Juízes 3

Nepali Bible (GL_NEPALI) vs NVI

Sair da comparação
NVI Nova Versão Internacional
1 परमप्रभुले ती अन्य जातिहरूका सबै मानिसहरूलाई इस्राएलको भूमि छोडन कर लगाउँनु भएन। परमप्रभु इस्राएलका मानिसहरूको परीक्षा गर्न चाहनुहुन्थ्यो। यससमय जीवित रहेका कुनै पनि इस्राएलका मानिसहरू कनानको भूमि लिनका निम्ति गरिएको युद्धमा लडेका थिएनन्।
1 São estas as nações que o Senhor deixou para pôr à prova todos os israelitas que não tinham visto nenhuma das guerras em Canaã
2 यसर्थ परमप्रभुले ती अन्य जातिहरूलाई तिनीहरूका देशमा रहन दिनुभयो। (परमप्रभुले इस्राएलका मानिसहरूलाई, जो ती युद्धहरूमा लडेका थिएनन्, शिक्षा दिनलाई यसो गर्नु भएको थियो।) परमप्रभुले यस भूमि छोड्न लगाउनु भएका जातिहरूका नाउँ यो होः
2 ( fez isso apenas para treinar na guerra os descendentes dos israelitas, pois não tinham tido experiência anterior de combate ):
3 पलिश्ती मानिसहरूका पाँच जना शासकहरू, समस्त कनानीहरू, सिदोनीहरू अनि हिव्वी मानिसहरू जो लेबानोन पर्वतका बाल-हेर्मोन पर्वतदेखि लेबो-हमातसम्म बस्थे।
3 os cinco governantes dos filisteus, todos os cananeus, os sidônios e os heveus que viviam nos montes do Líbano, desde o monte Baal-Hermom até Lebo-Hamate.
4 परमप्रभुले ती जातिहरूलाई, इस्राएली मानिसहरूको जाँच गर्नका निम्ति त्यो भूमिमा छोड्नु भएको थियो। उहाँले यो हेर्न चाहनुहुन्थ्यो कि इस्राएलका मानिसहरू परमप्रभुका आज्ञाहरू, जो उहाँले तिनीहरूका पिता-पुर्खाहरूलाई मोशा मार्फत दिनु भएको आज्ञाहरू पालन गर्छन् कि गर्दैनन् भनेर।
4 Essas nações foram deixadas para que por elas os israelitas fossem postos à prova, se obedeceriam aos mandamentos que o Senhor dera aos seus antepassados por meio de Moisés.
5 इस्राएलका मानिसहरू कनानी, हित्ती, एमोरी, परिज्जी, हिब्बी अनि यबूसी मानिसहरू साथ बस्थे।
5 Os israelitas viviam entre os cananeus, os hititas, os amorreus, os ferezeus, os heveus e os jebuseus.
6 इस्राएलका मानिसहरू ती मानिसहरूका छोरीहरूसित बिवाहवारी गर्न थाले। इस्राएलका मानिसहरूले आफ्ना छोरीहरूलाई ती मानिसहरूका छोराहरूसित विवाह गर्न दिए। अनि इस्राएलका मानिसहरूले ती मानिसहरूका देवताहरू पूज्न थाले।
6 Tomaram as filhas deles em casamento e deram suas filhas aos filhos deles, e prestaram culto aos deuses deles.
7 इस्राएलका मानिसहरूले परमप्रभुसित गरेको करार तिनीहरूले भङ्ग गरे। तिनीहरूले परमप्रभु तिनीहरूका परमेश्वरलाई बिर्से अनि झूटा देवताहरू बाल अनि अशेराको सेवा गरे।
7 Os israelitas fizeram o que o Senhor reprova, pois esqueceram-se do Senhor seu Deus e prestaram culto aos baalins e aos postes sagrados.
8 परमप्रभु इस्राएलका मानिसहरूसित क्वोधित हुनुभयो। इस्राएलका मानिसहरूमाथि शासन गर्न परमप्रभुले अरम-नहैरमका राजा कूशन रिशातैमलाई तिनीहरूलाई हराउने शक्ति दिनुभयो। इस्राएलीहरू आठ वर्षसम्म त्यो राजाको अधीनमा रहे।
8 Acendeu-se a ira do Senhor de tal forma contra Israel que ele os entregou nas mãos de Cuchã-Risataim, rei da Mesopotâmia, por quem os israelitas foram subjugados durante oito anos.
9 तर इस्राएलका मानिसहरूले सहायताका निम्ति परमप्रभुसित विलाप गरे। परमप्रभुले तिनीहरूलाई बचाउँन एउटा व्यक्तिलाई पठाउनु भयो। त्यो व्यक्तिको नाउँ ओत्निएल थियो। उनी कनज नाउँ गरेका एक व्यक्तिका छोरा थिए। कनज कालेबका कान्छा भाइ थिए। ओत्निएलले इस्राएलका मानिसहरूको सेवा गरे।
9 Mas, quando clamaram ao Senhor, ele lhes levantou um libertador, Otoniel, filho de Quenaz, o irmão mais novo de Calebe, que os libertou.
10 परमप्रभुको आत्मा ओत्निएल माथि आउनुभयो अनि तिनी इस्राएली मानिसहरूका न्यायकर्त्ता बने। ओत्निएलले इस्राएली मानिसहरूलाई युद्ध तर्फ अग्रसर गराए। परमप्रभुले ओत्निएललाई अरामका राजा कूशन रिशातैमलाई पराजित गर्नमा सहायता गर्नुभयो।
10 O Espírito do Senhor veio sobre ele, de modo que liderou Israel e foi à guerra. O Senhor entregou Cuchã-Risataim, rei de Arã, nas mãos de Otoniel, que prevaleceu contra ele.
11 यसरी त्यो भूमि कनजका छोरा ओत्निएलको मृत्यु नभए सम्म चालीस वर्षको निम्ति शान्तिसित रह्यो।
11 E a terra teve paz durante quarenta anos, até a morte de Otoniel, filho de Quenaz.
12 फेरि इस्राएलका मानिसहरूले परमप्रभुसित गरेको तिनीहरूको करार भङ्ग गरे। यसकारण परमप्रभुले इस्राएलका मानिसहरूलाई पराजित गर्न मोआबका राजा एग्लोनलाई बल दिनुभयो।
12 Mais uma vez os israelitas fizeram o que o Senhor reprova, e por isso o Senhor deu a Eglom, rei de Moabe, poder sobre Israel.
13 एग्लोनले अम्मोनी अनि अमालेकी मानिसहरूबाट सहायता प्राप्त गरे। तिनीहरू उनीसित मिले अनि इस्राएलका मानिसहरू माथि आक्वमण गरे। एग्लोन अनि उनका सेनाले इस्राएलका मानिसहरूलाई पराजित गरे। अनि तिनीहरूलाई खजूर वृक्षको शहर छोडन वाध्य तुल्याए।
13 Conseguindo uma aliança com os amonitas e com os amalequitas, Eglom veio e derrotou Israel, e conquistou a Cidade das Palmeiras.
14 मोआबका राजा एग्लोनले इस्राएलका मानिसहरू माथि अठ्ठार वर्षसम्म शासन गरे।
14 Os israelitas ficaram sob o domínio de Eglom, rei de Moabe, durante dezoito anos.
15 मानिसहरूले परमप्रभुसित विलाप गरे। यसै कारण परमप्रभुले इस्राएलका मानिसहरूलाई बचाउँनका निम्ति एकजना व्यक्तिलाई पठाउनु भयो। यो व्यक्तिको नाउँ एहूद थियो। एहूद बिन्यामीन कुल समूहका गेरा नाउँको मानिसका छोरा थिए। एहूदले आफ्ना देब्रेहातले लडाँई गर्ने तालिम लिएका थिए। इस्राएलका मानिसहरूले एहूदलाई मोआबका राजा एग्लोन कहाँ उपहारसितै पठाए।
15 Novamente os israelitas clamaram ao Senhor, que lhes deu um libertador chamado Eúde, homem canhoto, filho do benjamita Gera. Os israelitas o enviaram com o pagamento de tributos a Eglom, rei de Moabe.
16 एहूदले स्वंयका निम्ति एउटा तरवार बनाएका थिए। त्यो तरवारको दुवै पट्टि धारहरू थिए अनि अठ्ठार इंच लामो थियो। एहूदले त्यो तरवार आफ्नो दाहिने जाँघमा बाँधेका थिए अनि आफ्नो पोशाक मुनि लुकाएका थिए।
16 Eúde havia feito uma espada de dois gumes, de quarenta e cinco centímetros de comprimento, e a tinha amarrado na coxa direita, debaixo da roupa.
17 यसरी एहूदले मोआबका राजा एग्लोन कहाँ भेटी ल्याए। एग्लोन अत्यन्त मोटा मानिस थिए।
17 Ele entregou o tributo a Eglom, rei de Moabe, homem muito gordo.
18 भेटी चढाएपछि तिनले ती मानिसहरूलाई पठाए जसले भेटी बोकेका थिए।
18 Em seguida, Eúde mandou embora os carregadores.
19 तिनीहरूले राजदरबार छाडे। जब एहूद गिलगाल नजिकका मूर्तिहरू भएको ठाउँमा पुगे, तिनी घुमे अनि राजालाई भेटून फर्किए। एहूदले राजा एग्लोनलाई भने, “राजा, तपाईंको निम्ति मसित गुप्तको सन्देश छ।”राजाले तिनलाई चूपलाग्नु भने अनि त्यसपछि सबै सेवकहरूलाई कोठाबाट बाहिर पठाए।
19 Junto aos ídolos que estão perto de Gilgal, ele voltou e disse: "Tenho uma mensagem secreta para ti, ó rei". O rei respondeu: "Calado! " E todos os seus auxiliares saíram de sua presença.
20 एहूद एग्लोन राजा कहाँ गए। राजा आफ्नो दरबारको माथिल्लो कोठामा एक्लै बसिरहेका थिए।तब एहूदले भने, “मसित तपाईंको निम्ति परमेश्वरको सन्देश छ।” राजा आफ्नो गद्दीबाट उठे। उनी एहूदका अत्यन्त छेउमा थिए।
20 Eúde aproximou-se do rei, que estava sentado sozinho na sala superior do palácio de verão, e repetiu: "Tenho uma mensagem de Deus para ti". Quando o rei se levantou do trono,
21 जसै राजा आफ्नो गद्दीबाट उठ्दै थिए, एहूदले आफ्नो देब्रेहात बढाएर आफ्नो दाहिने जाँघमा बाँधिएको तरवार निकाले। त्यसपछि एहूदले तरवार राजाको भूँडीमा रोपिदिए।
21 Eúde estendeu a mão esquerda, apanhou a espada de sua coxa direita e cravou-a na barriga do rei.
22 त्यो तरवार एग्लोनको भूँडीमा यति भित्र पस्यो कि त्यसको बीड पनि बोसोले छोप्यो। एहूदले एग्लोनदेखि तरवार बाहिर तान्न सकेनन् अनि एग्लोनको आन्द्रा-भूँडी बाहिर निस्कियो।
22 Até o cabo penetrou com a lâmina; e, como não tirou a espada, a gordura se fechou sobre ela.
23 एहूदले माथिल्लो कोठाका ढोकाहरू बन्दगरी राजालाई भित्रै ताल्चा लगाएर त्यो निजी कोठाबाट निस्किए।
23 Então Eúde saiu para o pórtico, depois de fechar e trancar as portas da sala atrás de si.
24 एहूदले त्यसपछि मूल कोठा छाडे अनि सेवकहरू फर्केर भित्र गए। सेवकहरूले माथिल्लो कोठाको ढोका बन्द गरिएको पाए। यसर्थ सेवकहरूले भने, “राजा आफ्ना निजी विश्राम कोठामा विश्राम गरिरहेका हुनुपर्छ।”
24 Depois que ele saiu, vieram os servos e encontraram trancadas as portas da sala superior, e disseram: "Ele deve estar fazendo suas necessidades em seu cômodo privativo".
25 यसर्थ सेवकहरूले धेरै लामो समयसम्म पर्खिरहे। राजाले माथिल्लो कोठाका ढोकाहरू खोलेनन्। आखिरमा सेवकहरू चिन्तित भए। तिनीहरूले चाबी ल्याए अनि ढोकाहरू खोले। जब सेवकहरू भित्र पसे, तिनीहरूले आफ्ना राजालाई भूइँमा मरेर लडिरहेका, देखे।
25 Cansaram-se de esperar, e como ele não abria a porta da sala, pegaram a chave e a abriram. E lá estava o seu senhor, caído no chão, morto!
26 सेवकहरूले राजालाई पर्खदै गर्दा एहूदले उम्कने समय पाए। एहूदले मूर्तिहरू पार गरे र सीरा नाउँ गरेको स्थान तिर गए।
26 Enquanto esperavam, Eúde escapou. Passou pelos ídolos e fugiu para Seirá.
27 जब एहूद सीरामा आए तिनले त्यहाँ, एप्रैमको पहाडी देशमा, तुरही बजाए। इस्राएलका मानिसहरूले तुरही बजेको आवाज सुने अनि तिनीहरू पहाडबाट तल झरे, एहूदले तिनीहरूको अगुवाइ गरे।
27 Quando chegou, tocou a trombeta nos montes de Efraim, e os israelitas desceram dos montes, com ele à sua frente.
28 एहूदले इस्राएलका मानिसहरूलाई भने, “मेरो अनुसरण गर! परमप्रभुले हाम्रा शत्रुहरू, मोआबका मानिसहरूलाई पराजित गर्नमा हामीलाई सहयोग गर्नु भयो।”यसर्थ इस्राएलका मानिसहरूले एहूदको अनुसरण गरे। तिनीहरू त्यो भूमिलाई अधिकारमा लिन एहूदसित सजिलैसित तल यर्दन नदी पार गरेर मोआबको भूमिमा पुगे।
28 "Sigam-me", ordenou, "pois o Senhor entregou Moabe, o inimigo de vocês, em suas mãos. " Eles o seguiram e, tomaram posse do lugar de passagem do Jordão que levava a Moabe, e não deixaram ninguém atravessar o rio.
29 इस्राएली मानिसहरूले लगभग 10,000 बलवान अनि साहसी मानिसहरूलाई मारे। एकजना मोआबी मानिस पनि उम्किएनन्।
29 Naquela ocasião mataram cerca de dez mil moabitas, todos eles fortes e vigorosos; nem um só homem escapou.
30 यसर्थ त्यस दिनदेखि इस्राएलका मानिसहरूले मोआबका मानिसहरू माथि शासन गर्न थाले। अनि त्यो भूमिमा 80 वर्षसम्म शान्ति भईरह्यो।
30 Naquele dia Moabe foi subjugado por Israel, e a terra teve paz durante oitenta anos.
31 एहूदले इस्राएलका मानिसहरूलाई बँचाए पछि, अर्को मानिसले इस्राएललाई बँचायो। त्यो मानिस अनातको छोरा शमगर थियो। 600 पलिश्ती मानिसहरूलाई मार्न शमगरले गोरू खेध्ने लट्ठीको उपयोग गरे।
31 Depois de Eúde veio Sangar, filho de Anate, que matou seiscentos filisteus com uma aguilhada de bois. Ele também libertou Israel.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Juízes 3, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.