Jeremias 9
Nepali Bible (GL_NEPALI) vs VC
1 यदि मेरो शिर पानीले भरिएको हुन्थ्यो अनि यदि मेरो आँखाहरू आँसूको फोहोरा हुन्थ्यो भने म ती मेरा मानिसहरूका निम्ति जो मारिएका छन् रात दिन रूने थिएँ।
1 Oh! tivesse eu em minha cabeça um manancial, e em meus olhos uma fonte de lágrimas! Dia e noite eu choraria os mortos da filha de meu povo.
2 यदि मरूभूमिमा यात्री झैं रात बिताउने ठाँउ मेरो भए म मेरा मानिसहरूलाई छाडिदिने थिएँ र तिनीहरूबाट टाढो गएको हुन्थे। किनभने तिनीहरू परमेश्वरप्रति अविश्वासी छन्। तिनीहरू सबै उहाँका विरोधमा उठे।
2 Oh! se encontrasse eu no deserto um abrigo de viandantes; abandonaria meu povo, e para longe dele me afastaria, pois que não passa de uma legião de adúlteros, um bando de traidores.
3 “ती मानिसहरू आफ्नो जिब्रो धनु झैं बङ्गाउँछन् अनि झूटो कुराहरू मुखबाट काँड झैं निकाल्छन्। त्यस ठाँउमा सत्य दृढ भई बढेको होइन। यी मानिसहरू एउटा खराब कर्म देखि अर्कोमा आफै सर्छन। तिनीहरूले मलाई चिन्दैनन्।” परमप्रभुले यसो भन्नुभयो।
3 Retesam a língua, como fazem a seus arcos, para o engodo; e a lealdade não permanece neles. Caminham de crime em crime; já nem me conhecem mais - oráculo do Senhor.
4 “आफ्ना छिमेकीहरूलाई नियाल। कुनै सम्बन्धीलाई विश्वास नगर। किन? किनभने हरेक सम्बन्धी कपटी छ। हरेक छिमेकीले तिम्रो पछाडी निन्दा गर्दछ।
4 Que se mantenha em guarda cada um de vós contra o amigo. Nem mesmo do irmão vos deveis fiar, pois que todo irmão procura suplantar, e todo amigo calunia.
5 हरेक मानिसले आफ्नो छिमेकीसित झूटा बोल्छ। कसैले पनि साँचो बोल्दैन। यहूदाका मानिसहरूले आफ्नो जिब्रोलाई झूटो बोल्न प्रशिक्षण गराउँछन्। तिनीहरूले नथाकुञ्जेल सम्म पाप गरे।
5 Zombam do próximo todos eles; ninguém diz a verdade. Exercitam a língua na mentira, aplicam-se a fazer o mal.
6 एउटा नराम्रो कुराले अर्को नराम्रो कुरालाई पछ्यायो। अनि झूटोले झूटै पछ्यायो। मानिसहरूले मलाई चिन्नु अस्वीकार गरे।” परमप्रभुले ती कुराहरू भन्नुभयो।
6 Habitam no seio da falsidade; por má fé recusam conhecer-me - oráculo do Senhor.
7 सेनाहरूका परमप्रभु भन्नहुन्छ “म तिनीहरूलाई शुद्ध पार्छु र परीक्षा गर्छु।मेरोमा अन्य तरिका छैन। मेरा मानिसहरूले पाप गरे।
7 Por isso, eis o que diz o Senhor dos exércitos: Vou fundi-los num cadinho para prová-los. Que outra coisa farei ante {a maldade} da filha de meu povo?
8 यहूदाका मानिसहरूको जिब्रो काँड जस्तै तीखा छन्। तिनीहरू मुखले झूटो बोल्दछन्। हरेक मानिस आफ्ना छिमेकीहरूसँग दयापूर्ण बात गर्छन तर तिनीहरूले आफ्नो छिमेकीहरूलाई धरापमा पार्ने भित्री योजनाहरू बनाँउछन्।
8 Suas línguas são dardos mortíferos, que só proferem mentiras. Com a boca saúdam o próximo, enquanto no coração lhe armam ciladas.
9 मैले यहूदाका मानिसहरूलाई दण्ड दिनै पर्छ।” यो परमेश्वरबाट आएको सन्देश हो, “के मैले यसप्रकारको जातिलाई सजाय दिनु पर्दैन?”
9 Por tantos crimes não devo castigá-los - oráculo do Senhor - e não se vingará minha alma de semelhante nação?
10 म पर्वतहरूलाई चिच्याएर कराउनेछु। म उजाड भूमिका निम्ति शोकमय गीत गाउनेछु कारण ती पर्वतहरू र मैदानहरू नष्ट गराइएका छन् र त्यहाँबाट कोही पनि हिँडदैनन्। गाई-गोरूहरू रामेको आवाजहरू अब त्यहाँ सुन्न सकिनदैन्। चराचुरूङ्गी सबै उडेर, गइसके अनि पशुहरू पनि गइसके।
10 A respeito dos montes erguerei gemidos; entoarei cânticos fúnebres sobre as planícies do deserto, porque o fogo devorou esses lugares e ninguém passa por eles. Nem mais se ouve o mugir do gado. Tanto as aves do céu como os animais, todos fugiram e desapareceram.
11 “म यरूशलेमलाई अशुद्धको थुप्रोमा परिवर्तन गर्नेछु। यो स्यालहरूको घर हुनेछ। म यहूदाका शहरहरू विनाश गर्नेछु ताकि त्यहाँ कोही बस्ने छैन।”
11 Farei de Jerusalém um amontoado de pedras, um covil de chacais; e das cidades de Judá um deserto, onde ninguém mais habitará.
12 के त्यहाँ यी चीजहरू बुझ्ने कोही ज्ञानी मानिसहरू छन्? त्यहाँ कोही छन् ज-जसलाई परमप्रभुले भन्नु भएको छ र ज-जसले सन्देश व्याख्या गर्नु सक्छ? किन यस भूमि ध्वंस पारियो अनि सूखा मरूभूमिमा परिणत गरियो, जहाँ कोही पनि जाँदैन्?
12 Haverá algum homem sábio que possa compreender essas coisas? A quem as revelou o Senhor a fim de que as explique? Por que perdeu-se essa terra, queimada como o deserto, por onde ninguém mais passa?
13 परमप्रभुले भन्नुभयो, “किनभने मैले तिनीहरूलाई दिएको शिक्षा त्यागे अनि मेरा उपदेशहरू सुन्दैनन् अनि मैले देखाएका मार्गमा हिड्दैनन्।
13 É, diz o Senhor, porque abandonou a lei que lhe havia proposto, porque não escutou, nem seguiu a minha voz,
14 यहूदाका मानिसहरूले आफ्नै तरिकाको जीवन शैली लिए। तिनीहरू हठी थिए। तिनीहरूले तिनीहरूका पिता-पुर्खाहरूले जो सिकाएका थिए त्यही बाललाई पूजा गरे।”
14 mas sim os pendores de seu coração empedernido, e os ídolos que seus pais lhe haviam dado a conhecer.
15 यसकारण सेनाहरूका परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छ, “म तिनीहरूलाई तीतो भोजन खाने र विषालु पानी पिउने बनाउनेछु।
15 Eis por que disse o Senhor dos exércitos, o Deus de Israel: vou alimentá-lo com absinto, e lhe darei de beber água pestilenta.
16 म इस्राएलका मानिसहरूलाई अन्य जातिहरूमा जुन न त तिनीहरू न त तिनीहरूको पिता-पुर्खाहरूले जान्दथे तितर-बितर पारिदिनेछु। तिनीहरू सम्पूर्ण रूपले ध्वंस नहुञ्जेलसम्म म तिनीहरूको पछि तरवार पठाउनेछु।”
16 Depois, dispersá-lo-ei entre nações que nem ele, nem seus pais conheceram, e contra ele enviarei uma espada que o abaterá até o extermínio.
17 यही नै सेनाहरूका परमेश्वर भन्नुहुन्छ “अब, यी कुराहरूबारे विचार गर। ती स्त्रीहरूलाई बोलाऊ जसलाई अन्त्येष्टि क्रियामा रूनलाई पैसा दिइन्छ। ती मानिसहरूलाई पठाऊ जो त्यस् काममा निपुण छन्।
17 Eis o que diz o Senhor dos exércitos: tratai de chamar as carpideiras para que venham. E que venham as mais hábeis e não tardem,
18 ‘तिनीहरूले हतार गरून र हाम्रा निम्ति रोइदिउन। तब हाम्रा आँखाहरू आँसूले भरिनेछन्, अनि पानीका मुहानहरू बाहिर आउनेछन्।’
18 para que, sem demora, entoem sobre nós suas lamúrias, e se fundam em lágrimas nossos olhos, e a água brote de nossas pálpebras,
19 “विलापको स्वरहरू सियोन्बाट सुनियो ‘हामी साँचि नै ध्वंस्त भयौं। हामी लज्जित छौं कि हामीले आफ्नो भूमि त्याग्नु नै पर्छ, किनभने हाम्रो घरहरू भत्काइयो।”‘
19 pois que seu canto fúnebre se elevou em Sião: Por que fomos assim devastados? Cheios de vergonha, devemos abandonar a terra, já que foram derrubadas nossas casas.
20 अब, यहूदाका स्त्रीहरू, परमप्रभुबाट आएको वचन ध्यान् दिएर सुन। परमप्रभुको मुखारबिन्दबाट आएको शब्दहरू सुन। परमप्रभु भन्नुहुन्छ, “तिमीहरूका छोरीहरूलाई कसरी चिच्चाएर रूने भन्ने सिकाऊ। हरेक स्त्रीले यो शोक-गीत गाउन सिक्नै पर्छ
20 Mulheres, escutai a palavra do Senhor. E que vossos ouvidos compreendam o que sua boca profere! Ensinai a vossas filhas essa lamentação; cada uma ensine à companheira esse canto fúnebre:
21 ‘हाम्रा झ्यालहरूबाट मृत्यु पसेको छ। हाम्रा किल्लाहरूमा मृत्यु आयो। यसले गल्लीहरूमा हाम्रा नानीहरूलाई र हाम्रा जवानहरूलाई शहरहरूबाट लग्यो।’
21 A morte assomou às nossas janelas, introduzindo-se em nossos palácios, exterminando crianças nas ruas e jovens nas praças públicas.
22 यी कुराहरूको घोषणा गर ‘परमप्रभु भन्नुहुन्छ, मतृ शरीरहरू भूँईमा गोबर जस्तै छरिएको हुनेछ। तिनीहरूका शरीरहरू जसरी कृषकहरूले खेतमा बाली काटेर सुताई राख्छन् जसलाई उठाउने कोही हुँदैनन् त्यस्तै मैदानमा लडिरहेका हुनेछन्।”‘
22 Cadáveres humanos jazem como esterco nos campos, como feixes atrás do segador. E ninguém os recolhe.
23 परमप्रभु भन्नुहुन्छ “ज्ञानीले आफ्ना ज्ञान बारे शेखी गर्नु हुँदैन्। बलवानले आफ्ना शक्ति बारे घमण्ड गर्नु हुँदैन्। धनीले आफ्ना धन बारे अहम् गर्नु हुँदैन्।
23 Eis o que diz o Senhor: não se envaideça o sábio do saber, nem o forte de sua força, e da riqueza não se orgulhe o rico!
24 तर यदि कसैले गर्व भने, उसले यस विषयमा गर्व गरोस्। म परमप्रभुलाई चिन्छु र जान्दछु र उहाँ नै परमप्रभु हुनुहुन्छ जसले पृथ्वीमा न्याय, दया र र्धमिकताको व्यवहार गर्नुहुन्छ। किनभने म यी कुराहरूमा नै आनन्द लिन्छु।”
24 Aquele, porém, que se quiser vangloriar, glorie-se de possuir inteligência e de saber que eu, seu Senhor, exerço a bondade, o direito e a justiça sobre a terra, pois nisso encontro o meu agrado - oráculo do Senhor.
25 यो परमेश्वरबाट आएको सन्देश हो। “समय आइरहेको छ जब म ती सम्पूर्ण मानिसहरू जसले खाली शारीरिक खतना गरेका छन् उनीहरूलाई दण्ड दिनेछु।
25 Dias virão - oráculo do Senhor - em que castigarei todos os circuncidados que conservam seus prepúcios:
26 म ती मानिसहरूका बारेमा भनिरहेछु जो मिश्र देश, यहूदा, एदोम, अम्मोन, मोआबका बसिन्दा हुन अनि तिनीहरू सबै जो जंगलमा बस्छन्। ती सारा देशहरूमा बस्ने मानिसहरू वास्तवमा खतना गरिएको थिएन अनि इस्राएलबाट आउने मानिसहरूका खतना तिमीहरूको हृदयमा गरिएको थिएन।”
26 o Egito, Judá e Edom, os filhos de Amon e Moab e todos os habitantes do deserto que rapam os cabelos das fontes. Porquanto, todas as nações {são incircuncisas, tais como} todos os da casa de Israel são incircuncisos de coração.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Jeremias 9, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.