Josué 11

Nepali Bible (GL_NEPALI) vs ACF

Sair da comparação
ACF Almeida Corrigida Fiel
1 हासोरका राजा याबीनले जो भयो त्यस विषयमा सबै कुरा सुने। यसर्थ तिनले अनेक राजाहरूका सेनाहरूलाई साथ बोलाउने निश्चिय गरे। याबीनले मादोनका राजा, योबाब शिम्रोनका राजा, आक्षापका राजा,
1 Sucedeu depois disto que, ouvindo-o Jabim, rei de Hazor, enviou mensageiros a Jobabe, rei de Madom, e ao rei de Sinrom, e ao rei de Acsafe;
2 अनि उत्तरका पहाडी देश र मरूभूमिका राजाहरूलाई संन्देश पठाए। याबीनले किन्नरेत, नेगेव अनि पश्चिमी तराईका राजाहरूलाई संन्देश पठाए। याबीनले पश्चिमका नाफोत-दोरका राजालाई पनि सन्देश पठाए।
2 E aos reis, que estavam ao norte, nas montanhas, e na campina para o sul de Quinerete, e nas planícies, e nas elevações de Dor, do lado do mar;
3 याबीनले त्यो सन्देश पूर्वमा पनि पश्चिममा भएका कनानी राजाहरूलाई त्यो संन्देश पठाए। तिनले एमोरी, हित्ती, परिज्जी अनि पहाड देशमा बस्ने यबूसी मानिसहरूलाई पनि संन्देश पठाए। तिनले मिस्पा नजिकको हेर्मोन पर्वत मुनि बस्ने हिव्वी मानिसहरूलाई पनि संन्देश पठाए।
3 Ao cananeu do oriente e do ocidente; e ao amorreu, e ao heteu, e ao perizeu, e ao jebuseu nas montanhas; e ao heveu ao pé de Hermom, na terra de Mizpá.
4 यसकारण यी सबै राजाहरूका सेनाहरू साथ आए। त्यहाँ अनेक योद्धाहरू, अनि अनेक घोडा एवं रथहरू थिए। यो एक अत्यन्त विशाल सेना खचाखच देखिन्थ्यो कि त्यहाँ समुद्रको किनारमा भएका बालुवाका कणहरू जस्तै अनेक मानिसहरू थिए।
4 Saíram pois estes, e todos os seus exércitos com eles, muito povo, em multidão como a areia que está na praia do mar; e muitíssimos cavalos e carros.
5 ती सबै राजाहरू इस्राएलको विरूद्धमा एक साथ जम्मा भए। तिनीहरू एक साथ आए अनि इस्राएलीसित युद्ध गर्न मेरोम नदी छेऊमा एक साथ छाउनी लगाए।
5 Todos estes reis se ajuntaram, e vieram e se acamparam junto às águas de Merom, para pelejarem contra Israel.
6 तब परमप्रभुले यहोशूलाई भन्नुभयो, “त्यो सेनादलसित नडरा। भोलि यही समयमा तिमीहरूले तिनीहरूका घोडाहरूलाई लङ्गडा बनाइ सकेका हुनेछौ अनि तिनीहरूका सबै रथहरू जलाइसकेका हुनेछौ।”
6 E disse o Senhor a Josué: Não temas diante deles; porque amanhã, a esta mesma hora, eu os darei todos feridos diante dos filhos de Israel; os seus cavalos jarretarás, e os seus carros queimarás a fogo.
7 यहोशू अनि तिनका सम्पूर्ण सेनाले शत्रुलाई उदेक बनाए। तिनीहरूले शत्रुलाई मेरोम नदीमा आक्रमण गरे।
7 E Josué, e todos os homens de guerra com ele, veio apressadamente sobre eles às águas de Merom, e atacou-os de repente.
8 परमप्रभुले तिनीहरूलाई इस्राएलको निम्ति परास्त पारिदिनु भयो। इस्राएलका सेनाले तिनीहरूलाई मारिदिए अनि तिनीहरूलाई महान सीदोन, मिश्रपोत मैम अनि पूर्वमा मिस्पा बेंसी सम्म खेदे। इस्राएलका सेनाहरू शत्रुहरूका एकजना पनि जीवित रहुञ्जेल सम्म लडे।
8 E o Senhor os deu nas mãos de Israel; e eles os feriram, e os perseguiram até à grande Sidom, e até Misrefote-Maim, e até ao vale de Mizpá ao oriente; feriram até não lhes deixarem nenhum.
9 यहोशूले त्यही गरे जो परमप्रभुले तिनलाई गर्नु भन्नु भएको थियो। यहोशूले तिनीहरूका घोडाका खुट्टाकाटि दिए र तिनीहरूका रथहरू जलाइदिए।
9 E fez-lhes Josué como o Senhor lhe dissera; os seus cavalos jarretou, e os seus carros queimou a fogo.
10 त्यसपछि यहोशू फर्किर अनि हासोर शहरलाई कब्जा गरे। यहोशूले हासोरका राजालाई मारिदिए। हासोर ती सबै राज्यहरूका अगुवा थिए जो इस्राएल विरूद्ध लडे।
10 E naquele mesmo tempo voltou Josué, e tomou a Hazor, e feriu à espada ao seu rei; porquanto Hazor antes era a cabeça de todos estes reinos.
11 इस्राएलका सेनाले त्यस शहरका प्रत्येक मानिसलाई मारिदिए। तिनीहरूले सबै मानिसहरूलाई पूर्णरूपले नष्ट गरिदिए। त्यहाँ कोही पनि जीवित छाडिएनन्। त्यसपछि तिनीहरूले शहर जलाइदिए।
11 E a todos os que nela estavam, feriram ao fio da espada, e totalmente os destruíram; nada restou do que tinha fôlego, e a Hazor queimou a fogo.
12 यहोशूले यी सबै शहरहरूलाई अधीनमा लिए। तिनले तिनीहरूका सबै राजाहरूलाई मारिदिए। यहोशूले ती शहरहरूमा भएका हरेक चीजहरू पूर्णरूपले नष्ट गरिदिए। तिनले परमप्रभुका दास मोशाले आज्ञा दिए अनुसार यसो गरे।
12 E Josué tomou todas as cidades destes reis, e todos os seus reis, e os feriu ao fio da espada, destruindo-os totalmente, como ordenara Moisés servo do Senhor.
13 तर इस्राएलका सेनाहरूले पर्वतहरूमाथि निर्माण भएका शहरहरू जलाएनन्। पर्वतमा निर्मित शहर हासोर तिनीहरूले जलाए। यो शहर यहोशूले जलाएको हो।
13 Tão-somente não queimaram os israelitas as cidades que estavam sobre os seus outeiros; a não ser Hazor, a qual Josué queimou.
14 इस्राएलका मानिसहरूले शहरमा भेट्टाएका सबै चीजहरू आफ्नै निम्ति राखे। तिनीहरूले सबै पशुहरू राखे जो तिनीहरूले शहरमा पाएका थिए। तर तिनीहरूले त्यहाँका सबै मानिसहरूलाई मारे। तिनीहरूले कुनै पनि मानिसलाई जीवित रहन दिएनन्।
14 E todos os despojos destas cidades, e o gado, os filhos de Israel tomaram para si; tão-somente a todos os homens feriram ao fio da espada, até que os destruíram; nada do que tinha fôlego deixaram com vida.
15 धेरै अघि परमप्रभुले उहाँका दास मोशालाई यसो गर्ने आज्ञा दिनु भएको थियो। तब मोशाले यहोशूलाई यो गर्न आज्ञादिए। यहोशूले ती सबै कुराहरू गरे जो परमप्रभुले मोशालाई भन्नु भएको थियो। कुनै आदेशहरूमा तिनी शिथिल भएनन्। ङ्गा
15 Como ordenara o Senhor a Moisés, seu servo, assim Moisés ordenou a Josué; e assim Josué o fez; nem uma só palavra tirou de tudo o que o Senhor ordenara a Moisés.
16 यसरी यहोशूले सम्पूर्ण देशमा अधिकार गरे। पहाडी देश नेगेव, गोशेनका सबै क्षेत्र, पश्चिमी तराईका क्षेत्र, यर्दन बेंसी अनि इस्राएलका पर्वतहरू र नजिकका सम्पूर्ण पर्वतलाई तिनले नियन्त्रणमा लिए।
16 Assim Josué tomou toda aquela terra, as montanhas, e todo o sul, e toda a terra de Gósen, e as planícies, e as campinas, e as montanhas de Israel, e as suas planícies.
17 सेइरको नजिकको हालाक पर्वत देखि हेर्मोन पर्वतमुनिको लबानोन बेंसीको बाल-गादसम्मका सबै भूमि यहोशूको अधिकारमा थियो। यहोशूले त्यस देशका सबै राजाहरूलाई समातेर मारिदिए।
17 Desde o monte Halaque, que sobe a Seir, até Baal-Gade, no vale do Líbano, ao pé do monte de Hermom; também tomou todos os seus reis, e os feriu e os matou.
18 यहोशू ती राजाहरूको विरूद्ध धेरै वर्ष लडे।
18 Por muito tempo Josué fez guerra contra todos estes reis.
19 देश भरिमा एउटा शहरले मात्र इस्राएलसित शान्ति-सम्झौता गर्यो। त्यो हिव्वीहरूको शहर गिबोन थियो। अरू सबै शहरहरू युद्ध जितेर लिएका हुन।
19 Não houve cidade que fizesse paz com os filhos de Israel, senão os heveus, moradores de Gibeom; por guerra as tomaram todas.
20 परमप्रभुले चाहनु हुन्थ्यो कि ती मानिसहरूले सोचुन् कि तिनीहरू शक्तिशाली थिए। तब तिनीहरू इस्राएलको विरूद्ध लडाइँ गर्नेछन्। यस प्रकारले उहाँले तिनीहरूलाई बिना दया नष्ट गर्न सक्नु हुनेछ। उनले तिनीहरूलाई त्यस प्रकारले नष्ट गर्न सक्नेछन्, जुन प्रकारले परमप्रभुले मोशालाई गर्नु भनी आज्ञा दिनु भएको थियो।
20 Porquanto do Senhor vinha o endurecimento de seus corações, para saírem à guerra contra Israel, para que fossem totalmente destruídos e não achassem piedade alguma; mas para os destruir a todos como o Senhor tinha ordenado a Moisés.
21 अनाकी मानिसहरू हेब्रोन, दबीर, अनाब, यहूदा र इस्राएलका सारा पहाडी देशमा बस्थे। यहोशू तिनीहरू विरूद्ध लडे अनि ती सबै मानिसहरू र तिनीहरूका शहरहरूलाई पूर्ण रूपले नष्ट गरि दिए।
21 Naquele tempo veio Josué, e extirpou os anaquins das montanhas de Hebrom, de Debir, de Anabe e de todas as montanhas de Judá e de todas as montanhas de Israel; Josué os destruiu totalmente com as suas cidades.
22 इस्राएलमा कुनै अनाकी मानिसलाई जीवित छाडिएन। अनाकी मानिसहरू जसलाई जीवित छाडिए ती गाजा, गात अनि अश्दोदभित्र थिए।
22 Nenhum dos anaquins foi deixado na terra dos filhos de Israel; somente ficaram alguns em Gaza, em Gate, e em Asdode.
23 यहोशूले इस्राएलको सम्पूर्ण भूमिलाई परमप्रभुले मोशालाई धेरै अघि भन्नु भए कै तरीकामा आफ्नो अधिकारमा लिए। अनि यहोशूले इस्राएलका कुल समूहहरूमा ती भूमिहरू विभाजन गरे। आखिरमा, युद्ध अन्त भयो अनि त्यो भूमिमा शान्ति कायम भयो।
23 Assim Josué tomou toda esta terra, conforme a tudo o que o Senhor tinha dito a Moisés; e Josué a deu em herança aos filhos de Israel, conforme as suas divisões, segundo as suas tribos; e a terra descansou da guerra.

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Josué 11, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.