Jeremias 6
Nepali Bible (GL_NEPALI) vs ARC
1 हे बिन्यामिनी हो! आफ्नो सुरक्षाको लागि भाग। यरूशलेमको शहरदेखि भाग। तको शहरमा युद्धको तुरही फुक बेथक्के-रेमको शहरमा चेताउनीको झण्डा उठाऊ। ती कुराहरू गर किनभने उत्तरदिशाबाट महासर्वनाश आईरहेछ। डरलाग्दो सर्वनाश तिमीहरू कहाँ आईरहेछ।
1 Fugi para salvação vossa, filhos de Benjamim, do meio de Jerusalém; tocai a buzina em Tecoa e levantai o facho sobre Bete-Haquerém; porque da banda do Norte espreita um mal e um grande quebrantamento.
2 सियोनकी छोरी! तिमी हरियो मैदान जस्तै सुन्दरी छौ।
2 A formosa e delicada, a filha de Sião, eu deixarei desolada.
3 गोठालाहरू यरूशलेमा भेडाका बथानहरू लिएर आउँदछन्, तिनीहरूले आफ्नो पालहरू यसको वरिपरि बनाउँछन् प्रत्येक गोठालोले आफ्ना भेडा बथानको हेरचाह गर्छन्।
3 A ela virão pastores com os seus rebanhos; levantarão contra ela tendas em redor, e cada um apascentará no seu lugar.
4 “यरूशलेमको विरूद्ध युद्ध गर्न तैयार हौ। उठ! मध्य-दिनमा हामी शहर आक्रमण गर्नेछौं। तर अति ढिलो भइसकेको छ। साँझको छाँयाहरू फैलिरहेका छन्।
4 Preparai a guerra contra ela, levantai-vos, e subamos ao pino do meio-dia; ai de nós, que já declina o dia, que já se vão estendendo as sombras da tarde!
5 यसकारण उठ! हामी राती शहर आक्रमण गर्नेछौ। आऊ, यरूशलेमको पक्का महलहरू ध्वंस पारौं।”
5 Levantai-vos, e subamos de noite e destruamos os seus palácios.
6 यही रीतले सेनाहरूका परमप्रभु भन्नुहुन्छ “रूखहरू काट र त्यही रूखहरूले यरूशलेमको वरिपरि छेकने घेराहरू बनाऊ। अत्याचार बाहेक त्यस शहरमा केही छैन। यसलाई सजाय भोगाउनै पर्छ।
6 Porque assim diz o Senhor dos Exércitos: Cortai árvores e levantai tranqueiras contra Jerusalém; esta é a cidade que há de ser visitada; só opressão há no meio dela.
7 एउटा कुवाले आफ्नो पानी ताजा राख्छ। त्यस्तै प्रकारले, यरूशलेमले आफ्नो दुष्टता ताजा राख्छ। सधैं शहरमा दंगा र ध्वंशको विषयमा सुन्छु। म सधैं यरूशलेममा विराम चोटहरू देख्छु।
7 Como a fonte produz as suas águas, assim ela produz a sua malícia; violência e estrago se ouvem nela; enfermidade e feridas há diante de mim continuadamente.
8 चेताउनी तर्फ ध्यान देऊ, यरूशलेम। यदि तिमीहरूले सुनेनौ भने म तिमीहरूपट्टि पिठ्युँ फर्काउनेछु। म तिम्रो भूमि रित्तो मरूभूमि जस्तै पारिदिने छु। कोही पनि त्यहाँ बस्न योग्य हुनेछैन्।”
8 Corrige-te, ó Jerusalém, para que a minha alma não se aparte de ti, para que não te torne em assolação e terra não habitada.
9 यही प्रकारले सेनाहरूका परमप्रभु भन्नुहुन्छ, “खेतमा दाख बटुले झैं इस्राएलमा बाकी रहेका मानिसहरू भेला गर। दाखहरू टिप्नेले झैं दाखको बोटहरू फेरि नियाल।”
9 Assim diz o Senhor dos Exércitos: Diligentemente, respigarão os resíduos de Israel como uma vinha; torna a tua mão, como o vindimador, aos cestos.
10 म कोसित बोल्नु? मैले कसलाई चेताउनी दिनु? कसले मेरो कुरा सुन्छ? इस्राएलका मानिसहरूले आफ्ना कानहरू थुनेका छन्। यसकारण तिनीहरूले मेरो चेताउनी सुन्दैनन्। परमप्रभुको वचन तिनीहरूका निम्ति शरमपूर्ण हुन्छ। तिनीहरू उहाँका कुरा सुन्नु चाहँदैनन्।
10 A quem falarei e testemunharei, para que ouça? Eis que os seus ouvidos estão incircuncisos e não podem ouvir; eis que a palavra do Senhor é para eles coisa vergonhosa; não gostam dela.
11 यसकारण म परमप्रभुको क्रोधले भरिएको छु। म त्यसलाई लिएर थाकिसकेको छु। “परमप्रभुको क्रोध गल्लीहरूमा खेलिरहेका नानीहरूमाथि पोखाऊ। जवानहरूमाथि परमेश्वरको क्रोध खनाऊ। लोग्ने-स्वास्नी एकै साथ सबै पक्राऊ पर्नेछन्। सबै बूढा-पाकाहरू पक्राउ पर्नेछन्।”
11 Pelo que estou cheio do furor do Senhor ; estou cansado de o conter; derramá-lo-ei sobre os meninos pelas ruas e nas reuniões dos jovens juntamente; porque até o marido com a mulher serão presos, e o velho, com o que está cheio de dias.
12 तिनीहरूका घरहरू अन्य मानिसहरूलाई दिइनेछ। तिनीहरूका खेतहरू र पत्नीहरू अन्य मानिसहरूलाई दिइनेछ। म यस भूमिका मानिसहरूमाथि मेरो हात उठाउनेछु।” यो सन्देश परमेश्वरबाट आएको हो।
12 E as suas casas passarão a outros, herdades e mulheres juntamente; porque estenderei a mão contra os habitantes desta terra, diz o Senhor .
13 “इस्राएलका सबै मानिसहरू लोभी छन्। माथिल्लो तहदेखि तल्लो तहसम्मका इस्राएली मानिसहरू घुसको लागि मरिमेटछन्। अनि अगमवक्ता देखिलिएर पूजाहारीहरूसम्म झूटो बोल्छन्।
13 Porque, desde o menor deles até ao maior, cada um se dá à avareza; e, desde o profeta até ao sacerdote, cada um usa de falsidade.
14 अगमवक्ताहरू र पूजाहारीहरूले तिनीहरूका घाउहरूमा मलमपट्टी गर्नु पर्छ। तर तिनीहरूले ती घाऊहरूलाई कोट्याको जस्तो मात्र ठाने। तिनीहरू भन्छन्, ‘प्रत्येक कुरो ठीक छ’ अनि प्रत्येक जग्गामा शान्ति छ, जब कि त्यहाँ शान्ति छैन।’
14 E curam a ferida da filha do meu povo levianamente, dizendo: Paz, paz; quando não há paz.
15 पूजाहारीहरू र अगमवक्ताहरू आफूले गरेका नराम्रा कुराहरूले लज्जित हुनु पर्ने। तर तिनीहरू एकदमै लज्जित छैनन्। तिनीहरू कसरी लज्जित हुनु पर्ने जान्दैनन्। यसकारण तिनीहरू अरूसितै दण्डित हुनु पर्छ। जब म मानिसहरूलाई सजाय दिन्छु तिनीहरू भूँईमा फ्याँकिनु पर्छ।” परमप्रभुले यी कुराहरू भन्नुभयो।
15 Porventura, envergonham-se de cometer abominação? Pelo contrário, de maneira nenhuma se envergonham, nem tampouco sabem que coisa é envergonhar-se; portanto, cairão entre os que caem; no tempo em que eu os visitar, tropeçarão, diz o Senhor .
16 परमेश्वरले ती कुराहरू भन्नुभयो, “दोबाटोमा उभ अनि हेर। सोध पूरानो बाटो कहाँ छ। सोध कहाँ असल बाटो छ, अनि त्यो बाटोमा हिंड्। यदि तिमीले त्यसो गर्यौ, तिमी स्वयंले विश्राम पाउनेछौ। तर तिमीहरूले भन्यौ, ‘हामी असल बाटोमा हिडने छैनौ।’
16 Assim diz o Senhor : Ponde-vos nos caminhos, e vede, e perguntai pelas veredas antigas, qual é o bom caminho, e andai por ele; e achareis descanso para a vossa alma; mas eles dizem: Não andaremos.
17 तिमीहरूमाथि निगाह राख्न मैले एकजना चौकीदार रोजेको छु। मैले तिनीहरूलाई बताएँ, ‘युद्धको तुरहीको आवाज सुन।’ तर तिनीहरूले भने, ‘हामी सुन्ने छैनौ।”‘
17 Também pus atalaias sobre vós, dizendo: Estai atentos à voz da buzina; mas dizem: Não escutaremos.
18 यसर्थ, सारा जाति-जातिहरू, सुन! तिनीहरूको साक्षी-प्रमाण विषयमा ध्यान देऊ।
18 Portanto, ouvi, vós, nações, e informa-te tu, ó congregação, do que se faz entre eles!
19 हे पृथ्वीका मानिसहरू हो! यसमा ध्यान देऊ! यहूदाका मानिसहरूको लागि म ध्वंस ल्याइरहेको छु किनभने तिनीहरूले नराम्रो कर्मका निम्ति योजना बनाएका छन् अनि तिनीहरूले मेरो सन्देशहरूलाई ध्यान दिएनन् अनि मेरा शिक्षाहरू अस्वीकार गरे।”
19 Ouve tu, ó terra! Eis que eu trarei mal sobre este povo, o próprio fruto dos seus pensamentos; porque não estão atentos às minhas palavras e rejeitam a minha lei.
20 परमप्रभु भन्नुहुन्छ, “किन मेरो लागि शबाको देशबाट सुगन्धित धूपहरू ल्यायौ? किन तिमीहरूले सुगन्धित मेरो निम्ति सुदुर देशबाट बेंत ल्यायौ? तिमीहरूले गरेका बलिहरूले मलाई खुशी बनाउँदैन। तिम्रो बलिदानहरूले मलाई सन्तुष्ट पार्दैन्।”
20 Para que, pois, me virá o incenso de Sabá e a melhor cana aromática de terras remotas? Vossos holocaustos não me agradam, nem me são suaves os vossos sacrifícios.
21 यसकारण, त परमप्रभु यसो भन्नुहुन्छ” म यहूदाका मानिसहरूलाई समस्याहरू दिनेछु। तिनीहरू ढुङ्गाहरू जस्तो हुनेछन् जसले मानिसहरूलाई पतन गराउनेछ। बाबु छोराहरू तिनीहरूमाथि ठोकिने छन् मित्रहरू र छिमेकीहरू मर्नेछन्।”
21 Portanto, assim diz o Senhor : Eis que armarei tropeços a este povo, e tropeçarão neles pais e filhos juntamente; o vizinho e o seu companheiro perecerão.
22 परमप्रभु यसो भन्नुहुन्छ “हेर, सेना उत्तरबाट आईरहेछ। घेरै टाढा-टाढा ठाउँहरूबाट एउटा महान जाति पृथ्वीमा आइरहेछ।
22 Assim diz o Senhor : Eis que um povo vem da terra do Norte, e uma grande nação se levantará das bandas da terra.
23 सेनाहरूले तिनीहरूसित धनु काँड र भालाहरू ल्याउँछन्। तिनीहरू निष्ठूर छन्। तिनीहरूमा दया छैन। तिनीहरूका घोडाहरूको आवाज जस्तै छ। हे सियोनकी छोरी! यी सेनाहरू युद्धका निम्ति तत्पर छन् र तिमीमाथि आक्रमण गर्नु आइरहेकाछन्।”
23 Arco e lança trarão; eles são cruéis e não usarão de misericórdia; a sua voz rugirá como o mar, e em cavalos irão montados, dispostos como homens de guerra contra ti, ó filha de Sião.
24 हामीले ती सेनाहरूको बारेमा सुनेका छौं। हाम्रा हातहरू भयले दुर्बल भएका छन्। प्रसुती वेदनामा परेकी स्त्रीलाई जस्तै हामीलाई दुख र पीडाले घेरेको छ।
24 Ouvimos a sua fama, afrouxaram-se as nossas mãos; angústia nos tomou, e dores como de parturiente.
25 खेतमा नजाऊ। सडकतिर नआऊ किनभने शत्रुहरूसित तरवारहरू छन् अनि जहीं-तहीं विपद छ।
25 Não saiais ao campo, nem andeis pelo caminho; porque espada do inimigo e espanto há em redor.
26 मेरा मानिसहरू हो! दुख प्रकट गर्ने पोषाक लगाऊ, अनि खरानीमाथि लडी-बडी गर। यस्तो प्रकारले विलाप गर कि मानौं तिम्रो भएको एउटै मात्र बालक मरेको छ, किनभने विनाश अतिशीघ्र हामीमाथि आउनेछ।
26 Ó filha do meu povo, cinge-te de cilício e revolve-te na cinza; pranteia como por um filho único, pranto de amarguras; porque presto virá o destruidor sobre nós.
27 “यर्मिया, मैले तिमीलाई मेरा मानिसहरू माझ कसी लाउने मानिस बनाँए। तिनीहरूलाई परीक्षा गर्नेछौ र तिनीहरूको जीवन विषयमा चाल पाउनेछौ।
27 Por torre de guarda te pus entre o meu povo, por fortaleza, para que soubesses e examinasses o seu caminho.
28 तिनीहरू सबै विद्रोही हुन र चारैतिर असन्तुष्टी मच्चाइरहेका छन्। तिनीहरू सबै काँसा र फलाम जस्तै छन् तिनीहरू विनाशकहरू हुन्।
28 Todos eles são os mais rebeldes e andam murmurando; são duros como bronze e ferro, todos eles andam corruptamente.
29 खँलातिले आगो तेज पार्छ र अशुद्धी हटाउँछ तर मेरा मानिसहरूलाई केही गर्नु सकिदैन कारण तिनीहरूबाट खराबी हटाउनु सकिदैन।
29 Já o fole se queimou, o chumbo se consumiu com o fogo; em vão vai fundindo o fundidor tão diligentemente, pois os maus não são arrancados.
30 तिनीहरूलाई ‘खोटो चाँदी’ भनिनेछ। तिनीहरूलाई त्यो नाउँ दिइने छ किनभने परमेश्वरले तिनीहरूलाई अस्वीकार गर्नु भयो।”
30 Prata rejeitada lhes chamarão, porque o Senhor os rejeitou.
Atalhos do teclado
- Capítulo anterior←
- Próximo capítulo→
- Versículo anteriork
- Próximo versículoj
- Limpar seleçãoEsc
- Esta ajuda?
Estude este capítulo no WhatsApp
Peça à IA da Bíblia Fala para explicar Jeremias 6, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.