Lucas 9
Nepali Bible (GL_NEPALI) vs BKJ
1 येशूले बाहजना प्रेरितहरूलाई एक साथमा बोलाउनु भयो। उहाँले बिमारीहरूलाई निको पार्ने र भूतहरूलाई भगाउने शक्ति र अधिकार तिनीहरूलाई दिनुभयो।
1 Então, ele chamando os seus doze discípulos, lhes deu poder e autoridade sobre todos os demônios, e para curarem doenças.
2 येशूले तिनीहरूलाई परमेश्वरको राज्यको बारेमा घोषणा गर्नु बिमारीहरू र रोग निको पार्न बाहिर पठाउनु भयो।
2 E ele enviou-os para pregar o reino de Deus, e para curar os doentes.
3 उहाँले प्रेरितहरूलाई भन्नुभयो, “जब कतै हिंडदछौ, साथमा लौरो, खानेकुरा, झोला र पैसा रूपियाँ केही नलैजाऊ।
3 E ele disse-lhes: Nada leveis convosco para vossa jornada, nem bordões, nem alforje, nem pão, nem dinheiro; nem tenhais duas túnicas.
4 कुनै घरमा गयौ भने फर्किने समय नभएसम्म त्यहीं बस।
4 E em qualquer casa em que entrardes, nela permanecei, e dali partireis.
5 यदी शहरका मानिसहरूले तिमीहरूलाई स्वागत गरेनन् भने त्यो शहरदेखि बाहिर जाऊ, अनि खुट्टाको धुलो समेत टक्टकाएर जाऊ। यो तिनीहरूको विरोधमा साक्षी हुनेछ।”
5 E onde quer que não vos receberem, saindo daquela cidade, sacudi a poeira de vossos pés, como testemunho contra eles.
6 त्यसकारण प्रेरितहरू बाहिर गए। तिनीहरू सुसमाचार प्रचार गर्दै र प्रत्येक बिमारी मानिसलाई निको पार्दै सबै शहरहरूमा यात्रा गरे।
6 E, eles partindo, foram pelas aldeias, pregando o evangelho, e curando em todos os lugares.
7 शासक हेरोदले यी सब घटनाहरू थाहा पाए । तिनी अन्योलमा परे किनभने कतिजना मानिसले भने, “बप्तिस्मा दिने यूहन्ना मृत्युबाट बौरी उठेका छन्।”
7 Ora, o tetrarca Herodes ouviu tudo que estava sendo feito por ele, e ficou perplexo, porque alguns diziam que João ressuscitara dentre os mortos,
8 अरू मानिसहरूले भने, “एलिया हामीकहाँ आउनु भएको छ।” अनि अरू कोही मानिसहरूले भने, “धेरै समय अघिका अगमवक्ताहरुमा एकजना बौरी उठेका छन्।”
8 e alguns que Elias tinha aparecido, e outros que um profeta dos antigos havia ressuscitado.
9 हेरोदले भने, “मैले यूहन्नाको टाउको छिनाएको हुँ। तर म जसको विषयमा सुन्दैछु त्यो मानिस को हो?” होरोदले येशूलाई हेर्ने प्रयास गरे।
9 E disse Herodes: A João decapitei; mas quem é este do qual eu ouço dizer tais coisas? E ele desejava vê-lo.
10 जब प्रेरितहरू र्फकि आए, तिनीहरूले गरेका सम्पूर्ण विवरण सुनाए। त्यसपछि येशूले तिनीहरूलाई बेत्सैदा भन्ने एउटा शहरमा सुटुक्कै लिएर जानभयो।
10 E quando os apóstolos retornaram, contaram-lhe tudo o que eles haviam feito. E, tomando-os, retirou-se à parte, para um lugar deserto pertencente a uma cidade chamada Betsaida.
11 तर तिनी कहाँ गए मानिसहरूले थाह पाए। तिनीहरू उहाँको पछि लागे। तिनिहरूलाई येशूले स्वागत गर्नुभयो अनि परमेश्वरको राज्यको बारेमा तिनीहरूलाई बताउनु भयो। उहाँले बिमारीहरूलाई निको पार्नुभयो।
11 E as pessoas, sabendo isto, seguiram-no; e ele as recebeu, e falava-lhes do reino de Deus, e curava os que necessitavam de cura.
12 साँझमा बाह्रैजना प्रेरितहरू येशूकहाँ आए अनि भने, “यो ठाउँमा कुनै मानिस बस्दैन, यिनीहरूलाई फर्काइदेऊ, यी मानिसहरूलाई तिनीहरूको खाना र सुत्ने व्यवस्थाको लागि वरिपारिकै बस्ती र शहरूमा जाऊन्।”
12 E quando o dia começou a declinar, vindo os doze, disseram-lhe: Despede a multidão, para que indo às aldeias e nas regiões ao redor, se hospedem, e consigam mantimentos, porque aqui estamos em um lugar deserto.
13 तर येशूले ती प्रेरितहरूलाई भन्नुभयो, “तिनीहरूको निम्ति खानाको व्यवस्था गर।”प्रेरितहरूले भने, “हामीसँग पाँचवटा रोटी र दुई टुक्रा माछा मात्र छन्। के तपाईं चाहनु हुन्छ हामी गएर तिनीहरूको लागि खानेकुरा किनेर ल्याऊँ?”
13 Mas ele disse-lhes: Dai-lhes vós de comer. E eles disseram: Nós não temos senão cinco pães e dois peixes, exceto se nós formos comprar comida para todo este povo.
14 त्यहाँ तिनीहरू प्रायः पाँच हजार जति पुरुषहरू छन्।उहाँले आफ्ना प्रेरितहरूलाई भन्नुभयो, “तिनीहरूलाई एक दलमा पचास जना गरेर बस्न लगाऊ।”
14 Porque eles eram cerca de cinco mil homens. E ele disse aos seus discípulos: Fazei-os assentar em grupos de cinquenta.
15 त्यसपछि चेलाहरूले त्यसै गरे अनि सबै मानिसहरू भुईमा बसे।
15 E assim eles fizeram, fazendo-os assentar a todos.
16 येशूले पाँचवटा रोटी र दुइवटा माछा लिए। उहाँले आकाशतर्फ हेर्नुभयो अनि खानेकुराको निम्ति परमेश्वरलाई धन्यवाद चढाउनु भयो। त्यसपछि उहाँले ती खानेकूरा टुक्रा टुक्रा पार्नुभयो अनि प्रेरितहरूलाई दिनुभयो। उहाँले खानेकुरा मानिसहरूलाई बाँडन प्रेरितहरूलाई आह्राउनु भयो।
16 Então, ele tomou os cinco pães e os dois peixes, e olhando para o céu, ele abençoou-os, e partiu-os, e deu-os aos seus discípulos para os colocarem diante da multidão.
17 सबैले अघाउन्जेल खाना खाए अनि प्रेरितहरूले उब्रेको खाना बटुले जो बाह्र डालो भरीभयो।
17 E todos comeram e se fartaram; e foram tomados doze cestos dos pedaços que sobraram.
18 एकपल्ट येशू एक्लै प्रार्थनामा बस्नु भएको थियो। जम्मै चेलाहरू एकैसाथ त्यहाँ आए। येशूले तिनहरूलाई सोध्नु भयो, “मानिसहरूको विचारमा म को हुँ?”
18 E aconteceu que, enquanto ele orava a sós, estavam com ele os discípulos, e ele lhes perguntou, dizendo: Quem dizem as pessoas que eu sou?
19 चेलाहरूले भने, “कसैले तपाईंलाई बप्तिस्मा दिने यूहन्ना हुन् भन्छन्। कति मानिसहरूले तपाईंलाई एलिया भन्छन्। अनि कति मानिसहरूले पहिलेका अगमवक्ताहरू मध्ये जीवनमा फर्की आएका हुन् भन्छन्।”
19 E, respondendo eles, disseram: João, o Batista; mas alguns dizem: Elias, e outros dizem que um dos antigos profetas está ressuscitado novamente.
20 त्यसपछि येशूले आफ्ना चेलाहरूलाई सोध्नु भयो, “अनि तिमीहरूको विचारमा चाँहीं म को हूँ?”पत्रुसले भने, “परमेश्वरदेखि आउनु भएको तपाईं ख्रीष्ट हुनुहुन्छ।”
20 E disse-lhes: Mas vós, quem dizeis que eu sou? E, respondendo Pedro, disse: O Cristo de Deus.
21 येशूले यो कूरा कसैलाई नभन्न भनेर तिनीहरूलाई चेताउनी दिनुभयो।
21 E advertindo-os com rigor, ordenou-lhes que não contassem a nenhum homem estas coisas,
22 त्यसपछि येशूले भन्नुभयो, “मानिसका पुत्रले धेरै कष्ट सहनु पर्छ। यहूदी प्रधानहरू, मुख्य पूजाहारीहरू र शास्त्रीहरूले तिनलाई अस्वीकार गर्छन्। मानिसको पुत्रलाई मारिनेछ। तर मरेको तेस्रो दिन उहाँलाई फेरि बौरी उठाइनेछ।”
22 dizendo: O Filho do Homem tem que sofrer muitas coisas, e ser rejeitado pelos anciãos, e pelos principais sacerdotes e pelos escribas, e ser morto, e ser ressuscitado ao terceiro dia.
23 येशूले तिनीहरूलाई भन्नुभयो, “यदि कसैले मलाई पछ्याउन चाहन्छ भने उसले आफ्नो सबै इच्छाहरू अस्वीकार गर्नु पर्छ। उसले प्रत्येक दिन क्रूसको कष्ट भोग्नु पर्छ अनि मलाई पछ्याउनु पर्छ।
23 E dizia a todos eles: Se algum homem quiser vir após mim, negue-se a si mesmo, e diariamente tome a sua cruz, e siga-me.
24 जसले आफ्नो प्राण बचाउँन चाहन्छ भने त्यसले त्यो हराउनु पर्छ तर जसले मेरो निम्ति प्राण दिन्छ भने त्यसले त्यो चाँहि बाँच्न पाउँछ।
24 Porque aquele que quiser salvar a sua vida, perdê-la-á; mas quem perder a sua vida por minha causa, este salva-la-á.
25 किनभने के लाभ हुन्छ यदि कसैले सारा संसार जितेर पनि आफैलाई नोकसानमा पार्छ अथवा हराउँछ?
25 Pois que vantagem tem ao homem em ganhar o mundo inteiro, se ele se perde ou se destrói a si mesmo?
26 यदि कुनै मानिस म र मेरो वचनसंग लजाउँछ भने जति बेला मेरा पिताको र मेरो महिमा लिएर पवित्र स्वर्गदूतहरूसंग आँउछु त्यति बेला त्योसित म पनि लजाँउछु।
26 Porquanto, qualquer que se envergonhar de mim e das minhas palavras, dele se envergonhará o Filho do homem, quando ele vier em sua própria glória, e na de seu Pai e dos santos anjos.
27 म तिमीहरूलाई साँचो भन्दछु तिमीहरूको मृत्यु अघि तिमीहरू मध्ये केही मानिसहरूले यहीं उभिएर परमेश्वरको राज्य देख्नपाउने छन्।”
27 Mas em verdade eu vos digo: Há alguns, dos que estão aqui, que não provarão a morte até que vejam o reino de Deus.
28 प्रायः आठ दिनपछि येशूले यी कुराहरू भन्नु भयो, उहाँले पत्रुस, यूहन्ना र याकूबलाई लिनुभयो अनि, पर्वतमा गएर प्रार्थना गर्नुभयो।
28 E aconteceu que, quase oito dias depois destes dizeres, ele tomou consigo a Pedro, a João e a Tiago, e subiu ao monte a orar.
29 जब येशूले प्रार्थना गरि रहनु भएको थियो, उहाँको अनुहार बद्लियो अनि उहाँले लगाउनु भएको वस्त्र सेतो भएर चम्कने भयो।
29 E enquanto ele orava, foi alterada a aparência da sua face, e a sua veste estava branca e resplandecente.
30 दुइजना मानिस त्यहाँ प्रकट भए औ येशूसँग बात गर्न लागे। तिनीहरू मोशा र एलिया थिए।
30 E eis que estavam falando com ele dois homens, que eram Moisés e Elias,
31 मोशा र एलिया पनि चम्के अनि तिनीहरू येशूसँग उहाँको मृत्युको विषयमा बात गर्दै थिए जो यरूशलेममा हुनेवाला थियो।
31 os quais apareceram em glória, e falavam da sua morte, a qual havia de cumprir-se em Jerusalém.
32 पत्रुस र अरूहरू मस्त निदाएका थिए। तिनीहरू बिउँझिए अनि येशूको महिमा देखे। तिनीहरूले येशूको साथमा दुइजना उभिएका मानिसलाई देखो।
32 Mas Pedro e os que estavam com ele estavam carregados de sono; e, quando eles acordaram, viram a sua glória, e aqueles dois homens que estavam com ele.
33 जब मोशा र एलिया जान लागेका थिए, पत्रुसले भने, “हे गुरूज्यू, हामीलाई यहीं बस्नु असल छ। हामी यहाँ तीनवटा डेरा बनाउँछौं एउटा तपाईंलाई, एउटा मोशालाई अनि एउटा एलियाको लागि” पत्रुसले जान्दैन थिए कि उसले के भनिरहेको छ।
33 E aconteceu que, quando aqueles se apartaram dele, Pedro disse a Jesus: Mestre, é bom estarmos aqui; façamos aqui três tabernáculos, um para ti, um para Moisés, e um para Elias; não sabendo o que dizia.
34 पत्रुसले जब यी कुराहरू भन्दै थिए, त्यसैबेला तिनीहरूलाई वरिपरिबाट बादलले ढाक्यो। पत्रुस, याकूब र यूहन्ना बादले ढाकेको देखी डराए।
34 Enquanto ele ainda falava, veio uma nuvem que os cobriu; e eles se atemorizaram ao entrarem na nuvem.
35 बादलबाट एउटा आवाज यसो भन्दै आयो। “यी मेरो पुत्र हुन् मैले उनलाई छानेको छु। उनको आज्ञा पालन गर।”
35 E saiu da nuvem uma voz que dizia: Este é o meu Filho amado; a ele ouvi.
36 जब त्यो आवाज आयो, येशू मात्र त्यहाँ हुनु हुन्थ्यो। पत्रुस, याकूब र यूहन्ना चूपचाप बसे। तिनीहरूले के देखे कसैलाई भनेनन्।
36 E quando a voz passou, Jesus foi achado só. E eles guardaram silêncio, e naqueles dias não contaram a nenhum homem daquelas coisas que tinham visto.
37 भोलिपल्ट येशू, पत्रुस, याकूब र यूहन्ना पाहाडबाट तल झरे। मानिसको ठूलो भीड उहाँलाई भेट्न आयो।
37 E aconteceu que, no dia seguinte, descendo eles do monte, veio ao encontro dele uma grande multidão.
38 भीडबाट एकजनाले चिच्याएर येशूलाई भने, “हेगुरुज्यू, दया गरी आउनुहोस् अनि मेरो पुत्रलाई हेरिदिनु होस्। त्यो मेरो एउटै पुत्र हो।
38 E, eis que um homem da multidão gritou, dizendo: Mestre, eu te suplico que olhes para meu filho, porque ele é meu único filho.
39 शैतानको दुष्ट आत्मा मेरो पुत्रमा आउँछ अनि त्यो त्यति नै बेला चिच्याउँछ औ त्यसले आफुमाथि होश हराउँछ अनि मुखबाट फींज निकाल्छ। त्यो दुष्ट आत्माले संधै कष्ट दिन्छ अनि त्यसबाट फर्केर कहिल्यै जाँदैन।
39 Eis que um espírito o toma, e ele de repente grita; e ele toma-o até ele espumar novamente, e com dificuldade o abandona, ferindo-o.
40 मैले तपाईंको चेलाहरूलाई पनि त्यसबाट दुष्ट आत्मा निकाली दिनु भनें तर तिनीहरूले त्यसो गर्न सेकेनन्।”
40 E eu pedi aos teus discípulos que o expulsassem, e eles não puderam.
41 येशूले उत्तर दिनुभयो, “अविश्वासी र भडकिएका वंशकाहरू हो! कहिलेसम्म म तिमीहरूसंग बस्नु अनि सहेर रहनु?” तब उहाँले त्यो मानिसलाई भन्नुभयो, “तिम्रो पुत्रलाई यहाँ ल्याऊ।”
41 E, respondendo Jesus, disse: Ó geração incrédula e perversa! Até quando eu estarei contigo e vos suportarei? Traze-me aqui o teu filho.
42 जब ठिटो आउँदै थियो, त्यो भूतले त्यसलाई त्यहीं भूँइमा पछारी दियो अनि त्यो केटो काम्दै थियो अनि आफ्नो नियन्त्रण बाहिर रह्यो। तर येशूले त्यस दुष्टात्मालाई कडा चेतावनी दिनु भयो। त्यसपछि त्यो केटोलाई पारी बाबुलाई सुम्पि दिनु भयो।
42 E, quando ele se aproximava, o demônio o derrubou e o agitou. E Jesus repreendeu o espírito imundo, e curou o menino, e o entregou novamente ao seu pai.
43 परमेश्वरको महान शक्ति देखेर सबै मानिसहरू आश्चर्य चकित भए।येशूले गरेका चीजहरूदेखि मानिसहरू अझ सम्म आश्चर्य चकित थिए। उहाँले आफ्नो चेलाहरूलाई भन्नुभयो,
43 E todos se maravilhavam da grandeza do poder de Deus. Mas enquanto todos maravilhavam-se de todas as coisas que Jesus fazia, ele disse aos seus discípulos:
44 “अब म तिमीहरूलाई जे भन्दैछु कहिल्यै नबिर्सनु मानिसका पुत्रलाई केही मानिसहरूको नियन्त्रणमा सुम्पिइनेछ।”
44 Deixai estas palavras em vossos ouvidos; porque o Filho do homem será entregue nas mãos dos homens.
45 तर चेलाहरू येशूले भन्नुभएको यी कुराहरूको अर्थ केही बुझेनन्। यसको अर्थ तिनीहरूले चेलाहरू त्यस विषयमा उहाँलाई सोध्न डराए।
45 Mas eles não entenderam esta palavra, e foi-lhes encoberto, para que não o percebessem. E eles temiam interrogá-lo a esse respeito.
46 येशूका चेलाहरू आपसमा तिनीहरू मध्ये को चाँहि सबभन्दा महान् होला भनेर बहस गर्न थाले।
46 Então, suscitou-se entre eles uma discussão sobre qual deles seria o maior.
47 येशूले तिनका चेलाहरूले गरेको बहसको विषय बुझि हाल्नु भयो। यसकारण उहाँले एउटा बालकलाई लिनु भयो अनि आफ्नो छेउमा उभ्याउनु भयो।
47 E Jesus, percebendo o pensamento de seus corações, tomou uma criança, colocou-a ao seu lado,
48 अनि आफ्नो चेलाहरूलाई भन्नु भयो, “यदि कसैले मेरो नाम लिएर यस बालकलाई ग्रहण गर्छ भने, त्यसले मलाई पनि ग्रहण गर्छ। अनि कसैले मलाई ग्रहण गर्छ भने उसले ती मलाई पठाउनेलाई ग्रहण गर्छ जुन मानिस तिमीहरू माझ नगन्य छ, उही सब भन्दा महान हो।”
48 e disse-lhes: Qualquer que receber esta criança em meu nome, recebe a mim; e qualquer que receber a mim, recebe aquele que me enviou; porque aquele que entre vós todos for o menor, esse será o maior.
49 यूहन्नाले जवाफ दिए, “हे गुरुज्यू, मानिसहरूदेखि भूतहरू भगाउनलाई एकजना मानिसले तपाईंको नाउँ लिंदैथ्यो। त्यो मानिस हाम्रो दलमा नभएकोले हामीले उसलाई त्यसो गर्नवाधा दियौं।”
49 E, respondendo João, disse: Mestre, nós vimos alguém expulsando demônios em teu nome e proibimo-lo, porque ele não segue conosco.
50 येशूले यूहन्नालाई भन्नु भयो, ‘‘त्यसलाई नरोक। यदि कुनै मानिस तिम्रो बिरुद्ध छैन भने त्यो तिमी पट्टिनै हुन्छ।‘‘
50 E Jesus lhe disse: Não o proibais; porque quem não é contra nós, é por nós.
51 येशूको स्वर्गारोहणको समय नजीक आउँदै थियो। उहाँले यरूशलेम जाने निश्चय गर्नुभयो।
51 E aconteceu que, tendo chegado o tempo para a sua ascensão ele fixou sua face para ir a Jerusalém,
52 येशूले कोही मानिसहरूलाई आफू भन्दा अघि पठाउनु भयो। ती मानिसहरू येशूको निम्ति प्रत्येक कुरो तयार राख्नलाई सामरियाको एउटा शहरमा गए।
52 e enviou mensageiros à sua frente, e eles foram e entraram em uma aldeia dos samaritanos, para lhe fazer os preparativos.
53 तर त्यहाँका मानिसहरूले उहाँलाई ग्रहण गर्न मानेनन् किनभने उहाँ यरूशलेम तर्फ जानु हुँदै थियो।
53 E eles não o receberam, porque o seu rosto estava voltado para Jerusalém.
54 याकूब, यूहन्नाले र येशूका चेलाहरूले यी सबै देखे। तिनीहरूले भने, “हे प्रभु, के हामीले स्वर्गबाट आगो बोलाए मानिसहरूलाई भस्म पार्नु भन्ने तपाईं चाहनुहुन्छ?”
54 E quando os seus discípulos, Tiago e João, viram isso, eles disseram: Senhor, queres que ordenemos que desça fogo do céu para os consumir, assim como fez Elias?
55 तर येशूले पछि फर्केर तिनीहरूलाई हप्काउनु भयो।
55 Mas, ele voltando-se, repreendeu-os, e disse: Não sabeis de que tipo de espírito sois vós.
56 त्यसपछि येशू र उहाँका चेलाहरू अर्का शहरतिर लाग्नु भयो।
56 Porque o Filho do homem não veio para destruir a vida dos homens, mas para salvá-los. E eles foram para outra aldeia.
57 उनीहरू सबै नै बाटोम जाँदैथिए। कुनै एकले उहाँलाई भने, “तपाईं जहाँ जानुहुन्छ म पनि तपाईंसंगै जान्छु।”
57 E aconteceu que, indo eles pelo caminho, um certo homem lhe disse: Senhor, eu desejo te seguir para onde quer que tu fores.
58 येशूले भन्नुभयो, “स्यालहरूको बस्ने दूलोहरू छन्। चरा-चुरुङ्गीहरूको बस्ने गुँडहरू छन्। तर मानिसको पुत्रलाई कुनै ठाउँ छैन जहाँ उसले आफ्नो शिर अडाउन सकोस्।”
58 E Jesus lhe disse: As raposas têm tocas, e as aves do céu têm ninhos, mas o Filho do homem não tem onde reclinar a sua cabeça.
59 येशू ले अर्को मानिसलाई भन्नु भयो, “मेरो पछि लाग।“तर त्यो मानिसले भन्यो, “हे प्रभु, पहिले मेरा बाबुलाई गाड्न जान दिनुहोस्।”
59 E ele disse a outro: Segue-me. Mas ele disse: Senhor, permite-me ir primeiro enterrar o meu pai.
60 तर येशूले तिनलाई भन्नुभयो, “मुर्दाहरूलाई आफ्नै मुर्दा मानिस गाडन देऊ। तर तिमी जाऊ अनि परमेश्वरको राज्यको विषयमा प्रचार गर।”
60 Jesus lhe disse: Deixa que os mortos enterrem os seus mortos; mas vai tu e prega o reino de Deus.
61 अर्को मानिसले भने, “प्रभु म तपाईंको पछि लाग्नेछु, तर पहिले मेरो आफन्तहरूबाट बिदा लिन दिनुहोस्।”
61 E outro também disse: Senhor, eu desejo te seguir, mas deixa-me primeiro despedir-me dos que estão em minha casa.
62 येशूले भन्नुभयो, “यदि कुनै मानिसले हलोमा हात लगाएर पछिल्तिर हेर्छ भने, त्यो परमेश्वरको राज्यको लायक हुने छैन।”
62 E Jesus lhe disse: Nenhum homem, tendo posto a mão no arado, e olhando para trás, é apto para o reino de Deus.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Lucas 9, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.