Lucas 18

Nepali Bible (GL_NEPALI) vs VC

Sair da comparação
VC Versão Católica
1 त्यसपछि येशूले चेलाहरूलाई संधैं प्रार्थना गर्नु अनि कहिल्यै निराश नहुनु भनेर शिक्षा दिनुभयो। योशूले तिनीहरूलाई सिकाउन यस्तो दृष्टान्त भन्नुभयो
1 Propôs-lhes Jesus uma parábola para mostrar que é necessário orar sempre sem jamais deixar de fazê-lo.
2 “कुनै एउटा शहरमा एकजना न्यायधीश बस्थे। उसले परमेश्वर बारे वास्तै गर्दैन थिए। उसले यो पनि वास्ता गर्दैन थिए कि मानिसहरूले उसको बारेमा के-के सोच्छन्।
2 Havia em certa cidade um juiz que não temia a Deus, nem respeitava pessoa alguma.
3 त्यही शहरमा एकजना नारी थिई। त्यसको लोग्ने मरिसकेको थियो। त्यो विधवाले धेरै पल्ट त्यो न्यायाधीशलाई भनी, यहाँ एउटा मानिस छ जसले मलाई अन्याय गर्दैछ। मेरो अधिकार बचाई दिनुहोस्।’
3 Na mesma cidade vivia também uma viúva que vinha com freqüência à sua presença para dizer-lhe: Faze-me justiça contra o meu adversário.
4 तर न्यायाधीशले त्यस विधवालाई कुनै प्रकारको सहायता गर्न चाहेनन्। लामो समय पछि नयायाधीशले बिचार गर्यो, परमेश्वरको बारेमा म वास्तै राख्तिनँ। अनि मानिसहरूले मेरो विषयमा के सोच्छन् त्यसको पनि म वास्ता र्गदिन।
4 Ele, porém, por muito tempo não o quis. Por fim, refletiu consigo: Eu não temo a Deus nem respeito os homens;
5 तर यो विधवाले भने मलाई हैरान पारी। यदि त्यसले चाहेका न्याय गरिदिएँ भने उसले मलाई छोडिदिने छे।नत्र घरी-घरी आउँनेछे अनि त्यसले मलाई हैरान बनाउँनेछे।”‘
5 todavia, porque esta viúva me importuna, far-lhe-ei justiça, senão ela não cessará de me molestar.
6 तब प्रभुले भन्नुभयो, “सुन! त्यो अन्यायी न्यायाधिशले जे भन्यो, त्यसमा केही अर्थ छ।
6 Prosseguiu o Senhor: Ouvis o que diz este juiz injusto?
7 रके परमेश्वरले छानेका मानिसहरूलाई न्याय दिनुहुदैन्? तिनीहरू रात-दिन उहाँसंग कराउँछन्। परमेश्वरले आफ्नो मानिसहरूलाई भन्नुहुन्छ, परमेश्वरले आफ्नो मानिसहरूलाई ठिक न्याय दिनु हुनेछ। उहाँ उनीहरुलाई उत्तर दिनु ढिलाई गर्नु हुन्न।
7 Por acaso não fará Deus justiça aos seus escolhidos, que estão clamando por ele dia e noite? Porventura tardará em socorrê-los?
8 म तिमीलाई भन्दछु, उहाँले आफ्ना मानिसहरुलाई तुरन्तै सहाएता गर्नु हुन्छ। तर जब मानसको पुत्र फेरि आउनु हुन्छ, के उहाँले पृथ्वीमा उहाँलाई विश्वास गर्ने मानिसहरू पाउनहुन्छ?”
8 Digo-vos que em breve lhes fará justiça. Mas, quando vier o Filho do Homem, acaso achará fé sobre a terra?
9 कतिजना मानिसहरूले सोचे कि तिनीहरू खुबै असल छन्। तिनीहरूले प्रत्येकलाई हेला गर्छन्। येशूले भयोः
9 Jesus lhes disse ainda esta parábola a respeito de alguns que se vangloriavam como se fossem justos, e desprezavam os outros:
10 “कुनै एक समयमा फरिसी र एकजना महसूल उठाउने मानिस थिए। एकदिन ती दुवै मन्दिरमा प्रार्थना गर्न गए।
10 Subiram dois homens ao templo para orar. Um era fariseu; o outro, publicano.
11 फरिसी कर उठाउनेदेखि केही टाडा उभियो। जब त्यो फरिसीले प्रार्थना शुरू गर्यो, त्यसेल भन्यो, हे परमेश्वर, तपाईंलाई धन्यवाद दिन्छु किनभने म अरू जस्तो नराम्रो मानिस होइन। म चोरी, ठग र व्यभिचारी पापहरू र्गदिन। म तपाईंलाई धन्यवाद चढाउँछु कारण म यो महसूल उठाउने जस्तो नराम्रो होइन।
11 O fariseu, em pé, orava no seu interior desta forma: Graças te dou, ó Deus, que não sou como os demais homens: ladrões, injustos e adúlteros; nem como o publicano que está ali.
12 म असल छु; हप्तामा दुइपल्ट उपवास बस्छु अनि आफ्नो कमाईबाट दशांश दिन्छु।’
12 Jejuo duas vezes na semana e pago o dízimo de todos os meus lucros.
13 “त्यो महसूल उठाउने एक्लै अलि पर उभिरहेको थियो। जब त्यसले प्रार्थना गरयो, त्यसले स्वर्गपट्टी पनि हेरेन। त्यसले परमेश्वरको अघि आफूलाई अति तुच्छ पायो। त्यसले भन्यो, हे परमेश्वर, म प्रति दया गर्नुहोस्। म एउटा पापी हुँ।
13 O publicano, porém, mantendo-se à distância, não ousava sequer levantar os olhos ao céu, mas batia no peito, dizendo: Ó Deus, tem piedade de mim, que sou pecador!
14 म तिमीहरूलाई भन्दछु, जब त्यो घर गयो, त्यो परमेश्वरसंग ठीक थियो। तर त्यो फारिसी, जसले आफूलाई असल हुँ भन्ने सम्झन्थ्यो त्यो परमेश्वरसँग ठीक थिएन। जुन मानिसले आफूलाई ठूलो ठान्दछ त्यो तुच्छ हुनेछ। तर जुन मानिसले आफूलाई तुच्छ ठान्छ त्यो महान हुनेछ।”
14 Digo-vos: este voltou para casa justificado, e não o outro. Pois todo o que se exaltar será humilhado, e quem se humilhar será exaltado.
15 कोही मानिसहरूले आ-आफ्ना बालकहरू येशूकहाँ ल्याँउदै थिए ताकि येशूले तिनीहरूलाई छोएर आशिर्वाद दिनुभएको होस्। तर चेलाहरूले जब देखे, तिनीहरूले मानिसहरूलाई हकारे।
15 Trouxeram-lhe também criancinhas, para que ele as tocasse. Vendo isto, os discípulos as repreendiam.
16 तर येशूले ती ससाना बालहरूलाई बोलाउनु भयो अनि चेलाहरूलाई भन्नुभयो, “ती स साना बालकहरूलाई मकहाँ आउन देऊ। तिनीहरूलाई नरोक। किनभने परमेश्वरको राज्य यी बालकहरू जस्तै मानिसहरूको हो।
16 Jesus, porém, chamou-as e disse: Deixai vir a mim as criancinhas e não as impeçais, porque o Reino de Deus é daqueles que se parecem com elas.
17 म तिमीहरूलाई साँचो भन्दछु तिमीहरूले ससाना बालकले केही थोक ग्रहण गरे जस्तै परमेश्वरको राज्यलाई पनि ग्रहण गर्नु पर्छ। नत्र तिमीहरू कहिल्यै प्रवेश गर्ने छैनौ!”
17 Em verdade vos declaro: quem não receber o Reino de Deus como uma criancinha, nele não entrará.
18 एकजना यहूदी अगूवाले येशूलाई सोधे, “हे उत्तम गुरु, अनन्त जीवन पाउँन मैले के गर्नु पर्छ?”
18 Um homem de posição perguntou então a Jesus: Bom Mestre, que devo fazer para possuir a vida eterna?
19 येशूले तिनलाई भन्नुभयो, “तिमीले मलाई किन उत्तम भन्दछौ? केवल परमेश्वर मात्र उत्तम हुनुहुन्छ।
19 Jesus respondeu-lhe: Por que me chamas bom? Ninguém é bom senão só Deus.
20 तैपनि म तिम्रो प्रश्नको उत्तर दिन्छु। तिमीले परमेश्वरको आज्ञाहरू जान्दछौः व्यभिचार नगर्नु कसैको हत्या नगर्नु, नचोर्नु, अरूको विषयमा झुटो नबोल्नु, बाबु-आमालाई सम्मान गर्नु।’“
20 Conheces os mandamentos: não cometerás adultério; não matarás; não furtarás; não dirás falso testemunho; honrarás pai e mãe.
21 तर ती अगुवलाले भने, “म सानोदेखि यी आज्ञाहरू पालन गर्दै आएको छु।”‘
21 Disse ele: Tudo isso tenho guardado desde a minha mocidade.
22 जब येशूले यस्तो सुन्नभयो, उहाँले त्यो अगुवालाई भन्नुभयो, “तर त्यहाँ अझै एउटा तिमीले गर्नु पर्न काम बाँकी छ। तिम्रोमा भएको सबै चीजहरू बिक्री गर अनि पैसाहरू गरीब मानिसहरूलाई बाँडिदेऊ अनि स्वर्गमा तिमीले इनाम पाउनेछौ। त्यसपछि तिमी आऊ अनि मलाई पछयाऊ!”
22 A estas palavras, Jesus lhe falou: Ainda te falta uma coisa: vende tudo o que tens, dá-o aos pobres e terás um tesouro no céu; depois, vem e segue-me.
23 तर जब उसले यी कुराहरू सुन्यो ऊ अत्यन्त दुःखी भयो किनभने त्यो मानिस साह्रै धनी थियो।
23 Ouvindo isto, ele se entristeceu, pois era muito rico.
24 जब येशूले त्यो मानिसलाई दुःखी भएको देख्नु भयो, उहाँले भन्नुभयो, “साँच्चै धनी मानिसलाई परमेश्वरको राज्यमा प्रवेश गर्नु कठिन छ।
24 Vendo-o entristecer-se, disse Jesus: Como é difícil aos ricos entrar no Reino de Deus!
25 हो, धनी मानिसलाई परमेश्वको राज्यमा प्रवेश गर्नुभन्दा ता बरू ऊँटलाई सियोको नाँथ्रीबाट छिर्नु सजिलो पर्छ।”
25 É mais fácil passar o camelo pelo fundo duma agulha do que um rico entrar no Reino de Deus.
26 जब त्यहाँ भएका मानिसहरूले यो सुने, तिनीहरूले भने, “त्यसो भए कसले उद्धार पाउँछ?”
26 Perguntaram os ouvintes: Quem então poderá salvar-se?
27 येशूले भन्नुभयो, “जे मानिसको निम्ति असम्भव काम छ परमेश्वरको निम्ति सम्भव छ।”
27 Respondeu Jesus: O que é impossível aos homens é possível a Deus.
28 पत्रुसले भने, “के हामीले सबै कुरा त्याग्यौं तपाईंको अनुयायी भएकाछौं?”
28 Pedro então disse: Vê, nós abandonamos tudo e te seguimos.
29 येशूले भन्नुभयो, “म तिमीहरूलाई साँचो भन्दछु। प्रत्येक मानिस जसले आफ्नो घर, पत्नी, दाज्युभाइहरू, आमाबाबु, अथवा बालकहरू परमेश्वरको राज्यका निम्ति छोडेको छ
29 Jesus respondeu: Em verdade vos declaro: ninguém há que tenha abandonado, por amor do Reino de Deus, sua casa, sua mulher, seus irmãos, seus pais ou seus filhos,
30 तिनले यो जीवनमा यी सब भन्दा धेरै पाउनेछ। अनि जब त्यो मानिस मर्छ, त्यसले परमेश्वरसंग संधैंको लागी बस्ने मौका पाउनेछ।”
30 que não receba muito mais neste mundo e no mundo vindouro a vida eterna.
31 त्यसपछि येशूले बाहै प्रेरितहरूलाई अर्को तिर लानु भयो, उहाँले तिनीहरूलाई भन्नुभयो, “सुन! हामीहरू यरूशलेम जाँदैछौं। मानसको पुत्रका विषयमा अगमवक्ताहरूले जे-जे लेखेकाछन् ती सबै पूरा हुनेछन्।
31 Em seguida, Jesus tomou à parte os Doze e disse-lhes: Eis que subimos a Jerusalém. Tudo o que foi escrito pelos profetas a respeito do Filho do Homem será cumprido.
32 उहाँकै मानिसहरू उहाँको विरुद्धमा जानेछन् अनि उहाँलाई गैरयहूदीहरूको हातमा सुम्पिनेछन्। तिनीहरुले उहाँको उपहाँस गर्नेछन्, अनि उहाँलाई थुक्ने छन्।
32 Ele será entregue aos pagãos. Hão de escarnecer dele, ultrajá-lo, desprezá-lo;
33 तिनीहरुले उहाँलाई कोर्रा लाउँने छन् अनि मार्नेछन्। तर उहाँ मरेको तीन दिनपछि, फेरि बौरी उठ्नु हुनेछ।”
33 bater-lhe-ão com varas e o farão morrer; e ao terceiro dia ressurgirá.
34 प्रेरितहरले यी कूराहरूको अर्थ बुझ्ने चेष्टा गरे, तर ती वास्तविक कुरा बुझ्न सकेनन् कारण यो तिनीहरूबाट लुकेको थियो अनि तिनीहरूले केही पनि बुझेनन्।
34 Mas eles nada disto compreendiam, e estas palavras eram-lhes um enigma cujo sentido não podiam entender.
35 येशू यरीको शहर नजिक आइपुग्नु भयो। त्यहाँ एकजना अन्धो मानिस बाटेको छेऊमा बसिरहेको थियो। त्यो अन्धोले मानिसहरूसंग भीख मागिरहेको थियो।
35 Ao aproximar-se Jesus de Jericó, estava um cego sentado à beira do caminho, pedindo esmolas.
36 जब त्यसले त्यही बाटोबाट भीड आएको चाल पायो, त्यसले सोध्यो, “के भइरहेको छ?”
36 Ouvindo o ruído da multidão que passava, perguntou o que havia.
37 ती मानिसहरूले त्यसलाई भने, “नासरतको येशू यो बाटो आउनु हुँदैछ।
37 Responderam-lhe: É Jesus de Nazaré, que passa.
38 त्यो अन्धो मानिस अत्यन्त र्हषित भयो अनि भन्यो, “येशू दाऊदका पुत्र। ममाथि दया गर्नोस्!”
38 Ele então exclamou: Jesus, filho de Davi, tem piedade de mim!
39 मानिसहरू जो भीड अगाडी थिए त्यो अन्धो मानिलाई गाली गर्न लागे। तिनीहरूले त्यसलाई नबोल्नु भने। तर त्यो अन्धो मानिस जोड जोडले चिच्यायो, “दाऊदका पुत्र! ममाथि दया गर्नोस्।”
39 Os que vinham na frente repreendiam-no rudemente para que se calasse. Mas ele gritava ainda mais forte: Filho de Davi, tem piedade de mim!
40 येशू त्यहाँ उभिनु भयो अनि भन्नुभयो, “त्यो अन्धो मानसलाई मकहाँ ल्याऊ!” जब त्यो अन्धो मानिस येशू भएकोमा पुग्यो, उहाँले सोध्नु भयो,
40 Jesus parou e mandou que lho trouxessem. Chegando ele perto, perguntou-lhe:
41 “तिमीले मबाट के गरिदिएको चाहन्छौ ?”त्यो अन्धो मानिसले भन्यो, “हे प्रभु म फेरि देख्न चाहन्छु”
41 Que queres que te faça? Respondeu ele: Senhor, que eu veja.
42 येशू ले त्यसलाई भन्नुभयो, “दृष्टि पाऊ, तिम्रो विश्वासले तिमीलाई बचाएको छ।”
42 Jesus lhe disse: Vê! Tua fé te salvou.
43 त्यसपछि त्यो मानिसले देख्न सक्ने भयो। त्यसले परमेश्वरलाई धन्यावाद चढाउँदै येशूलाई पछ्याउन लाग्यो। जति पनि मानिसहरूले यी सब देखे तिनीहरूले परमेश्वरको प्रशंसा गर्न थाले।
43 E imediatamente ficou vendo e seguia a Jesus, glorificando a Deus. Presenciando isto, todo o povo deu glória a Deus.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Lucas 18, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.