाई कैद बनाइयो। यहूदा अन्य जातिहरू माझमा बस्थे। तर उनले कतै शान्ति पाएनन्। मानिसहरू जसले उनलाई खेदे अनि समाते तिनीहरूले उसलाई साँघुरो खाडलमा समाते।
3 Em aflição e sob trabalhos forçados, Judá foi levado ao exílio. Vive entre as nações sem encontrar repouso. Todos os que a perseguiram a capturaram em meio ao seu desespero.
4 सियोन जाने बाटो एकदम उदास छ। तिनीहरू दुखी छन् किनभने विदाको समयमा त्यहाँ कोही पनि आँउदैनन। सियोनका सारा प्रवेशद्वारहरू भत्काईए। सियोनका सारा पूजाहारीहरू सुस्केरा मार्छन् सियोनका तरूनी केटीहरूलाई उठाएर लगियो। अनि यी सबै कुराहरूले सियोनप्रति आघात पर्छ।
4 Os caminhos para Sião pranteiam, porque ninguém comparece às suas festas fixas. Todas as suas portas estão desertas, seus sacerdotes gemem, suas moças se entristecem, e ela se encontra em angústia profunda.
5 यरूशलेमका शत्रुहरू विजय भएका छन्। उनीहरू सफल भएका छन्। यरूशलेमले थुप्रै पापहरू गरेकाले परमप्रभुले दण्ड दिनुभएको छ। उसका नानीहरू शत्रुहरूद्वारा पक्रेर टाढा लगिए।
5 Seus adversários são os seus chefes; seus inimigos estão tranqüilos. O Senhor lhe trouxe tristeza por causa dos seus muitos pecados. Seus filhos foram levados ao exílio, prisioneiros dos adversários.
6 छोरी, सियोनको सुन्दरता लोप भएको छ। यसका राजकुमारीहरू चर्ने मैदान नपाएको मृगहरू जस्तै थिए। दुर्बल भएर तिनीहरू खेद्नेहरूका अघि-अघि भागे।
6 Todo o esplendor fugiu da cidade de Sião. Seus líderes são como corças que não encontram pastagem; sem forças fugiram diante do perseguidor.
7 यरूशलेमले आफ्नो घर गुमाएको अनि चोट पाएको, अतीतमा उसित राम्रा-राम्रा चीचहररू भएको, सम्झन्छे। उसका मानिसहरूलाई शत्रुहरूले बन्दी बनाएको र आफूलाई मद्दत गर्ने कोही नभएको अवस्था सम्झन्छे। जब उसलाई आफ्नो शत्रुहरूले देखे तिनीहरू हाँसे किनभने ऊ ध्वंश भएकी थिई।
7 Nos dias de sua aflição e de seu desnorteio Jerusalém se lembra de todos os tesouros que lhe pertenciam nos tempos passados. Quando o seu povo caiu nas mãos do inimigo, ninguém veio ajudá-la. Seus inimigos olharam para ela e zombaram da sua queda.
8 यरूशलेमले धेरै पापहरू गरेकी थिई। अनि त्यसैले गर्दा ऊ ध्वंश भएकी छे। यो देखेर मानिसहरूले मुन्टो फर्काउँछन्। विगतका दिनहरूमा ती मानिसहरूले उसलाई माया गर्थे। तर अहिले उनीहरू उसलाई घृणा गर्छन्। उनीहरूले घृणा गर्छन् किनभने तिनीहरूले दुर्व्यवहार गरेकाछन् यरूशलेम रोइरहेकी छे र मुख फर्काउँछे।
8 Jerusalém cometeu graves pecados; por isso tornou-se impura. Todos os que a honravam agora a desprezam, porque viram a sua nudez; ela mesma geme e se desvia deles.
9 यरूशलेमको वस्त्रहरू कलंकित भएकाछन्। भविष्यमा हुन सक्ने कुरोलाई उसले सोचिन्। उसको दुर्दिनलाई यसको पतन भयंङ्कर भयो। उसलाई सान्त्वना दिने कोही मानिस त्यहाँ भएनन्। ऊ भन्छे, “परमप्रभु, हेर्नुहोस् म कति दुखित छु। हेर्नुहोस् मेरा शत्रुहरू कसरी आफूलाई महान सोचि रहेकाछन्।”
9 Sua impureza prende-se às suas saias; ela não esperava que chegaria o seu fim. Sua queda foi surpreendente; ninguém veio consolá-la. "Olha, Senhor, para a minha aflição, pois o inimigo triunfou. "
10 शत्रुहरूले आफ्ना हात फैलाएका छन्। तिनीहरूले उसका सबै बहुमूल्य चीजहरू लगेका छन्। हे परमप्रभु! विदेशी जातिहरू उसको मन्दिरभित्र पसेको देखी तपाईंले भन्नुभएको थियो कि ती मानिसहरू हामीहरूसंग मिसिनु हुँदैन।
10 O adversário saqueia todos os seus tesouros; ela viu nações pagãs entrarem em seu santuário, sendo que tu as tinhas proibido de participar das tuas assembléias.
11 यरूशलेमका सारा मानिसहरू विलाप गरिरहेकाछन्। उसका सबै मानिसहरू भोजन खोज्दैछन्। तिनीहरूले आफ्नो सारा सुन्दर चीजहरू खाने कुराहरूसित साट्दैछन्। तिनीहरूले यसो गर्दैछन् ताकि तिनीहरू बाँच्न सकुन्। यरूशलेम भन्छे, “हेर्नुहोस्, परमप्रभु मलाई हेर्नुहोस्। म तुच्छ ठानिन्छु।
11 Todo o seu povo se lamenta enquanto vai em busca de pão; e para sobreviverem, trocam os tesouros por comida. "Olha, Senhor, e considera, pois tenho sido desprezada. "
12 यताबाट भएर जाने सबै मानिसहरू, तिमीहरू पर्वाह गर्दैनौ। तर म प्रति हेर्नुहोस् के मेरो जस्तो पीडा कसैको छ? जुन मलाई आई पर्यो? के त्यहाँ मेरो जस्तै पीडा परमप्रभुले अरू कसैलाई दिनु भएको छ र? उहाँले मलाई क्रोधको समयमा दण्ड दिनु भएको हो।
12 "Vocês não se comovem, todos vocês que passam por aqui? Olhem ao redor e vejam se há sofrimento maior do que o que me foi imposto e que o Senhor trouxe sobre mim no dia em que se acendeu a sua ira.
13 परमप्रभुले माथिबाट आगो पठाउनु भयो। त्यो आगो मेरो हड्डीहरू भित्र पस्यो। उहाँले मेरो खुट्टातिर जाल फिजाउनु भयो। उहाँले मलाई फर्काउनु भयो र मलाई बाँझो भूमि तुल्य बनाउँनु भुयो। म दिनभरि शिथिल भएँ।
13 Do alto ele fez cair fogo sobre os meus ossos. Armou uma rede para os meus pés e me derrubou de costas. Deixou-me desolada, desfalecida o dia todo.
14 “मेरा पापहरू जुवाजस्तै बाँधिएका छन्। ती पापहरू परमप्रभुकै हातद्वारा बाँधिएका छन्। परमप्रभुको जुवा मेरो गर्दनमाथि छ। परमप्रभुले मलाई कमजोर बनाउनु भएको छ। जुन मानिसहरूको विरूद्ध म उठ्न सक्तिनँ परमप्रभुले मलाई नै ती मानिसहरूकहाँ सुम्पिनुभएको छ।
14 Os meus pecados foram amarrados num jugo; suas mãos os ataram todos juntos, e os colocaram em meu pescoço; o Senhor abateu a minha força. Ele me entregou àqueles que não consigo vencer.
15 “शहरमा भएका मेरा बलिया सिपाहीहरूलाई परमप्रभुले रद्द गर्नु भएको थियो। अनि परमप्रभुले मेरो विरोधमा मानिसहरूको एक समूह पठाउनु भयो। उहाँले ती मानिसहरू मेरा जवान सिपाहीहरूलाई मार्न पठाउनुभयो। कोलमा परमप्रभुले यहूदाकी छोरीलाई दाख पेले झैं पेल्नुभयो।
15 O Senhor dispersou todos os guerreiros que me apoiavam; convocou um exército contra mim para destruir os meus jovens. O Senhor pisou no seu lagar a virgem, a cidade de Judá.
16 “म यी सारा घटनाहरूको शोक मनाइ रहेको छु। मेरो आखाँहरूबाट आँसुको धारा बग्छन्। तर त्यहाँ मलाई सान्त्वना दिन मेरो नजीक कोही छैन। मलाई सान्त्वना दिन सक्ने त्यहाँ कोहि छैन। मेरा नानीहरू बाँझो भूमि जस्तै छन्। तिनीहरू यस्ता भए किनभने तिनीहरूका शत्रुले तिनीहरूलाई जिते।”
16 É por isso que eu choro; as lágrimas inundam os meus olhos. Ninguém está por perto para consolar-me, não há ninguém que restaure o meu espírito. Meus filhos estão desamparados porque o inimigo prevaleceu. "
17 सियोनले आफ्ना हातहरू फैलाई तर त्यहाँ उसलाई सान्त्वना दिन कोही पनि आएनन्। परमप्रभुले याकूबका शत्रुहरूलाई आदेश दिनुभएको थियो। परमप्रभुले शहर वरिपरि तिनीहरूलाई घेर्ने आदेश दिनु भएको थियो। यरूशलेम उसका ती शत्रुहरू माझ केही मात्रामा कलंकित भई।
17 Sião estende as mãos suplicantes mas não há quem a console. O Senhor decretou que os vizinhos de Jacó se tornem seus adversários; Jerusalém tornou-se coisa imunda entre eles.
18 अब यरूशलेमले भन्छे, “मैले परमप्रभुको आदेश उल्लंघन गरें। यसर्थ परमप्रभुलाई ती कुराहरू गर्ने अधिकार छ। यसकारण तिमीहरू सबैले सुने। हेर मेरा पीडाहरू। मेरा सबै तरूणी र तन्देरिहरूलाई कैदी बनाइयो।
18 "O Senhor é justo, mas eu me rebelei contra a sua ordem. Ouçam, todos os povos; olhem para o meu sofrimento. Meus jovens e minhas moças foram para o exílio.
19 मैले आफ्ना प्रेमीहरूलाई बोलाएँ। तर तिनीहरूले मलाई धोका दिए। मेरा पूजाहारीहरू र मेरा ज्ञानी मानिसहरू यही शहरमा मरे। तिनीहरू खानाको खोजीमा थिए। तिनीहरूले आफूलाई जिउँदो राख्न चाहन्थे।
19 Chamei os meus aliados, mas eles me traíram. Meus sacerdotes e meus líderes pereceram na cidade, enquanto procuravam comida para poderem sobreviver.
20 “हे परमप्रभु मलाई हेर्नुहोस्! म दुखमा परेकोछु! मेरो प्राण अस्वस्थ छ। मेरो हृदय अस्वस्थ छ किनभने म विद्रोही भएको छु। मेरा नानीहरू सडकमा तरवारले काटिएर मारिए। घर भित्र मृत्युशोक व्याप्त छ।
20 Veja, Senhor, como estou angustiada! Estou atormentada no íntimo, e no meu coração me perturbo pois tenho sido muito rebelde. Lá fora, a espada a todos consome; dentro impera a morte.
21 “मेरो कुरा सुन, किनभने म पीडाले रूँदै छु। मलाई सान्त्वना दिने कोही पनि छैन। सबै शत्रुहरूले मेरो दुर्बलताहरूको बारेमा थाहा पाइसकेकाछन। तिनीहरू सुखी छन्। किनभने तपाईंले मलाई यस्तो गर्नु भयो। तिनीहरू सुखी छन् तपाईंले भन्नुभयो कि मेरा शत्रुहरूलाई तपाईंले दण्ड दिनुहुनेछ। अब तपाईंले जे भन्नुभएको थियो त्यो गर्नुहोस्। अब त्यही गर्नुहोस्। मेरा शत्रुहरू पनि अहिले मेरो जुन अवस्था छ त्यही अवस्थामा होउन्।
21 Os meus lamentos têm sido ouvidos, mas não há ninguém que me console. Todos os meus inimigos sabem da minha agonia; eles se alegram com o que fizeste. Quem dera trouxesses o dia que anunciaste para que eles ficassem como eu.
22 “मेरा शत्रुहरू कति दुष्ट छन्, हेर्नुहोस्, तपाईंले उनीहरूसित त्यस्तो व्यवहार गर्न सक्नु हुनेछ, मैले जस्तो पाप गरेको थिए मसित त्यस्तो व्यवहार गर्नु भएको थियो, यस्तौ गर्नु होस् किनभने मेरो हृदय निर्बल छ। म व्यावस्थामा कराइरहेकीछु, व्यावस्था बारम्बार कराइरहेकीछु।”
22 Que toda a maldade deles seja conhecida diante de ti; faze com eles o que fizeste comigo por causa de todos os meus pecados. Os meus gemidos são muitos e o meu coração desfalece. "
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Lamentações 1, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.