Lucas 12
Nepali Bible (GL_NEPALI) vs BKJ
1 हजारौं हजार मानिसहरू एकसाथ भेला भएका थिए। तिनीहरू यदि विघ्न थिए कि तिनीहरू एक अर्कालाई कुल्चन्थे। मानिसहरूलाई सम्बोधन गर्नु अघि येशूले उनका चेलाहरूलाई सम्बोधन गर्नु अघि येशूले उनका चेलाहरूलाई भन्नुभयो, “तिमीहरू फरिसीहरूको खमीरदेखि होशियार बस। मेरो भन्नुको अर्थ तिनीहरूको कपटीपनामा होशियारी बस।
1 Enquanto isso ajuntou-se uma multidão de inúmeras pessoas, de tal modo que pisoteavam umas as outras, e ele começou a dizer primeiro aos seus discípulos: Cuidado com o fermento dos fariseus, que é a hipocrisia.
2 प्रत्येक कुरो जो लुकाइएको छ त्यो बहिरिन्छ। प्रत्येक रहस्यका कुरा जान्न दिइनेछ।
2 Porque não há nada encoberto que não seja revelado, nem oculto que não venha a se tornar conhecido.
3 ती वचनहरू जो तिमीले अन्धकारमा भनेकाछौ त्यो उज्यालोमा सुनिनेछ। तिमीले कोठाभित्र कानेखुसी गरेको कुरा घरको छानाबाट घोषणा गरिनेछ।”
3 Porquanto tudo o que em trevas falastes, será ouvido na luz, e o que nos quartos tiverdes falado nos ouvidos, será proclamado dos telhados.
4 त्यसपछि येशूले मानिसहरूलाई भन्नुभयो, “ तिमीहरूलाई भन्दछु, ए मेरा साथीहरू! मानिसहरूदेखि नडराऊ। मानिसहरूले शरीरको हत्या गर्न सक्छन्, तर त्यो भन्दा वेशी तिनीहरूले केही गर्न सक्तैन।
4 E eu vos digo meus amigos: Não tenham medo dos que matam o corpo e depois não têm mais o que fazer.
5 तर कोसित डराउनु पर्छ म तिमीहरूलाई बताउनेछु। तिमीहरू उहाँ एकसंग डराउनु पर्छ जससित मारे पछि नरकमा फयाँक्न सक्ने शक्ति छ। हो, उहाँ मात्र एक हुनुहुन्छ जससित तिमीहरू डराउनु पर्छ।
5 Mas eu vos mostrarei a quem deveis temer: Temei aquele que, depois de matar, tem poder para lançar no inferno; sim, eu vos digo, a esse temei.
6 “पाँचवटा ससान चरचुरूङ्गीहरूको दाम दुइ पैसा मात्र पर्छ। तर परमेश्वरले ती मध्ये एउटा पनि भुल्नु हुँदैन।
6 Não se vendem cinco pardais por dois asses e nenhum deles fica esquecido diante de Deus?
7 हो, तिमीहरूको शिरमा कति केश छन् त्यो पनि परमेश्वरलाई थाहा छ। यसकारण नडराऊ। ती चराचुरूङ्गीहरू भन्दा तिमीहरू धेरै मूल्यवान् छौ।
7 Mas até os cabelos da vossa cabeça estão todos contados. Não temais, porque valeis mais do que muitos pardais.
8 “म तिमीहरूलाई भन्दछु, यदि कुनै मानिसले अरू मानिसहरूको सामुन्ने उसलाई मेरो हो भन्छ भने, म पनि त्यसरी परमेश्वरको दूतहरूको सामुन्ने भन्छु कि त्यो मानिस मेरो हो।
8 Eu também vos digo: Todo aquele que me confessar diante dos homens, também o Filho do homem o confessará diante dos anjos de Deus;
9 तर यदि कुनै मानिसले अरू मानिसहरूको सामने उसलाई मेरो होइन भने म त्यसलाई मेरो होइन भन्नेछु। यी सब म परमेश्वरका दुतहरूको अघि भन्नेछु।
9 mas quem me negar diante dos homens, será negado diante dos anjos de Deus.
10 “यदी कसैले मानिसको पुत्रको विरूद्धमा कुरा गरे त्यसलाई क्षमा हुनेछ। तर यदि कुनै मानिसले पवित्र आत्माको विरूद्ध निन्दा गरे त्यो क्षमा हुनेछैन।
10 E a todo aquele que falar uma palavra contra o Filho do homem, lhe será perdoada, mas ao que blasfemar contra o Espírito Santo não lhe será perdoado.
11 “जब मानिसहरूले तिमीहरूलाई सभा घरहरुमा भएका शासक अनि अधिकारी अघि पार्छन भने आफ्नो बचाऊको निम्ति कसरी के भन्नु पर्ने त्यसमा हतास नहोऊ।
11 E, quando eles vos conduzirem às sinagogas, aos magistrados e poderosos, não cuideis de como ou o que respondereis, ou o que direis;
12 त्यस समय पवित्र आत्माले नै तिमीलाई तिमीले भन्न पर्ने कुराहरू सिकाउनु हुनेछ।”
12 porque o Espírito Santo vos ensinará na mesma hora o que deveis dizer.
13 भीडबाट एकजना मानसिले येशूलाई भने, “हे गुरु, हाम्रा पिता मर्नु भयो। आफ्नो पिताको धन-सम्पत्तिको मसंग अंश-बण्डा गर्नलाई मेरो दाज्युलाई भनिदिनु होस्।”
13 E disse-lhe um da multidão: Mestre, fala ao meu irmão que ele divida comigo a herança.
14 तर येशूले त्यलाई भन्नुभयो, “मैले तिमीहरूको बाबुको सम्पत्ति तिमीहरू दुइजना माझ वितरण गर्नु पर्छ भनेर मलाई कसले न्यायकर्ता बनायो?”
14 E ele lhe disse: Homem, quem me fez por juiz ou um divisor entre vós?
15 फेरि येशले तिहरूलाई भन्नुभयो, “होशियार होऊ अनि सबै प्रकारका स्वार्थीपनबाट आफूलाई जोगाऊ। कसैकोमा चाहिएको सम्पत्ति भन्दा वेशी हुनु सक्छ , तर त्यले उसलाई जीवन दिन सक्तैन।”
15 E ele disse-lhes: Acautelai-vos e guardai-vos da cobiça; porque a vida do homem não consiste na abundância das coisas que ele possui.
16 अनि उहाँले यस्तो एउटा दृष्टान्त भन्नुभयोः “कुनै समयमा एक जना धनी मानिस थियो। त्यसको जमीनमा असल अनि प्रशस्त अन्नाबाली उब्जन्थ्यो।
16 E ele falou-lhes uma parábola, dizendo: A terra de um certo homem rico produziu com abundância;
17 त्यो मानिस आफै सोच्दथ्यो, मैले के गर्ने मसित भएका यति प्रशस्त अन्न राख्ने ठाउँ नै छैन।
17 e ele pensava consigo mesmo, dizendo: O que eu farei pois não tenho espaço para guardar os meus frutos?
18 तब त्यस धनी मानसले भन्यो, म जान्दछु मैले के गर्नु पर्ने हो। म मेरा भकारीहरू भत्काउँछुर त्यसलाई अझ ठूलो पार्छु। ती नयाँ भकारीहरूमा म सबै अन्नहरू र अरू मेरा राम्रो चीजहरू राख्नेछु।
18 E ele disse: Eu farei isto: derrubarei os meus celeiros, e edificarei maiores, e ali eu colocarei todos os meus frutos e os meus bens.
19 तब म आफैलाई भन्नेछु, मेरोमा प्रशस्त राम्रो राम्रो समानहरू छन्। आउने धेरै र्वषको लागी मैले थुपारेको छु। आरामसित बस, खाउ, पीउ अनि जीवनमा आनन्द मनाऊ।’
19 E eu direi à minha alma: Alma, tens em depósito muitos bens, para muitos anos; descansa, come, bebe e alegra-te.
20 तर परमेश्वरले त्यस मानिसलाई भन्नुभयो, तिमी मूर्ख हौ, आज रातीनै तिमी मर्नेछौ। अनि तिमीले आफ्नै लागि तयार पारेका चीजहरू कसको हुनेछ?
20 Mas Deus lhe disse: Tolo, esta noite te requisitarão tua alma, e de quem serão estas coisas que tu preparaste?
21 यसर्थ जसले आफ्नो निम्ति मात्र धन सम्पत्ती थुपार्छ त्यसले त्यो मानिसलाई के हुन्छ र परमेश्वरको अघि यस्ता मानिसहरु धनि होइनन्।”
21 Assim é aquele que para si ajunta tesouros, e não é rico para com Deus.
22 येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “यसकारण म तिमीरूलाई भन्दछु, बाँच्नका निम्ति खानेकुरा चाहिन्छ भन्ने विषयमा चिन्ता नगर। तिम्रो शरीरको विषयमा पनि चिन्ता नगर कि तिमी के लगाउँछौ?
22 E ele disse aos seus discípulos: Por isso eu vos digo: Não sejais cuidadosos quanto à vossa vida, pelo que haveis de comer, nem quanto ao vosso corpo, pelo que haveis de vestir.
23 खानेकुरा भन्दा जीवन धेरै मूल्यवान छ। अनि लुगाफाटा भन्दा शरीरको महत्व धेरै छ।
23 A vida é mais do que a comida, e o corpo é mais do que o vestuário.
24 चराचुरूङ्गीहरूलाई हेर। तिनीहरू बीउ छर्दैनन् अनि वाली लाउँदैनन्। चराचुरूङ्गीहरूले भँण्डार अथवा भकारीहरूमा खानेकुरा थुपार्दैनन्। तर परमेश्वरले तिनीहरूलाई पेट भरी खुवाउँनुहुनेछ। अनि चराचुरुङ्गीहरू भन्दा तिमीहरू धेरै मूल्यवान हौ।
24 Considerai os corvos, que não semeiam, nem colhem, nem têm despensa, nem celeiro, e Deus os alimenta; quanto mais sois vós mais valiosos do que as aves?
25 तिमीहरू कसैले चिन्ताद्वारा आफ्नो आयुमा केही समय थप्नसक्छ?
25 E qual de vós poderá, com os seus cuidados, acrescentar um côvado à sua estatura?
26 यदि तिमीहरू स-साना कुराहरू नै गर्न सक्दैनौ भने ठूलो विषयको किन फिक्री गर्छौ?
26 Então se não sois capazes de fazer as coisas mínimas, por que andais cuidadosos com o restante?
27 जंङ्गली फूलहरूलाई हेर। सोच, तिनीहरू कसरी उम्रन्छन्। तिनीहरू आफ्नै लागि केही गर्दैनन् न त वस्त्र नै बनाउँछन्। म तिमीहरूलाई भन्दछु कि सुलेमान जस्ता राजा आफ्नो समस्त वैभवको साथ पनि यी फूलहरूमा झैं एउटा वस्त्र पहिरिएको थिएन।
27 Considerai os lírios, como eles crescem; eles não trabalham, nem fiam; e eu vos digo que Salomão em toda a sua glória não se vestiu como um deles.
28 परमेश्वरले नै जमीनमा ती घाँसलाई वस्त्र लगाइदिनुहुन्छ, जुन आज यहाँ छ भोलि त्यसलाई आगोमा फालिन्छ। यसैले तिमीहरूले जान्नु पर्छ कि परमेश्वरले नै तिमीहरूलाई अझ धेरै राम्रो वस्त्र पहिराई दिनुहुनेछ। तिम्रो एकदमै थोरै विश्वास छ।
28 Então se Deus assim veste a erva, que hoje está no campo e amanhã é lançada no forno, quanto mais vestirá a vós, Oh pequena fé?
29 त्यसरी नै तिमीहरूले के खाऔंला अनि के पिऔल भनी चिन्ता नगर। यस विषयमा कुनै चिन्ता नगर।
29 E não busqueis o que comer, ou o que beber, nem sejais de mente duvidosa.
30 संसारका सबै मानिसहरू यी चीजहरूको पछि लाग्छन् तर तिमीहरूका पिताले जान्दछन् कि तिमीहरूले यी सब चाहन्छौ।
30 Porque todas estas coisas as nações do mundo buscam; mas vosso Pai sabe que necessitais destas coisas.
31 यसकारण तिमीहरूले खोज्नु पर्ने मुख्य त परमेश्वरको राज्य नै हो। तब तिमीहरूलाई यी सबै बस्तुहरू पनि दिइनेछ।
31 Mas antes, buscai o reino de Deus, e todas essas coisas vos serão acrescentadas.
32 “हे साना बगाल! नडराऊ! तिमीहरूका पिताले तिमीहरूलाई राज्य दिन चाहुनुहुन्छ।
32 Não temas, ó pequenino rebanho, porque é aprazível a vosso Pai dar-vos o reino.
33 आफ्नोमा भएका सबै सम्पत्ति बेचेर जसलाई चाहिन्छ तिनीहरूलाई पैसा देऊ। धन त यो संसारमा स्थायी रहँदैन। तर स्वर्गको भण्डार हासिल । त्यो भन्डार सँधैका लागी रहन्छ। स्वर्गमा तिम्रो भण्डार चोरहरुले चोर्न सक्तैन, न त किराहरुले नै नष्ट पार्न सक्छ।
33 Vendei o que tendes, e dai esmolas; provei para vós bolsas que não envelheçam, tesouro inesgotável nos céus, aonde não chega ladrão, nem a traça corrói.
34 तिम्रो हृदय त्यहीं हुनेछ जहाँ तिम्रो भण्डार हुनेछ।
34 Porque onde estiver o vosso tesouro, aí estará também o vosso coração.
35 “तयारी बस! वस्त्र लगाऊ अनि तिम्रो बत्ती उज्यालो होस्।
35 Estejam cingidos os vossos lombos, e as vossas lâmpadas acesas,
36 त्यो नोकरहरूले झैं व्यवहार गर जो विवाह भोजबाट फर्की आउने आफ्नो मालिकको लागि पर्खी रहेको हुन्छ। मालिक आउँछ अनि ढोका ढक्ढकाउँछ। नोकरले मालिकको निम्ति ढोका खोलिदिन्छ।
36 e sede vós semelhantes aos homens que esperam que o seu senhor retorne das bodas, para que, quando ele vier e bater, eles possam abrir-lhe imediatamente.
37 धन्य हुन ती नोकरहरू जो मालिक घर फर्कादाँ घरमा सर्तकता साथ बसेका हुन्छन्। म तिमीहरूलाई साँचो भन्छु, मालिक आफैं आफ्नो काम गर्दा लाउने लुगा लगाँउछ अनि उसको नोकरहरूलाई कुर्सीमा बस्न लाउँछ। त्यसपछि मालिक स्वयंले तिनीहरूलाई खाना बाँडिदिन्छ।
37 Abençoados são aqueles servos que, quando vier o senhor, os ache vigiando; em verdade eu vos digo que ele se cingirá, e os fará assentar à mesa, e, chegando-se, os servirá.
38 तर नोकरहरूले, सायद आफ्ना मालिकलाई मध्य-रात सम्म अथवा त्यसपछि पनि पर्खनु पर्ला। तर तिनीहरू खुशी हुन्छन् कारण तिनीहरूका मालिक आउँदा तिनलाई र्पखिरहेका पाउनेछन्।
38 E, se ele vier na segunda vigília, ou vier na terceira vigília, e assim os encontrar, abençoados são estes servos.
39 यो कुरा सम्झी राखः घरका मालिकले कति बेला चोर आउँछ भन्ने कुरा चाल पायो भने उसले चोरलाई घर फोर्नु दिएको हुँदैन।
39 Mas sabei isto: que se o dono da casa soubesse a que hora viria o ladrão, ele teria vigiado, e não teria permitido que arrombasse a sua casa.
40 यसर्थ, तिमीहरू पनि सर्तक हौं! मानिसका पुत्र अचानक आउनु हुनेछ जब कि उहाँ आउने तिमीहरूले आशा नै गरेका हुँदैनौ।”विश्वासी नोकर को होला?
40 Por isso, estai vós prontos também; porque o Filho do homem vem em uma hora que não penseis.
41 पत्रुसले भने, “हे प्रभु! तपाईंले हामीलाई मात्र अथवा प्रत्येकलाई यो कथा भन्नु हुन्छ?”
41 Então, Pedro lhe disse: Senhor, dizes essa parábola a nós, ou também a todos?
42 प्रभुले भन्नुभयो, “को चाँहि ज्ञानी र विश्वासी नोकर होला? विश्वासी नोकर त्यही हो जसमाथि अन्य नोकरहरूलाई ठीक समयमा तिनीहरूको भाग खाना दिन्छ भनी विश्वास गर्छ।
42 E disse o Senhor: Qual é, pois, o mordomo fiel e prudente, que seu senhor fará governante sobre os servos, para lhes dar uma porção de alimento na estação devida?
43 मालिक आँउदा आफुले अह्राएको अनुसार नोकर काममा व्यस्त रहेको पायो भने त्यो नोकर अति खुशी हुनेछ।
43 Abençoado é aquele servo, a quem o senhor, quando vier, achar fazendo assim.
44 म तिमीहरूलाई साँचो भन्छु, मालिकले त्यस नोकरलाई आफ्नो जे जति छ त्यसको रक्षक नियुक्ति गर्छ।
44 Em verdade eu vos digo que ele o fará governante sobre tudo o que ele tem.
45 तर यदि नोकर दुष्ट प्रवृत्तिको छ र आफ्नो मालिक झट्टै र्फकदैन भन्ने सोच्छ भने त्यसको प्रतिफल के होला? त्यो नोकरले अरू नोकर पुरुष, स्त्रीहरूलाई कुट-पीट गर्ला अनि खाई पिई मातेर मस्त बस्ला।
45 Mas, e se aquele servo disser em seu coração: O meu senhor atrasa em sua vinda, e começa a espancar os servos e servas, e a comer e a beber, e a embriagar-se,
46 जब मालिक आँउछ उसलाई तत्पर रहेको पाउँदैन। यस्तो त्यस दिन आउनेछ, त्यो नोकरले मालिक आँउछ भन्ने सोचेकै हुँदैन, मालिक आउँदैछ भन्ने पत्तो हुँदैन। मालिकले त्यस नोकरलाई सजाय दिनेछ अनि त्यसलाई अन्य अविश्वासीसंग पठाइदिनेछ।
46 o senhor daquele servo virá em um dia quando ele não espera, e em uma hora quando ele não estiver ciente, e açoitá-lo-á severamente e irá designar-lhe sua porção com os incrédulos.
47 “त्यो नोकरले जान्दथ्यो, उसको मालिकले के चाहान्थ्यो तर उ काम गर्न तत्पर रहँदैन अथवा मालिकले अह्राएको काम गर्न चेष्ट गरेन, यसर्थ त्यस नोकरले अधिक सजाय पाँउछ।
47 E o servo que sabia a vontade do seu senhor e não se preparou, nem fez conforme a sua vontade, será castigado com muitos açoites.
48 उसको मालिकले जे चहान्छ यदि त्यो नोकरले जान्दैन तर जे गर्छ सजाय योग्यको काम गर्छ, उसको के गति होला? त्यस नोकरले सजाय त पाँउछ नै, तर उसले भन्दा कम्ती सजाय पाउँछ जुन नोकरले मालिकले के चाहान्छ जान्दछ तर गर्दैन। जुन मानिसलाई बेसी दिइएको छ, उसको जिम्मेवारी पनि बेसी हुन्छ। अझ जसमाथि बेसी विश्वास गरिको छ ऊबाट बेसी नै आशा पनि राखिएको हुन्छ।”
48 Mas, o que a não sabia e fez coisas dignas de açoites, será castigado com poucos açoites. Porque a quem quer que muito for dado, muito será requerido dele; e para o homem que muito foi confiado, muito mais se exigirá dele.
49 येशूले लगातार भन्नुभयोः “म पृथ्वीमा आगो लयाउन आएको हुँ। तर मैले कसरी आशा गर्ने कि यो आघिदेखि नै सल्किसकेको रहेछ भन्ने।
49 Eu vim para lançar fogo na terra; e o que eu quero, se este já está aceso?
50 म बप्तिस्मा गरिने विभिन्न तरिकाबाट बप्तिस्मित हुनु परेकोछ। यो कामको अन्त नभइञ्जेल सम्म म विचलित नै रहनेछु।
50 Mas eu tenho um batismo para ser batizado; e como estou afligido até que venha a cumprir-se!
51 के तिमीहरू सम्झन्छौ कि पृथ्वीलाई शान्ति दिनु नै म आएको हुँ? अहँ! म पृथ्वीलाई भाग गर्न आएको हुँ।
51 Suponhas que eu vim dar paz à terra? Eu vos digo: Não; mas antes divisão.
52 अहिलेदेखि पाँच जनाको एउटा परिवार विभाजन हुनेछ, तीन जना दुई जनाको विरुद्धमा जानेछन, अनि दुइजना तीन जनाको विरुद्धमा हुनेछन्।
52 Porque, daqui em diante, estarão cinco divididos em uma casa; três contra dois, e dois contra três.
53 बाबु र छोराहरू विभाजनमा आउनेछः पुत्र बाबुको विरुद्धमा हुनेछ। अनि बाबु छोराको बिरुद्धमा हुनेछ। आमा छोरीको विरुद्धमा हुन्छे। सासू र बुहारी माझ फाटो आउनेछः बुहारी सासूको विरूद्धमा हुन्छे। सासू बुहारीको विरुद्धमा हुन्छे।”
53 O pai estará dividido contra o filho, e o filho contra o pai; a mãe contra a filha, e a filha contra a mãe; a sogra contra a sua nora, e a nora contra sua sogra.
54 येशूले मानिसहरूलाई भन्नुभयो, “जब तिमीहरूले पश्चिममा बादल बटुलिंदै गरेको पाउनेछौ, तिमीहरू भन्छौ, आँधी-वेहरी आउनेछ।’ अनि यस्तै हुन्छ
54 E ele também dizia à multidão: Quando vedes subir uma nuvem do oeste, imediatamente dizeis: Lá vem chuva; e assim acontece.
55 त्यसरी नै, जब दक्षिणबाट बतास चल्नु थाल्छ, तिमीहरू भन्नेछौ, अब गरमको दिन आउनेछ।’ अनि तिमीहरू ठीक हौ।
55 E quando vedes soprar o vento sul, dizeis: Haverá calor; e assim acontece.
56 तिमीहरू कपटीहरू हौ! तिमीहरू जान्दछौ कसरी आकाश र पृथ्वी इशाराहरू बझ्नु।
56 Hipócritas, podeis discernir a face da terra e do céu; mas, como não discernis este tempo?
57 “के चाँहि सही हो भन्ने तिमीहरू माझ किन निर्णय लिन सक्तैनौ? तब तिमीहरू किन बुझ्न सक्तैनौ अहिले के भइरहेको छ?
57 Sim, e por que vós mesmos não julgam o que é certo?
58 मानिलेऊ, कुनै मानिससंग तिम्रो झगडा छ, अनि तिमी न्यायलय जानु लागेकाछौ। तर न्यालयमा पुग्नु अघि नैं त्यो झगडा मिलाउन जे आवश्यक हुन्छ हरेक कुरो गर। यदि त्यसो नगरे विपक्षीले तिमीलाई नयायकर्त्ता अघि उभ्याउनेछ। अनि न्यायकर्ताले अधिकारीलाई सुम्पिनेछ औ उनले तिमीलाई जेलमा थुन्नेछ।
58 Porque, quando fores com o teu adversário ao magistrado, esforça-te para pôr em ordem o assunto com ele no caminho, para que ele não te arraste ao juiz, e o juiz te entregue ao oficial, e o oficial te lance na prisão.
59 तिमीलाई भन्छु, जब सम्म तिमीमाथि तोकिएको पैसा सम्म तिमी चुक्ता गर्दैनौ तिमीले त्यहाँबाट छुटकारा पाउनेछैनौं।”
59 Eu te digo que não sairás de lá enquanto não pagares o último ceitil.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Lucas 12, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.