Lucas 22

Nepali Bible (GL_NEPALI) vs ARA

Sair da comparação
ARA Almeida Revista e Atualizada 1993
1 यहूदीहरूको अखमीरी रोटीको चाडको समय नजिकै आइरहेका थियो।
1 Estava próxima a Festa dos Pães Asmos, chamada Páscoa.
2 मुख्य पूजाहारीहरू र व्यवस्थाका शास्त्रीहरूले येशूलाई मार्ने उपाय खोज्दै थिए। तर मानिसहरूदेखि तिनीहरू डराँउथे।
2 Preocupavam-se os principais sacerdotes e os escribas em como tirar a vida a Jesus; porque temiam o povo.
3 येशूको बाह्रजना प्रेरितहरूमध्ये एकजनाको नाम यहूदा थियो जसलाई इस्कारयोत भनिन्थ्यो। शैतान यहूदाको भित्र पस्यो अनि त्यसलाई नराम्रो कार्य गर्नु प्रेरित गर्यो।
3 Ora, Satanás entrou em Judas, chamado Iscariotes, que era um dos doze.
4 मन्दिरलाई पहरा दिइरहेका सिपाहीहरू र मुख्य पूजाहारीहरूसंग येशूलाई सुम्पने विषयको उपाय बारे कुराकानी गरयो।
4 Este foi entender-se com os principais sacerdotes e os capitães sobre como lhes entregaria a Jesus;
5 यस विषयमा मुख्य पूजाहारीहरू अत्यन्त खुशी भए। यदि यहूदाले येशूलाई सुम्पेको खण्डमा तिनीहरूले रूपियाँ दिने बाचा गरे।
5 então, eles se alegraram e combinaram em lhe dar dinheiro.
6 यहूदा सहमत भयो। त्यसपछि यहूदाले येशूलाई तिनीहरूकहाँ सुम्पने अवसर खोज्न थाल्यो। यो काम गर्दा भीड नरहोस भन्ने यहूदा चहान्थ्यो।
6 Judas concordou e buscava uma boa ocasião de lho entregar sem tumulto.
7 यो अखमीरी रोटी खाने दिन थियो। त्यो दिन यहूदीहरूले निस्तारको पाठाहरू बलिदान गरे।
7 Chegou o dia da Festa dos Pães Asmos, em que importava comemorar a Páscoa.
8 येशूले पत्रुस र यूहन्नालाई भन्नुभयो, “जाऊ अनि हाम्रो लागि निस्तार खाना तयार पार।”
8 Jesus, pois, enviou Pedro e João, dizendo: Ide preparar-nos a Páscoa para que a comamos.
9 पत्रुस र यूहन्नाले येशूलाई सोधे, “तपाईं हामीले कहाँ खाना तयार पारेको रूचाउनु हुन्छ?”येशूले तिनीहरूलाई भने,
9 Eles lhe perguntaram: Onde queres que a preparemos?
10 “सुन! जब तिमीहरू शहर जान्छौं, त्यहाँ तिमीहरूले एउटा मानिसलाई एक जार पानी ल्याँउदै गरेको भेट्नेछौ। त्यलाई पछ्याऊ। त्यो त्यहीं एउटा घरमा पस्नेछ। त्यसकै पछि तिमीहरू लाग।
10 Então, lhes explicou Jesus: Ao entrardes na cidade, encontrareis um homem com um cântaro de água; segui-o até à casa em que ele entrar
11 त्यस घरका मालिकलाई भन, हाम्रा गुरुज्यूले उहाँ र उहाँका चेलाहरू निस्तार भोज कहाँ बसेर खाने सोध्न पठाउनु भएकोछ।’
11 e dizei ao dono da casa: O Mestre manda perguntar-te: Onde é o aposento no qual hei de comer a Páscoa com os meus discípulos?
12 त्यसपछि मालिकले आफ्नो घरको माथिल्लो तलाको ठूलो कोठा देखाउनेछ। यो कोठानै तिमीहरूको निम्ति तयार परिनेछ। निस्तारको भोज त्यहीं तयार गर।”
12 Ele vos mostrará um espaçoso cenáculo mobilado; ali fazei os preparativos.
13 त्यसपछि पत्रुस र यूहन्ना त्यहाँदेखि निस्किए। येशूले भन्नुभएको प्रत्येक कुराहरू नै तिनीहरूले भेटे। अनि तिनीहरूले निस्तारको भोज पनि तयार पारे।
13 E, indo, tudo encontraram como Jesus lhes dissera e prepararam a Páscoa.
14 तिनीहरूको निस्तारको भोज गर्ने समय भएको थियो। येशू र प्रेरितहरू टेबलको वरिपरि बरिरहेका थिए
14 Chegada a hora, pôs-se Jesus à mesa, e com ele os apóstolos.
15 येशूले तिनीहरूलाई भन्नुभयो, “मेरो मृत्यु अघि तिमीहरूसँग बसेर निस्तारको भोजन गर्ने बढो इच्छा थियो।
15 E disse-lhes: Tenho desejado ansiosamente comer convosco esta Páscoa, antes do meu sofrimento.
16 किनभने जबसम्म परमेश्वरको राज्यमा यसको सही अर्थ पाईदैन म निस्तार भोजन गर्ने छैन।”
16 Pois vos digo que nunca mais a comerei, até que ela se cumpra no reino de Deus.
17 त्यसपछि उहाँले एक कचौरा दाखरस लिनु भयो। उहाँले परमेश्वरलाई यसको निम्ति धन्यावाद दिनुभयो। त्यसपछि उहँले भन्नुभयो, “यो कप लैजाऊ अनि यसैबाट सबैलाई बाँढ।
17 E, tomando um cálice, havendo dado graças, disse: Recebei e reparti entre vós;
18 म तिमीहरूलाई भन्छु, “म चाँहि परमेश्वरको राज्य नआए सम्म पिंउदिन।”
18 pois vos digo que, de agora em diante, não mais beberei do fruto da videira, até que venha o reino de Deus.
19 त्यसपछि येशूले केही रोटी लिनु भयो। उहाँले रोटीको लागि परमेश्वर धन्यवाद दिनुभयो अनि टुक्रा पार्नु भयो। उहाँले ति प्रेरितहरूलाई दिनु भयो अनि उहाँले भन्नुभयो, “यो मेरो शरीर हो जुन म तिमीहरूलाई दिंदैछु। मेरो सम्झनाको निम्ति यसो गर।”
19 E, tomando um pão, tendo dado graças, o partiu e lhes deu, dizendo: Isto é o meu corpo oferecido por vós; fazei isto em memória de mim.
20 त्यसरी नै, खाना खाई सके पछि, येशूले कचौरा उठाउनु भयो अनि भन्नुभयो, “यस कचौराको तात्पर्य परमेश्वर र उहाँको मानिसहरू माझको एउटा नयाँ करार हो। यो नयाँ करार मेरो रगतबाट शुरू हुन्छ जुन मैले तिमीहरूको लागि बगाएँ।”
20 Semelhantemente, depois de cear, tomou o cálice, dizendo: Este é o cálice da nova aliança no meu sangue derramado em favor de vós.
21 येशूले भन्नुभयो, “तिमीहरूले मध्ये कोही एकजनाले मलाई धोका दिनेछौ। उसको हात टेबलमा मसँगै छ।
21 Todavia, a mão do traidor está comigo à mesa.
22 परमेश्वरले जे योजना गर्नु भएकोछ त्यो मानिसको पुत्रले पुरा गर्नेछ। तर धिक्कार छ उसलाई जसले हत्याको निम्ति मानिसको पुत्रलाई सुपिन्छ।”
22 Porque o Filho do Homem, na verdade, vai segundo o que está determinado, mas ai daquele por intermédio de quem ele está sendo traído!
23 त्यसपछि प्रेरितहरू आपसमा कुरा गर्न लागे, “हामी मध्ये कसले चाँहि येशूलाई त्यसो गर्छौ होला?”
23 Então, começaram a indagar entre si quem seria, dentre eles, o que estava para fazer isto.
24 तब तिनीहरू मध्ये को चाँहीं सबै भन्दा महान होला भनी प्रेरितहरूले बहस गरे।
24 Suscitaram também entre si uma discussão sobre qual deles parecia ser o maior.
25 तर येशूले तिनीहरूलाई भन्नुभयो, “संसारका राजाहरूलाई तिनीहरूका मानिसहरूमाथि शासन गर्छन्। जो मानिसहरू अधिकारमा छन् तिनीहरू आफैलाई जातिहरूको महा-सहायकहरू भनिनेछन्।
25 Mas Jesus lhes disse: Os reis dos povos dominam sobre eles, e os que exercem autoridade são chamados benfeitores.
26 तर तिमीहरू चाँहि त्यस्तो नहुनु। तिमीहरूको माझमा जो महान छ ऊ सानो हुनु पर्छ, अनि ऊ जो नेता हो, नोकर जस्तो हुनुपर्छ।
26 Mas vós não sois assim; pelo contrário, o maior entre vós seja como o menor; e aquele que dirige seja como o que serve.
27 को चाँहि प्रमुख हुनः ऊ जो टेबलमा बसिरहेको छ अथवा उहाँलाई सेवा पुर्याइरहेकोछ? टेबलमा बस्ने मानिस चाँहि ठुलो हो, होइन र? तर तिमीहरूको माझमा म नोकर जस्तै हुँ?
27 Pois qual é maior: quem está à mesa ou quem serve? Porventura, não é quem está à mesa? Pois, no meio de vós, eu sou como quem serve.
28 “तिमीहरू तिनीहरू हौ जो मेरो संर्घषहरूमा छेउमा बसेका थियौं।
28 Vós sois os que tendes permanecido comigo nas minhas tentações.
29 मेरो पिताले मलाई एउटा राज्य दिनुभएकोछ। म पनि मसित भएको शासन शक्ति तिमीहरूलाई दिनेछु।
29 Assim como meu Pai me confiou um reino, eu vo-lo confio,
30 मेरो राज्यमा मेरो टेबलमा बसेर तिमीहरूले खाने र पिउनेछौ। तिमीहरू सिंहासनमा बस्नेछौ अनि इस्राएलको बाह्रैवटा जातिको न्याय गर्नेछौ।
30 para que comais e bebais à minha mesa no meu reino; e vos assentareis em tronos para julgar as doze tribos de Israel.
31 “शैतानले जाँच गर्न सोध्यो, कृषकहरूले तिनीहरूको गहुँ जाँच गरे जस्तै तिनीहरूको जाँच लिनेछ। ए शिमोन, शिमोन,
31 Simão, Simão, eis que Satanás vos reclamou para vos peneirar como trigo!
32 मैले प्रार्थना गरेको छु कि तिमीहरूले विश्वास गुमाउने छैनौ। म कहाँ फर्के पछि तिमीहरूको दाज्यू-भाइहरूलाई अझ सामर्थ बनाउन मद्दत गर।”
32 Eu, porém, roguei por ti, para que a tua fé não desfaleça; tu, pois, quando te converteres, fortalece os teus irmãos.
33 तर पुत्रसले येशूलाई भने, “हे प्रभु, म तपाईंसंग तयार छु।”
33 Ele, porém, respondeu: Senhor, estou pronto a ir contigo, tanto para a prisão como para a morte.
34 तर येशूले भन्नुभयो, “ए पत्रुस, आज भाले बास्न अघि नैं, मलाई तिमीले चिन्छु भन्न तीनपल्ट इन्कार गर्नेछौ।”
34 Mas Jesus lhe disse: Afirmo-te, Pedro, que, hoje, três vezes negarás que me conheces, antes que o galo cante.
35 तब येशूले प्रेरितहरूलाई भन्नुभयो, “जब मैले तिमीहरूले मानिसहरूमा प्रचार गर्न, विना पैसा, झोला अनि जुत्ताहरू विना पठाएँ, के तिमीहरूलाई केही अभाव भयो?”प्रेरितहरूले भने, “भएन।”
35 A seguir, Jesus lhes perguntou: Quando vos mandei sem bolsa, sem alforje e sem sandálias, faltou-vos, porventura, alguma coisa? Nada, disseram eles.
36 येशूले तिनीहरूलाई भन्नुभयो, “तर अब तिमीहरूसंग पैसा, थैली जे छ त्यो लैजाऊ। यदी तिमीहरूसंग तरवार छैन भने, आफ्नो कोट बेच र एउटा किनिराख।
36 Então, lhes disse: Agora, porém, quem tem bolsa, tome-a, como também o alforje; e o que não tem espada, venda a sua capa e compre uma.
37 यो धर्मशास्त्रले भन्छ। मानिसहरूले भने उनी अपराधी हुन्। यशैया 5312धर्मशास्त्रमा लेखिएका कुरा साँचो हुनै पर्छ। यो मेरै विषयमा लेखिएको थियो, अनि अहिले साँचो भइरहेछ।”
37 Pois vos digo que importa que se cumpra em mim o que está escrito:
38 चेलाहरूले भने, “हे प्रभु, हेर्नुहोस्! यहाँ दुइवटा तरवार छन्!”येशूले तिनीहरूलाई भन्नुभयो, “दुइवटा नै प्रशस्त हुनेछ।”
38 Então, lhe disseram: Senhor, eis aqui duas espadas! Respondeu-lhes: Basta!
39 येशूले शहर (यरूशलेम) छोडनु भयो अनि सधैं झैं जैतून पहाडतिर जानुभयो। उहाँका चेलाहरू पनि उहांसंगै गए।
39 E, saindo, foi, como de costume, para o monte das Oliveiras; e os discípulos o acompanharam.
40 जब उहाँ त्यो ठाउँमा पुग्नु भयो, उहाँले चेलाहरूलाई भन्नुभयो, “प्रार्थना गर कि प्रलोभनको सामना गर्न नपरोस्।”
40 Chegando ao lugar escolhido, Jesus lhes disse: Orai, para que não entreis em tentação.
41 तब येशू तिनीहरूदेखि पचास कदम टाढा जानुभयो। उहाँले घुँडा टेक्नुभयो अनि प्रार्थना गर्नुभयो,
41 Ele, por sua vez, se afastou, cerca de um tiro de pedra, e, de joelhos, orava,
42 “हे पिता, यदि यो तपाईंको इच्छा हो भने, यो कष्टको कचौरा मदेखि हटाइदिनुहोस्। तर यो तपाईंको इच्छा बमोजिम गरियोस् मेरो इच्छा बमोजिम होइन।”
42 dizendo: Pai, se queres, passa de mim este cálice; contudo, não se faça a minha vontade, e sim a tua.
43 त्यसपछि स्वर्गबाट एउटा दूत देखा परयो अनि येशूलाई दृढ बनायो।
43 [Então, lhe apareceu um anjo do céu que o confortava.
44 येशू अति संकष्टमा पर्नुभयो; उहाँले झन् परिश्रमसंग प्रार्थना गर्नुभयो रगत बगे जस्तै उहाँका अनुहारबाट पसीना चुह्यो।
44 E, estando em agonia, orava mais intensamente. E aconteceu que o seu suor se tornou como gotas de sangue caindo sobre a terra.]
45 जब उहाँले प्रार्थना शेष गर्नुभयो, उहाँ आफ्ना चेलाहरूकहाँ जानु भयो। तिनीहरू मस्त निन्द्रामा थिए किनभने तिनीहरू सुर्ताले क्लान्त थिए।
45 Levantando-se da oração, foi ter com os discípulos, e os achou dormindo de tristeza,
46 येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू किन सुतिरहेकाछौ? झट्ट उठ र प्रार्थना गर ताकि तिमीहरूले प्रलोभनको सामना गर्न नपरोस्।”येशू पक्राउ पर्नुभयो(मत्ती
46 e disse-lhes: Por que estais dormindo? Levantai-vos e orai, para que não entreis em tentação.
47 जतिबेला येशू बोलिरहनु भएको थियो, एक दल मानिसहरू त्यहाँ आइपुगे। बाह्रजना प्रेरितहरूमध्ये एकजना जसलाई यहूदा भनिन्थ्यो त्यो दललाई अगुवाई गरिरहेको थियो। यहूदा येशूको नजिकै उहाँलाइ म्वाई खान आयो।
47 Falava ele ainda, quando chegou uma multidão; e um dos doze, o chamado Judas, que vinha à frente deles, aproximou-se de Jesus para o beijar.
48 तर येशूले उसलाई भन्नुभयो, “हे यहूदा, म्वाँई खाएर तिमी मानिसको पुत्रलाई सुम्पिदैछौ?
48 Jesus, porém, lhe disse: Judas, com um beijo trais o Filho do Homem?
49 येशूका चेलाहरू पनि त्यहीं उभिरहेका थिए। तिनीहरूले के भइरहेको थियो बुझे। चेलाहरूले येशूलाई सोधे, “हे प्रभु, के हामीले हाम्रा तरवारहरू चलाउँ?”
49 Os que estavam ao redor dele, vendo o que ia suceder, perguntaram: Senhor, feriremos à espada?
50 अनि तिनीहरूमध्ये एकजना चेलाले त्यसको तरवार चलायो अनि त्यसले प्रधान पूजाहारीको नोकरको दाहिने कान काटिदियो।
50 Um deles feriu o servo do sumo sacerdote e cortou-lhe a orelha direita.
51 येशूले भन्नुभयो, “थाम” तब उहाँले नोकरको कान छुनु भयो अनि त्यसलाई निको पारिदिनु भयो।
51 Mas Jesus acudiu, dizendo: Deixai, basta. E, tocando-lhe a orelha, o curou.
52 येशूलाई पक्रन आउनेहरूमा मुख्य पूजाहारीहरू, यहूदी बूढा प्रधानहरू र मन्दिरको सिपाहीहरू थिए। येशूले तिनहरूलाई भन्नुभयो, “तपाईंहरू किन तरवार र लाठ्ठीहरू लिएर आएको? के मलाई कुनै अपराधी जस्तो लाग्छ?
52 Então, dirigindo-se Jesus aos principais sacerdotes, capitães do templo e anciãos que vieram prendê-lo, disse: Saístes com espadas e porretes como para deter um salteador?
53 म तपाईंहरूसंगै प्रत्येक दिन मन्दिरमा हुने गर्थें। तपाईंहरूले मलाई त्यहाँ पक्रनु भएन? तर यो अन्धकारले शासन चलाउने समय हो।”
53 Diariamente, estando eu convosco no templo, não pusestes as mãos sobre mim. Esta, porém, é a vossa hora e o poder das trevas.
54 तिनीहरूले येशूलाई पक्रे अनि टाढामा लगे। तिनीहरूले उहाँलाई प्रधान-पूजारीको घरमा पुरयाए। पत्रुस पनि तिनीहरूसंगै गए तर तिनी येशूको नजिक गएनन्।
54 Então, prendendo-o, o levaram e o introduziram na casa do sumo sacerdote. Pedro seguia de longe.
55 सिपाहीहरूले घरको आँगनको माझमा आगो फुके अनि वरिपरि बसे। पत्रुस पनि तिनीहरूसंगै बसे।
55 E, quando acenderam fogo no meio do pátio e juntos se assentaram, Pedro tomou lugar entre eles.
56 एउटी नोकर्नीले पत्रुसलाई त्यहाँ बसिरहेकी देखी। आगोको उज्यालोले गर्दा उसले उसलाई देख्न सकी। त्यसले भनी, “यो मानिस पनि ऊसंगै थियो।”
56 Entrementes, uma criada, vendo-o assentado perto do fogo, fitando-o, disse: Este também estava com ele.
57 तर पुत्रसले हो भन्न मानेन। त्यसले भन्यो, “हे नारि, म उहाँलाई जान्दिनँ।”
57 Mas Pedro negava, dizendo: Mulher, não o conheço.
58 केही समय पछि, अर्को मानिसले पनि पत्रुसलाई देख्यो अनि भन्यो, “तिमी पनि तिनीहरू मध्ये एक हौ।” तर पत्रुस ले भने, “मानिस म हैनऊ”
58 Pouco depois, vendo-o outro, disse: Também tu és dos tais. Pedro, porém, protestava: Homem, não sou.
59 प्रायः एक घण्टापछि, अर्को मानिसले भन्यो, “निश्चय यो मानिस उहाँसंगै थियो। किनभने यो पनि गालीलबाट आएको हो।”
59 E, tendo passado cerca de uma hora, outro afirmava, dizendo: Também este, verdadeiramente, estava com ele, porque também é galileu.
60 तर पुत्रसले भन्यो, “हे मानिस तिमीले के विषयमा कुरा गर्न लागिरहेछौ म जान्दिन?”जब पत्रुस बोलिरहेको थियो तुरन्तै भाले बास्यो।
60 Mas Pedro insistia: Homem, não compreendo o que dizes. E logo, estando ele ainda a falar, cantou o galo.
61 त्यसपछि प्रभु येशू र्फकनु भयो अनि पत्रुसलाईर् हेर्नुभयो। अनि पत्रुसले प्रभुले अघि भनेका कुराहरू सम्झ्योः “आज भाले बास्न अघि तिमीले मलाई तिनपल्ट अस्वीकार गर्नेछौ।”
61 Então, voltando-se o Senhor, fixou os olhos em Pedro, e Pedro se lembrou da palavra do Senhor, como lhe dissera: Hoje, três vezes me negarás, antes de cantar o galo.
62 त्यसपछि पत्रुस बाहिर गयो अनि ग्वाँ ग्वाँ रोयो।
62 Então, Pedro, saindo dali, chorou amargamente.
63 कोही मानिसहरू जसले येशूलाई पहरा दिइरहेका थिए तिनीहरूल येशूको उपाहस यसरी गरेः तिनीहरूले आँखमा पट्टी बाँधदिएर उहाँलाई देख्न नसक्ने बनाए।
63 Os que detinham Jesus zombavam dele, davam-lhe pancadas e,
64 त्यसपछि तिनीहरूले उहाँलाई हिर्काए अनि भने, “यदि तिमी अगमवक्ता हौ भने, भन तिमीलाई कसले हिर्कायो?”
64 vendando-lhe os olhos, diziam: Profetiza-nos: quem é que te bateu?
65 अनि धेरै तरिकाले तिनीहरूले उहाँको निन्दा गरे।
65 E muitas outras coisas diziam contra ele, blasfemando.
66 अर्को विहान, मानिसहरूका बूढा प्रधानहरू, मुख्य पूजाहारीहरू अनि व्यवस्थाको शास्त्रीहरू एक साथ आए। तिनीहरूले येशूलाई आफ्नो महासभामा लगे ।
66 Logo que amanheceu, reuniu-se a assembleia dos anciãos do povo, tanto os principais sacerdotes como os escribas, e o conduziram ao Sinédrio, onde lhe disseram:
67 तिनीहरूले भने, “यदि तपाईं नै ख्रीष्ट हुनुहुन्छ भने, हामीलाई सत्य बताउनु होस्!”येशूले तिनीहरूलाई भन्नुभयो, “यदि मैले म नै ख्रीष्ट हुँ भने, तपाईंहरूले मलाई विश्वास गर्नुहुने छैन।
67 Se tu és o Cristo, dize-nos. Então, Jesus lhes respondeu: Se vo-lo disser, não o acreditareis;
68 अनि यदि मैले तपाईंहरूलाई सोधें भने त्यसको जवाफ पनि दिनुहुन्न।
68 também, se vos perguntar, de nenhum modo me respondereis.
69 तर अब उसो, मानिसको पुत्र परमेश्वरको सिंहासनको दाहिनेपट्टी बस्नेछ।”
69 Desde agora, estará sentado o Filho do Homem à direita do Todo-Poderoso Deus.
70 तिनीहरू सबैले भने, “त्यसो भए के तपाईं परमेश्वरको पुत्र हुनुन्छ?” येशूले तिनीहरूलाई भन्नुभयो, “हो, तपाईंहरूले जे भन्नुहुन्छ, त्यो सही हो।”
70 Então, disseram todos: Logo, tu és o Filho de Deus? E ele lhes respondeu: Vós dizeis que eu sou.
71 तिनीहरूले भने, हामीलाई अरू साक्षी किन खाँचो परयो? हामी आफैले उसले यसो भनेका सुनेका हौ!”
71 Clamaram, pois: Que necessidade mais temos de testemunho? Porque nós mesmos o ouvimos da sua própria boca.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Lucas 22, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.