Jeremias 5

Nepali Bible (GL_NEPALI) vs ARC

Sair da comparação
ARC Almeida Revista e Corrigida 2009
1 परमप्रभु भन्नुहुन्छ, “यरूशलेमका सडकहरूमा हिंड। वरिपरि हेर र ती कुराहरूको विषयमा सोच। यसका सार्वजनिक ठाँउहरू खोज। यदि यस्तो मानिस जसले जो इमान्दार छ अनि जसले सत्यको खोजी गर्छ र तिमीले त्यस्तो मानिस भेट्टायौ भने म यरूशलेमलाई माफ गर्नेछु।
1 Dai voltas às ruas de Jerusalém, e vede agora, e informai-vos, e buscai pelas suas praças, a ver se achais alguém ou se há um homem que pratique a justiça ou busque a verdade; e eu lhe perdoarei.
2 मानिसहरू शपथ खान्छन् र भन्छन्, ‘परमेश्वर जीवित हुनुहुन्छ।’ तर तिनीहरू झूटा शपथ खान्छन्।”
2 E ainda que digam: Vive o Senhor , decerto falsamente juram.
3 हे परमप्रभु! म जान्दछु कि तपाईंप्रति मानिसहरू निष्ठावान् भएको चाहनु हुन्छ। तपाईंले यहूदाका मानिसहरूलाई हिर्काउनु भयो तर तिनीहरूले अनुभव गरेनन्। तपाईंले तिनीहरूलाई नष्ट गर्नुभयो, तर तिनीहरूले त्यसबाट शिक्षा पाएनन् तिनीहरू साह्रै हठी थिए। तिनीहरूले जीवन परिवर्तन गर्न अस्वीकार गरे।
3 Ah! Senhor , não atentam os teus olhos para a verdade? Feriste-os, e não lhes doeu; consumiste-os, e não quiseram receber a correção; endureceram as suas faces mais do que uma rocha; não quiseram voltar.
4 तर मैले परमप्रभुलाई भनें, “यिनीहरू गरीबहरू मात्र छन्। तिनीहरू मूर्ख छन्। तिनीहरू परमप्रभुले देखाउनु भएको बाटो चिन्दैनन् अर्थात् तिनीहरू आफ्नो परमेश्वरको इच्छा बुझ्दैनन्।
4 Eu, porém, disse: Deveras, estes são uns pobres; são loucos, pois não sabem o caminho do Senhor , o juízo do seu Deus.
5 यसकारण म यहूदाका अग्रजहरूकहाँ जानेछु र तिनीहरूसँग कुरा गर्नेछु कारण परमप्रभुले देखाउनु भएको बाटो तिनीहरूले चिन्दछन् आफ्नो परमप्रभुको व्यवस्था बुझ्दछन्।” तर तिनीहरू सबैले परमप्रभुको सेवाबाट अलग रहन एक भएका थिए।
5 Irei aos grandes e falarei com eles, porque eles sabem o caminho do Senhor , o juízo do seu Deus; mas estes, de comum acordo, quebraram o jugo e romperam as ataduras.
6 तिनीहरू परमेश्वरको विरूद्ध उठे। यसकारण जङ्गलबाट आएका सिंहले तिनीहरूलाई आक्रमण गर्नेछ मरूभूमिबाट आएका ब्वाँसोले तिनीहरूलाई मार्नेछ। एउटा चितुवा तिनीहरूकै शहरहरूमा लुकेकोछ। त्यस चितुवाले शहरबाट बाहिरा जो आउँछ त्यसलाई टुक्रा-टुक्रा पार्नेछ। तिनीहरूको भाग्य यस्तै हुनेछ कारण तिनीहरूले घरिघरि पाप गरे अनि धरै पल्ट परमप्रभुबाट टाढा गए।
6 Por isso, um leão do bosque os feriu, um lobo dos desertos os assolará, um leopardo vigia contra as suas cidades; qualquer que sair delas será despedaçado; porque as suas transgressões se multiplicaram, multiplicaram-se as suas apostasias.
7 परमेश्वरले भन्नुभयो, “यहूदा, मैले तिमीलाई क्षमा गर्नु पर्ने एउटा सही कारण भन। तिम्रा छोरा-छोरीहरूले मलाई परित्याग गरे। तिनीहरूले मूर्तिहरूका कसम खाए जो साँचो देवताहरू होइनन्। मैले तिनीहरूले इच्छा गरेको प्रत्येक चीज दिएँ। तर तिनीहरू मेरा विश्वासघाती भए। तिनीहरू भीडको साथ वेश्याहरूकहाँ भेला भए।
7 Como, vendo isso, te perdoaria? Teus filhos me deixam a mim e juram pelos que não são deuses; depois de os eu ter fartado, adulteraram e em casa de meretrizes se ajuntaram em bandos;
8 तिनीहरू पोसिएका खूब र घोडाहरू काम-वासनाले मस्त भएका जस्तै छन्। तैपनि तिनीहरूले आफ्नै छिमेकीका पत्नीहरूलाई डाक्दैछन्।”
8 como cavalos bem fartos, levantam-se pela manhã, rinchando cada um à mulher do seu companheiro.
9 यी कर्महरूको लागि के म सजाय नदिऊँ?” यो सन्देश परमप्रभुबाट आएको हो। “हो! म त्यस्ता जातिहरूलाई सजाय दिनेछु।
9 Deixaria eu de castigar estas coisas, diz o Senhor , ou não se vingaria a minha alma de uma nação como esta?
10 यहूदाको दाखका बोटहरूको एक किनार लागेर जाऊ दाखका काट। तर सम्पूर्ण प्रकारले नष्ट नगर। तिनीहरूका सबै हाँगाहरू काटी फाल। किनभने ती हाँगाहरू परमप्रभुको सम्पत्ति होइनन्।
10 Subi aos seus muros e destruí-os (não façais, porém, uma destruição final); tirai as suas ameias, porque não são do Senhor .
11 इस्राएलका परिवारहरू अनि यहूदा सम्पूर्णरूपले म प्रति अविश्वासी भए।” यो सन्देश परमप्रभुबाट आएको हो।
11 Porque aleivosissimamente se houveram contra mim a casa de Israel e a casa de Judá, diz o Senhor .
12 “तर तिनीहरूले परमप्रभुलाई अस्वीकार गरे विषयमा भने, ‘परमप्रभुले हामीलाई केही गर्नु हुने छैन। कुनै नराम्रो घटना घटने छैन। हामीले युद्ध देख्नु पर्ने हामी भोकै बस्नु पर्नेछ।’
12 Negam ao Senhor e dizem: Não é ele; e: Nenhum mal nos sobrevirá; não veremos espada nem fome.
13 झूटा अगमवक्ताहरू सुख्खा हावा मात्र हुन्। परमेश्वरको वचन तिनीहरूमा छैन। तिनीहरूमाथि यही हुनेछ।”
13 E até os profetas se farão como vento, porque a palavra não está com eles; assim lhes sucederá a eles mesmos.
14 परमप्रभु सेनाहरूका परमेश्वरले यी कुराहरू भन्नुभयो “ती मानिसहरूले भने म तिनीहरूलाई दण्ड दिने छैन तिनीहरूलाई। यसकारण यर्मिया, मैले तिमीलाई दिएका वचनहरू आगो जस्तै हुनेछन्, अनि ती मानिसहरू दाउरा जस्तै हुने छन्। त्यो आगोले तिनीहरूलाई पूर्ण रूपले भस्म पार्नेछ।”
14 Portanto, assim diz o Senhor , o Deus dos Exércitos: Porquanto disseste tal palavra, eis que converterei as minhas palavras na tua boca em fogo, e a este povo, em lenha, e eles serão consumidos.
15 हे इस्राएलको घराना हो! यो सन्देश परमप्रभुबाट आएको हो, “म तिमीहरूमाथि आक्रमण गराउनु एउटा जाति धेरै टाढाबाट ल्याउँदैछु। यो एउटा सामर्थी जाति हो। यो एउटा प्राचीन जाति हो। त्यसको भाषा तिमीहरूले जान्दैनौ। तिनीहरूले के भन्छन् त्यो तिमीहरू बुझ्दैनौ।
15 Eis que trarei sobre vós uma nação de longe, ó casa de Israel, diz o Senhor , uma nação robusta, uma nação antiquíssima, uma nação cuja língua ignorarás; e não entenderás o que ela falar.
16 तिनीहरूका काँड राख्ने तरकस खुल्ला चिहान जस्तो छ। तिनीहरू सबै शक्तिशाली योद्धाहरू हुन्।
16 A sua aljava é como uma sepultura aberta; todos eles são valentes.
17 तिनीहरूले तिमीहरूका सबै अन्नहरू र खाद्य जिनिसहरू खाइदिनेछन्। तिनीहरूले तिमीहरूका सबै छोरा-छोरीहरू ध्वंस पार्नेछन्। तिनीहरूले तिमीहरूका भेंडाको बथान र गाईका बथानहरू अनि दाखका बोटहरू र नेभाराहरू खाइदिनेछन्। तिनीहरूले तिमीहरूका पक्का शहरहरू जसमा तिमीहरू भरोसा गर्थ्यौ तलवारले ध्वंस पार्नेछन्।”
17 E comerão a tua sega e o teu pão, que haviam de comer teus filhos e tuas filhas; comerão as tuas ovelhas e as tuas vacas; comerão a tua vide e a tua figueira; as tuas cidades fortes, em que confiavas, abatê-las-ão à espada.
18 यो सन्देश परमप्रभुबाट आएको हो, “जब ती संकटका दिनहरू तिमीहरूमाथि आइपर्नेछ, म सम्पूर्ण रूपले ध्वंस पार्नेछैन।
18 Contudo, ainda naqueles dias, diz o Senhor , não farei de vós uma destruição final.
19 यहूदाका मानिसहरूले तिमीलाई सोध्ने छन्, ‘यर्मिया, परमप्रभु हाम्रा परमेश्वरले हामीमाथि त्यस्तो हानीकारक कार्यहरू किन गर्ने?’ तिमीले तिनीहरूलाई उत्तर देऊ, ‘किनभने तिमीहरूले उहाँलाई त्यागेका छौ। तिमीहरूले आफ्नै भूमिमा विदेशी मूर्तिहरूका सेवा गर्यौ यसकारण, त्यो भूमिमा जुन तिम्रो होइन त्यसमा विदेशीहरूलाई अब सेवा पुरयाउनेछौ।”‘
19 E sucederá que, quando disserem: Por que nos fez o Senhor , nosso Deus, todas estas coisas? Então, lhes dirás: Como vós me deixastes e servistes a deuses estranhos na vossa terra, assim servireis a estrangeiros, em terra que não é vossa.
20 परमप्रभुले भन्नुभयो, “यो सन्देश याकूबका परिवारहरूलाई देऊ। यो सन्देश यहूदाका राज्यमा फैलाऊ
20 Anunciai isto na casa de Jacó e fazei-o ouvir em Judá, dizendo:
21 यो सन्देश सुन ‘तिमी मूर्ख मानिसहरूसँग चेत नै छैन्, तिमीहरूका आँखाहरू छन् तर तिमीहरू देख्दैनौ। तिमीहरूका कानहरू छन् तर तिमीहरू सुन्दैनौ।”‘
21 Ouvi, agora, isto, ó povo louco e sem coração, que tendes olhos e não vedes, que tendes ouvidos e não ouvis.
22 परमप्रभुले भन्नुभयो, “तिमीहरू किन मसित डराउँदैनौ? तिमीहरू मेरो अघि डरले काम्दैनौ? अँह। त्यो म नै हुँ जसले सागरको लागि सीमाना झैं तट बनाएँ। सागरले बालुवा ननागोस भनी मैले यो एउटा स्थायी नियम बनाएँ। सागरमा छालहरू उठेर आउँछन् तर तिनीहरूले नष्ट पार्न सक्तैनन्। छालहरू गर्जन्छन् तर तट नाग्न सक्तैनन्।
22 Não me temereis a mim? — diz o Senhor ; não temereis diante de mim, que pus a areia por limite ao mar, por ordenança eterna, que ele não traspassará? Ainda que se levantem as suas ondas, não prevalecerão; ainda que bramem, não a traspassarão.
23 यी मानिसहरू अप्ठेरा र विद्रोही छन्। तिनीहरूले मसित विद्रोह गरे अनि मलाई छोडिदिए।
23 Mas este povo é de coração rebelde e pertinaz; rebelaram-se e foram-se.
24 तर तिनीहरूले कहिल्यै भनेनन्, ‘आऊ, हामी हाम्रा परमप्रभु परमेश्वरको डर बोकौ अनि उहाँको सम्मान गरौ। उहाँले वाली उठाउने समय निर्धारण गरिदिनु हुन्छ। उहाँले हामीलाई शरद ऋतु र वसन्तको वर्षा ठीक समयमा दिनुहुन्छ।’
24 E não dizem no seu coração: Temamos, agora, ao Senhor , nosso Deus, que dá chuva, a temporã e a tardia, a seu tempo; e as semanas determinadas da sega nos conserva.
25 हे यहूदाका मानिसहरू हो! तिमीहरूले खराब काम गर्यौ र यही कारणले वर्षाकाल र बाली उठाउने समय कहिल्यै आउँदैन। तिम्रो पापहरूले तिमीलाई असल वस्तुहरूको आनन्दमय भोगबाट वञ्चित गरायो।
25 As vossas iniquidades desviam estas coisas, e os vossos pecados afastam de vós o bem.
26 मेरा मानिसहरू माझमा दुष्ट मानिसहरू छन्। जो पासो थाप्छन् र चराको शिकार गर्नेहरू झैं लुक्छन्। तर तिनीहरूले मानिसहरूलाई नै पासोमा पार्छन।
26 Porque ímpios se acham entre o meu povo; cada um anda espiando, como se acaçapam os passarinheiros; armam laços perniciosos, com que prendem os homens.
27 चराहरूले भरिएको पिँजडा जस्तै दुष्ट मानिसहरूका घरहरू झूटा कुराहरूले भरिएको हुन्छ। तिनीहरूका मिथ्या कर्मले तिनीहरूलाई धनी र शक्तिशाली बनायो।
27 Como uma gaiola cheia de pássaros, são as suas casas cheias de engano; por isso, se engrandeceram e enriqueceram.
28 तिनीहरू आफ्नो दुष्टकर्मले मोटा अनि ठूला मानिसहरू बनिएका छन्। तिनीहरूको दुष्ट्याईंले सीमा नाघिसकेकोछ। तिनीहरू टुहुरा-टुहुरीहरूका निम्ति बोल्दैनन्। तिनीहरू गरीबहरूको पक्षमा निष्पक्ष न्याय गर्दैनन्।
28 Engordam-se, alisam-se e ultrapassam até os feitos dos malignos; não julgam a causa dos órfãos, para que eles prosperem; nem julgam o direito dos necessitados.
29 के मैले ती यहूदाका मानिसहरूलाई तिनीहरूका दुष्टाईंका निम्ति दण्ड नदिनु?” यो सन्देश परमेश्वरबाट आएको हो। “के म यस्तो जातिको विरूद्ध प्रतिकार खोज्दै नखोजौं? हो।”
29 Não castigaria eu estas coisas? — diz o Senhor ; não se vingaria a minha alma de uma nação como esta?
30 परमप्रभु भन्नुहुन्छ, डरलाग्दो र भयानक एउटा घटना यस देशमा घट्यो।
30 Coisa espantosa e horrenda se anda fazendo na terra:
31 अगमवक्ताहरूले झूटो अगमवाणी दिन्छन्। पूजाहारीहरूले आफू खुशी शासन गर्छन अनि मेरा मानिसहरूले त्यसलाई त्यसरी नै मन पराउँछन्। जब अन्त आउँछ तिमीहरूले के गर्नेछौ?”
31 os profetas profetizam falsamente, e os sacerdotes dominam pelas mãos deles, e o meu povo assim o deseja; e que fareis no fim disso?

Ler em outra tradução

Comparar com outra

Estude este capítulo no WhatsApp

Peça à IA da Bíblia Fala para explicar Jeremias 5, comparar traduções ou montar um estudo — tudo direto pelo WhatsApp.