Lucas 3

Nepali Bible (GL_NEPALI) vs ARA

Sair da comparação
ARA Almeida Revista e Atualizada 1993
1 सिजर टिबेरियसको पन्ध्रौं र्वषमा पन्तियस पिलातस यहूदियाका राज्यपाल थिए, अनि जब हेरोद गालीलका शासक थिए तिनको भाइ फिलिप इतुरिया र त्राखोनितिसका शासक थिए अनि लुसानियास अबलेनका शासक थिए।
1 No décimo quinto ano do reinado de Tibério César, sendo Pôncio Pilatos governador da Judeia, Herodes, tetrarca da Galileia, seu irmão Filipe, tetrarca da região da Itureia e Traconites, e Lisânias, tetrarca de Abilene,
2 जब अन्नास र कैयाफा प्रधान पूजाहारीहरू भएका थिए उजाड स्थानमा जकरियाको छोरो यूहन्नाले परमेश्वरको वचन पाए।
2 sendo sumos sacerdotes Anás e Caifás, veio a palavra de Deus a João, filho de Zacarias, no deserto.
3 तिनी यर्दन नदीको वरिपरिको जम्मै स्थानहरूमा गए। तिनीहरूको पाप मोचनको लागि बप्तिस्मा लिएर हृदय र जीवन परिवर्तन गर्ने बारेमा तिनले मानिसहरूलाई प्रचार गर्दै थिए।
3 Ele percorreu toda a circunvizinhança do Jordão, pregando batismo de arrependimento para remissão de pecados,
4 यी सबै कुराहरू अगमवक्ता यशैयाले लेखेको पुस्तकको वर्णन अनुसार भयोः“उजाड स्थानमा कराइरहेको आवाजः परमप्रभुका निम्ति मार्ग तयार पार। उहाँको पथहरू सोझो पार।
4 conforme está escrito no livro das palavras do profeta Isaías: Voz do que clama no deserto: Preparai o caminho do Senhor, endireitai as suas veredas.
5 प्रत्येक खाल्डा पुरिनेछ। अनि हरेक डाँडा र ढिस्का सम्म पारिनेछ, अप्ठेरा बाटोहरू समतल पारिनेछन अनि दुर्गम् बाटोहरू सहज बनाइन्छन्!
5 Todo vale será aterrado, e nivelados todos os montes e outeiros; os caminhos tortuosos serão retificados, e os escabrosos, aplanados;
6 सबै मानिसहरूले परमेश्वरको मुक्तिको दर्शन गर्नेछन्।”‘
6 e toda carne verá a salvação de Deus.
7 यूहन्नाद्वारा बप्तिस्मा लिनलाई मानिसहरू आए। यूहन्नाले तिनीहरूलाई भने, “तिमीहरू विषालू साँपहरू जस्तै छौ! तिमीहरूलाई परमेश्वरको क्रोध जो आँउदैछ त्यबाट भाग्न कसले भन्यो?
7 Dizia ele, pois, às multidões que saíam para serem batizadas: Raça de víboras, quem vos induziu a fugir da ira vindoura?
8 तिमीहरूले आफ्नो हृदय परिवर्तन गरसकेकाछौ भन्ने देखाउनलाई उचित कामहरू गर्नुपर्छ। घमण्ड नगर अनि अब्राहामनै हाम्रा पिता हुन् नभन। म तिमीहरूलाई भन्छु कि परमेश्वरले अब्राहामका लागि यी चट्टानहरूबाट पनि सन्तान उत्पन्न गर्न सक्नुहुन्छ।
8 Produzi, pois, frutos dignos de arrependimento e não comeceis a dizer entre vós mesmos: Temos por pai a Abraão; porque eu vos afirmo que destas pedras Deus pode suscitar filhos a Abraão.
9 रूखहरू काट्नलाई बन्जरो पनि तयार छ। प्रत्येक रुख जसले असल फल फलाउदैन त्यो काटिनेछ अनि आगोमा फालिनेछ।”
9 E também já está posto o machado à raiz das árvores; toda árvore, pois, que não produz bom fruto é cortada e lançada ao fogo.
10 मानिसहरूले यूहन्नालाई सोधे, “हामीले के गर्नु पर्ने हो?”
10 Então, as multidões o interrogavam, dizendo: Que havemos, pois, de fazer?
11 यूहन्नाले उत्तर दिए, “यदि तिमीहरूसित दुइवटा दौरा छ भने अर्को नहुनेलाई एउटा देऊ। खानेकुरा छ भने पनि अरूलाई बाँड।”
11 Respondeu-lhes: Quem tiver duas túnicas, reparta com quem não tem; e quem tiver comida, faça o mesmo.
12 कर उठाउनेहरू पनि यूहन्नाकहाँ आए। तिनीहरूले बप्तिस्मालिन चाहँन्थे। तिनीहरूले यूहन्नालाई भने, “गुरुज्यू, हामीले के गर्नु पर्छ?”
12 Foram também publicanos para serem batizados e perguntaram-lhe: Mestre, que havemos de fazer?
13 यूहन्नाले तिनीहरूलाई भने, “तिमीहरूलाई जति उठाउने आदेश छ त्यो भन्ष्ठ्वदा ज्यादा कर नउठाऊ।”
13 Respondeu-lhes: Não cobreis mais do que o estipulado.
14 कोही सिपाहरूले यूहन्नालाई सोधे, “हामीले चाँहि के गर्ने?”यूहन्नाले तिनीहरूलाई भने, “बलपूर्वक मानिसहरूबाट पैसा नलेउ। कसैको बारेमा झुटो नबोल। आफुले कमाएको जे जति पैसा छ त्यसैमा सन्तुष्ट होऊ।”
14 Também soldados lhe perguntaram: E nós, que faremos? E ele lhes disse: A ninguém maltrateis, não deis denúncia falsa e contentai-vos com o vosso soldo.
15 सबै मानिसहरु ख्रिष्ट आउनु हुन्छ भन्ने प्रतिक्षामा थिए अनि यूहन्नाको बारेमा अचम्म मानिरहेका थिए। तिनीहरुले सोचे, “के उहाँनै ख्रिष्ट हुनुहुन्छत?”
15 Estando o povo na expectativa, e discorrendo todos no seu íntimo a respeito de João, se não seria ele, porventura, o próprio Cristo,
16 यूहन्नले प्रत्येकलाई उत्तर दिए, “म तीमीहरूलाई पानीद्वार बप्तिस्मा दिन्छु तर म पछि जुन एकजना आउनु हुनेछ उहाँले मैले भन्दा धेरै महान कार्य गर्न सक्नु हुन्छ। म उहाँको जुत्ताको फिता मात्र पनि खोल्ने योग्यको छैन। उहाँले तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्तिस्मा गर्नु हुनेछ।
16 disse João a todos: Eu, na verdade, vos batizo com água, mas vem o que é mais poderoso do que eu, do qual não sou digno de desatar-lhe as correias das sandálias; ele vos batizará com o Espírito Santo e com fogo.
17 उहाँ खला सफा पार्नु तयार हुनुहुन्छ। उहाँले राम्रो अन्नालाइ भूसदेखि अलग पार्नु हुनेछ। उहाँले असल अन्नालाई उहाँको ढुकुटीमा थुपार्नु हुनेछ। अनि नराम्रो जति उहाँले कहिल्यै ननिभ्ने आगोमा जलाइदिनु हुनेछ।”
17 A sua pá, ele a tem na mão, para limpar completamente a sua eira e recolher o trigo no seu celeiro; porém queimará a palha em fogo inextinguível.
18 त्यसपछि तिनले मानिसहरूलाई धेरै अरू कूराहरूले उत्साह दिए अनि सुसमाचारहरू उनीहरूलाई भने। यूहन्नाले सुसमाचाहरू लगातार सुनाउन थाले।
18 Assim, pois, com muitas outras exortações anunciava o evangelho ao povo;
19 हेरोदले आफ्नो भाइकी पत्नी हेरोदियाससँग अनैतिक सम्बन्ध राखेकोले यूहन्नाले शासक हेरोदलाई झपारेका थिए, हेरोदले गरेको अरू पनि धेरै दुष्ट कार्यहरूका निम्ति यूहन्नाले उसलाई झपारेका थिए।
19 mas Herodes, o tetrarca, sendo repreendido por ele, por causa de Herodias, mulher de seu irmão, e por todas as maldades que o mesmo Herodes havia feito,
20 हेरोदले त्यस्तै नराम्रो काम गरेको थियो उसले यूहन्नालाई झ्यालखानामा पनि थुनेको थियो। हेरोदले गरेको नराम्रो कामहरूमा यो एउटा थप हो।
20 acrescentou ainda sobre todas a de lançar João no cárcere.
21 जब सबै मानिसहरूलाई बप्तिस्मा गराइयो, येशू पनि आउनु भयो अनि बप्तिस्मा लिनु भयो। येशूले प्रार्थना गरिरहनू भएको बेला आकाश खोलियो।
21 E aconteceu que, ao ser todo o povo batizado, também o foi Jesus; e, estando ele a orar, o céu se abriu,
22 अनि शारीरिक रूपमा ढुकुर झैं उहाँमाथि पवित्र आत्मा आउनुभयो। त्यसपछि स्वर्गबाट एउटा आवाज आयो, “तिमी मेरा पुत्र हौ अनि म तिमीलाई प्रेम गर्छु। म तिमीसंग अत्यन्त आनान्दित छु।”
22 e o Espírito Santo desceu sobre ele em forma corpórea como pomba; e ouviu-se uma voz do céu: Tu és o meu Filho amado, em ti me comprazo.
23 जब येशूले आफ्नो कार्य गर्न थाले त्यसबेला उहाँको उमेर झण्डै तीस र्वष पुगेको थियो। मानिसहरूले सोचेका थिए येशू यूसुफको पुत्र हुनुहुन्छ। यूसुफ एलीका पुत्र थिए।
23 Ora, tinha Jesus cerca de trinta anos ao começar o seu ministério. Era, como se cuidava, filho de José, filho de Eli;
24 एली मत्तातका पुत्र थिए। मत्तात लेवीका पुत्र थिए। लेवी मल्कीका पुत्र थिए। मल्की यान्नाका पुत्र थिए। यान्ना यूसुफका पुत्र थिए।
24 Eli, filho de Matate, Matate, filho de Levi, Levi, filho de Melqui, este, filho de Janai, filho de José;
25 यूसुफ मत्तायियासका पुत्र थिए। मत्ताथियास आमोसका पुत्र थिए। आमोस नहूमका पुत्र थिए। नहूम इसलीका पुत्र थिए। इसली नग्गैका पुत्र थिए।
25 José, filho de Matatias, Matatias, filho de Amós, Amós, filho de Naum, este, filho de Esli, filho de Nagai;
26 नग्गै माथका पुत्र थिए। माथ मत्ताथियासका पुत्र थिए। मत्ताथियास सेमैनका पुत्र थिए। सेमैन योसेखका पुत्र थिए। योसेख योदाका पुत्र थिए।
26 Nagai, filho de Maate, Maate, filho de Matatias, Matatias, filho de Semei, este, filho de José, filho de Jodá;
27 योदा योहन्नका पुत्र थिए। योआनन रेसाका पुत्र थिए। रेसा यरूबाबेल का पुत्र थिए। यरूबाबेल शालतिएलका पुत्र थिए शालतिएल नेरीका पुत्र थिए।
27 Jodá, filho de Joanã, Joanã, filho de Resa, Resa, filho de Zorobabel, este, de Salatiel, filho de Neri;
28 नेरी मल्कीका पुत्र थिए। कोसाम एलमादमका पुत्र थिए। अद्दी कोसामका पुत्र थिए। कोसाम एलमादमका पुत्र थिए। एलमादम एरका पुत्र थिए।
28 Neri, filho de Melqui, Melqui, filho de Adi, Adi, filho de Cosã, este, de Elmadã, filho de Er;
29 एर यहोशूका पुत्र थिए। यहोशू एलिएजरका पुत्र थिए। एलीएजर योरीमका पुत्र थिए। योरीम मत्तातका पुत्र थिए। मत्तात लेवीका पुत्र थिए।
29 Er, filho de Josué, Josué, filho de Eliézer, Eliézer, filho de Jorim, este, de Matate, filho de Levi;
30 लेवी शिमियोनका पुत्र थिए। शिमियोन यहूदाका पुत्र थिए। यहूदा यूसुफका पुत्र थिए। यूसुफ योनानाका पुत्र थिए। योनान एल्याकीमका पुत्र थिए।
30 Levi, filho de Simeão, Simeão, filho de Judá, Judá, filho de José, este, filho de Jonã, filho de Eliaquim;
31 एल्याकीम मलेआकाम पुत्र थिए। मलेआ भिन्नाका पुत्र थिए। भिन्ना मत्ताथाका पुत्र थिए। मत्ताथा नातानका पुत्र थिए। नातान दाऊदका पुत्र थिए।
31 Eliaquim, filho de Meleá, Meleá, filho de Mená, Mená, filho de Matatá, este, filho de Natã, filho de Davi;
32 दाऊद यिशैका पुत्र थिए। यिशै ओबेदका पुत्र थिए। ओबेद बोअजका पुत्र थिए। बोअज सल्मोनका पुत्र थिए। सल्मोन नहशोनका पुत्र थिए।
32 Davi, filho de Jessé, Jessé, filho de Obede, Obede, filho de Boaz, este, filho de Salá, filho de Naassom;
33 नहशोम अम्मीनादबका पुत्र थिए। अम्मीनादाब आरामका पुत्र थिए। आराम हेस्रोनका पुत्र थिए। हेस्रोन फारेसका पुत्र थिए। फारेस यहूदाका पुत्र थिए।
33 Naassom, filho de Aminadabe, Aminadabe, filho de Admim, Admim, filho de Arni, Arni, filho de Esrom, este, filho de Perez, filho de Judá;
34 यहूदा याकूबका पुत्र थिए। याकूब इसहाकका पुत्र थिए। इसहाक अब्राहामका पुत्र थिए। अब्राहाम तेरहका पुत्र थिए। तेरह नाहोरका पुत्र थिए।
34 Judá, filho de Jacó, Jacó, filho de Isaque, Isaque, filho de Abraão, este, filho de Tera, filho de Naor;
35 नाहोर सरूगका पुत्र थिए। सरूग रऊका पुत्र थिए। रऊ पेलेगका पुत्र थिए। पेलेग एबेरका पुत्र थिए। एबेर शेलहका पुत्र थिए।
35 Naor, filho de Serugue, Serugue, filho de Ragaú, Ragaú, filho de Faleque, este, filho de Éber, filho de Salá;
36 शेलह केनानक पुत्र थिए। केनान अर्पक्षदक पुत्र थिए। अर्पक्षदक शेमका पुत्र थिए। शेम नूहका पुत्र थिए। नूह लेमेखका पुत्र थिए।
36 Salá, filho de Cainã, Cainã, filho de Arfaxade, Arfaxade, filho de Sem, este, filho de Noé, filho de Lameque;
37 लेमेख मतूशेलहका पुत्र थिए। मतूशेलह हनोकका पुत्र थिए। हनोक येरेदका पुत्र थिए। येरेद महलालेलका पुत्र थिए। महलालेल केनानका पुत्र थिए।
37 Lameque, filho de Metusalém, Metusalém, filho de Enoque, Enoque, filho de Jarede, este, filho de Maalalel, filho de Cainã;
38 केनान एनोशका पुत्र थिए। एनोश शेतका पुत्र थिए। शेत आदमका पुत्र थिए। आदम परमेश्वरका पुत्र थिए।
38 Cainã, filho de Enos, Enos, filho de Sete, e este, filho de Adão, filho de Deus.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Lucas 3, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.