Juízes 20
Nepali Bible (GL_NEPALI) vs ACF
1 यसर्थ इस्राएलका समस्त मानिसहरू एक साथ मिले। तिनीहरू सबै मिस्पा शहरमा परमप्रभुका समक्ष उभिन एक साथ आए। इस्राएलका चारै तिरबाट मानिसहरू आए। गिलादका इस्राएली मानिसहरू समेत त्यहाँ थिए।
1 Então todos os filhos de Israel saíram, e a congregação se ajuntou, perante o SENHOR em Mizpá, como se fora um só homem, desde Dã até Berseba, como também a terra de Gileade.
2 इस्राएलका सम्पूर्ण कुल समूहहरूका अगुवाहरू त्यहाँ थिए। तिनीहरूले परमेश्वरका मानिसहरूको जन सभामा आफ्ना-आफ्ना स्थान ग्रहण गरे। तिनीहरूले त्यस ठाउँमा 4,00,000 सशस्त्र सैनिकहरू ल्याए।
2 E os principais de todo o povo, de todas as tribos de Israel, se apresentaram na congregação do povo de Deus; quatrocentos mil homens de pé que tiravam a espada
3 बिन्यामीनका कुल समूहका मानिसहरूले यो सुने कि इस्राएलका मानिसहरू मिस्पामा एकसाथ भेट गरिरहेछन्। इस्राएलका मानिसहरूले भने, “हामीलाई भन यस्तो भयानक कुरा कसरी घट्यो।”
3 (Ouviram, pois, os filhos de Benjamim que os filhos de Israel haviam subido a Mizpá). E disseram os filhos de Israel: Falai, como sucedeu esta maldade?
4 यसर्थ त्यो हत्या गरिएकी स्त्रीका पतिले तिनीहरूलाई त्यो घटना भने। तिनले भने, “मेरी स्त्री सेविका र म बिन्यामीनको इलाकामा गिबा शहरमा आयौं। हामीले त्यहाँ रात बितायौं।
4 Então respondeu o homem levita, marido da mulher que fora morta, e disse: Cheguei com a minha concubina a Gibeá, cidade de Benjamim, para passar a noite.
5 तर राती गिबा शहरवासीहरू त्यो घरमा आए जहाँ म बसेको थिएँ। तिनीहरूले घरलाई घेरे अनि मलाई मार्न चाहे। तिनीहरूले मेरी स्त्री सेविकालाई बलात्कार गरे अनि उसको मृत्यु भयो।
5 E os cidadãos de Gibeá se levantaram contra mim, e cercaram a casa de noite; intentaram matar-me, e violaram a minha concubina, de maneira que morreu.
6 यसर्थ मैले मेरी स्त्री सेविकालाई लगे अनि उसको देहलाई टुक्वा-टुक्वा पारेर काटे। त्यसपछि मैले इस्राएलका प्रत्येक कुल समूहलाई एक एक टुक्रा पठाएँ। हामीले प्राप्त गरेको भूमिहरूमा मैले बाह्र टुक्वा पठाएँ। मैले त्यसो गरे किनभने बिन्यामीनका मानिसहरूले इस्राएलमा यस्तो भयानक काण्ड गरे।
6 Então peguei na minha concubina, e fi-la em pedaços, e a enviei por toda a terra da herança de Israel; porquanto fizeram tal malefício e loucura em Israel.
7 अब इस्राएलका सबै मानिसहरू, बोल्नुहोस्। हामीले यसबारे के गर्नु पर्ने तिमीहरूले निर्णयदेऊ।”
7 Eis que todos sois filhos de Israel; dai aqui a vossa palavra e conselho.
8 तब, सबै मानिसहरू एकै समयमा उठे। तिनीहरूले एकसाथ भने, “हामी कोही पनि घर जाने छैनौं। अहँ, हामीमा एक जना पनि आफ्नो घर फर्कने छैन।
8 Então todo o povo se levantou como um só homem, dizendo: Nenhum de nós irá à sua tenda nem nenhum de nós voltará à sua casa.
9 अब गिबा शहर प्रति हामी जे गर्छौ त्यो यस्तो छः हामीले ती मानिसहरू प्रति के गर्नु पर्ने हो परमेश्वरले हामीलाई देखाउन् भनी चिट्ठा गर्ने छौं।
9 Porém isto é o que faremos a Gibeá: procederemos contra ela por sorte.
10 हामी इस्राएलका सबै कुल समूहका हरेक 100 जनामा 10 व्यक्तिहरू चुन्ने छौं। अनि हामी प्रत्येक 1,000 बाट 100 मानिसहरू चुन्नेछौं। हामी प्रत्येक 10,000 बाट 1,000 मनिसहरू चुन्नेछौं। हामीले चुनेका ती मानिसहरूले सेनाहरूले जस्तै आपूर्ति सामग्रीहरू पाउनेछन्। तब ती मानिसहरू बिन्यामीनको इलाका गिबामा जानेछन् र सेनाले इस्राएलका मानिसहरू माझ गरेको त्यो भयानक कार्यका निम्ति ती मानिसहरूलाई दण्ड दिनेछन्।”
10 E de todas as tribos de Israel, tomaremos dez homens de cada cem, e cem de cada mil, e mil de cada dez mil, para providenciarem mantimento para o povo; para que, vindo ele a Gibeá de Benjamim, lhe façam conforme a toda a loucura que tem feito em Israel.
11 यसर्थ इस्राएलका सबै मानिसहरू गिबा शहरमा एकसाथ भेला भए। तिनीहरू सबै तिनीहरूले गर्ने कुरामा सहमत भए।
11 Assim ajuntaram-se contra esta cidade todos os homens de Israel, unidos como um só homem.
12 इस्राएलका कुल समूहहरूले बिन्यामीनका कुल समूहका मानिसहरूकहाँ सन्देश दिएर मानिसहरू पठाए। सन्देश यस्तो थियोः “तिमीहरूका मानिसहरूले गरेको यो भयानक कर्म के हो?
12 E as tribos de Israel enviaram homens por toda a tribo de Benjamim, dizendo: Que maldade é esta que se fez entre vós?
13 गिबाका ती दुष्ट मानिसहरूलाई हामी भए कहाँ पठाऊ। हामीलाई ती मानिसहरू देऊ हामी तिनीहरूलाई मार्न सकौं। हामीले इस्राएलका मानिसहरू माझको दुष्टता हटाउनै पर्छ।”तर बिन्यामीनका कुल समूहका मानिसहरूले आफ्ना कुल इस्राएलका अन्य मानिसहरूका कुरा सुनेनन्।
13 Dai-nos, pois, agora aqueles homens, filhos de Belial, que estão em Gibeá, para que os matemos, e tiremos de Israel o mal. Porém os filhos de Benjamim não quiseram ouvir a voz de seus irmãos, os filhos de Israel.
14 बिन्यामीन कुल समूहका मानिसहरूले आफ्ना शहरहरू छाडे अनि गिबा शहरमा गए। तिनीहरू गिबामा इस्राएलका अन्य कुल समूहहरूसित युद्ध गर्न गए
14 Antes os filhos de Benjamim se ajuntaram das cidades em Gibeá, para saírem a pelejar contra os filhos de Israel.
15 बिन्यामीन कुल समूहका मानिसहरूले 26,000 सैनिकहरू भेला गरे। ती सबै सैनिकहरू युद्धमा तालिम प्राप्त थिए। तिनीहरूसित गिबाका 700 प्रशिक्षित सैनिकहरू पनि थिए
15 E contaram-se naquele dia os filhos de Benjamim, das cidades, vinte e seis mil homens que tiravam a espada, afora os moradores de Gibeá, de que se contaram setecentos homens escolhidos.
16 त्यसमा देब्रेहातद्वारा लडन सकने 700 प्रशिक्षित सैनिकहरू पनि थिए। तिनीहरू हरेकले अति कुशलतासित घुँयेत्रोको प्रयोग गर्न सक्थे। तिनीहरू सबैले एउटा कपाललाई पनि नचुक्ने गरि ढुङ्गा हान्न घुँयेत्रो प्रयोग गर्न सक्थे।
16 Entre todo este povo havia setecentos homens escolhidos, canhotos, os quais atiravam com a funda uma pedra em um cabelo, e não erravam.
17 बिन्यामीनका कुल समूहका सैनिकहरू बाहेक सबै इस्राएलका कुल समूहहरूका 4,00,000 सशस्त्र अनि लडकु सैनिकहरू भेला भएका थिए। हरेक सैनिक प्रशिक्षित सैनिक थिए।
17 E contaram-se dos homens de Israel, afora os de Benjamim, quatrocentos mil homens que tiravam da espada, e todos eles homens de guerra.
18 इस्राएली मानिसहरू बेतेल शहरसम्म गए। बेतेलमा तिनीहरूले परमेश्वरसित सोधे, “बिन्यामीनका कुल समूहलाई आक्वमण गर्ने पहिलो कुल समूह कुन हुने छ?”परमप्रभुले उत्तर दिनुभयो, “यहूदाका कुल समूह पहिला जानेछ।”
18 E levantaram-se os filhos de Israel, e subiram a Betel; e consultaram a Deus, dizendo: Quem dentre nós subirá primeiro a pelejar contra Benjamim? E disse o Senhor: Judá subirá primeiro.
19 भोलीपल्ट विहानै इस्राएलका मानिसहरू उठे। तिनीहरूले गिबा शहरको नजिकमा छाउनी हाले।
19 Levantaram-se, pois, os filhos de Israel pela manhã, e acamparam-se contra Gibeá.
20 तब इस्राएली सेना बिन्यामीन सेनासित युद्ध गर्न गए। इस्राएली सेनाहरू बिन्यामीन सेनाहरूको विरूद्ध गिबा शहरमा तयार भए। बिन्यामीन सेनाहरूले 22,000 इस्राएली सैनिकहरूलाई त्यस दिनको युद्धमा मारे।
20 E os homens de Israel saíram à peleja contra Benjamim; e os homens de Israel ordenaram a batalha contra eles, ao pé de Gibeá.
21 इस्राएलका मानिसहरू परमप्रभुकहाँ गए। तिनीहरू साँझ नभएसम्म रोए।
21 Então os filhos de Benjamim saíram de Gibeá, e derrubaram por terra, naquele dia, vinte e dois mil homens de Israel.
22 तिनीहरूले परमप्रभुसँग सोधे, “हामी फेरि बिन्यामीनका मानिसहरूको विरूद्ध युद्ध गर्नु? ती मानिसहरू हाम्रा आफन्तहरू हुन्।
22 Porém esforçou-se o povo, isto é, os homens de Israel, e tornaram a ordenar a peleja no lugar onde no primeiro dia a tinham ordenado.
23 ”परमप्रभुले उत्तर दिनुभयो, “जाऊ, तिनीहरूको विरूद्ध युद्ध गर।” इस्राएलका मानिसहरूले एक अर्कालाई उत्साह प्रदान गरे। त्यसपछि तिनीहरू फेरि पहिलो दिन युद्ध गरेको जस्तै युद्ध गर्न गए।
23 E subiram os filhos de Israel, e choraram perante o Senhor até à tarde, e perguntaram ao Senhor, dizendo: Tornar-me-ei a chegar à peleja contra os filhos de Benjamim, meu irmão? E disse o Senhor: Subi contra ele.
24 तब इस्राएलका सेनाहरू बिन्यामीनका सेनाका नजिक आए। यो युद्धको दोस्रो दिन थियो।
24 Chegaram-se, pois, os filhos de Israel aos filhos de Benjamim, no dia seguinte.
25 बिन्यामीनका सेनाहरू दोस्रोदिन इस्राएलका सेना माथि आक्रमण गर्न गिबा शहरको बाहिर आए। यसपल्ट बिन्यामीनका सेनाले इस्राएलका अरू 18,000 सेनाहरू मारिदिए। ती सबै मानिसहरू इस्राएली सेनाका प्रशिक्षित सैनिकहरू थिए।
25 Também os de Benjamim no dia seguinte lhes saíram ao encontro fora de Gibeá, e derrubaram ainda por terra mais dezoito mil homens, todos dos que tiravam a espada.
26 त्यसपछि इस्राएलका सबै मानिसहरू बेतेल शहरसम्म गए। त्यस स्थानमा तिनीहरू बसे अनि परमप्रभु प्रति रोइ-कराइ गरे। तिनीहरूले दिनभरि साँझ नभएसम्म केही भोजन गरेनन्। तिनीहरूले परमप्रभुलाई होमबलि अनि मेलबलि पनि अर्पण गरे।
26 Então todos os filhos de Israel, e todo o povo, subiram, e vieram a Betel e choraram, e estiveram ali perante o Senhor, e jejuaram aquele dia até à tarde; e ofereceram holocaustos e ofertas pacíficas perante o Senhor.
27 इस्राएलका मानिसहरूले परमप्रभुसित एक प्रश्न गरे। (ती दिनहरूमा परमेश्वरको करारको सन्दूक बेतेलमा थियो।
27 E os filhos de Israel perguntaram ao Senhor (porquanto a arca da aliança de Deus estava ali naqueles dias;
28 त्यहाँ परमेश्वरको सेवा गर्ने पूजाहारी पीनहास थिए। पीनहास एलाजारका छोरा थिए। एलाजार हारूनका छोरा थिए।) इस्राएलका मानिसहरूले सोधे, “बिन्यामीनका मानिसहरू हाम्रा आफन्त हुन्। हामी तिनीहरूको विरूद्ध युद्ध गर्न फेरि जानु? कि हामीले युद्ध गर्न बन्द गर्नु?”परमप्रभुले उत्तर दिनुभयो, “जाऊ, भोलि तिनीहरूलाई पराजित गर्न म तिमीहरूलाई सहयोग गर्नेछु।”
28 E Finéias, filho de Eleazar, filho de Arão, estava perante ele naqueles dias), dizendo: Tornarei ainda a pelejar contra os filhos de Benjamim, meu irmão, ou pararei? E disse o Senhor: Subi, que amanhã eu to entregarei na mão.
29 तब इस्राएलका सेनाले गिबा शहरको वरिपरि केही मानिसहरूलाई लुक्न लगाए।
29 Então Israel pôs emboscadas em redor de Gibeá.
30 इस्राएलका सेना तेस्रो दिन गिबा शहरको विरूद्ध लडाँईं गर्न गए। तिनीहरूले अघि गरे जस्तै युद्धका निम्ति तिनीहरू तयार भए।
30 E subiram os filhos de Israel ao terceiro dia contra os filhos de Benjamim, e ordenaram a peleja junto a Gibeá, como das outras vezes.
31 बिन्यामीनका सेनाहरू इस्राएलका सेनाहरूको विरूद्ध लड्न गिबा शहर बाहिर आए। इस्राएलका सेना पछिसरे अनि बिन्यामीनका सेनाद्वारा तिनीहरू खेदिन थाले। यसप्रकारले शहरलाई धेरै पछि छाड्न बिन्यामीनका सेनाप्रति छल गरियो अनि बिन्यामीनका सेनाहरूले पहिला गेरे जस्तै इस्राएली सेनाहरूको हत्या गर्न शुरू गरे। तिनीहरूले इस्राएलका प्राय तीस जना मानिसहरू मारे। तिनीहरूले केही मानिसहरूलाई खेतमा मारे अनि केही मानिसहरूलाई बाटोमा मारे। एउटा बाटो बेतेल शहरतिर गएको थियो अनि अर्कोबाटो गिबा शहर तिर गएको थियो।
31 Então os filhos de Benjamim saíram ao encontro do povo, e desviaram-se da cidade; e começaram a ferir alguns do povo, atravessando-os, como das outras vezes, pelos caminhos (um dos quais sobe para Betel, e o outro para Gibeá pelo campo), uns trinta dos homens de Israel.
32 बिन्यामीनका मानिसहरूले भने, “हामी अघि जस्तै जित्दै छौं।”इस्राएलका मानिसहरू भाग्दै थिए, तर त्यो एक छल थियो। तिनीहरूले बिन्यामीनका मानिसहरूलाई तिनीहरूका शहरदेखि टाढा बाटोहरूमा लान चाहन्थे।
32 Então os filhos de Benjamim disseram: Estão derrotados diante de nós como dantes. Porém os filhos de Israel disseram: Fujamos, e desviemo-los da cidade para os caminhos.
33 यसर्थ सबै मानिसहरू भागे। तिनीहरू बाल तामार नाउँको स्थानमा रोकिए। इस्राएलका केही मानिसहरू गिबाको पश्चिममा लुकिरहेका थिए। तिनीहरू आफू लुकेका स्थानहरूबाट दगुरे अनि गिबा माथि आक्वमण गरे।
33 Então todos os homens de Israel se levantaram do seu lugar, e ordenaram a peleja em Baal-Tamar; e a emboscada de Israel saiu do seu lugar, da caverna de Gibeá.
34 इस्राएलका 10,000 उत्तम शिक्षा पाएका सैनिकहरूले गिबा माथि आक्वमण गरे। युद्ध घमासान भयो। तर बिन्यामीनका सेनालाई तिनीहरू माथि कस्तो भयानक घटूना घटूनेवाला छ त्यो थाहा थिएन।
34 E dez mil homens escolhidos de todo o Israel vieram contra Gibeá, e a peleja se agravou; porém eles não sabiam o mal que lhes tocaria.
35 परमप्रभुले इस्राएलका सेनाको प्रयोग गर्नु भएर बिन्यामीनका सेनालाई पराजित गरिदिनु भयो। त्यसदिन इस्राएलका सेनाले बिन्यामीनका 25,100 सैनिकहरूलाई मारिदिए। ती सबै सैनिकहरूलाई युद्धका निम्ति प्रशिक्षित तुल्याइएको थियो।
35 Então feriu o Senhor a Benjamim diante de Israel; e destruíram os filhos de Israel, naquele dia, vinte e cinco mil e cem homens de Benjamim, todos dos que tiravam a espada.
36 यसर्थ बिन्यामीनका मानिसहरूले तिनीहरू पराजित भएको देखे।इस्राएलका सेना पछिहटेका थिए। तिनीहरू पछिहटे किनभने तिनीहरूले अचानक-आक्वमण गरेका थिए। तिनीहरूका लुकेका मानिसहरू गिबाको नजिक थिए।
36 E viram os filhos de Benjamim que estavam feridos; porque os homens de Israel deram lugar aos benjamitas, porquanto estavam confiados na emboscada que haviam posto contra Gibeá.
37 ती मानिसहरू, जो लुकेका थिए गिबा शहर तिर लुकेर गए। तिनीहरू छरपष्ट भए अनि शहरमा भएका हरेकलाई आफ्नो तरवारद्वारा मारिदिए।
37 E a emboscada se apressou, e acometeu a Gibeá; e a emboscada arremeteu contra ela, e feriu ao fio da espada toda a cidade.
38 अब इस्राएलका मानिसहरूले ती लुकेका मानिसहरूका साथ एक योजना बनाए। जब तिनीहरूले गीवालाई अधिकार गरे लुकेका मानिसहरूले एउटा धुवाँको चिन्ह पठाए।
38 E os homens de Israel tinham um sinal determinado com a emboscada, que era fazer levantar da cidade uma grande nuvem de fumaça.
39 बिन्यामीनका सेनाले प्रायः तीसजना इस्राएली सैनिकहरू मारेका थिए।
39 Viraram-se, pois, os homens de Israel na peleja; e já Benjamim começava a ferir, dos homens de Israel, quase trinta homens, pois diziam: Já infalivelmente estão derrotados diante de nós, como na peleja passada.
40 यसर्थ बिन्यामीनका मानिसहरू भन्दै थिए, “हामी अघि जस्तै विजय गरिरहेछौं।” तर त्यसैबेला शहरबाट धुवाँको ठूलो बादल माथि उठून थाल्यो। बिन्यामीनका मानिसहरू घुमेर फर्किए अनि त्यो धूवाँ देखे। सम्पूर्ण शहर आगोको ज्वालामा थियो। तब इस्राएलका सेना भाग्न छाडे।
40 Então a nuvem de fumaça começou a se levantar da cidade, como uma coluna; e, virando-se Benjamim a olhar para trás de si, eis que a fumaça da cidade subia ao céu.
41 तिनीहरू फर्किए र लडून शुरूगरे। बिन्यामीनका मानिसहरू भयभीत भए। अब तिनीहरूले बुझे तिनीहरू प्रति कस्तो भयानक कुरा घटूनेछ।
41 E os homens de Israel viraram os rostos, e os homens de Benjamim pasmaram; porque viram que o mal lhes tocaria.
42 यसर्थ बिन्यामीनका सेना इस्राएली सेना देखि भागे। तिनीहरू मरूभूमि तिर भागे। तर तिनीहरू लडइँबाट उम्कन सकेनन्। अनि इस्राएलका मानिसहरू शहरहरूबाट बाहिर निस्के र तिनीहरूलाई मारिदिए।
42 E viraram as costas diante dos homens de Israel, para o caminho do deserto; porém a peleja os apertou; e os que saíam das cidades os destruíram no meio deles.
43 इस्राएलका मानिसहरूले बिन्यामीनका मानिसहरूलाई घेरामा पारे अनि तिनीहरूलाई खेद्न लागे। तिनीहरूले तिनीहरूलाई विश्राम गर्न दिएनन्। तिनीहरूले गिबा पूर्वको इलाकामा तिनीहरूलाई परस्त गरे।
43 E cercaram aos de Benjamim, e os perseguiram, e à vontade os pisaram, até diante de Gibeá, para o nascente do sol.
44 यसरी 18,000 साहसी अनि बलवान बिन्यामीन लडकु सैनिकहरू मारिए।
44 E caíram de Benjamim dezoito mil homens, todos estes sendo homens valentes.
45 बिन्यामीनका सेना फर्किए अनि मरूभूमि तिर भागे। तिनीहरू रिम्मोनको चट्टान नाउँ गरेको स्थान तिर भागे। तर इस्राएलीहरूले बाटो तिर बिन्यामीनका 5,000 सैनिकहरूलाई मारिदिए। तिनीहरूले बिन्यामीनका मानिसहरूलाई खेदिरहे। तिनीहरूले गिदोम नाउँ गरेको स्थानसम्म तिनीहरूलाई खेदे। इस्राएली सेनाले त्यस स्थानमा अरू 2,000 बिन्यामीनका मानिसहरूलाई पनि मारे।
45 Então viraram as costas, e fugiram para o deserto, à penha de Rimom; colheram ainda deles pelos caminhos uns cinco mil homens; e de perto os seguiram até Gidom, e feriram deles dois mil homens.
46 त्यस दिन बिन्यामीन सेनाका 25,000 मानिसहरू मारिए। ती सबै मानिसहरूले आफ्ना तरवारद्वारा साहससित युद्ध गरे।
46 E, todos os que caíram de Benjamim, naquele dia, foram vinte e cinco mil homens que tiravam a espada, todos eles homens valentes.
47 तर बिन्यामीनका 600 मानिसहरू मरूभूमि तिर भागे। तिनीहरू रिम्मोनको चट्टान नामक स्थानमा गए अनि त्यहाँ चार महीनासम्म रहे।
47 Porém seiscentos homens viraram as costas, e fugiram para o deserto, à penha de Rimom; e ficaram na penha de Rimom quatro meses.
48 इस्राएलका मानिसहरू बिन्यामीनको देशमा फर्केर गए। तिनीहरूले तिनीहरू गएका हरेक शहरका मानिसहरूलाई मारे। तिनीहरूले सम्पूर्ण पशुहरूलाई पनि मारे। तिनीहरूले आफूले भेट्टाएसम्मका हरेक वस्तु नष्ट गरिदिए। तिनीहरू आइपुगेका हरेक शहरलाई तिनीहरूले जलाइदिए।
48 E os homens de Israel voltaram para os filhos de Benjamim, e os feriram ao fio da espada, desde os homens da cidade até aos animais, até a tudo quanto se achava, como também a todas as cidades, quantas acharam, puseram fogo.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Juízes 20, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.