Juízes 18

Nepali Bible (GL_NEPALI) vs NVT

Sair da comparação
NVT Nova Versão Transformadora
1 त्यस समयमा इस्राएलका मानिसहरूका कुनै राजा थिएनन्। अनि त्यसबेला दानका कुल समूह बस्ने स्थानको खोजमा थिए। तिनीहरूको अझसम्म आफ्नो देश थिएन। इस्राएलका अन्य कुल समूहहरूले अघि नै आफ्ना भूमिहरू प्राप्त गरिसकेका थिए। तर दानका कुल समूहले आफ्नो भूमि अझ लिएका थिएनन्।
1 Naqueles dias, Israel não tinha rei. A tribo de Dã procurava um lugar onde se estabelecer, pois ainda não tinha tomado posse do território que havia recebido como herança quando a terra foi dividida entre as tribos de Israel.
2 यसर्थ दानका कुल समूहले पाँच जना सैनिकहरूलाई केही भूमि खोज्नु भनी पठाए। तिनीहरू बस्नका निम्ति उत्तम स्थान खोज्न हिंडे। ती पाँच मानिसहरू सोरा अनि एश्ताओल शहरका थिए। तिनीहरू चुनिए किनभने ती सबै दानका कुलहरूका थिए। तिनीहरूलाई भनियो, “जाऊ केही भूमि खोज।”ती पाँच मानिसहरू एप्रैमको पहाडीदेशमा आए। तिनीहरू मीकाको घरमा आई पुगे अनि रात त्यहाँ बिताए।
2 Então os homens de Dã escolheram dentre seus clãs cinco guerreiros corajosos das cidades de Zorá e Estaol para explorar um território onde a tribo pudesse se estabelecer. Quando esses guerreiros chegaram à região montanhosa de Efraim, pararam na casa de Mica e passaram a noite ali.
3 ती पाँच मानिसहरू जब मीकाको घरको छेउमा आई पुगे तिनीहरूले जवान लेवी मानिसको स्वर सुने। तिनीहरूले उसको स्वर चिने यसर्थ तिनीहरू मीकाको घरमा रोकिए। तिनीहरूले त्यो जवान मानिसलाई सोधे, “कसले तिमीलाई यो स्थानमा ल्याए? तिमी यहाँ के गर्दैछौ? यहाँ तिम्रो के काम छ?”
3 Enquanto estavam na casa de Mica, reconheceram o sotaque do jovem levita, de modo que se aproximaram dele e perguntaram: “Quem o trouxe para cá e o que você está fazendo neste lugar? Por que está aqui?”.
4 मीकाले तिनका निम्ति गरेका कुराहरूको विषयमा त्यो जवान मानिसले उनीहरूलाई भने। त्यो जवान व्यक्तिले भने, “म उनको पूजाहारी हुँ।” मीकाले मलाई ज्यालामा लिए।
4 O jovem respondeu: “Fiz um acordo com Mica, e ele me contratou como seu sacerdote pessoal”.
5 यसर्थ तिनीहरूले उसलाई भने, “कृपया हाम्रो निम्ति परमेश्वरसित केही कुराको सोध पुछ गरिदेऊ। हामी केही जान्न चाहन्छौः के हाम्रो बस्ने स्थानको खोज सफल हुन्छ?”
5 Então eles disseram: “Pergunte a Deus se nossa viagem será bem-sucedida”.
6 पूजाहारीले ती पाँच मानिसहरूलाई भने, “हो, शान्तिसित जाऊ। परमप्रभुले तिमीहरूलाई तिम्रो मार्गमा डोर्याउँनु हुनेछ।”
6 “Vão em paz”, respondeu o sacerdote. “O S enhor está cuidando de sua viagem.”
7 यसर्थ पाँच मानिसहरू हिंडे। तिनीहरू लेश शहरमा आइ पुगे। तिनीहरूले त्यस शहरमा मानिसहरू सुरक्षित बसेका देखे। तिनीहरूलाई सीदोनका मानिसहरूले शासन गर्दथे। हरेक कुरा शान्त अनि चकमन्न थियो। मानिसहरूसित हरेक कुरा प्रशस्त थियो। अनि तिनीहरूलाई कष्ट पुर्याउने कुनै शत्रुहरू छेउमा थिएनन्। तिनीहरू सीदोन शहर देखि टाढा बस्थे अनि अरामका मानिसहरूसँग कुनै सम्झौता थिएन।
7 Os cinco homens prosseguiram até a cidade de Laís, onde notaram que os habitantes levavam uma vida tranquila, como os sidônios. Eram pacíficos e viviam em segurança, pois não havia quem os oprimisse em sua terra. Estavam longe de Sidom e não tinham nenhum aliado por perto.
8 ती पाँच मानिसहरू सोरा अनि एश्ताओल शहरतिर फर्कि गए। तिनीहरूका आफन्तहरूले सोधे, “तिमीहरूले के बुझ्यौ?”
8 Quando os homens voltaram a Zorá e a Estaol, seus parentes lhes perguntaram: “O que vocês descobriram?”.
9 ती पाँच मानिसहरूले उत्तर दिए, “हामीले केही भूमि पायौं, अनि त्यो अति उत्तम छ। हामीले तिनीहरूलाई आक्रमण गर्नु पर्छ। पर्खी नबस्! हामी जाऊँ अनि त्यो भूमि लिऔं।
9 Eles responderam: “Vamos atacá-los! Vimos a terra, e ela é muito boa. O que vocês estão esperando? Não hesitem em avançar e tomar posse dela.
10 जब तिमीहरू त्यो स्थानमा आउँछौ त्यहाँ प्रशस्त भूमि तिमीहरूले देख्नेछौ। त्यहाँका मानिसहरूले कुनै आक्रमणको अपेक्षा नगरेको तिमीहरूले देख्नेछौ। निश्चयनै परमेश्वरले त्यो भूमि हामीलाई दिनु भएको छ।”
10 Quando chegarem lá, verão que o povo leva uma vida tranquila. Deus nos deu uma terra espaçosa e fértil, onde não falta nada!”.
11 यसर्थ दानका कुल समूहबाट छ सय मानिसहरू सोरा अनि एश्ताओल शहरबाट हिंडे। तिनीहरू युद्धको निम्ति तयार थिए।
11 Então seiscentos homens da tribo de Dã armados para a guerra partiram de Zorá e de Estaol.
12 लेश शहर जाने तिनीहरूको मार्गमा तिनीहरू यहूदा देशको किर्यात्यारीम शहरको छेउमा अडिए। त्यहाँ तिनीहरूले एक छाउनी लगाए। त्यसैकारणले गर्दा किर्यात्यारीमको पश्चिममा भएको स्थानलाई आज पनि दानको छाउनी भनिन्छ।
12 Acamparam num lugar a oeste de Quiriate-Jearim, em Judá, conhecido hoje como Maané-Dã.
13 त्यस स्थानदेखि ती छ सय मानिसहरू यात्रा गरेर एप्रैमका पहाडी देशतिर गए। त्यसपछि तिनीहरू मीकाको घरमा आए।
13 Dali prosseguiram para a região montanhosa de Efraim e chegaram à casa de Mica.
14 यसर्थ ती पाँच मानिसहरू बोले, जसले लेश वरिपरिका स्थानको खोज गरेका थिए। तिनीहरूले आफ्ना आफन्तहरूलाई भने, “यी घरहरूमध्ये एउटामा एपोद छ। अनि त्यहाँ घर-देवताहरू, एउटा कुँदेको सालिक अनि एउटा चाँदीको मूर्ति पनि छन्। तिमीहरू जान्दछौ के गर्नु पर्छ-जाऊ ती लेऊ।”
14 Os cinco homens que haviam explorado a terra nos arredores de Laís explicaram aos outros: “Numa destas casas há um colete sacerdotal, e também alguns ídolos do lar, uma imagem esculpida e um ídolo de metal. O que vocês acham que devem fazer?”.
15 यसर्थ तिनीहरू मीकाको घरमा रोकिए जहाँ त्यो जवान लेवी बस्थे। तिनीहरूले त्यो जवान मानिसलाई ऊ कस्तो छ भनी सोधे।
15 Os cinco homens saíram da estrada principal e foram à casa de Mica, onde morava o jovem levita, e o saudaram.
16 दानका कुल समूहका छ सय मानिसहरू फाटकको द्वारमा उभिएर बसे। ती सबैका आफ्ना अस्त्रहरू थिए अनि युद्धका निम्ति तयार थिए।
16 Os seiscentos guerreiros armados da tribo de Dã ficaram à entrada da porta,
17 ती पाँच जासूसहरू घरभित्र पसे। पूजाहारी बाहिर फाटक छेउमा ती छ सय मानिसहरूका साथ उभिए जो युद्धका निम्ति तयार थिए।
17 e os cinco espiões entraram no santuário e removeram a imagem esculpida, o colete sacerdotal, os ídolos do lar e o ídolo de metal. Enquanto isso, o sacerdote ficou junto à porta, com os seiscentos guerreiros armados.
18 ती मानिसहरूले कुँदेको मूर्ति, एपोद र घर का-मूर्तिहरू उठाए। त्यो जवान लेवी पूजाहारीले भने, “तिमीहरू के गरिरहेछौ?”
18 Quando o sacerdote viu que os homens estavam levando todos os objetos sagrados do santuário de Mica, perguntou: “O que vocês estão fazendo?”.
19 ती पाँच मानिसहरूले उत्तर दिए।, “चूप लाग! एउटा शब्द पनि नबोल। हामीसित आऊ। हाम्रा पिता अनि हाम्रा पूजाहारी बन। तिमीले चुन्नुपर्छ। के तिमीलाई एउटा व्यक्तिको निम्ति मात्र पूजाहारी हुनु राम्रो छ? वा तिमीलाई इस्राएली मानिसहरूका एउटा सम्पूर्ण कुल समूहको पूजाहारी हुनु राम्रो छ?”
19 “Fique quieto e venha conosco”, responderam. “Seja nosso pai e sacerdote. Não é melhor ser sacerdote de uma tribo inteira e de um clã de Israel do que da casa de um só homem?”
20 यस कुराले ती लेवी व्यक्ति खुशी भए। यसर्थ उसले एपोद, घर-मूर्तिहरू अनि चाँदीको मूर्ति लिए। तिनी दानका कुल समूहका ती मानिसहरूसित हिंडे।
20 O jovem sacerdote aceitou de bom grado acompanhá-los. Pegou o colete sacerdotal, os ídolos do lar e a imagem esculpida e se uniu a eles.
21 त्यसपछि दानका कुल समूहका छ सय मानिसहरू त्यो लेवी पूजाहारी सहित फर्किए अनि मीकाको घर छोडेर हिंडे। तिनीहरूले आफ्ना स-साना नानीहरू, आफ्ना पशुहरू, अनि आफ्ना सबै चीजहरू तिनीहरूका अघि राखे।
21 Então deram a volta, colocaram as crianças, o gado e os bens na frente do grupo e partiram.
22 दानका कुल समूहका मानिसहरू त्यस भूमि देखि केही टाढा सम्म गए। तर मीकाका नजिकमा बस्ने मानिसहरू एक साथ भेला भए। तब तिनीहरूले दानका मानिसहरूलाई खेद्न थाले, अनि तिनीहरूलाई पक्वे।
22 Quando os membros da tribo de Dã estavam longe da casa de Mica, ele e seus vizinhos foram atrás deles.
23 मीकासित भएका मानिसहरूले दानका मानिसहरूलाई कराउँदै थिए। दानका मानिसहरू फर्किए तिनीहरूले मीकालाई भने, “के कष्ट पर्यो? तिमीहरू किन कराइरहेको छौ?”
23 Gritavam para os homens de Dã, que se voltaram e disseram a Mica: “Qual é o problema? Por que você convocou esses homens para nos perseguir?”.
24 मीकाले उत्तर दिए, “तिमी दानका मानिसहरूले मेरा मूर्तिहरू लग्यौ। ती मूर्तिहरू म आफैंले बनाएको हो। तिमीहरूले मेरो पूजाहारीलाई पनि लग्यौ। अब मसित के रह्यो र? ‘कसरी तिमीहरूले मलाई के कष्ट पर्यो भनेर सोध्छौ?’”
24 Mica respondeu: “Como é que vocês me perguntam qual é o problema? Tomaram todos os deuses que fiz e levaram meu sacerdote! Não me restou nada!”.
25 दानका कुल समूहका मानिसहरूले भने, “तिमीले हामीसित बहस नगरेको राम्रो हो, हाम्रा केही मानिसहरू धेरै रीसाहा छन् यदि तिमीहरू हामी प्रति करायौ भने, ती मानिसहरूले तिमीहरूलाई आक्वमण गर्न सक्छन। तिमीहरू अनि तिम्रा कुलहरूको हत्या हुन सक्छ।”
25 Os homens de Dã disseram: “Cuidado com o que você diz! Temos em nosso meio alguns homens agressivos que poderiam ficar com raiva e matar você e sua família”.
26 तब दानका मानिसहरू फर्के अनि आफ्नो बाटो लागे। ती मानिसहरू तिनका निम्ति अति शक्तिशाली छन् भन्नेकुरा मीकाले बुझे। यसर्थ तिनी घर फर्किगए।
26 Assim, os homens de Dã seguiram seu caminho. Quando Mica viu que eram numerosos demais para atacá-los, deu meia-volta e foi para casa.
27 यसरी मीकाले बनाएका मूर्तिहरू दानका मानिसहरूले लगे। तिनीहरूले पूजाहारीलाई पनि लगे जो मीकासित बस्थे। त्यसपछि तिनीहरू लेशमा आए। तिनीहरूले लेशमा बस्ने मानिसहरूलाई आक्वमण गरे। ती मानिसहरू शान्तिसित रहेका थिए। तिनीहरूले कुनै आक्वमणको अपेक्षा गरेका थिएनन्। दानका मानिसहरूले आफ्ना तरवारद्वारा तिनीहरूको हत्या गरिदिए। त्यसपछि तिनीहरूले शहर जलाइदिए।
27 Então os homens de Dã, levando os ídolos de Mica e seu sacerdote, chegaram à cidade de Laís, cujo povo era pacífico e vivia em segurança. Mataram à espada os habitantes e queimaram a cidade.
28 लेशमा बस्ने मानिसहरूलाई उद्धार गर्ने कोही थिएन। ती मानिसहरूबाट सहायता प्राप्त गर्नका निम्ति पनि तिनीहरू सीदोन शहर देखि अत्यन्त टाढा बस्थे। अनि लेशका मानिसको अरामका मानिसहरूसित कुनै सन्धि गरेका थिएनन्-यसर्थ ती मानिसहरूले तिनीहरूलाई सहायता गरेनन्। लेश शहर एउटा उपत्यकामा थियो जो बेतरहोब शहरको थियो। दानका मानिसहरूले त्यस स्थानमा एउटा नयाँ शहर निर्माण गरे। अनि त्यो शहर तिनीहरूको घर बन्यो।
28 Não havia ninguém que livrasse os habitantes da cidade, pois estavam longe de Sidom e não tinham nenhum aliado por perto. Isso aconteceu no vale de Bete-Reobe. Então o povo da tribo de Dã reconstruiu a cidade e passou a habitar nela.
29 दानका मानिसहरूले त्यो शहरलाई नयाँ नाउँ दिए। त्यो शहरलाई लेश भनिन्थ्यो तर तिनीहरूले त्यसको नाउँ परिवर्तन गरेर दान राखे। तिनीहरूले शहरको नाउँ तिनीहरूका पिता-पुर्खा इस्राएलका एक छोरा दानको नाउँमा राखे।
29 Mudaram seu nome para Dã, em homenagem ao antepassado deles, o filho de Jacó . Antes disso, a cidade se chamava Laís.
30 दानको कुल समूहका मानिसहरूले दान शहरमा एउटा मूर्ति बनाए। तिनीहरूले गेर्शोमका छोरा जोनाथनलाई आफ्ना पूजाहारी बनाए। गेर्शोम मोशाका छोरा थिए। जोनाथन अनि तिनका छोराहरूले इस्राएली मानिसहरूलाई भूमिबाट कैदमा नलगे सम्म दानको कुल समूहका पूजाहारीहरू रहे।
30 Levantaram ali a imagem esculpida e nomearam Jônatas, filho de Gérson, filho de Moisés, como seu sacerdote. Os descendentes de Jônatas serviram como sacerdotes da tribo de Dã até a época do exílio.
31 दानका मानिसहरूले तिनीहरू स्वयंका निम्ति मीकाले निर्माण गरेको मूर्ति स्थापन गरे। परमप्रभुको मन्दिर शीलोमा रहेको समय भरि त्यो मूर्ति दान शहरमा थियो।
31 Assim, a tribo de Dã adorou a imagem esculpida de Mica durante todo o tempo em que a casa de Deus permaneceu em Siló.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Juízes 18, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.