Lucas 1

Nepali Bible (GL_NEPALI) vs VC

Sair da comparação
VC Versão Católica
1 प्रिय थियोफिलस, किनभने धेरै मानिलहरूले हाम्रा बीचमा घटेका घटनाहरूकाबिषयमा इतिहास लेख्ने चेष्टा गरेका छन्।
1 Muitos empreenderam compor uma história dos acontecimentos que se realizaram entre nós,
2 तिनीहरूले ती कुराहरू नै लेखेका छन् जुन कुराहरू शुरूदेखि नै हामीलाई ती मानिसहरू जो साक्षीहरू र परमेश्वरका संदेशको सेवकहरूले बताउँदै आएका छन्।
2 como no-los transmitiram aqueles que foram desde o princípio testemunhas oculares e que se tornaram ministros da palavra.
3 हे माननीय म आफैंले शुरूदेखि नै होशियार साथ सबै कुराहरूको अध्ययन गरेको छु। त्यसैले, मैले सोचें मैले पनि तिमाहरूको लागि क्रमानुसार यी कुराहरू लेख्नै पर्छ। यसैले, मैले
3 Também a mim me pareceu bem, depois de haver diligentemente investigado tudo desde o princípio, escrevê-los para ti segundo a ordem, excelentíssimo Teófilo,
4 तिमीहरूलाई बुझाउनको लागि जुन तिमीहरूले सिकेकाछौ त्यही कुराहरू नै सत्य हो भन्न, मैले यी कुराहरू लेखेको छु।
4 para que conheças a solidez daqueles ensinamentos que tens recebido.
5 यहूदामा हेरोदको शासन कालमा जकरिया नाउँ गरेका एकजना पूजाहारी थिए। जकरिया अबियाका पूजाहारी समूहका थिए। जकरियाकी पत्नी हारून वंशकी थिईन्। तिनको नाउँ इलीशिबा थियो।
5 Nos tempos de Herodes, rei da Judéia, houve um sacerdote por nome Zacarias, da classe de Abias; sua mulher, descendente de Aarão, chamava-se Isabel.
6 ती दुवै जकरिया र इलीशिबा परमेश्वर समक्ष असल मानिस थिए। जहाँ सम्म परमप्रभुको जम्मै आज्ञा र नियमहरूको सम्बन्ध छ तिनीहरू निष्कलंक थिए।
6 Ambos eram justos diante de Deus e observavam irrepreensivelmente todos os mandamentos e preceitos do Senhor.
7 तर जकरिया र इलीशिबा निःसन्तान थिए। इलीशिबा गर्भवती हुन सकिनन्, कारण तिनीहरू दुवै बृद्ध भइसकेका थिए।
7 Mas não tinham filho, porque Isabel era estéril e ambos de idade avançada.
8 जब उनको समूहको सेवा गर्ने पालो थियो जकरियाले परमेश्वर अघि मानिसहरूको सेवा पूजाहारी भएर गरे। यस्तै उनको समूहको सेवा गर्ने समय थियो। परमेश्वर
8 Ora, exercendo Zacarias diante de Deus as funções de sacerdote, na ordem da sua classe,
9 पूजाहारीहरूले संधैं एकजना पूजाहारीलाई धूप दिने गर्दथे। जकरिया यस्तै काम गर्ने छानिएको थिए। यसकारण उनले परमप्रभुको मन्दिरमा धूप जनाउनु पर्थ्यो।
9 coube-lhe por sorte, segundo o costume em uso entre os sacerdotes, entrar no santuário do Senhor e aí oferecer o perfume.
10 त्यहाँ जम्मै उपासकहरू बाहिर एकत्रित भएका थिए। धूप दिइएकै बेला तिनीहरू प्रार्थना गर्नमा तल्लीन थिए।
10 Todo o povo estava de fora, à hora da oferenda do perfume.
11 त्यसपछि धूप जलिरहेको दाहिनेपट्टि परमप्रभुको एउटा स्वर्गदूत जकरियाको अघि उभिएका थिए।
11 Apareceu-lhe então um anjo do Senhor, em pé, à direita do altar do perfume.
12 जब उनले स्वर्गदूतलाई देख्यो, जकरिया भ्रममा परे र डरले आत्तिए।
12 Vendo-o, Zacarias ficou perturbado, e o temor assaltou-o.
13 ती स्वर्गदूतले जकरियालाई भने, “जकरिया, नडराऊ। तिम्रो प्रार्थनालाई परमेश्वरले सुनिदिनु भएकोछ। तिम्री पत्नी इलीशिबाले एउटा पुत्र जन्म दिनेछन्। उनको नाउँ तिमीले यूहन्ना राखिदिनु।
13 Mas o anjo disse-lhe: Não temas, Zacarias, porque foi ouvida a tua oração: Isabel, tua mulher, dar-te-á um filho, e chamá-lo-ás João.
14 तिनेले तिमीहरूमा आनन्द र खुशीयाली ल्याउनेछन्। तिनको जन्मले धेरै धेरै मानिसहरूमा सुख ल्याउनेछ।
14 Ele será para ti motivo de gozo e alegria, e muitos se alegrarão com o seu nascimento;
15 परमप्रभुको सामुन्ने यूहन्ना तिनी एकजना महान मानिस बनिनेछन्। तिनले दाखरस अथवा मदिरा कदापि लिने छैन। तिनको जन्मबाट नै तिनी पवित्र आत्माले भरिएको हुनेछन्।
15 porque será grande diante do Senhor e não beberá vinho nem cerveja, e desde o ventre de sua mãe será cheio do Espírito Santo;
16 तिनी धेरै यहूदीहरूलाई परमप्रभु तिनीहरू परमेश्वरतिर खिंच्ने माध्यम हुनेछन्।
16 ele converterá muitos dos filhos de Israel ao Senhor, seu Deus,
17 तिनी आफैं अग्रदूत झैं परमप्रभुको अघि अघि जानेछन्। एलिया जस्तै तिनी पनि शक्ति सम्पन्न मानिस हुनेछन्। एलियामा भएकै आत्मा उनमा पनि हुनेछ। बाबुहरू र छोरा-छोरीहरू माझ उनले नै शान्ति बनाई राख्नेछन्। तिनीहरू जसले परमेश्वरको आज्ञा पालन गर्दैनन् त्यस्ताहरूलाई धार्मिक मानिसहरूलाई जस्तै सोंच्ने बानउनेछन्। परमप्रभुको आगमनका निम्ति मानिसहरूलाई उनले नै तयारी पार्नेछन्।”
17 e irá adiante de Deus com o espírito e poder de Elias para reconduzir os corações dos pais aos filhos e os rebeldes à sabedoria dos justos, para preparar ao Senhor um povo bem disposto.
18 जकरियाले स्वर्गदूतलाई भने, “यो कुरा साँचो हो भनेर म कसरी निश्चित हुनु? म एउटा बूढो मानिस हुँ, अनि मेरी पत्नी पनि बुढी नै छिन्?
18 Zacarias perguntou ao anjo: Donde terei certeza disto? Pois sou velho e minha mulher é de idade avançada.
19 ती स्वर्गदूतले जवाफ दिए, “म गब्रिएल हुँ। म परमेश्वरको अघि खडा रहन्छु। परमेश्वरले नै मलाई तिमीसित कुरा गर्न र यिनै खुशीको सुसमाचार दिन पठाउनु भएको हो।
19 O anjo respondeu-lhe: Eu sou Gabriel, que assisto diante de Deus, e fui enviado para te falar e te trazer esta feliz nova.
20 अब सुन। यी कुराहरू पूरा नहुन्जेल सम्म तिमी लाटो हुनेछौ र बोल्न सक्नेछैनौ। किन? किनभने मैले भनेको कुराहरू जो आफ्नो समयमा सत्य हुनेछ तिमीले विश्वास गरेका छैर्नों।”
20 Eis que ficarás mudo e não poderás falar até o dia em que estas coisas acontecerem, visto que não deste crédito às minhas palavras, que se hão de cumprir a seu tempo.
21 बाहिरपट्टि, मानिसहरूले जकरियालाई र्पखिरहेका थिए। मन्दिरमा यति लामो समय सम्म बसेको देखेर तिनीहरू छक्क परिरहेका थिए।
21 No entanto, o povo estava esperando Zacarias; e admirava-se de ele se demorar tanto tempo no santuário.
22 त्यसपछि जकरिया बाहिर आए, तर उनी बोल्न नसक्ने भएका थिए। उनी ती मानिसहरूका अघि देखा मात्र पर्न सक्थे। तब तिनीहरूले उनले मन्दिरभित्र केही दर्शन पाएको चाल पाए। उनले तिनीहरूसित इशारा मात्र गरिरहे अनि लाटा झैं बसिरहे।
22 Ao sair, não lhes podia falar, e compreenderam que tivera no santuário uma visão. Ele lhes explicava isto por acenos; e permaneceu mudo.
23 जब जकरियाको सेवाको दिन पूरा भयो, तिनी आफ्नो घरतिर लागे।
23 Decorridos os dias do seu ministério, retirou-se para sua casa.
24 केही समय पछि जकरियाको पत्नी इलीशिबा गर्भवती भइन्। अनि पाँच महीनासम्म उनी घरदेखि बाहिर निस्किनन्। इलीशिबाले भनिन्,
24 Algum tempo depois Isabel, sua mulher, concebeu; e por cinco meses se ocultava, dizendo:
25 हेर, मलाई परमप्रभुले के गर्नुभएको छ। उहाँले मेरो एउटा नानी जन्मियोस् भनी निर्णय लिनु भयो। परमप्रभुले ममाथि यति कृपा गर्नु भयो कि अब उसो मानिसहरूको सामुन्नेबाट मलाई लाज मुक्त पार्नु भयो।”
25 Eis a graça que o Senhor me fez, quando lançou os olhos sobre mim para tirar o meu opróbrio dentre os homens.
26 इलीशिबाको छैटौं महीनामा, गालीको एउटा शहर नासरतमा बस्ने एउटी कन्याकहाँ परमेश्वरले एउटा गब्रिएल नाउँ गरेको दुतलाई पठाउनु भयो।
26 No sexto mês, o anjo Gabriel foi enviado por Deus a uma cidade da Galiléia, chamada Nazaré,
27 तिनी दाऊदको परिवारको यूसुफ नाउँ गरेको एक मानिससँग मगनी भएकी थिइन्। ती कन्याको नाउँ मरियम थियो।
27 a uma virgem desposada com um homem que se chamava José, da casa de Davi e o nome da virgem era Maria.
28 ती स्वर्गदूत मरियमकहाँ गए अनि भने, “शुभकामना छ। परमप्रभु तिमीसितै हुनुहुन्छ। तिमी उहाँको खुवै प्रिय छौ।”
28 Entrando, o anjo disse-lhe: Ave, cheia de graça, o Senhor é contigo.
29 तर त्यो स्वर्गदूतले भनेका यी कुराहरूमा मरियम खुबै विचलित भइन्। मरियम छक्क परिन् र भनिन् “यो अभिवादन को अर्थ के हो?”
29 Perturbou-se ela com estas palavras e pôs-se a pensar no que significaria semelhante saudação.
30 ती दूतले उनलाई भने, “डराउनु पर्दैन मरियम, किनभने परमेश्वर तिमीसित अत्यन्त खुशी हुनुहुन्छ।
30 O anjo disse-lhe: Não temas, Maria, pois encontraste graça diante de Deus.
31 सुन! तिमी गर्भवती हुनेछौ अनि तिमीले एउटा छोरो जन्माउनेछौ। अनि उहाँको नाउँ तिमीले येशू राख्नु।
31 Eis que conceberás e darás à luz um filho, e lhe porás o nome de Jesus.
32 उहाँ महान् हुनुहुनेछ र सर्वोच्च परमेश्वरका पुत्र कहलाईनु हुनेछ। परमप्रभु परमेश्वरले उहाँलाई उहाँको पुर्खा दाऊदको सिंहासन दिनुहुनेछ।
32 Ele será grande e chamar-se-á Filho do Altíssimo, e o Senhor Deus lhe dará o trono de seu pai Davi; e reinará eternamente na casa de Jacó,
33 उहाँले याकूबका घरानामाथि सँधैंका लागि शासन गर्नुहुनेछ। येशूको राज्यको अन्त्य कहिल्यै हुनेछैन।”
33 e o seu reino não terá fim.
34 मरियमले ती स्वर्गदूतलाई भनिन्, “म कन्या नै छु, यस्तो कसरी हुन सक्छ?”
34 Maria perguntou ao anjo: Como se fará isso, pois não conheço homem?
35 ती स्वर्गदूतले मरियमलाई भने, “पवित्र आत्मा तिमीमाथि आउनुहुनेछ अनि सर्वशक्तिमान परमेश्वरको शक्तिले तिमीलाई ढाकनेछ। यसकारणले जो जन्मनुहुन्छ उहाँ परमेश्वरको पुत्र कहलाइनु हुनेछ।
35 Respondeu-lhe o anjo: O Espírito Santo descerá sobre ti, e a força do Altíssimo te envolverá com a sua sombra. Por isso o ente santo que nascer de ti será chamado Filho de Deus.
36 यस विषयमा ध्यान देऊः तिम्रो आफन्त इलीशिबा पनि गर्भवती छिन् तिनको अवस्था वृद्ध अनि बाँझी कहलाइए पनि अहिले तिनी छ महीनाबाट गर्भवती भएकी छिन्।
36 Também Isabel, tua parenta, até ela concebeu um filho na sua velhice; e já está no sexto mês aquela que é tida por estéril,
37 किनभने परमेश्वर जस्तै कुरो पनि गर्न सक्नुहुन्छ।”
37 porque a Deus nenhuma coisa é impossível.
38 मरियमले भनिन् “म परमप्रभुकी दासी हुँ। तपाईंले भने जस्तो ममाथि घट्न सक्छ।” त्यसपछि दूत उनीबाट विदा भए।
38 Então disse Maria: Eis aqui a serva do Senhor. Faça-se em mim segundo a tua palavra. E o anjo afastou-se dela.
39 लगत्तै मरियम तयारी भइन् अनि यहूदिया गाउँको पहाडी शहरमा हत्तारिएर गइन्।
39 Naqueles dias, Maria se levantou e foi às pressas às montanhas, a uma cidade de Judá.
40 तिनी जकरियाको घरमा गईन् अनि इलीशिबालाई शुभकामना दिईन्।
40 Entrou em casa de Zacarias e saudou Isabel.
41 जब इलीशिबाले मरियमको शुभकामना सुनिन्, तब तिनको गर्भको नानी उफ्रियो। अनि इलीशिबा पवित्र आत्माद्वारा भरिपूर्ण भइन्।
41 Ora, apenas Isabel ouviu a saudação de Maria, a criança estremeceu no seu seio; e Isabel ficou cheia do Espírito Santo.
42 तिनले जोरले चिच्याएर भनीन्, “अरू स्त्रीहरूलाई भन्दा परमेश्वरले तिमीलाई धेरै आशीर्वाद दिनुभएकोछ। अनि गर्भमा रहेको नानी पनि त्यस्तै अनुग्रहित छ।
42 E exclamou em alta voz: Bendita és tu entre as mulheres e bendito é o fruto do teu ventre.
43 यस्तो कसरी हुन सक्यो कि मेरा परमप्रभुकि आमा मेरोमा आउनु परयो?
43 Donde me vem esta honra de vir a mim a mãe de meu Senhor?
44 जब मैले तिम्रो अभिवादन सुने, मेरो गर्भमा भएको बालक र्हषले उफ्रि्यो।
44 Pois assim que a voz de tua saudação chegou aos meus ouvidos, a criança estremeceu de alegria no meu seio.
45 तिमीलाई आशीर्वाद छ किनभने परमप्रभुले तिमीलाई भन्नु भएको कुरा पूरा हुनेछ भन्ने तिमीमा विश्वास थियो।”
45 Bem-aventurada és tu que creste, pois se hão de cumprir as coisas que da parte do Senhor te foram ditas!
46 त्यसपछि मरियमले भनिन्
46 E Maria disse: Minha alma glorifica ao Senhor,
47 मेरो आत्माले परमप्रभुको प्रशंसा गर्दछ, अनि मेरो हृदय परमेश्वरमा आनन्दित हुँदछ जो मेरा मुक्तिदाता हुनुहुन्छ।
47 meu espírito exulta de alegria em Deus, meu Salvador,
48 किनभने उहाँले आफ्नो दीन दासी प्रति कृपा गर्नु भयो, अब उप्रान्त सबै मानसहरूले मलाई अनुग्रहित मान्नेछन्,
48 porque olhou para sua pobre serva. Por isto, desde agora, me proclamarão bem-aventurada todas as gerações,
49 किनभने सर्वशक्तिमान परमेश्वरले मेरो निम्ति ठूला कार्याहरू गर्नुभएको छ। उहाँकोे नाउँ पवित्र होस्।
49 porque realizou em mim maravilhas aquele que é poderoso e cujo nome é Santo.
50 जसले परमेश्वरलाई उपासना गर्छ उसको पुस्तौं सम्म उहाँ दयालु हुनुहुन्छ।
50 Sua misericórdia se estende, de geração em geração, sobre os que o temem.
51 उहाँले आफ्नो बाहुबलद्वारा शक्ति प्रदर्शन गर्नु भएकोछ। उहाँले घमण्डीहरूलाई तिनीहरूको धनहरूको घमण्ड नष्ट गरिदिनु भएकोछ।
51 Manifestou o poder do seu braço: desconcertou os corações dos soberbos.
52 उहाँले शक्तिशाली शासकहरूलाई सिंहासनबाट हटाउनुभएको छ, अनि नम्रहरूलाई उचाल्नु भएकोछ।
52 Derrubou do trono os poderosos e exaltou os humildes.
53 उहाँले भोकाहरूलाई असल खाद्यहरूले तृप्त पार्नु भएकोछ। तर स्वार्थी र धनीहरूलाई रित्तै हात पठाई दिनु भएकोछ।
53 Saciou de bens os indigentes e despediu de mãos vazias os ricos.
54 उहाँ आफ्नो दास इस्राएललाई सहायता गर्न आउनष्ठ्वु भएकोछ। उहाँले हामीलाई उहाँको कृपा दिनु भएकोछ।
54 Acolheu a Israel, seu servo, lembrado da sua misericórdia,
55 उहाँले अब्राहाम र उनका सन्तानलाई दया गर्न हाम्रा पुर्खाहरूलाई दिएको वचन अनुसार सम्झनु भयो।”
55 conforme prometera a nossos pais, em favor de Abraão e sua posteridade, para sempre.
56 मरियम इलीशिबा संग प्रायः तीन महीनासम्म बसिन्।त्यसपछि घर र्फकिन्।
56 Maria ficou com Isabel cerca de três meses. Depois voltou para casa.
57 इलीशिबाको सुत्केरी हुने समय भयो अनि तिनले एउटा छोरो जन्माइन्।
57 Completando-se para Isabel o tempo de dar à luz, teve um filho.
58 तिनका छिमेकीहरू र आफन्तहरूले तिनीप्रति परमप्रभु परमेश्वरले अति नै अनुग्रह देखाएको सुनेका थिए। तिनीहरू मरियमसंग खुशी थिए।
58 Os seus vizinhos e parentes souberam que o Senhor lhe manifestara a sua misericórdia, e congratulavam-se com ela.
59 बालक आठ दिनको भएपछि तिनीहरू उसको खतना गर्न आए। तिनीहरूले उसको नाउँ जकरिया राख्न चाहान्थे किनभने यो उसकै बाबूको नाउँ थियो।
59 No oitavo dia, foram circuncidar o menino e o queriam chamar pelo nome de seu pai, Zacarias.
60 तर उसकी आमाले भनिन्, होइन, उसको नाउँ यूहन्ना हुनेछ।”
60 Mas sua mãe interveio: Não, disse ela, ele se chamará João.
61 मानसहरूले इलीशिबालाई भने, “तर तिमीहरूको परिवारमा यस्तो नाउँ भएको कोही छैन।”
61 Replicaram-lhe: Não há ninguém na tua família que se chame por este nome.
62 त्यसपछि तिनीहरूले तिनका बाबुलाई संकेत गरे, “तिमीले यसको नाउँ के राख्ने इच्छा गरेका छौ?”
62 E perguntavam por acenos ao seu pai como queria que se chamasse.
63 जकरियाले केही लेख्न पाटी माँगे। तब उसले लेखिदिए, “उसको नाउँ यहून्ना हो।” तिनीहरू छक्क परे।
63 Ele, pedindo uma tabuinha, escreveu nela as palavras: João é o seu nome. Todos ficaram pasmados.
64 त्यही बेला जकरियाको मुख खोलियो। उसको जिब्रो फुट्‌यो अनि उनी बोल्न थाले। उनले परमेश्वरको प्रशंसा गरे।
64 E logo se lhe abriu a boca e soltou-se-lhe a língua e ele falou, bendizendo a Deus.
65 अनि उनको सबै छिमेकीहरू डराए। यहूदियाको पहाडी क्षेत्रका बासिन्दाहरू यस विषयमा कुराहरू गर्न थाले।
65 O temor apoderou-se de todos os seus vizinhos; o fato divulgou-se por todas as montanhas da Judéia.
66 जम्मै मानिसहरू ज-जसले यी कुराहरू सुने तिनीहरू निकै प्रभावित भए “यो केटो पछि के बनिन्छ होला भनेर सोच्न थाले?” परमप्रभु त्यस बालकसित हुनाले त्यस्तो सोचिएको थियो।जकरियाद्वारा परमेश्वरको प्रशंसा
66 Todos os que o ouviam conservavam-no no coração, dizendo: Que será este menino? Porque a mão do Senhor estava com ele.
67 त्यसपछि यूहन्नाको बाबु जकरियामा पवित्र आत्मा आउनु भयो। अनि तिनले यस्तो अगमवाणी दिन थालेः
67 Zacarias, seu pai, ficou cheio do Espírito Santo e profetizou, nestes termos:
68 इस्राएलका परमप्रभु परमेश्वरको प्रशंसा गर कारण उहाँले आफ्ना मानिसहरूलाई सहायता गर्नु भयो अनि तिनीहरूलाई स्वतन्त्रता दिनुभयो।
68 Bendito seja o Senhor, Deus de Israel, porque visitou e resgatou o seu povo,
69 परमेश्वरकै सेवक दाऊदका बंशबाट उहाँले हामीलाई शक्तिशाली मुक्तिदाता दिनु भएको छ।
69 e suscitou-nos um poderoso Salvador, na casa de Davi, seu servo
70 उहाँले भन्नु भएको थियो कि उहाँले यी सब गर्नु हुनेछ। धेरै अघिनै उहाँका पवित्र अगमवक्ताहरूबाट उहाँले यी सब कुराहरू भन्नु भएको हो।
70 {como havia anunciado, desde os primeiros tempos, mediante os seus santos profetas},
71 उहाले हामीलाई शत्रुहरूदेखि अनि हामीलाई घृणागर्ने शक्तिहरूदेखि जोगाउनु भएको छ।
71 para nos livrar dos nossos inimigos e das mãos de todos os que nos odeiam.
72 उहाँले हाम्रा पुर्खाहरूलाई दया गर्नेछु भन्नु भएकोछ। उहाँले पवित्र करार पनि स्मरण गर्नु भएकोछ।
72 Assim exerce a sua misericórdia com nossos pais, e se recorda de sua santa aliança,
73 उहाँले हाम्रा पुर्खा अब्राहामको अघि शपथ खानु भएकोछ।
73 segundo o juramento que fez a nosso pai Abraão: de nos conceder que, sem temor,
74 उहाँले हामीलाई हाम्रो शत्रुहरूको पञ्जाबाट स्वतन्त्र राख्ने शपथ लिनु भएकोछ औ हामीलाई निर्भयपूर्वक उहाँको सेवामा राख्नु हुनेछ।
74 libertados de mãos inimigas, possamos servi-lo
75 जब सम्म हामी जीवित रहन्छौ हामी पवित्र अनि परमेश्वर अघि सही मार्गमा रहनेछौं।
75 em santidade e justiça, em sua presença, todos os dias da nossa vida.
76 ए बालक तिमी महामहिमाको अगमवक्ता कहलाइनेछौ। उहाँको आगमनको मार्ग तयारी पार्न तिमी सर्वप्रथम परमेश्वरको अघि जानेछौ।
76 E tu, menino, serás chamado profeta do Altíssimo, porque precederás o Senhor e lhe prepararás o caminho,
77 तिमीले उहाँका मानिसहरूलाई तिनीहरूको पापहरूबाट क्षमा पाएर कसरी बाँच्ने त्यो जान्न दिनेछौ।
77 para dar ao seu povo conhecer a salvação, pelo perdão dos pecados.
78 परमेश्वरको प्रेमपूर्ण करूणा पाएर हाम्रा निम्ति स्वर्गबाट एउटा नयाँ उज्यालो दिन चम्कनेछ।
78 Graças à ternura e misericórdia de nosso Deus, que nos vai trazer do alto a visita do Sol nascente,
79 उहाँले अन्धकारमा बसेका, मृत्युको डरमा परेकाहरूलाई मदत गर्नु हुनेछ। उहाँले हामीलाई शान्तिको मार्गतिर पथ-प्रदर्शन गर्नु हुनेछ।”
79 que há de iluminar os que jazem nas trevas e na sombra da morte e dirigir os nossos passos no caminho da paz.
80 यसरी नै ती बालक बढदै गए र आत्मामा शक्तिमान हुँदै गए। जबसम्म इस्राएलमा मानिसहरूलाई शिक्षा दिन तिनी आएनन् त्यत्तिबेला सम्म यूहन्ना मानिसहरूदेखि टाडा भएर बसे।
80 O menino foi crescendo e fortificava-se em espírito, e viveu nos desertos até o dia em que se apresentou diante de Israel.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Lucas 1, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.