Lucas 6

Nepali Bible (GL_NEPALI) vs NAA

Sair da comparação
NAA Nova Almeida Atualizada 2017
1 एक समय, विश्रामको दिनमा येशू अन्नको खेत भएर जाँदै हुनुहुन्थयो। उहाँका चेलाहरूले अन्नाका बालाहरू टिप्दै तिनीहरूको हातमा माँडेर खाए।
1 Aconteceu que, num sábado, Jesus passava pelas searas, e os seus discípulos colhiam e comiam espigas, debulhando-as com as mãos.
2 कोही फरिसीहरूले भने, “तिमीहरू किन त्यसो गर्दैंछौ? विश्रामको दिनमा यसो गर्नु मोशाको व्यवस्थाको विरुद्ध हो?”
2 E alguns dos fariseus lhes disseram: — Por que vocês fazem o que não é lícito aos sábados?
3 येशूले उत्तर दिनुभयो, “तिमीहरूले पढेका छैनौ, दाऊदले जब तिनी र तिनीसित हुनेहरू भोकाएका थिए तब क गरेका थिए?
3 Jesus tomou a palavra e disse:
4 दाऊद परमेश्वरका घर गए अनि तिनले परमेश्वरलाई चढाएको रोटी लिए अनि खाए। अनि तिनले रोटीहरू आफूसंग हुने मानिसहरूलाई बाँडे। वास्तवमा यो मोशाको व्यवस्था विरुद्ध थियो। व्यवस्था अनुसार केवल पूजाहारीरूलाई मात्र यस्तो रोटी खाने अनुमति छ।”
4 Como entrou na casa de Deus e, pegando os pães da proposição, comeu e deu também aos que estavam com ele, pães que não lhes era lícito comer, mas exclusivamente aos sacerdotes?
5 अनि येशूले फरिसीहरूलाई भन्नुभयो, “मानिसका पुत्र नै विश्राम दिनको प्रभु हुन्।”
5 Então Jesus lhes disse:
6 अर्को एक विश्रामको दिन येशू सभा घरमा जानु भयो। उहाँले मानिसहरूलाई शिक्षा दिनु भयो। एकजना दाहिने हात सुकेको मानिस त्यहाँ थियो।
6 Aconteceu que, em outro sábado, Jesus entrou na sinagoga e começou a ensinar. Estava ali um homem que tinha a mão direita ressequida.
7 शास्त्रीहरू र फरिसीहरू त्यो विश्रामको दिन पनि येशूले कसैलाई निको पार्छन् कि भनेर हर्दैं बसिरहेका थिए। तिनीहरू चाहन्थे येशूबाट केही भूल होस् अनि उनलाई दोष लगाउन पाइयोस्।
7 Os escribas e os fariseus observavam Jesus, procurando ver se ele faria uma cura no sábado, a fim de acharem de que o acusar.
8 तर येशूले तिनीहरूले के विचार गर्दैंछन् भनी बुझी हाल्नु भयो। उहाँले त्यो सुकेको हात भएको मानिसलाई भन्नुभयो, “उठ , अनि यी मानिसहरूको अघाडि उभ।” यसकारण त्यो मानिस जुरूक्कै उठ्यो अनि त्यहाँ उभियो।
8 Mas Jesus, conhecendo os pensamentos deles, disse ao homem da mão ressequida: E ele, levantando-se, ficou em pé.
9 येशूले तिनीहरूलाई भन्नुभयो, “म तिमीहरूलाई सोध्दछु विश्रामको दिन के काम गर्न उचित होलाः राम्रो वा नराम्रो? प्राण बँचाउनु वा नाश गर्नु?”
9 Então Jesus disse a eles:
10 येशूले ती वरिपरि बसेका सबैलाई हेर्नु भयो। अनि त्यस मानिसलाई भन्नु भयो, “खोई मलाई तिम्रो हात हेर्न देऊ।” त्यस मानिसले उहाँलाई हात देखायो। त्यसको हात तुरन्तै निको भइहाल्यो।
10 Então Jesus, olhando para todos que estavam ao seu redor, disse ao homem: Ele assim o fez, e a mão lhe foi restaurada.
11 फरिष्ठ्वसीहरू र शास्त्रीहरू साह्रै रिसाए। तिनीहरू आपसमा र्तक गर्न लागे, “येशूलाई हामीले के गर्नु पर्ने हो?”
11 Mas eles se encheram de furor e discutiam entre si quanto ao que fariam contra Jesus.
12 त्यस समयमा येशू एउटा डाँडामा गएर प्रार्थना गर्ने गर्नु हुन्थ्यो। सारा रात उहाँले प्रार्थना गरेर बिताउनु हुन्थ्यो।
12 Naqueles dias, Jesus se retirou para o monte, a fim de orar, e passou a noite orando a Deus.
13 भेलिपल्ट बिहान, उहाँले आफ्नो चेलाहरूलाई उहाँले तिनीहरूलाई “प्रेरित” नाउँ दिनु भुयो। तिनीहरू थीएः
13 E, quando amanheceu, chamou a si os seus discípulos e escolheu doze dentre eles, aos quais deu também o nome de apóstolos:
14 शिमोन (येशूले तिनलाई पत्रुस नाउँ राख्नु भएको थियो) र आन्द्रियास पत्रुसको भाई, याकूब र यूहन्ना, फिलीप र बर्थुलमाई,
14 Simão, a quem acrescentou o nome de Pedro, e André, seu irmão; Tiago e João; Filipe e Bartolomeu;
15 मत्ती, थोमा, याकूब अल्फाइको छोरो,) अनि शिमोन (जसलाई जेलोट पनि भनिन्छ),
15 Mateus e Tomé; Tiago, filho de Alfeu, e Simão, chamado Zelote;
16 यहूदा (याकूबको छोरो) अनि यहूदा इस्करयोती। यो यहूदा नै तीमध्ये एकजना हो जसले येशूलाई शत्रुहरूको हातमा सुम्पेको थियो।
16 Judas, filho de Tiago, e Judas Iscariotes, que se tornou traidor.
17 येशू र प्रेरितहरू डाँडाबाट ओर्लेर आए। उहाँ त्यहीं एउटा सम्म जग्गामा उभिनु भयो। उहाँका चेलाहरूको एउटा ठुलो भीड त्यहाँ थियो। अनि टायर र सायडन सागर तटका शहरहरूबाट र यहूदियाका सबै ठाउँबाट, यरूशलेमबाट आएका धेरै मानिसहरू पनि त्यहाँ थिए।
17 E, descendo com eles do monte, Jesus parou num lugar plano onde se encontravam muitos discípulos seus e grande multidão do povo, de toda a Judeia, de Jerusalém e do litoral de Tiro e de Sidom,
18 तिनीहरू सबै त्यहाँ उहाँबाट सुन्न र आफुलाई निरोगी पार्न आएका थिए। उहाँले शैतान दुष्टात्माले पीडित मानिसहरूलाई निको पारिदिनु भयो।
18 que vieram para o ouvir e para ser curados de suas doenças. Também os atormentados por espíritos imundos eram curados.
19 सबैले येशूलाई छुने चेष्टा गरिरहेका थिए किनभने ती सबैलाई निको पार्दै उहाँबाट शक्ति बाहिर निस्किरहेथ्यो।
19 E todos da multidão procuravam tocar em Jesus, porque dele saía poder; e curava todos.
20 उहाँले आफ्ना चेलाहरूलाई हेर्नु भयो अनि भन्नु भयो,हे दीन मानिसहरू, तिमीहरूलाई आशीर्वाद छ, किनभने परमेश्वरको राज्य तिमीहरूकै हो।
20 Então, olhando para os seus discípulos, Jesus lhes disse:
21 तिमीहरू, जो अहिले भोकाएका हरूलाई पनि आशीर्वाद छ, किनभने तिमीहरू तृप्त हुनछौ। तिमीहरू, जो अहीले रोइरहेकाहरूलाई आशीर्वाद छ किनभने तिमीहरू खुशीसंग हाँस्नेछौ।
21 — Bem-aventurados são vocês
22 मानिसको पुत्रको कारण यदि तिमीहरूलाई मानिसहरूले घृणा गरे, आफ्नो समूहबाट निकाली दिए, तीनीहरूले निन्दा गरे, तिनीहरूले तिमीहरूलाई अस्वीकारे तिमीहरू धन्य हौ।
22 — Bem-aventurados são vocês quando as pessoas os odiarem, expulsarem da sua companhia, insultarem e rejeitarem o nome de vocês como indigno, por causa do Filho do Homem.
23 त्यसबेला रमाऊ अनि खुशीले उफ्र, किनभने स्वर्गमा तिमीहरूले ठूलो इनाम पाउनेछौ। तिनीहरूका पुर्खाहरूले अगमवक्ताहरूलाई त्यसै गरेथे, त्यसरीनै ती मानिसहरूले तिमीहरूलाई पनि त्यही व्यवहार गर्नेछन्।
23 Alegrem-se naquele dia e exultem, porque grande é a recompensa de vocês no céu; porque os pais dessas pessoas fizeram o mesmo com os profetas.
24 तर धनी मानिसहरू हो! तिमीहरूलाई धिक्कार किनभने तिमीहरूले सुखी जीवन भोगेकाछौ।
24 — Mas ai de vocês, os ricos,
25 तिमी अघाएकाहरूलाई, धिक्कार! किनभने तिमीहरू भोकाउनेछौ। तिमी अहिले हाँसिरहेकाहरूलाई, धिक्कार! किनभने तिमीहरू शोकगर्नु र रूनु पर्नेछ।
25 — Ai de vocês
26 “धिक्कार! तिनीहरूको बारेमा मानिसहरूद्वारा प्रशंसा गरिऐको भए पनि, किनभने तिनीहरूका पुर्खाहरूले पनि झूटो अगमवक्ताहरूलाई सधैं प्रशंसा गरे।
26 — Ai de vocês, quando todos os elogiarem, porque os pais dessas pessoas fizeram o mesmo com os falsos profetas!
27 “म तिमीहरूलाई भन्दछु जसले मलाई सुनिरहेकाछौ, आफ्ना शत्रुहरूलाई प्रेम गर। जसले तिमीहरूलाई घृणा गर्छन तिनीहरूलाई पनि राम्रै गर।
27 — Digo, porém, a vocês que me ouvem: amem os seus inimigos, façam o bem aos que odeiam vocês.
28 तिमीहरूलाई सराप्नेहरूलाई पनि आशीर्वाद देऊ। तिमीहरूसित दुर्व्यवहार गर्नेहरूको लागि पनि प्रार्थना गर।
28 Abençoem aqueles que os amaldiçoam, orem pelos que maltratam vocês.
29 यदि कसैले तिमीहरूको एउटा गालामा थप्ड लगाए उसलाई अर्को गाला पनि थापि देऊ। यदि कसैले तिम्रो कोट लगेको छ भने उसलाई कमीज लिनु नरोक।
29 Ao que lhe bate numa face, ofereça também a outra; e, ao que lhe tirar a capa, deixe que leve também a túnica.
30 जसले माग्छ हरेकलाई देऊ। यदि कसैले तिम्रो केही लगेकोछ भने उसलाई त्यो चीज फर्काई नमाग।
30 Dê a todo o que lhe pedir alguma coisa; e, se alguém levar o que é seu, não exija que seja devolvido.
31 अरूबाट तिमी जे चाहन्छौ, अरूको निम्ति पनि त्यही गरी देऊ।
31 Façam aos outros o mesmo que vocês querem que eles façam a vocês.
32 जसले तिमीहरूलाई प्रेम गर्छन् तिनीहरूलाई मात्र प्रेम गरे, तिमीहरू के कुनै प्रशंसाको योग्य हुन सक्छौ? अँह। पापीहरू पनि तिनहरूलाई प्रेम गर्नेहरूलाई प्रेम नै गर्दछन्।
32 — Se vocês amam aqueles que os amam, que recompensa terão? Porque até os pecadores amam aqueles que os amam.
33 यदि तिमी ती मानिसहरूको निम्ति मात्र भलाई गर्छौ ज-जसले तिम्रो भलाई गर्छन्, भने के तिमी प्रशंसाको योग्य हुन सक्छौ? होईन, कारण यस्तो त पापीहरूले पनि गर्छन्।
33 Se fizerem o bem aos que lhes fazem o bem, que recompensa terão? Até os pecadores fazem isso.
34 यदि फिर्ता पाउने आशामा तिमी कसैलाई ऋण दिन्छौ भने के तिमी प्रशंसाको योग्य हुन सक्छौ? होइन, पापीहरू पनि पापीहरूलाई त्यति नै फिर्ता पाउने आशामा ऋण दिन्छन्।
34 E, se emprestam àqueles de quem esperam receber, que recompensa terão? Também os pecadores emprestam aos pecadores, para receberem outro tanto.
35 यसैले आफ्ना शत्रुहरूलाई प्रेम गर। तिनीहरूसंग राम्रो गर, अनि तिनीहरूबाट केही आशा नराखी ऋण देऊ। यदी तिमीहरूले यसो गर्यो भने तिमीहरूले ठूलो इनाम पाउनेछौ, तिमीहरू सर्वौच्च परमेश्वरका सन्तानहरू झैं हुनेछौ किनभने परमेश्वर बैगुनी तथा दुष्टहरू प्रति पनि कृपालु हुनुहुन्छ।
35 Vocês, porém, amem os seus inimigos, façam o bem e emprestem, sem esperar nada em troca; vocês terão uma grande recompensa e serão filhos do Altíssimo. Pois ele é bondoso até para os ingratos e maus.
36 जस्तो तिम्रा पिता प्रेमी र दयालु हुनु हुन्छ त्यस्तै प्रेमी र कृपालु बन।
36 Sejam misericordiosos, como também é misericordioso o Pai de vocês.
37 अरूको न्याय नगर, अनि अरूले पनि तिम्रो न्याय गर्ने छैन। अरूलाई र्भत्सना नगर, अनि अरूले पनि तिम्रो र्भत्सना गर्दैन। अरूलाई क्षमा गर, अनि तिमीले पनि क्षमा पाउनेछौ।
37 — Não julguem e vocês não serão julgados; não condenem e vocês não serão condenados; perdoem e serão perdoados;
38 अरूलाई दिने गर अनि तिमीले पनि पाउनेछौ। तिमीहरूले राम्रो ओजनमा पाउनेछौं, तिमीहरूलाई खाँदी खाँदी हल्लाँउदै काखमा पोखिने गरी पाउनेछौ जुन नापले तिमी अरूलाई दिंदछौ परमेश्वरले पनि तिमीहरूलाई त्यही नापले दिनु हुनेछ।”
38 deem e lhes será dado; boa medida, prensada, sacudida e transbordante será dada a vocês; porque com a medida com que tiverem medido vocês serão medidos também.
39 येशूले तिनीहरूलाई यो दृष्टान्त भन्नु भयोः के एउटा अन्धाले अर्को अन्धालाई डोर्याउन सक्छ? अहँ! दुवै नै खाडलमा पर्नेछन्।
39 Jesus lhes contou também uma parábola:
40 एउटा शिष्य आफ्नो गुरूभन्दा माथि हुन सक्तैन। तर प्रत्येक मानिस जसले पूर्णरूपले सिकिसक्छ तब मात्र उ गुरू झैं बन्नसक्छ।
40 — O discípulo não está acima do seu mestre; todo aquele, porém, que for bem-instruído será como o seu mestre.
41 जब तिमी आफ्नो आँखमा सानो छेस्का पसेको थाहा पाउदैनौ, भाईको आँखमा परेको धुलो किन देख्छौ?
41 — Por que você vê o cisco no olho do seu irmão, mas não repara na trave que está no seu próprio olho?
42 तिमीहरूले कसरी आफ्नो भाइलाई भन्न सक्छौ, ए भाई मलाई तिम्रो आँखामा भएको धुलो निकाल्न देऊ। जब तिमीहरूले आफ्नो आँखामा परेको ठूलो छेस्कालाई पनि देख्न सक्तैनौ। तिमीहरू कपटी छौ। पहिले, तिमीहरू आफैले आफ्नो आँखबाट ठूलो छेस्का निकाल। त्यसपछि तिमीहरूले स्पष्टसंग तिमीहरूको भाइको आँखामा परेको धुलो निकाल्न सक्नेछौ।
42 Como você poderá dizer a seu irmão: “Deixe, irmão, que eu tire o cisco que está no seu olho”, se você não repara na trave que está no seu próprio olho? Hipócrita! Tire primeiro a trave do seu olho e então você verá claramente para tirar o cisco que está no olho do seu irmão.
43 एउटा असल बोटले खराब फल कहिल्यै दिँदैन। त्यसरी नै एउटा नराम्रो बोटले राम्रो फल दिनु सक्तैन।
43 — Não há árvore boa que dê mau fruto, nem árvore má que dê bom fruto.
44 हरेक बौट त्यसले दिएको फलबाट चिन्न सकिन्छ। मानिसहरूले काँडे पोथ्राबाट नेभारा बटुल्न सक्तैनन्। अनि तिनीहरूले काँडे पोथ्राबाट अंङ्गुर बटुल्न सक्तैनन्।
44 Porque cada árvore é conhecida pelos frutos que produz. Porque não se colhem figos de ervas daninhas, nem se apanham uvas dos espinheiros.
45 एउटा असल मानिसले आफ्नो हृदयमा असल कुरा नै राख्छ। अनि उसले आफ्नो हृदयबाट असल कुरा बाहिर निकाल्दछ। तर एउटा दुष्ट मानिसले आफ्नो हृदयमा दुष्ट कूराहरू नै राखेको हुन्छ। अनि उसले नराम्रा कुराहरू नै बाहिर निकाल्दछ। जुन कुरो हृदयमा परिपूर्ण छ त्यही नै मुखबाट निस्कन्छ।
45 A pessoa boa tira o bem do bom tesouro do coração, e a pessoa má tira o mal do mau tesouro; porque a boca fala do que está cheio o coração.
46 जब मैले भनेको मान्दैनौ भने किन मलाई प्रभु, भन्दछै?
46 — Por que vocês me chamam “Senhor, Senhor!”, e não fazem o que eu mando?
47 हरेक मानिस जब मकहाँ आउँदछ अनि मेरो वचनहरू सुन्दछ र पालन गर्छ, म तिमीहरूलाई ऊ कस्तो हो देखाउनेछु।
47 Eu vou mostrar a vocês a quem é semelhante todo aquele que vem a mim, ouve as minhas palavras e as pratica.
48 ऊ एकजना घर बनाउने मानिस जस्तै नै हो। उसले गहिरो खनेर बलियो चट्टानमाथि जग बसाल्न सक्नेछ। जति बेला नदीमा बाढी आँउछ पानीले घरलाई धक्का दिन्छ तर त्यसले घरलाई हल्लाउन सक्तैन कारण त्यो घर राम्ररी बनिएको हुन्छ।
48 Esse é semelhante a um homem que, ao construir uma casa, cavou, abriu profunda vala e lançou o alicerce sobre a rocha. Quando veio a enchente, as águas bateram contra aquela casa e não a puderam abalar, por ter sido bem-construída.
49 तर जो मानिस मेरो वचन सुनछ तर पालन गर्दैन भने त्यो मानिस राम्ररी आधार नबसाई घर बनाउने मानिस जस्तै हो जसको घर नदीको बाढीको झोक्काँ लाग्दा नै झट्टै पल्टिन्छ र सम्पूर्ण रूपले ध्वंश हुन्छ।”
49 Mas o que ouve e não pratica é semelhante a um homem que construiu uma casa sobre a terra, sem alicerces, e, quando as águas bateram contra ela, logo desabou; e aconteceu que foi grande a ruína daquela casa.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Lucas 6, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.